Tuesday, June 18, 2013

नेपाली सेनाको अधिकृत क्याडेट पद र प्रहरी निरीक्षक (प्रशासन) तथा प्रहरी जवान पदको नयाँ भर्ना खुल्यो ।

नेपाली सेनाको अधिकृत क्याडेट पद र  प्रहरी निरीक्षक (प्रशासन) तथा प्रहरी जवान पदको नयाँ भर्ना खुल्यो । 
नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्न खुलेको छ । नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा भर्न खुलेको छ । 
नेपाली सेनाको अधिकृत क्याडेट भनेको भोलिको सेनापती (सेना प्रमुख) हुने पद हो भने प्रहरी निरिक्षक भनेको भोलिको दिनमा आईजिपी (प्रहरी प्रमुख) हुने पद हो ? 
अहिले जागिर खान नजाने अनि भोलिको दिनमा सेना प्रमुख र प्रहरीको प्रमुख हामो मान्छे भएन भनेर अरूलाई दोश दिन मिल्दैन ।
अहिलेको  नेपाल प्रहरीको प्रमुख कुबेर सिंह रानामगरले हिजोको दिनमा दु:ख गरेकै कारण उनि नेपाल प्रहरीको प्रमुख हुन सकेको हो ।
अहिलेको राष्ट्रीय अनुसन्धान बिभागको प्रमुख मोती बाहदुर गुरूङ पनि त्यसै त्यो ठाउँमा पुग्नु भएको होईन । 
अहिलेको सेनाप्रमुख गौरब शमशेर राणा भन्दा अघिको सेनापती छ्त्रमानसिंह गुरूङ पनि त्यसै त्यो ठाउँमा पुगेको होईन । हो अहिले मूलाबसी मंगोलको छोरा-छोरी पनि त्यो ठाउँमा पुग्न सक्ने अवशर आएको छ, भर्न खुलेको छ । 
सबैले ध्यान दिनु होला । र भोलिको सेना प्रमुख र प्रहरी प्रमुख बन्ने योजना बनाउनु होला । 
प्रहरी निरीक्षक (प्रशासन) तथा प्रहरी जवान पदको नयाँ भर्ना  खुल्यो । सुचना हेर्न यहाँ क्लिक गर्नु होला ।

नेपाली सेनामा अमलदार देखि अधिकृत क्याडेट सम्माको भर्ती खुल्यो, आफ्नो स्थान समयमानै सुरक्षीत गर्नु होला ।


फेशबूकमा समय बिताउनेहरूको जमतले यता तिर पनि ध्यान दिने हो कि ? 
नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी निरीक्षक र प्रहरी जवान पदहरु खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्तिका लागि भर्न खुलेको छ ।
प्रहरी निरिक्षक १३८ जना र प्रहरी जवान ६१०० जनाको भर्न खुलेको छ । आफ्नो कालीलो र मलिलो जवानी खेर फाल्न खाडी मुलुक तिर काम गर्न जान तम्सिने युवा-युवातीहरूले नेपालमा नै बसेर केहि गर्ने हो कि ? अहिले त खाडी मुलुकमा जागिर खानु जानु भन्दा नेपाल प्रहरीको सिपाहिमा जगिर खानु  धेरै राम्रो छ । 
पैसा पनि तिर्नु नपर्ने १६ बर्षमा पेन्सन पनि हुने ।  स्थायी सत्ताको धरोहर नेपाल प्रहरीमा सेवा गर्न जाने हो कि ? किनकी नेपाल प्रहरी भनेको त स्थायी सत्ता हो ।
सधै सुचनाबाट बन्चित हुने  मूलबासी मंगोल समुदायको घर-घरमा यो सन्देश पुर्‍याउनु होला ।
प्रहरी निरिक्षक भनेको त कानुनी रूपमा प्रधानमन्त्री भन्दा पनि शक्तिशाली पद हो भन्ने कुराको पुष्टी पनि अहिलेको राजनीतिक अवास्थामा भईसकेको छ ।
मूलबासी मंगोल  समुदायको सन्तातिले आफुलाई सत्ताबाट बंचित गरेको र भएको महसुस हुन्छ भने प्रहरी निरीक्षक र प्रहरी जवान पदहरुमा खुल्ला प्रतियोगिताद्वारा सहभागी हुनु होला । होईन भने फेशबूकमा ताल न बेतलको शब्दहरू लेख्दै गाली गर्नुको कुनै अर्थ छैन ।
नेपाल नेपाल प्रहरीले एक सय ३८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र छ हजार एक सय प्रहरी जवान खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने भएको छ । प्रहरी प्रधान कार्यालयले आज सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको छ । दरखास्त आगामी साउन ४ गतेसम्म लिने गरी विज्ञापन गरिएको छ । समावेशी आधारमा खुलाइएको भर्ना गरिने भएको छ । इन्स्पेक्टर खुलातर्फ ७६ र समावेशी आधारमा ६२ जना भर्ना गरिने भएको छ । समावेशीतर्फ आदिवासी जनाजाति २० जना, मधेशी १७ जना, महिला १३ जना, दलित ९ जना र पिछडिएको क्षेत्रबाट ३ जना भर्ना गरिने भएको छ । त्यस्तै प्रहरी जवान खुलाबाट ३३ सय ५५ जना र समावेशी आधारमा २७ सय ४५ जना भर्ना गरिने भएको् छ । यस अनुसार आदिवासी जनजाति ८ सय ७८, मधेशी ७ सय ६९, महिला ५ सय ४९, दलित ४ सय १२ र पछडिएको क्षेत्रबाट एक सय ३५ जना भर्ना गरिने भएको छ ।
तपाईंहरूलाई मन पर्‍यो भने श्यायर गर्नु होला । बिज्ञापन हेर्न तलको लिङ्कमा क्लिक गर्नु होला ।


1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.com संग अगाडी बढन आफ्नो ऋण स्थानान्तरण कागजात तुरुन्त

    ReplyDelete