Wednesday, November 28, 2012

मंगोल डेमोक्रेटिक पार्टीद्वारा राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा












मंगोल डेमोक्रेटिक पार्टीद्वारा  राष्ट्रीय मुक्ति आन्दोलनको घोषणा (पुरा लेख हेर्न यहाँ क्लिक गर्नु होल) । 


हे  उठौ अब तामाङ र तमुवान
आफ्नो राज्य वापस गर्नलाई
जातिय र छेत्रीय सुशासन
गाँउ बस्तिमा चल्दै छ जन शासन

                                    तामाङ राज्य तिमाल खोसेको
                                    अल्पसंख्याक सबैलालाई शोषेको
                                    तामाङ राज्य तिमाल खोसेको
                                    अल्पसंख्याक सबैलालाई शोषेको

देशैभरि जनजातिको शासनसत्ता ल्याउन
बिद्रोहको राँको बालौ शुख शान्ति पाउन
नारा बोकी एकिकरण एउटै नेपाल हुने
आत्म निर्भर निती बोकी सगरमाथा छुने

                                           नजाती आन्दोलन र जनक्रान्ती जोडौ
                                        एकला-एकलई अघी बढ्ने टुक्रे निती छोडौ
                                          सगरमाथा सिखरमा चडौला
                                         झण्डा गाडी बिश्वभर बढौला


