काठमाडौं: जसको तौल आवश्यक तौलको तुलनामा २० प्रतिशतभन्दा बढी छ उनीहरुले तौल घटाउन खाद्यपदार्थ कडा नियन्त्रण राख्नुपर्छ । तौल घटाउन साधारण शारीरिक कार्य गर्ने व्यक्तिले दैनिक एक हजारदेखि एक हजार चार सय क्यालोरिसम्म शक्ति दिने खाना लिनुपर्छ ।
यसलाई लो क्यालोरि डाइट भनिन्छ । तौल घटाउँदा प्रत्यक हप्ता बढीमा एक किलोमात्र घटाउने उद्देश्य राख्नुपर्छ । तौल घटाउन भोकै बस्नुपर्छ भन्ने धारणा गलत छ । खानाको मात्रा भन्दा खानाको गुणको छनौट तौल घटाउनका लागि बढी महत्वपूर्ण छ ।
कम क्यालोरी प्रदान गर्ने कतिपय खाद्यपदार्थहरु जस्तैःमूला, गाँजर, काँक्रो, बन्दाकोपी, हरियो सागसब्जी, गोलभेडा आदि जति मात्रामा खाए पनि फरक पर्दैन । भोक लाग्दा यस्तै खाद्यपदार्थ खाएर भोक मेटाउन सकिन्छ । क्यालोरी कम गरे पनि आहार सन्तुलित रहनुपर्दछ ।
प्रशस्त मात्रामा खान हुने खाद्य पदार्थहरु
१.हरियो तरकारी सलाद (गाँजर,मूला,काँक्रो,गोलभेडा)
२.ताजा फलपूmल (केरा,आँपबाहेक)
३.माछा
नियन्त्रित रुपमा खान हुने खाद्यपदार्थहरुः
दूध दैनिक २५० मिलि अर्थात् १.५ गिलास सम्म चिया र कफिमा मिसाउने हिसाबमा गन्ती गर्नुपर्ने हुन्छ ।
बटर, घिउ,तेल,क्रिम (दैनिक दुईदेखि तीन सानो चम्चासम्म)
सुख्खा गहुँको रोटी (दैनिक ३–४ पिसमात्र)
पाउरोटी (ब्राउन ब्रेड भए राम्रो दैनिक ३–४ पिसमात्र)
भात(दैनिक १ कचौरा)
दाल(दैनिक १ कचौरा)
आलु(दैनिक दुईवटा मझौला साइजसम्म)
बार्नुपर्ने खाद्यपदार्थहरु
गुलियो बिस्कुट,केक आदि, आइसक्रिम, चिनी, चकलेट, मिठाई,जाम
घिउ,तेलमा तारेका खाद्यपदार्थहरु
रक्सी ।
No comments:
Post a Comment