Monday, November 16, 2015

यी समस्याको कारण क्याल्सियमको अभाव त होइन ?

एजेन्सी– एक गिलास दुध पिएपछि शरिरमा पर्याप्त क्याल्सियम पुग्छ भन्ने सोच तपाईँको हुन सक्छ । तर यसले केबल हाम्रो रगतलाई अर्ध तरल (ब्लड क्लट) बनाउन सहयोग पुर्याउँछ । कडा र स्वस्थ हड्डी बनाउन क्याल्सियमले महत्वपूर्ण भूमिका खेले जस्तै दुधले ब्लड कल्टिङ, शारीरिक रुपमा चाँडो वृद्धि गर्न, पाखुरा र मांशपेशी बलियो र कसिलो बनाउन तथा शरिरमा पूर्ण रुपमा फूर्ती जगाउन यसले सहयोग पुर्याउँछ ।

हरिया सागसब्जी, दही, बदाम, चिज लगायका पोषिला खानेकुराबाट हामीले यो खनिज पदार्थ (क्याल्सियम) पाउँछौं । तर, प्राय मानिसहरु (विशेष गरी १४ देखि २० वर्षको ) क्याल्सियमको कमजोरीका कारण विभिन्न समस्यामा पर्ने गरेका छन् । तपाईँको शरिरमा क्यल्सियम अभावका केही लक्षण यस्ता देखिन सक्छन्ः
मांशपेशी दुख्ने
शरिरमा पर्याप्त मात्रमा हेमोग्लोबिन र प्रशस्त पानी खाँदा पनि यदि तपाई बारम्बार माशपेशी दुख्ने समस्याबाट पीडित हुुनुुहुन्छ भने अवश्य पनि शरिरमा क्याल्सियमको मात्रा थोरै भएको छ भन्ने बुझ्नुहोस् । तिघ्रा तथा हातको पाखुरा र मांशपेशी नचल्नु न्यून क्याल्सियमको संंकेत हो । तसर्थ शरिर बारम्बार दुख्छ भने क्याल्सियमको अभावमा यस्तो समस्या हुने भएकोले तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ ।
हड्डी कसिलो नहुनु
कहिले काही हाम्रो शरिरको कुनै हड्डी (विशेष गरी घुडा कुइनोको तल्लो हड्डी ) हल्लिने तथा घुम्ने गर्छ । यो क्याल्सियमको अभावले हुने गर्छ । तपार्इँ बुढो भएपनि हड्डीलाई बलियो बनाउन क्याल्सियमको आवश्यकता पर्छ । शरिरको धातुलाई खनिज पदार्थमा परिबर्तन गर्नको लागि क्याल्सियमले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तसर्थ न्यून क्याल्सियमले हड्डी कसिलो बनाउने प्रक्रियामा प्रत्यक्ष असर गर्छ जसका कारण हड्डीका तन्तुहरु नास हुन्छन् र हड्डी भाँचिन्छ ।
नङ भाचिनु, कमजोर हुनु
हड्डीलाई जस्तै तपाईको नङलाई बलियो बनाउन पनि क्याल्सियमको आवश्यकता पर्छ । क्याल्सियमको अभावमा तपाईको नङ अत्यधिक कमजोर भई भाँच्चिने खतरा हुन्छ । तसर्थ शरिरका नङ निकै कम्जोर वा बारम्बार आफैँ भाँचिन्छन् भने तपाईँलाई क्यल्सियमको आवश्यकता छ भन्ने बुझ्नुहोस् ।
दाँत दुख्नु
तपाईँको शरिरमा रहेको क्याल्सियममध्ये ९९ प्रतिशत क्याल्सिम दाँत र हड्डीमा हुन्छ । स्वभाविक रुपमा तपार्इँको क्याल्सियम तह न्यून भएमा दाँत दुख्नेदेखि किराले खाने गर्छ । दाँत दुख्नुको अतिरिक्त दाँतको इनामेल हराउनु, दाँत वरपरका हड्डी कुहिनु, र गिजासम्बन्धी अन्य रोग लाग्नु (पेरिडोन्टल डिजिज) क्याल्सिम अभावका प्रमुख लक्षण हुन् । हामीलाई कहिलेकाहीँ दाँत सिरिङग हुने वा सबै बंगारा एकैपटक दुख्ने लगायतका समस्या आउनुको कारण क्याल्सियम अभाव हो । यस्तो लक्षण देखिएमा क्याल्सियमयुक्त पर्याप्त हरियो सागसब्जी, फलफूल तथा दैनिक १ गिलास दूध पिउनुपर्छ । त्यस्तै बालबालिकामा समयमै दाँत नपलाउने , पलाएका पनि निकै कमजोर हुने यी सबै लक्षण क्याल्सियमका हुन् ।
मासिक धर्ममा पीडा
यदि मासिक धर्मको अवधिमा महिलामा अत्यधिक शरिर तथा मांशपेशी दुख्छ भने निश्चय नै त्यो क्याल्सियमको अभाव हो । कुन क्याल्सियम दिँदा यस्तो पिडा रोक्न सकिन्छ भन्ने बारेमा मेडिकल साइन्समा अझै स्पष्ट नभए पनि मांशपेशीलाई बलियो बनाउन क्याल्सियमको भूमिका महत्वपूर्ण छ । त्यस्तै अनिमिति रुपमा महिनावारी हुने र अत्यधिक रक्तश्राब हुनु पनि क्याल्सियमको कमीका लक्षण हुन । भ्रुण रहने स्थानको सामान्य विकास र अन्डाशयको हर्मनको नियमति विकासको लागि पनि क्याल्सियम नभई नहुने खनिज हो ।
बारम्बार कमजोरी
शरिरलाई स्वस्थ र रोग प्रतिरोधात्मक प्रणालीका लागि पनि क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ । बारम्बार श्वासप्रश्वाससँग सम्बन्धित समस्या र आन्द्राको संक्रमण क्याल्सियमकै अभावमा हुने हो । क्याल्सियमको अभाव हुने मानिसलाई भाइरस, ब्याक्टेरिया र अन्य परिजिविले आक्रमण गर्छ । तसर्थ बारम्बार भाइरस, ब्याक्टेरिया जन्य रोगको संक्रमणबाट पीडित हुनुहुन्छ भने तपाईँलाई क्याल्सियमको अभाव छ भन्ने बुझ्न कत्ति ढिलाई नगर्नुहोस् ।
हड्डी र मांशपेशीको पीडाले क्याल्सिम अभाव भएका मानिसहरुलाई सामान्यतया कमजोर बनाउछ । अधिकांश अवस्थामा डर, त्रास, पीडा हुने मानसिक कम्जोरी र मानसिक अस्वथता क्याल्सिमयसँग सम्बन्धित छ । क्याल्सियमको अभावमा यी सबै समस्या हुने गर्छ । तपाईको अनुहार पहेलो, थकित र जतिखेर पनि अल्छि महशुस हुने पनि क्याल्सियम अभावकै कारण हो । बच्चा जन्माएपछि महिलामा क्याल्सियमको अभाव हुने गर्छ जसका कारण उनीहरु कम्जोर थकित महशुस गर्छन् । क्याल्सियमकै अभावमा सुत्केरी महिलाहरुको दूध नआउने, ध्यान दिएर सोच्न नसक्ने र अत्यधिक थकित हुने गर्छन् । गर्भवती महिलालाई १ सय देखि १ सय २० एमजी क्याल्सियम दैनिक खुवाउनुपर्छ ।

No comments:

Post a Comment