www.samabad.com
नेपालको सामाजिक संरचना सुन्दर बगैंचाको फुलबारीमा फुलेको फुल जस्तै सुन्दर छ । यती हुँदाहुँदै पनि यहाँका मूलबासी मंगोल समुदायले सामाजिक, आर्थिक, धार्मिक, शैक्षिक, राजनीतिक, भौगोलिक र संस्कृतिक बिभेद खेपिरहेका छन ।
नेपालको मूलबासी मंगोल समुदाय राज्यसत्ताको नीति-निर्माण तहमा सहभागी हुनबाट बंचित छन । जबसम्म मूलबासी मंगोल समुदायलाई देश बिकाशको निर्णयक तह र मूलधारमा स्थापित गराउन सकिदैन तब सम्म मुलुक स्वस्थ्य, समुन्नत, समतामुलक, समृद्धा र शान्त हुन सक्दैन ।
Published on Jun 6, 2013
This is a song about the identity ( Pahichan ) of Nepali indigenous people , who are now realizing the discrimination of the state and taking steps against it to restore their rights . Lets give a warm solidarity on their efforts .
मार्ग-दर्शन र बिचारा धारामा ओतप्रोत भएर संघर्षशिल भएकै कारण राज्यका नीती निर्माण तहमा पुगेकाले नेपालका दुई बिशाल छिमेकी मुलुकहरु चिन र भारत समृद्ध, समुन्नत र शान्त दिशातिर उन्मुख छन । स्वास्थ्य, समुन्नत, समृद्ध, सुदृढ, शान्त एबम न्याय र समतामुलक समाज निर्माण तथा मानवअधिकार सम्पन्न संघिय लोकतान्त्रीक गणतन्त्र नेपालको संस्थागत सुदृढिकरणका लागी राजनीतिक र सामाजिक रुपान्तरणको अभियान नितान्त आवश्यक छ ।
यस माहन अभियानमा बिचार, दर्शन र सामाजीक न्यायको सन्देशलाई आम नागरिक समुदाय सम्म सम्प्रेशण गर्दै नेपाल अधिराज्यभरका सम्पूर्ण नागरिक समुदायमा मनबीय संबेदनशीलता, न्यायमूखीभाव तथा मानव समुदायका अधिकारहरुप्रती सम्मानको भावना, जागृत गर्दै गराउँदै पूर्ण रुपले सामाजिक परिवर्तन गर्ने र गराउने उद्धेश्यले मंगोल डेमोक्रेटिक पार्टीका हजारौ कार्यकर्ताहरु नागरिकहरुको घरघरमा पुगिरहेका छन ।
नेपाल एकात्मक सामन्ती तथा निर्मम निर्दयी तानाशाह शक्तिप्राप्त हिन्दू आर्यन बाहुन/क्षेत्रीहरुको हातमा शासन सत्ता रहेको औपनिवेशिक मुलुक हो । यहाँको मूलबासीहरुको अधिकार छिन्ने र सबथोक लुटिने कामको थालनी भएको सन् १५५९ देखि हो । यिनै परम्परागत सामन्ती शोषण, सामन्तवादी संस्कार, सामन्ती राज्य सत्ताको वर्णभेदी नीति तथा लैङ्गिक भेदभाव र बिद्धमान आर्थिक सम्बन्धको स्थितिले यसको सामन्ती अवस्थालाई प्रस्तुत गरेको छ भने वर्णभेदी, साम्राज्यवादी, राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक हस्तक्षेप र विविध किसिमले भए गरेका सार्वभौमिकता माथि हिन्दू-आर्यनबाट भए गरेका हस्तक्षेपले औपनिवेशिक अवस्था कायमै रहेको छ । आज विश्व साम्राज्यवादले आर्थिक क्षेत्रमा अघि सारेका 'उदारीकरण' 'निजीकरण' 'भूमण्डलीकरण' जस्ता नीतिले राष्ट्रिय सार्वभौमिकता, स्वाधिन अर्थतन्त्रको निर्माण र स्वतन्त्र लोकतान्त्रिक अधिकारको उपभोगबाट समेत मुलुक र नागरिक बंचित हुनुपरेकोले त्यसबाट थप संकट आइपरेको छ ।
सन् १५५९ मा द्रव्य शाहले घले राजाको टाउको ठुन्काएदेखि नै हाम्रो पुर्खाहरु सुपति गुरुङ, श्रीजंग थेवे, लखन थापा मगर र रामप्रसाद राईहरुले सामन्तवाद, साम्राज्यवाद र राजतन्त्रको विरुद्ध लड्दै आएको इतिहास छ । ४५० वर्षदेखिको कालो इतिहास बोकेको सामन्ती राजतन्त्र र बाहुनवादी सामन्ती राज्यसत्ताले नेपालका अहिन्दू मुलबासी मंगोल समुदायमाथि हुने गरेका शोषण, दमन, अन्याय र अत्याचार प्रचलित सामन्तवादी वर्णभेदी राज्य प्रणालीले हल गर्न नसकेको तथ्य स्पष्ट छ । त्यसैले ती विभिन्न समस्याको स्थायी समाधानको बाटो अंगिकार गर्ने क्रममा गणतन्त्रवादी, देशभक्त तथा लोकतान्त्रिक शक्तिहरुलाई समेट्दै सामन्तवाद, साम्राज्यवाद तथा नोकरशाही, सामन्तवादी, वर्णभेदी राज्यसत्ताको पूर्णरुपले अन्त्य एवं सामाजिक संरचनामा आमूल परिवर्तन गरी संघीय लोकतन्त्र, धर्म निरपेक्षता र संघीय शासन प्रणालीद्वारा समुन्नत नेपाल निर्माण गर्ने उद्देश्यले मंगोल डेमोक्रेटिक पार्टी नामक राष्ट्रिय राजनैतिक संगठन कृयाशील रहेका हुन् ।
सम्पूर्ण शोषित पीडित अहिन्दू मूलबासी मंगोल समुदायको मुक्ति र अधिकारका लागि अहिन्दू मूलबासी मंगोल समुदायलाई एउटै पंक्तिमा गोलबन्द गर्न एउटा बृहत्तर प्रभावकारी संगठनको खाँचो पहिलेदेखि नै महसूस हुँदै आइरहेको हो । यसै उद्देश्यलाई पूरा गर्न सामाजिक न्यायमा आधारित पूर्ण लोकतान्त्रिक प्रणालीप्रति आस्थावान राष्ट्रियता, लोकतन्त्र र जनजीविकाका लागि संघर्षरत देशभक्त र गणतन्त्रवादी तथा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिलाई समेट्दै संघर्षका सबै रुपहरुलाई आत्मसात गर्ने, नेपालका मुलबासी  नागरिक समुदायको एकताको प्रतिफलस्वरुप मंगोल डेमोक्रेटिक पार्टी नामको राजनीतिक संगठन गठन गरिएको छ ।पान्तरणको अभियान नितान्त आवश्यक छ ।
मंगोल डेमोक्रेटिक पार्टीको अपिल
काठमाण्डौ: संसार तिमीहरुको हो, हाम्रो पनि हो, तर अन्तिम बिश्लेषणमा तिमीहरुकै हो । शक्ती र चेतना पूर्ण तपाईं युवा-युवातिहरु बिहान आठ-नौ बजेको सुर्यझै जिबनको फक्रँदो बेलामा छौँ । हाम्रो आशा तपाईहरुमा रहेको छ । संसार तपाईहरुको हातमा छ । नेपाल र नेपाली जनताको भबिष्य तपाईहरुकै हातमा छ । मंगोल डेमोक्रेटिक पार्टीद्वार राप्ती पहाडमा संचालन गरेको बृहत प्रशिक्षण कार्यक्रममा ब्यक्ता गरिए भनाई । उक्त कार्यक्रमको बिबरणहरु सिडिमा पनी हेर्न सकिन्छ ।
