Friday, May 17, 2013

विभिन्न राजनीतिक दलका ३ हजार भन्दा बढी कार्यकर्ताहरु मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश

 - सम्झना तामाङ
रसुवागढीः मंगोल डेमोक्रेटिक पार्टीले राजधानी काठमाडौंको उत्तरी भेगवाट संगठन निर्माणको अभियानलाई व्यापक रुपमा अगाडी बढाएको छ । यस क्रममा मंगोल डेमोक्रेटिक पार्टीले धादिङ्, नुवाकोट र रसुवा जिल्लामा जिल्ला तथा क्षेत्रीय र गाउँ कमिटीहरुको गठन गरेको छ । नुवाकोट जिल्ला कमिटीमा सोम बहादुर घलेको अध्यक्षतामा ४५ सदस्यीय, धादिङ्मा सोम फ्युबाको अध्यक्षतामा ४९ सदस्यीय र रसुवामा दावा फिन्जो तामाङ्को अध्यक्षतामा ५७ सदस्यीय जिल्ला कमिटीको गठन गरेको छ । दावा फिन्जो तामाङ्ग, तामाङ् सांस्कृतिकमा आधारित नेपाली भाषाको चलचित्र केवा (जन्म) को नायक हुनुहुन्छ । केवा चलचित्र यस बर्षको आदिवासी चलचित्रको प्रदर्शनीमा उत्कृष्ट चलचित्रका रुपमा मुल्यांकन भएको छ । यस चलचित्रका अर्का नायक निमा तामाङ्ग पनि पार्टीका रसुवा जिल्ला कमिटीका सदस्यमा निर्बाचित  हुनु भएको छ । 

फागुन १ गते धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गबेसीवाट पार्टीका महासचिव सेष अषिष अलिको नेतृत्वमा संगठन विस्तार अभियानलाई अगाडी बढाएको थियो । टोलीले धादिङ्ग, नुवाकोट र रसुवाको अधिकांश गाउँहरुमा संगठन विस्तार गर्दै चैत्र २ गते रसुवा जिल्लाको रसुवागढी आइपुग्नु भएको छ । संगठन विस्तार अभियानमा संलग्न टोलीलाई नेपाली कंग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व तहमा रहनु भएका धादिङ्, नुवाकोट र रसुवा जिल्लाको तामाङ्  मुदायको नेताहरुको सहयोग र समर्थन रहेको थियो । 


संगठन विस्तार अभियानमा सहभागी टोलीलाई रसुवा जिल्लाको गाउँ गाउँमा स्थानीय बासीले भव्य रुपमा स्वागत गरेका थिए । धादिङ्ग र नुवाकोटको विभिन्न गाउँ क्षेत्रमा पार्टीको संगठन विस्तार अभियानलाई पुरा गरेर रसुवा प्रवेश गर्ने क्रममा अभियानमा संलग्न टोलीलाई रसुवा र नुवाकोटको सिमा क्षेत्र (ऐतिहासिक क्षेत्र बेत्रावति)मा रसुवा जिल्ला कमिटीका सदस्य सुदीप लामा लगायत सयौं रसुवाबासीले भव्य रुपमा स्वागत गरेका थिए ।

अभियानमा संलग्न टोलीले रसुवा जिल्लाको सवैभन्दा धेरै जना संख्या भएको भोर्ले गाविसमा बृहत प्रशिक्षण कार्यक्रमको आयोजना गरेको थियो । टोली भोर्ले पुग्दा रसुवा जिल्ला कमिटीका सदस्यहरु दिल वहादुर घले, शान्ति थिङ्ग, सन्तमान घले, श्याम वहादुर नेगी र जिल्ला कमिटीका कोषाध्यक्ष हि्रवाङ नोर्गे न्हेगी तामाङ्ग लगायत सयौ कार्यकर्ता र समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए । टोलीले भोर्ले, यार्शा, धैबुङ्ग, लहरेपौवा, सरमथली र राम्चे गाविसका ५०० कार्यकर्ताहरुलाई यार्शाको सिम्वन्दीमा २ दिन सम्म प्रशिक्षण दिएका थिए । 

यार्शाको सिम्वन्दीमा प्रशिक्षण कार्यक्रमलाई समापन गरी टोली रसुवाको हाँकु बेसीमा पुगेको थिए । टोली हाँकु बेसी पुग्दा टोलीलाई जिल्ला कमिटीका सदस्यहरु लाक्पा तामाङ्ग, स्ह्यिने तामाङ्ग, दावादोर्जे तामाङ्ग, दावा तामाङ्ग, रित लामा लगायत डाडाँगाउँ ठुलो गाउँ र हाँकुका विभिन्न गाउँहरुवाट आएका सयौं कार्यकर्ता र समर्थकहरुले उनीहरुलाई भव्य रुपमा स्वागत गरेका थिए । टोलीले ठुलो गाउँ, डाडाँगाउँ र हांकुका करिव ३०० कार्यकर्ताहरुलाई हाँकु बेसीमा ३ दिन सम्म प्रशिक्षण दिएको थियो । 

