Monday, November 2, 2015

कहाँ बाँडियो लाखौं सोलार बत्ती?


काठमाडौं-विदेशबाट भूकम्प पीडितलाई राहतस्वरुप भित्रिएका १ लाखभन्दा बढी सोलार बत्ती कहाँ बाँडिए?
सरकारसँग कुनै विवरण छैन।
पूर्ण भन्सार छुटमा ल्याइएका सोलार बत्ती वितरणको जिम्मा लिएका विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय संघसंस्था र व्यक्तिले नियमअनुसार विवरण नबुझाउँदा सोलार बत्तीमा पनि अनियमितता भएको आशंका छ। - See more at:
‘विभिन्न संघसंस्था र व्यक्तिले विदेशबाट ल्याएको राहत सामग्री सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी बाँड्नुपर्ने प्रावधान छ तर संघसंस्थाले विदेशबाट आएको राहत कहाँ वितरण गरे वा गरेनन् चेक गर्ने संयन्त्र हामीसँग छैन,' गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, ‘तर अब हामी जिल्ला प्रशासन कार्यालयमार्फत सोध्छौं।' 
राहत सामग्री कहाँ वितरण गर्ने भन्ने स्पष्ट उल्लेख नगरेसम्म भन्सार छुट नदिने सरकारी नियम भए पनि अधिकांशले त्यस्तो ठाउँ नखुलाई विभिन्न नाकाबाट सोलार बत्ती भन्सार छुटमा भिœयाएको देखिन्छ। 
भन्सारबाट छुटाएको एक महिनाभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत राहत सामग्री वितरण गरेको प्रमाणीकृत विवरण नबुझाए भन्सार शुल्क बुझाउनुपर्ने प्रावधान छ।
भन्सार विभागका निर्देशक शिशिरकुमार ढुंगानाले भन्सार छुटमा सोलार बुझेर प्रमाणित विवरण नबुझाउने संघसंस्था वा व्यक्तिलाई कारबाही गर्ने जानकारी दिए।
‘सम्बन्धित स्थानमा लगेर राहत वितरण गरेको प्रमाण नबुझाउने संघसंस्थालाई सोध्छौं र भन्सार असुल गछर्ौं,' ढुंगानाले नागरिकसँग भने। 
विभागको तथ्यांकअनुसार विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले भूकम्प पीडितलाई विभिन्न प्रकारका १ लाखभन्दा बढी सोलार बत्ती पठाएका छन्। ती बत्ती नेपालमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाले बुझेका छन् तर यस्ता बत्ती के कति, कहाँ वितरण भयो भन्ने विवरण भने कसैले देखाएका छैनन्।
केन्याको डी लाइट, केन्याले मात्र भूकम्प पीडितका लागि १६ हजार ७ सय ५० थान सोलार चार्जर बत्ती पठाएको थियो। ती बत्ती नेपालमा नेपाल प्राइट फर्वाडर एसोसिएसन र वर्ल्ड भिजन इन्टरनेसनलले बुझेका थिए। एसोसिएसनले ६ हजार ७ सय ५० र इन्टरनेसनलले १० हजार थान बत्ती बुझेको विभागसँग विवरण छ। 
एसोसिएसनले सामान बु‰दा नुवाकोट र धादिङमा वितरण गर्ने जनाएको थियो भने इन्टरनेसनलले कुनै जिल्ला तथा गाविस नतोकी सामान बुझेको देखिन्छ। 