नेपालका मूलबासी मंगोल समुदायलाई बाहुनबादी शासकहरुले गर्ने गरेको अन्याय, अत्याचार, शोषन, दमनबाट मुक्त गराउने उद्देसेले मंगोल डेमोक्रेटिक पार्टीका हजारौ कार्यकर्ताहरु राष्ट्रीय मुक्ति आन्दोलनमा सहाभागी भएका छन् ।
राष्ट्रीय मुक्ति आन्दोलनमा सहाभागी भएकाहरुले लोकतन्त्र, धर्मनिरपेक्ष र प्रान्तिय सरकारको बारेमा नागरिकहरुलाई प्रशिक्षण दिने र यस्को महत्व बुझाउने छ । मंगोल डेमोक्रेटिक पार्टी बाहुनबादी शासकहरुको अन्याय अत्यचार बाट शोसित पिडित नागरिक जनसमुदायलाई बाहुनबादी राजनीतिक दलहरुबाट बिद्रोह गरी मंगोल डेमोक्रेटिक पार्टीले गरी रहेको राष्ट्रीय मुक्ती आन्दोलनमा सहाभागी भई जिम्मेवारी भूमिका निर्बह गर्न हार्दिक अनुरोध गर्दछ ।
नयाँ संबिधानमा राष्ट्रीयताको आधरमा पहिचान सहितको संघियता र संघियता सहितको सम्बिधान निर्माण गर्न बाहुनबादी राजनीतिक दलहरु तयार नभएकोले र नेपालको मूलबासी मंगोल समुदाय माथि हुने शोषन, दमन्, अन्याय र अत्यचार जस्ताको जस्तै रह्ने भएकोले मूलबासी मंगोल समुदायलाई मंगोल डेमोक्रेटिक पार्टीले गर्न लागी रहेको शान्ती पूर्ण राष्ट्रीय मुक्ती आन्दोलनमा सहभागी भईदिनुहुन हार्दिक अपिल गर्दछौ । नयाँ संबिधानमा राष्ट्रीयताको आधरमा पहिचान र सामर्थ्या (जस्तै लिम्बुवान, किरात, तामाङसालिङ, नेवा, तमुवान, मगरात र थरुवान) सहितको संघिया  शासन ब्यवस्था हुनुपर्छ भन्ने मंगोल डेमोक्रेटिक पार्टीको धारणा रहेको छ ।
१६औं शताब्दीतिर इस्ट इन्डीया कम्पनी भारतमा व्यापारिक रुपमा भित्रीए पछिको इतिहास बोकेका अंग्रेजहरुलाइ एमके गान्धीले 'भारत छोडो' भन्ने नारा दिएर किन लडाइ छेड्नु पर्‍यो? 'बृटिस साम्राज्यमा घाम कहिल्यै अस्ताउदैन' भनेर चुरीफुरी गर्ने अंग्रेजहरुले ४ सय वर्ष पछि भारतबाट किन सुइकुच्चा ठोक्नु पर्‍यो? तीस लाख वर्ग माइल ओगटेर बस्ने अंग्रेजहरुको हालत कसरी विस्तार विस्तार बेहालत हुन पुग्यो? त्यहाँका मुलबासी बिउँझे पछि म्यानमारबाट (बर्मा) भारतीय र नेपालीलाइ किन खेदे? फिजिमा के भयो? रोडेसीयाका प्रधान मन्त्री इयन स्मिथको के गति भयो? मूलबासी कालाहरु बिउँझीएर उठे-जुटे पछि जिम्वाबेमा के भयो? गोरा आर्यन राष्ट्रपति डीक्लर्कको चुरीफुरी-परस्पर जुझाउने-लडाउने-भिडाउने सडयन्त्र कसरी तहसनहस भयो? अल्पसंख्याक गोरा आर्यनहरुले दक्षिण अफ्रीकामा नेलशन मन्डेलालाई कसरी बाध्यातात्मक सत्ता सुम्पनुपर्‍यो? बोलिभीयामा के भयो ? संसारकै शक्ति सम्पन्न एकमात्र धनी र शक्तिशाली राष्ट्र अमेरीकामा कसरी त्यहाँका बहुसंख्याक मूलबासी काला मुस्लिम बाराक हुसेन ओबामा राष्ट्रपति भएका छन्? अमेरिकाकै रिपब्लिकन पार्टीका अध्यक्षमा कसरी काला मूलबासी चुनिए? यि तथ्य र सत्य बुझ्नुपर्छ; बुझेर बुझपचाउनु हुन्न।
शंकरदिगबिजय-मनुको नियम-पुग नपुग हजार वर्ष अघि लेखिएको काल्पनिक उपन्यास महाभारत-रामायण पढेर परस्पर दाजु-भाइलाई लडाएर, एकलब्यलाइ वर्णकै विभेदले औंला काट्न लगाएर, प्रल्हादलाइ आफ्नै बाबु मार्न लगाइ हिरण्यकसिपुको श्रीसम्पत्ति लुट्नमा गर्व गर्नेहरुले अब यो कल्पना गर्न नछाडें संकट निम्त्याउँछ। एकलब्य मंगोल थिए, शंकराचार्य हिन्दु काला आर्यन बाहुन। परस्परमा लड्ने भिड्ने सुग्रीब वाली मंगोल थिए । मंगोल डेमोक्रेटिक पार्टी आगामि भष्यिमा निर्माण गरिने संवैधानिक दफाहरुको केन्द्र विन्दुमा केन्द्रीत हुनु अघि निम्न हरफहरुप्रति आकर्षण गर्न चाहन्छ । अब निर्माण गरिने संविधानलाइ पनि गफास्टहरुको गफ, ढुंगालाइ दुध र मान्छेलाई मुत खुवाउने संस्कारको बनाइएको खण्डमा र हेपाहा नीति अपनाउने दुष्टतापुर्ण हेपाहा निती अपनाएर सम्पुर्ण नेपालीको हितार्थ नबनाईएको खण्डमा यो पनि २०४७ (१९९०) को संविधान जस्तै अल्पायुको त हुन्छ नै किन्तु मुलुकमा ज्वालामुखी विष्फोटन भै त्यसको लाभा जताततै पहाड, तराई र मधेशको चेपचापबाट पनि बग्नसक्ने हुनेछ र निर्ममता बोकेको भुकम्प ल्याउने प्रकारको पनि हुनेछ।
आजसम्मकै निर्माणीत तथाकथीत संविधानको, अन्तरिम संविधानको छैटौं संसोधित संस्करण सम्मलाइ गहिरिएर हेर्ने हो भने २० प्रतिशत हिन्दु काला आर्यन वाहुन छेत्रीहरुले २०४७ (१९९०) को तथाकथीत संविधानमा नेपालका अहिन्दु मूलबासी मंगोललाइ मंगोल नै भन्न दिएको थिएन जब की बाहुन छेत्री जो हिजो शरणार्थीको रुपमा यस मुलुकमा भित्रीएका थिए। ति हिन्दु आर्यनहरुलाइ संविधानको धारा २७ को उपधारा (१) ले हिन्दु आर्यन भन्ने अधिकार सुरक्षीत राखेको थियो। तथाकथीत उक्त संविधानलाइ गफास्टहरु 'एसियाकै उत्कृष्ट संविधान' भनेर भन्ने गर्थे, दंग पर्थे, भाषण छाँट्थे। त्यस तथाकथीत संविधानले प्रमुख र प्रवल सामन्तलाइ विभिन्न रुपमा पुजा गर्दै त्यसैको आडमा तिनीहरु ठडीएका थिए। त्यो तथाकथीत संविधान सम्पुर्ण रुपले ढुंगालाइ दुध र मान्छेलाई मुत खुवाउने संस्कारमा जन्मेका,पालिएका, हुर्केकाहरुको जड, गिदीको जड, उत्पादन थियो र संस्कारगत हिन्दु संस्कारको, हिन्दु संस्कारलाई दिगो र सुरक्षा सहित मलजल हाल्दै हुर्काउने ढाँचाको थियो। नेपालमा हिन्दु भनेको २० प्रतिशत बाहुन छेत्री हिन्दु काला आर्यनमात्र छन्। जसको जनसंख्यामा १६ प्रतिशत छेत्री र ४ प्रतिशत वाहुन छन्। यी हिन्दु आर्यनहरु हाम्रो मुलुक अर्थात अहिन्दु मुलबासी मंगोलको मुलुक नेपालमा सन् १४९५ ताकादेखि भारतका विभिन्न भेगवाट शरणार्थीको रुपमा भित्रेका हुन्।


