Monday, November 16, 2015

ग्यास्ट्रिकबाट बच्ने पाँच उपाय जानी राख्नुहोस् !


ग्यास्ट्राइटिसको समस्यामा पेटमा ग्यास बन्छ। यस्तो अवस्थामा फेट फुल्छ र पीडा हुन थाल्छ। यसैले सबैभन्दा पहिला कस्तो खाद्यपदार्थ लिनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ।
ग्यास बनाउने खाद्यपदार्थ नखानुस्
ग्यास्ट्राइटिस समस्याको सबैभन्दा ठूलो कारण हो, ग्यास बनाउने खालका खानेकुरा। केक, कार्बोनेटयुक्त सामग्री, अमिलो फल, काउली, बन्दा, सुपारी पेटमा ग्यास बनाउने खालका खाद्यपदार्थ हुन्। ग्यास बन्ने अर्को कारण हो, लामो समयसम्म भोको रहनु।
समयमा खाना खाने गर्नुहोस्
नियमित रुपमा खाना खाने बानी गर्नाले ग्यास्ट्राइटिसको समस्या समाधान हुन सक्छ। बिहान नास्ता पनि नगर्नु र दिउँसो एकसाथ खाना खानु गलत बानी हो। यसले ग्यास्ट्राइटिसको समस्या उत्पन्न हुन्छ। यसबाट बच्न नियमित रुपमा खाना खानुपर्छ। खाना खाँदा चपाएर मात्र खानुपर्छ।
कम मसालेदार खाना
बढी तेल र मसाला मिसाएको खाना पनि ग्यास्ट्रिकको कारण हुन सक्छ। यसैले यस्ता कुरा मिसाइएको खानेकुराबाट बच्नुहोस्। खानामा सधैं हरियो तरकारी सामेल गर्नुहोस्, पेट पूरै भरिनुभन्दा खान मन लाग्दालाग्दै उठ्नुहोस्। यसबाट खाना राम्ररी पच्छ। साथै ध्यान दिनुहोस्, खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुहोस्।
रक्सीबाट बच्नुहोस्
बढी रक्सी पिउने बानीले ग्यास्ट्रिकको समस्या बढाउँछ। यद्यपि रक्सीमात्र यसको मुख्य कारण होइन। तर, रक्सी नखाँदा या यसको सेवन सीमित गर्नाले भविष्यमा हुने ग्यास्ट्राइटिसबाट बच्न सकिन्छ।
थोरै खानुहोस्, नियमित खानुहोस्
ग्यास्ट्रिकको समस्या पेटसंग सम्बन्धित समस्या हो। त्यसैले पेटलाई आराम दिन थोरै खाने बानी गर्नुपर्छ। धेरै खानाले पनि ग्यास्ट्रीकको समस्यालाई असर गर्छ। यसका अलावा खानामा ल्याक्टोज र ग्लूटनजस्ता आहार लिनबाट बच्नुहोस्।
ग्यास्ट्रिकमा पेटमा बन्ने एसिड कम गर्न प्रभावकारी औषधि एन्टासिड या अन्य औषधि दिइन्छ। अन्यथा एसिड फुलेको क्षेत्रमा बढी जलन पैदा गर्ने कारण बन्न सक्छ। साथै ग्यास्ट्राइटिसका दौरान एस्पिरिन र नन स्टेराइडल–एन्टी इन्फ्लेमेटरी जस्ता औषधि दिनबाट बच्नुपर्छ।

No comments:

Post a Comment