‘हामीले प्राप्त गरेका सबै सोलार बत्ती धादिङ, रसुवा र नुवाकोटमा लगेर वितरण गरेका छौं तर त्यहाँका कुनकुन ठाउँमा वितरण भयो भन्ने विवरण आउन बाँकी छ,' प्राइट फर्वाडरका राजेन्द्र संग्रौलाले भने। वर्ल्ड भिजनका जगदीश भट्टराईले पनि आफ्नो संस्थाले प्राप्त गरेको सोलार बत्ती गोरखा, लमजुङ, सिन्धुपाल्चोक, काठमाडौंलगायत जिल्लामा वितरण गरिएको दाबी गरे। 
भारतबाट मात्रै भन्सार छुटमा विभिन्न प्रकारका २५ हजार ५ सय ८३ वटा सोलार बत्ती नेपाल भित्रिएका छन् जसमा १२ हजार सोलार बत्ती, ३ हजार सोलार लिड लाल्टिन, १ हजार सोलार लिड लाइट, ५० वटा सोलार होम लाइट सिस्टम र बाँकी सोलार लाइट छन्। यस्तै, क्यानडाबाट ६ सय ६० थान सोलार रिचार्ज बत्ती भूकम्प पीडितका लागि आएको छ। संख्या नतोकी भारतबाट ४ सय ५५ कार्टन सोलार बत्ती र ३ सय ८७ कार्टन सोलर टर्च भित्रिएको देखिन्छ।
जर्मनीबाट पनि ९ सय ६२ केजीबराबरको सोलार चार्जर बत्ती नेपाल भित्रिएको देखिन्छ। हङकङबाट विभिन्न प्रकारका ७ हजार ३२ थान सोलार बत्ती नेपाल आएको भन्सार विभागले जनाएको छ। यस्तै, आयरल्यान्डको कन्सर्न आयरल्यान्ड नामक संस्थाले पठाएको १० हजार थान सोलार लाइट रुरल रि–कन्स्ट्रक्सन नेपाल नामक संस्थाले बुझेको छ। त्यस संस्थाले सामान बु‰दा रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा वितरण गर्ने उल्लेख गरेको थियो। 
यस्तै, मलेसियाबाट १० हजार थान सोलार चार्जर बत्ती भूकम्प पीडितका लागि आएको छ। ती बत्ती कुन संस्थाले पठायो र कसले बु‰यो, केही उल्लेख छैन। नेदरल्यान्ड्सबाट २४ वटा सोलार लिड लाइट भित्रिएका छन् भने सिंगापुरबाट ३ सय ३० युएनटी। ताइवानले पनि नेपालको भूकम्प पीडितलाई सोलार लिड लाइट र चार्जर बत्ती गरी १ हजार ६ सय ६० थान बत्ती पठाएको तथ्यांकमा भेटिन्छ। 
थाइल्यान्डबाट सोलार चार्जर बत्ती ३ सय ५१ थान र १ सय ३८ केजी सोलार टर्च आएको देखिन्छ। 
पठाउने देशको नाम नखुलाई भन्सार छुटमा नेपाल भित्रिएका १९ हजार सोलार बत्ती भूकम्प प्रभावित क्षेत्रमा वितरण गर्ने भनी विभिन्न संघसंस्था तथा व्यक्तिले बुझेका छन्। ४ सयभन्दा बढी सोलार बत्तीका कार्टुन पनि कहाँबाट आएको भन्ने खुलाइएको छैन। 
हङकङको ट्रेड विदवाउट बोर्डरले पठाएको ५ सय थान सोलार चार्जर बत्ती नेपाल ट्रस्टले बुझेको छ। ट्रस्टले भन्सार छुट लिँदा सिन्धुपाल्चोकका विभिन्न गाविसमा ती बत्ती वितरण गरिने उल्लेख गरेको छ। हङकङकै अर्को एक संस्थाले पठाएको ३ सय ३२ थान सोलार चार्जर बत्ती ब्रिजिट गोर्खा नेपालको मुख्यालयले बुझेको छ। उसले गोरखाको बारपाकमा यी बत्ती वितरण गर्ने विवरण भन्सारमा पेस गरेको छ। 
पोखरामा वितरण गर्ने भन्दै ताइवानको स्पिड टिथ बी कम्पनीले पठाएको १ सय थान सोलार चार्जर बत्ती गुरुङ कल्चर सेन्टरले बुझेको छ। 