अल्पायु बोकेर लिखुरे रुपमा ठडाइएको तथाकथीत २०४७ (१९९०) को संवैधानिक धाराहरु ११२, ११३(३) समस्त ८० प्रतिशत अहिन्दु मूलवासी मंगोललाइ, अहिन्दु वुद्धिष्ट, अहिन्दु मुस्लीम, खृष्टियन,सिक र जैनलाई हिन्दुकरण गरी जात जाति भनिएको थियो र धर्म, सम्प्रदायीक्ता, विखण्डनवादीको डर देखाएर गर्दनमा तरवार र पुर्व दरवार टाउकोमा बजारिने गरी मुंग्रो तयार पारेर राखिएको थियो। 'पद, पैसा, ऐन र कानुन हातमा लिए पछि अहिन्दु मुलबासी मंगोल, अहिन्दु वुद्धिष्ट, अहिन्दु मुस्लीम, खृष्टियन, सिक र जैनलाइ जे गर्दा पनि हुन्छ, जसरी कज्याउँदा पनि हुन्छ' भनेर व्यवहार गरिन्थ्यो।
हाम्रो निम्ती अर्थात अहिन्दु  मूलबासी मंगोलको निम्ती ऐन, कानुन, न्याय भनेको हात्तीको दारामात्र थियो र भै रहेकोछ, चपाउने दाँत अर्कै नदेखिनेछ। आज पनि जुनसुकै पार्टीका जुनसुकै प्रकारका डिंग हाँक्ने नेताहरु र जतीसुकै ठूल-ठूला क्रान्तिको हावादारी गफ हाँक्नेहरु पनि तिनीहरुको जन्मसिद्ध संस्कारको घेराभित्रबाट  बाहीरीन सकेका छैनन्। वर्तमान अन्तरिम संविधानमा पनि घुमाइ फीराइ हिन्दु संस्कारलाइ कडा पहरा दिएर संरक्षीत गरिएकोछ र यहाँका ८० प्रतिशत अहिन्दु मुलबासी मंगोललाइ पैताला वनाइ पिस्ने र देशनै नहुने वन्जारा-फिरिंगे-जनजाति (gypsy)  बनाउने प्रवल चेष्टा र अत्यन्त विखालु षडयन्त्र रहस्यमय ढंगले सुरक्षित राख्तै यहाँका मूलबासीहरुलाई आदिवासी (बाहिरवाट भित्रेको) बनाइएको छ।