हाँकुको प्रशिक्षण समाप्त भएपछि टोली स्याफ्रु बेसी पुगेका थिए । टोलीलाई स्याफ्रु बेसीमा जिल्ला कमिटीका सदस्यहरु सुश्री मिङमार ग्याल्मु घले, दावा स्याङवो तामाङ्ग, छेसाङ तामाङ्ग, कर्म तामाङ्ग, कृष्ण थोक्र, च्यङपा लामा, लहावचा म्हिन्जुर तामाङ्ग, र दावा लामा लगायत त्यस क्षेत्रका सयौ कार्यकर्ता र समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए । टोलीले स्याफ्रु बेसीको ठुलो स्याफ्रुमा २ दिन सम्म प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा स्याफ्रुबेसी, घुन्चे, थुमान, बृद्धिम र टिम्बुरेका ३५० जना कार्यकर्ताहरुको सहभागी रहेको थियो । 

ठुलो स्याफ्रुमा प्रशिक्षण समापन भएपछि टोली जिल्लाको ऐतिहासिक गाउँ गोल्जुङ्ग पुगेका थिए । गोल्जुङ पुगेको टोलीलाई जिल्ला कमिटीका सहसचिव सुश्री फुर्पु ग्याल्मो घले, जिल्ला कमिटी सदस्यहरु सुश्री अस्मिता घले, सुश्री देग्याल्मो घले , यासा्रङ घले, सोनाम दोर्जे तामाङ, फुर्पु तेन्जेन लामा, जीतमान घले, वहादुर तामाङ्ग, वाङग्यल लामा, सेरफ तामाङ लगायत गोल्जुङ्ग र चिलिमेका कार्यकर्ता र समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए । टोलीले चिलिमे र गोल्जुङ्गका पार्टीका कार्यकर्ता र समर्थकहरुलाई २ दिन सम्म प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ९५ जनाको सहभागीता रहेका थिए । 

गोल्जुङ्गको प्रशिक्षण समाप्त भएपछि टोली रसुवाको अन्तिम गाउँ गतलाङ पुगेका थिए । टोलीलाई जिल्ला सचिव विपिन लामा, जिल्ला कमिटी सदस्यहरु दुर्गा लामा, मिङमर तामाङ्ग, ग्याम्जो तामाङ्ग, सरोज तामाङ्ग, सुश्री सिर्जना लामा, सुश्री नबिना लामा, पेम्वा तामाङ्ग लगायतका कार्यकर्ता र समर्थकहरुले भव्य रुपमा स्वागत गरेका थिए । टोलीले गतलाङ्गमा २ दिन सम्म पार्टीका कार्यकर्ता र समर्थकहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षणमा ५७ जनाको सहभागीता रहेको थियो । गतलाङ्गको प्रशिक्षण समाप्त भएपछि टोली चिलिमे, थुमन हुँदै ऐतिहासिक रसुवागढी आइ पुग्नु भएको छ । र टोलीले तिव्वत नेपाल सिमा रसुवा गढीमा पुगेर धादिङ्ग, नुवाकोट र रसुवामा पार्टीले गरेको एक महिने अभियानको समाप्त भएको घोषणा गरेको छ । 

अभियानमा सहभागीहरुलाई धादिङ्ग, नुवाकोट र रसुवाबासीले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग र समर्थन गरेको थियो ।

धादिङ्ग जिल्लाका सदरमुकाम धादिङ्गबेसीवाट पार्टीका महासविच शेष आसिष अलिले सुरु गर्नु भएको अभियानको मंगोल डेमोक्रेटिक पार्टीका केन्द्रीय सदस्यद्वय विकास लामा र सोममाया तामाङ्गले नेतृत्व गर्नु भएको थियो । टोलीले अभियानको अन्तिम दिन तिव्वतको केरुङ बजारसंग सिमा जोडिएको रसुवाको टिमुरे गाविसका पार्टीका कार्यकर्ताहरुसंग बृहत अन्तरकृया गरेका थिए । टिमुरेमा केन्द्रीय सदस्यद्वय बिकास लामा र सोममाया तामाङ्ग, जिल्ला कमिटी अध्यक्ष दावा फिन्जो तामाङ्ग र सचिव विपिन तामाङ्गले मन्तव्य व्यक्त गरेका थिए । 

धादिङ्ग, नुवाकोट र रसुवामा भएको पार्टीको एक महिने अभियानको क्रममा त्यस क्षेत्रका एनेकपा माओवादी, नेपाली कंग्रेस, नेकपा एमाले र राप्रपाका करिव ३ हजार भन्दा बढी कार्यकर्ताहरुले पार्टी परित्याग गरी मंगोल डेमोक्रेटिक पार्टीमा प्रवेश गरेका छन् ।


थप जानकारीको निम्ती मंगोल डेमोक्रेटिक पार्टीका केन्द्रिय सदस्य  मिङमार छेवाङ तामाङलाई फोन : ९८१८६७६५७२ 
मा सम्पर्क गर्नु होला । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.com संग अगाडी बढन आफ्नो ऋण स्थानान्तरण कागजात तुरुन्त

    ReplyDelete