आइएफआरसी, मलेसियाले पठाएको १० हजार थान सोलार चार्जेबल बत्ती एनआरसिएस नामक संस्थाले बुझेको छ जुन कहाँ वितरण गर्ने हो भन्सार छुट लिँदा उल्लेख गरिएको छैन। 
जर्मनीको एक संस्थाले पठाएको ९ सय ६२ केजी बराबरको सोलार चार्जेबल बत्ती काठमाडौंको कीर्तिपुर गाविसमा वितरण गर्ने भनी पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल नामक संस्थाले बुझेको छ। कीर्तिपुर २०५४ सालमै नगरपालिका बनेको हो। 
क्यानडाको ओर्डिनोन्क नामक संस्थाले पठाएको ६ सय ६० वटा सोलार चार्जेबल बत्ती सिन्धुपाल्चोकका विभिन्न गाविसमा वितरण गर्ने भनी सिइसिआई, नेपालले बुझेको छ। यस्तै, युएनएचसिआरले पठाएको १० हजारभन्दा बढी सोलार बत्ती नेपाली सेनाले बुझेको छ। सेनाले ती बत्ती कहाँ वितरण गर्ने हो भन्सारमा केही उल्लेख गरेको छैन। अर्को एक विदेशी संस्थाले पठाएको १६ हजार ८ सय ६७ केजी बराबरको सोलार बत्ती आइओएम, नेपालले बुझेको छ। आइओएमले पनि बत्ती कहाँ वितरण गर्ने उल्लेख गरेको छैन।
चौधरी ग्रुपले भारतको एक संस्थाले पठाएको ९६ वटा सोलार बत्ती नुवाकोट, गोर्खा र धादिङमा वितरण गर्ने भन्दै बुझेको छ। सेभ द चिल्ड्रेनले पनि थ्राइभ सोलार इनर्जी प्रालि, भारतले पठाएको १ हजार थान सोलार लिड लाइट बुझेको छ तर उसले कुन जिल्लामा वितरण गर्ने हो भन्सारलाई भनेको छैन। प्लान नेपालले पनि दोलखामा वितरण गर्ने भन्दै नेदरल्यान्ड्सको र्यातपिड लजिस्टिकले पठाएको २४ थान सोलार लिड लाइट बुझेको छ। यस्तै, दोलखामा वितरण गर्ने भनी एक भारतीय संस्थाले पठाएको १ हजार ५ सय सोलार बत्ती जेम्स नेपाल नामक संस्थाले बुझेको छ। 
भारतको हैदराबादमा कार्यालय रहेको सेभ द चिल्ड्रेन इन्टरनेसनलले पनि ३ हजार थान सोलार लाल्टिन नेपाल पठाएको थियो जसलाई काठमाडौंमा वितरण गर्ने उल्लेख गर्दै यहाँ रहेको सेभ द चिल्ड्रेन इन्टरनेसनलले बुझेको छ। द एसोसिएसन अफ लाइन्स क्लब अफ नेपालले पनि काठमाडौंमै वितरण गर्ने भनी १ हजार १ थान सोलार लाल्टिन भिœयाएको छ। 
सेभ द चिल्ड्रेन, भारतले पठाएका ६ हजार ४ सय ८२ थान सोलार बत्ती भने डिजास्टर आरसी कमिटीले बुझेको देखिन्छ। यही संस्थाले अर्को एक भारतीय संस्थाले पठाएको १ हजार १ थान सोलार बत्ती पनि बुझेको छ। कमिटीले यी सबै सोलार बत्ती काठमाडौंमा वितरण गर्ने उल्लेख गरेको छ। यस्तै, अक्सफाम इन्डियाले पठाएको ८ सय ५९ सोलार बत्ती गोर्खामा वितरण गर्ने भनी कमिटीले नै बुझेको छ। - See more at: http://www.nagariknews.com/breaking-news/story/40275.html#sthash.HlXoah02.dpuf

No comments:

Post a Comment