एकातिर प्रजातन्त्र (रैती कमारो) शब्द भाषणै पिच्छे रगट्नु, अर्कोतिर वर्तमान शक्ति सम्पन्न तिनवटै (क) माओवादी (ख) तथाकथीत एमाले र (ग) फोरम ले जनजाती (gypsy)  देशनै नहुने जमात र बाहिरवाट भित्रेका (आदिवासी) बनाउन चाहानु र भनाउन चाहानु आदिवासी जनजाती भन्नेहरुलाइ ठूलो हन्डी दिएर लोभ्याउन चाहानु फटाक फुटुक लोभ देखाएर पद र पैसा प्रदान गर्नुले के संकेत गर्छ? indigenous भनेको मूलबासी हो। यो शव्दको दुरुपयोग गर्नु र बुझपचाउनु भनेको फेरी अर्को चर्को प्रतिक्रान्ति निम्ताउनु हो। त्यस्तै एकातिर 'धर्मनिरपेक्ष' भनिएको छ। अर्कोतिर हिन्दुहरुकी आमा लक्ष्मी भनिने गाइलाइ राष्ट्रीय पशु भनेर गाइलाई नै यथावत राखिएको छ। यसरी मूलबासी (indigenous) लाई हिजो भित्रेका देशनै नहुने जाति जनजाती (gypsy)  बनाउने भनाउनेमा वाड तहदेखि केन्द्रीय तहका यथास्थीतीवादी भनिनेदेखि लिएर ठूल-ठूला क्रान्तिको चट्के भाषण गर्ने जम्मै हिन्दु काला आर्यन बाहुन छेत्रीहरु एकढीक्का भएर जुटेका छन्; उठेका छन्।
सहि अर्थमा आदिवासी जनजाति (हिजो भित्रेका-देशनै नहुने) जमात भनेको मुगोल (बाबु मंगोल आमा पार्सीयन-इस्लाम) हरुको खेदाइमा परेर यस मुलुकमा शरणार्थीको रुपमा बास र गाँस खोज्दै आएका हिन्दु काला आर्यन बाहुन छेत्रीहरु हुन्। जसको देश न नेपाल हो, न त भारत र इरान नै। यिनीहरु ककसियसबाट हाइटीहरुद्वारा लखेटिएर इरान पसे, त्यसपछि भारत र नेपाल। हाम्रो मुलुकमा बास र गाँस पाए पछि हामीलाई नै उठीबास लगाउँदै आएका छन यिनीहरुले। यस अघिको तथाकथीत् २०४७ (१९९०) को संविधानमा जात जाति भनिनुको अर्थ पनि सम्पुर्णरुपले हिन्दुकरण गरिनु थियो; जसलाइ गफास्टहरु एसीयाकै उत्कृष्ट संविधान भनेर गफ हाँक्थे जसको आयु अल्पायु हुन पुग्यो।


१६औं शताब्दीतिर इस्ट इन्डीया कम्पनी भारतमा व्यापारिक रुपमा भित्रीए पछिको इतिहास बोकेका अंग्रेजहरुलाइ एमके गान्धीले 'भारत छोडो' भन्ने नारा दिएर किन लडाइ छेड्नु पर्‍यो? 'बृटिस साम्राज्यमा घाम कहिल्यै अस्ताउदैन' भनेर चुरीफुरी गर्ने अंग्रेजहरुले ४ सय वर्ष पछि भारतबाट किन सुइकुच्चा ठोक्नु पर्‍यो? तीस लाख वर्ग माइल ओगटेर बस्ने अंग्रेजहरुको हालत कसरी विस्तार विस्तार बेहालत हुन पुग्यो? त्यहाँका मुलबासी बिउँझे पछि म्यानमारबाट (बर्मा) भारतीय र नेपालीलाइ किन खेदे? फिजिमा के भयो? रोडेसीयाका प्रधान मन्त्री इयन स्मिथको के गति भयो? मूलबासी कालाहरु बिउँझीएर उठे-जुटे पछि जिम्वाबेमा के भयो? गोरा आर्यन राष्ट्रपति डीक्लर्कको चुरीफुरी-परस्पर जुझाउने-लडाउने-भिडाउने सडयन्त्र कसरी तहसनहस भयो? अल्पसंख्याक गोरा आर्यनहरुले दक्षिण अफ्रीकामा नेलशन मन्डेलालाई कसरी बाध्यातात्मक सत्ता सुम्पनुपर्‍यो? बोलिभीयामा के भयो ? संसारकै शक्ति सम्पन्न एकमात्र धनी र शक्तिशाली राष्ट्र अमेरीकामा कसरी त्यहाँका बहुसंख्याक मूलबासी काला मुस्लिम बाराक हुसेन ओबामा राष्ट्रपति भएका छन्? अमेरिकाकै रिपब्लिकन पार्टीका अध्यक्षमा कसरी काला मूलबासी चुनिए? यि तथ्य र सत्य बुझ्नुपर्छ; बुझेर बुझपचाउनु हुन्न।
शंकरदिगबिजय-मनुको नियम-पुग नपुग हजार वर्ष अघि लेखिएको काल्पनिक उपन्यास महाभारत-रामायण पढेर परस्पर दाजु-भाइलाई लडाएर, एकलब्यलाइ वर्णकै विभेदले औंला काट्न लगाएर, प्रल्हादलाइ आफ्नै बाबु मार्न लगाइ हिरण्यकसिपुको श्रीसम्पत्ति लुट्नमा गर्व गर्नेहरुले अब यो कल्पना गर्न नछाडें संकट निम्त्याउँछ। एकलब्य मंगोल थिए, शंकराचार्य हिन्दु काला आर्यन बाहुन। परस्परमा लड्ने भिड्ने सुग्रीब वाली मंगोल थिए ।
 बृटिसहरु सधैनै 'बृटिस साम्राज्यमा घाम कहिल्यै अस्ताउँदैन' भनेर दम्भ गर्थे, गोराहरु। घोडामा चढ्नु पर्दा भारतीयलाइ घोप्टो पर्न लगाएर त्यसमाथि टेकेर घोडा चढ्ने गर्थे। तर, यी असहनीय व्यवहारले पल्टा खायो। एमके गान्धीको आह्वानमा टुक्रीएर परस्पर घृणा गर्ने र परस्परमा सुग्रीब र वाली जस्तै लडीरहने भारतीयहरुमात्र होइन मुस्लीमहरुपनि उठे-जुटे  अंग्रेजहरुलाई साझा शत्रु ठानेर। आखिर गान्धीको 'भारत छोडो' आह्वान सशक्त भएर जताततै उम्लनु थाले पछि सन् १६१५ तिर इस्ट इन्डीय कम्पनीको नकाव लगाएर भारत भित्रेका अंग्रेजहरुले कुलेलाम ठोक्न परेको कुरा त चिसिएको छैन भने नेपालमा पनि त्यसो नहोला भनेर कसले भन्न सक्छ? विदेशी काला हिन्दू आर्यनहरुको सेखी झार्नको निम्ती, त्यस्तो संकटकाल ननिम्ताउनको निम्ती अब बन्ने संविधानमा अहिन्दु मुलबासी मंगोल सहित अरुरु अहिन्दुहरुलाई हयाकुलोले थिच्ने र पैतालाले पिस्ने परम्परागत दुष्ट प्रवृती छाडेर मंगोल  डेमोक्रेटिक पार्टीको  निम्न लिखित सल्लाहमा ध्यानाकर्षित हुनै पर्छ जसले गर्दा सबै नेपालीले समतहका नेपाली भएको महसुस गर्न सकोस, सम्मान पुर्वक बाँचेको र सुरक्षित महसुस गर्न सकोस।

नेपालका समस्त अहिन्दु मूलबासी मंगोलहरु राष्ट्रभित्रका राष्ट्रहरु हुन। हाम्रा पुर्ख्यौलीहरुले खेलाएका ढुंगे युगका हातहतियारहरु तिब्रीकोट, बुढानिलकन्ठ, हाङदेवा, नोवलपरासीत्यादी ठाउँहरुमा तीस, बत्तीस, पैतीस र चालीस हजार वर्ष पुरानो मात्र नभएर लाखौं वर्ष पुरानो पनि प्राप्त भएको सर्वविधीतै छ भने पाल्पाको दोभानमा र त्रिवेणी भन्ने ठाउँमा अहिन्दु मूलबासी मंगोल पुर्खाको डेढ सेन्टीमिटर लामो, एक सेन्टीमिटर चौडाको दाँत चट्टानमा चेप्टीएर बसेको फेलापरेको थियो। जुन एक करोड दश लाख वर्ष पुरानो भएको बताइएको छ। यो सत्य तथ्य हामीले दोहोर्‍याइरहनु पर्दैन। सन् १४९५ देखि हिन्दु काला आर्यनहरु अर्थात बाहुन छेत्रीहरु हाम्रो मुलुकमा बास र गाँसको खोजीमा भित्रीन थाले पछि र सन् १५५९ मा द्रव्य शाहा, नारायण अर्याल र गणेश पाण्डेको षडयन्त्रमा कपटपुर्ण ढंगले मंगोल पुर्खाको टाउको गोर्खावाट गिडीन सुरु भए पछि र हिन्दु साम्राज्यवादी पृथ्वी नारायण शाहाले 'असली हिन्दुस्थान भनेको यही हो'। अर्थात हिन्दुहरुको असल र सुरक्षित ठाउँ यही वर्तमान नेपाललाई ठानेपछि हामी अहिन्दु मूलबासी मंगोल माथिको दमन, शोसण र शासनको क्रुरता चरम सिमामा पुर्‍याउँदै हाम्रो सबथोक लुट्दै र चक्नाचुर पार्दै आज हामीलाई यस स्थितिमा पुर्‍याइएको छ। अबको संविधान निर्माताहरुले सत्यलाई टर्रो सम्झेर मुल्यहिन आँक्ने नगरेकै बेस हुनेछ।  
भावी नेपाल र आउँदो पिडीको निम्ती-संविधानको प्रस्तावनामा
(१) लोकतन्त्र अर्थात गणतन्त्र (republic)
(२) धर्म निरपेक्षता (secularism)
(३) प्रान्तीयता (provincial govt)  
(४) वाकस्वतन्त्र (freedom of speech)
(५) अभिव्याक्ति स्वतन्त्रता र (freedom of press)
(६) घुमफिर गर्ने स्वतन्त्रता (freedom of movement)  राखिनु पर्छ।
संविधानको पहिलो भागमा राखिनु पर्ने
(१) मूलबासी शब्द राखिनुपर्छ।  
(२) राष्ट्रीय भनिएको अराष्ट्रीय झण्डा परिवर्तन गरिनु पर्छ  । नेपालका वर्तमान झण्डाले चन्द्र वंसी बुद्धिष्टहरु माथि भारतीय सुर्यवंसी राजाहरुको विजय भएको झल्काइएको छ।  
(३) नेपालमा राजस्थानबाट मुगोलको खेदाई पछि वर्तमान नेपाल भित्रेका शाहाहरुले राज्यसत्ता आफ्नो मुठीमा पारेपछि अराष्ट्रीय पोसाक दौरा-सुरुवाल (डोरा सरवाल) र नेपाली बनाइएको मुसलमानी टोपी (fez) लाइ राष्ट्रीय पोसाक बनाइनु र भनाइनु हुन्न। पोसाकलाई आफ्नो ऐक्षिक विषयमा छाडीनुपर्छ।  
(४) राष्ट्रीय जनावर हिन्दुहरुकी आमा तथा ब्रम्हाकी छोरी र स्वास्नी लक्ष्मी भनिने गाइ होइन कस्तुरी मृग राखिनु पर्छ। गाइलाइ एकतर्फी धर्म निरपेक्षलाई हात्तीको दाह्रा जस्तो मात्र बनाएर धर्म निरपेक्षको विरोधमा पर्खाल बनाएर उभ्याइएको छ भने अर्कोतिर निकट भविष्यमा अगतिलो द्वन्द्व निम्ताउनको निम्ती उजन्डवादीहरुले यसो गरेको संकेत मिल्छ।  
(५) अहिन्दू मूलबासी मंगोलहरु राष्ट्रभित्रका राष्ट्रहरु हुन् यिनीहरु प्रतिमात्र होइनन् अपितु अहिन्दु बुद्धिष्ट, अहिन्दु मुस्लिम, अहिन्दू खृष्टियन, सिक र जैनहरु माथि पनि अल्पसंख्यक २० प्रतिसत हिन्दू काला आर्यन बाहुन छेत्रीले राजनैतिक शक्ति आफ्नो मुठीमा पारेर पद र पैसाको घमण्डमा सबै अहिन्दुलाई हिन्दुकरण गरिने दुष्टतापूर्ण प्रयास गरेर जात जाती, प्रजातीत्यादी लेख्ने हेपाहा निती बन्द गरेर त्यस ठाउँमा (क) विभिन्न समुदाय (ख) विभिन्न वर्ग (ग) विभिन्न सम्प्रदाय अथवा विभिन्न थरी लेखिनु पर्छ।
६) अहिन्दू बहुसंख्याक ८० प्रतिशत मूलबासीले शरणार्थीको रुपमा भित्रेर बास गाँस पाएका २० प्रतिशत हिन्दु काला आर्यन बाहुन छेत्रीलाइ न हिजो देउता मानेका थिए न आज मानेका छन् न त भोलीनै मान्छन् यसकारण यो खस लिपीलाइ देउनागरी भन्नु अथवा संविधानमानै लेख्न चटक्कै छाड्नुपर्छ।  
(७) नेपालमा राष्ट्रीय बनाइएको अराष्ट्रीय संम्वतलाई बदली गरी कि अन्तराष्ट्रीय इष्वी सन् की चाहिँ नेपाल संवत् जसलाई नेवारी भन्ने चलन छ चलाइनु पर्छ।  
(८) सम्पर्क भाषामा खस लगायत- अंग्रेजी र हिन्दीलाई पनि सम्पर्क भाषाको मान्यता दिनु पर्छ।  
(९) पाठशालामा प्राथमीक तह देखिनै जम्मै राष्ट्रीय भाषालाइ ऐक्षिक विषय बनाइनु पर्छ र अंग्रेजी र हिन्दी भाषालाई चाहीं खस भाषा सरह प्राथमीक तहबाट नै दरिलो प्रकारले पढाउने गरिनुपर्छ।  
(१०) नेपालका अहिन्दू मूलबासी मंगोलहरु बाध्यताबस संसारको कुनै पनि मुलुकमा पुग्नु परेको भएता पनि उसलाइ दुइ देशीय नागरिक स्वीकार गरी उ नेपाल फर्के पछि स्वयं नागरीक भएको स्वीकारीनु पर्छ भने छुट्टीमा आउँदा, आफन्त भेट्न आउँदा अथवा अन्य कुनै पनि कामले नेपाल आउँदा उसलाई विदेशी सरह भिसा लाग्ने चलन हटाइनु पर्छ र उ नेपालमा बस्दा मानसिक रुपले पनि आफ्नै मुलुकमा भएको महसुस हुने मनस्थीतीको बनाइने गर्नुपर्छ।
राजनैतिक दल सम्वन्धी
राजनैतिक दल सम्बन्धीको संवैधानिक व्यवस्थामा मान्यता प्राप्त राजनैतिक दलमा भेदभाव विहीन समानताको व्यवाहार अपनाइनुपर्छ। हात्ती शरीरले ठूलो भएता पनि मुर्ख हुन्छ। जरायोको सिङ राम्रो देखिने भएता पनि परि आउँदा त्यसले आफ्नै शरीर सुरक्षाको काम पनि गर्न सक्तैन।
संकटकालीन घोषणा  
राष्ट्रमा साँचीकै संकट भित्रीयो अथवा भित्राइयो भने ६-६ महीना गरेर १ वर्ष सम्म संकटकाल घोषणा गर्न सक्ने त्यो भन्दा बेसि लम्ब्याउन नहुने हुनुपर्छ।
संविधानमा बाधा अड्चन
संवैधानिक बाधा अडचनमा पनि ५० प्रतिशतकै नियम लागु हुने बनाइनु उचित ठान्दछु जुन संविधान संसोधान प्रक्रियाप्रति व्याक्त गरेको छु।
संविधान संसोधन प्रक्रिया  
संविधान संसोधन प्रक्रियालाइ जटिल बनाइनु हुन्न। संविधान संसोधनलाई ५० प्रतिशतले पनि संसोधन गर्न सकिने र निर्णयाक मत चाहीं अध्यक्षको हुने बनाइए बेस। जस्तो की ५० प्रतिशतले संसोधनको पक्षमा र ५० प्रतिशतले विपक्षमा मत दिएर बराबरी हुन आएको खण्डमा निर्णायक मत चाहीं अध्यक्षको हुनुपर्ने बनाइए सजिलो हुन्छ भन्ने मंगोल डेमोक्रेटीक पार्टीको राय छ।
(क) राजनैतिक दलको परिभाषा
राजनितीक अर्थात राजनैतिक दलको परिभाषा भनेको कुनै पनि मुलुकलाइ संचालन गर्ने निती (policy) हो।  
(ख) हरेक नागरीकलाई पूर्ण रुपले राजनैतिक दल खोल्ने स्वतन्त्रता हुनु पर्छ। राजनैतिक दल अथवा संगठनहरुले प्राय नै नागरीकको सुसुप्त चेतनालाई बिउँझाउंने काममा घच्घचाउने काम गर्छ। नागरीकको चेतनाको स्तर अनुसार तिनीहरुले कुन राजनैतिक दलको पछि लाग्ने सुर कस्छन त्यो उसको स्वतन्त्र बिचारको विकास हुन्छ। अपितु त्यती भएर पनि माओवादीले जस्तो नागरिकलाई आतंकीत बनाएर आफ्नो राजनितीमा लगाउनु  हुँदैन । सकिन्जेल राजनैतिक दललाई बन्देज लगाउनु हुँदैन। जुन दलको नीति नागरिकले रुचाउदैन त्यसको पछि नागरिक नलागी दिएको खण्डमा त्यो स्वयं बन्देज भए सरहनै हुन्छ।
(ग) दल दर्ताको निम्ती जति सक्तो सजिलो बनाउनु राम्रो हो।
(घ) राजनैतिक दल भित्र फराकीलो प्रकारको लोकतान्त्रीक गणतंत्र हुनुपर्छ त्यसमा समावेसिको त्यति महत्व देख्तीनं।
(ङ) राजनैतिक दलको व्यवस्थापन, पारदर्शिता र जवाफदेहिता भन्ने कुरा राष्ट्र चलाउने नीती बोक्ने र नीती बनाउने त्यसै पार्टीको जिम्मेवारीमाथि छाडीदिनु पर्छ। त्यो त्यस पार्टीका नेताहरु माथी भर पर्छ, किनभने पार्टी हाँक्ने नेताहरुको विचार र व्यवहार उ जन्मेर पढे, बढे, हुर्केको संस्कार-सेरो फेरोको वातावरणको गहिरो छाप परेको हुन्छ, त्यो छुमन्तरको भरमा छाडीने र सुध्रने होइन। जस्तो की प्रजातन्त्र भनेको राजा राख्ने र रैती कमारा स्वीकार गर्ने स्वीकार गर्न लगाउने हो। २१ औं शताब्दीमा राजतन्त्र, कम्युनिष्ट तन्त्र, तानासाही तन्त्रको कुरा गर्नु भनेको आफ्नो निहित स्वार्थमा राजाको पिट्ठू हुनु हो, संसारमा एक पछि अर्को गर्दै ढल्दै गएको र संसारमा कहीं पनि १०० वर्ष पनि नटिकेको तानासाही कम्युनिष्ट तन्त्रको जग बसाउनु चाहानु हो।
राजतन्त्र, कम्युनिष्ट तन्त्र, सैनिक तन्त्र सोचाइको विकासको निम्ती प्रमुख दुष्ट हो। नेपालमा गिरिजा प्रसाद मर्काका नेताहरु सामन्ती प्रथा र राजतन्त्रको आर्शिवादमा हुर्के-बाँचे-फले फुलेकाहरु हुन। त्यस्ताहरु भनेको 'मुरख कभि नसम्झे ज्ञानका गाँठ जाये -कोयल कभि नउजिलाये सौ मन साबुन लगाए' भने जस्तै हो। त्यसमा पनि ढुंगालाई दुध र मान्छेलाइ मुत खुवाउने संस्कारमा जन्मे बढे हुर्केकाहरु हुन्। यस्ताहरुको हातमा देशको निती निर्धारण गर्ने शक्ति भएकाले नै देशमा यस प्रकारको विकृती, भ्रष्टचार, चाप्लुसी, चाकरीवाद, नातावाद, कृपावाद मौलाएका हुन। तस्करी, काला बजारियाहरुको रजाइँ, धाक, धम्की चरम चुलीमा पुगेका हुन्।यस कारण राजनैतिक दल व्यवस्थापन पारदर्शिता र जवाफदेहीतामा अंकुस लगाएर विचार लादने विषालु बिऊ रोपिनु हो।

अन्तमा मंगोल डेमोक्रेटिक पार्टीका सुझावहरुसंग घोलिएका सुझावमा पुनः एकपल्ट दोहोराएर भन्न चाहान्छु।  
(क) तथाकथीत राष्ट्रीय भनिने अराष्ट्रीय झण्डा-जुन झण्डामा नेपालका बहुसंख्याक अहिन्दु मूलबासी (indigenous) मंगोल बुद्धिष्टहरुको पतन (चन्द्रवंशी) गरेर सुर्यवंशीको उत्थानको प्रतिकको प्रतिनिधित्व गर्दछ-यस प्रकारको झण्डा बदल्नै पर्छ।
(ख) गाइलाई राष्ट्रीय पशु राखेर धर्म निरपेक्षको घाँटी निमोठ्ने दुष्टतापूर्ण विचार त्याग्नै पर्छ।  
(ग) अब बन्ने संविधानलाइ हिन्दुकरन गरेर-जात जाती-उपजाती-प्रजाती भन्ने शब्दहरु निर्मूल गरिनै पर्छ र समुदाय, सम्प्रदाय, विभिन्न थरी भन्ने शब्दहरुलाइ परिचित गराउनु अनिवार्य छ।
(घ) विजय दशमीले नेपालको अहिन्दु मूलबासी मंगोलको पुर्खाको टाउको गिडीएर हिन्दू काला आर्यनको विजय र मूलबासी मंगोलको पतनको कथा संगालेको छ यसमा गहिराई पूर्वक सोचिनु पर्छ।
उक्त विचारहरुलाइ हेल चक्राई गरेर-लत्याउने र पैतालाले पिसेर धुजा धुजा बनाउने हेपुवा र दुष्टतापूर्ण निती अपनाएको खण्डमा यही नै एउटा कलहको बिउ बनिन सक्छ र अर्को एउटा विसालता बोकेको निर्णयाक क्रान्ति पनि हुन सक्ने छ ।
  Advertisements
--> 
    

Published on Jun 6, 2013
This is a song about the identity ( Pahichan ) of Nepali indigenous people , who are now realizing the discrimination of the state and taking steps against it to restore their rights . Lets give a warm solidarity on their efforts .
www.samabad.com

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.com संग अगाडी बढन आफ्नो ऋण स्थानान्तरण कागजात तुरुन्त

    ReplyDelete