नेपालमा प्रजातन्त्र, गणतन्त्र आयो भन्ने जस्तो सुकै हल्ला भए पनी
नेपाल पूरातन राज्यव्यवस्था को धङधङीबाट बाहिर निस्कन नसकेको उदाहरण मेरो
छोरा विश्वदीप मोक्तानको नागरीकता बनाउन मिती २९।२।७१ दोलखा जिल्ला प्रशासन
कार्यालयमा अनुभव गरेको घटनाले पुष्टी गर्दछ । मेरो नागरीकता २०३५ सालमा
बनेको हो, आफ्नो नागरीकताको अनुसूची फारम भर्दा अमर दीप मोक्तान तामाङ्ग
लेखेको हुँ, त्यस समय नागरीकता फाँटमा एक जना नेवारी समूदायका वृद्ध
कर्मचारी हुनु हुन्थ्यो, उहाँद्धारा त्यस समय लेख्ने प्रचलन बमोजिम मेरो
नागरिकता अमर्दीप मुक्तां तामाङ्ग लेखियो ।
मेरो बाबु, आमा, भाई बहिनी, सबैको नागरीकतामा नाम पश्चात मात्र मोक्तान लेखीएको छ, मुक्तां र मोक्तान एकै कुरा भएको हुनाले मेरो छोरा, छोरी, को स्कुल कलेज जन्मदर्ता समेतमा बाबु अमर दीप मोक्तान उल्लेखीत छ । छोराको नागरीकता अनुसुची भर्ने क्रममा पुरानै शैली मा नागरीकतामा उल्लेख भए बमोजि अमर्दीप मुक्तां तामाङ्ग लेख्नुपर्छ भनी गा.वि.स. सचिवले अढान लिए तथा त्यहि लेखियो । पूरानै शैलीमा लेखिएको अमर्दीप तथा वर्तमान लेखीएकोे अमर दीपमा केही फरक छैन । त्यस्तै मुक्तां तामाङ्ग तथा मोक्तान थर मात्रै लेख्दा के नै गम्भीर त्रुटी भयो र ? प्रशासनीक निकायमा अपनाइएका पूरातन शैली का कारण नागरिकता जस्तो संवेदनशील बिषयमा निर्दोष नेपाली जनताले समस्या भोग्न बाध्य छन् ।

पूरातन
समयमा ख को उल्लेख ष गरिन्थ्यो । विगतको षेत तथा वर्तमानको खेतमा के
भिन्नता छ , षेम बहादुर लाई खेम बहादुर लेख्दा के नै गम्भीर त्रुटी भयो त ?
किन पूरानो शैलीमा नै लेखीनु पर्ने । कसैले मुक्तान कसैले मोक्ताान लेख्ने
गर्दछन् त्यसमा कुन सा गम्भीर त्रुटी भयो । नागरीकता मा मेरो नाम को पछाडी
मुक्तां तामाङ्ग लेखीएको छ थर मात्र मोक्तान लेख्दा जाति तामाङ्ग नै
लेख्नुपर्ने वाध्यता कीन ? विगतमा थर तथा जाति उल्लेख गर्नुपर्ने परम्परा
को पालना गर्नु पूरातन शैली को अन्त नभएको संकेत हो । मेरो छोरा को
नागरीकता पूरातन शैलीको त्रुटी नसच्चीने जस्तै जिल्ला प्रशासन कार्यालयमा
दोलखा नाम्दु गा.वि.स. बस्ने बस्नेत थरको यूवतीले समान समस्या व्यक्त गरेको
भेटीयो, स्कुल तथा कलेजमा बावुको नाम को महल मा वावुको नाम पछाडी बस्नेत
मात्र उल्लेखीत भएको तर वावुको नागरीकता मा वसन्यात क्षत्री भनी लेखीएको
रहेछ । बस्नेत तथा बस्न्यात मा के नै भिन्नता छ बस्नेत भनेको क्षेत्री हो
यसमा कुनै विवाद नै छैन । स्कुल तथा कलेजमा वावुको नामको महलमा बस्न्यात
क्षेत्री अर्थात थर तथा जाति उल्लेखित नहुनु नेपालको प्रशासनिक निकायमा
भयंकर भूल ठहरीएको छ यस्ता सामान्य कुरालाई ठूला समस्या बनाई जनतालाई पिढा
दिने कार्य पूरातन शैली को धङधङी नै भन्न पर्छ । धेरै तर्क वितर्क पश्चात
पराजित भएर छोरा को वावुको महलमा पूरातन शैलीमा नागरिकता मा उल्लेखीत
अमर्दीप मोक्तां तामाङ्ग लेखीएको नागरीकता स्विकार गर्न बाध्य भए । थाहा
छैन भविश्यमा छोरा विश्व दिपले स्कुल कलेजको प्रमाण पत्रमा बाबुको नाम अमर
दीप मोक्तान उल्लेख भएको तथा नागरिकतमा अमर्दीप मुक्तां तामाङ्ग उल्लेखित
भएको कारण कति समस्या भोग्न पर्ने हो ? उल्लेखित बस्नेत थर की यूवतिको
दिदीको काठमाण्डौबाट निकालीएको नागरिकतमा वावुको नाम तथा बस्नेत थर मात्र
उल्लेख भएको भनी अडान लिएपछी काठमाण्डौ बाट दिदीको नगरीकताको अभीलेख हेर्ने
अनी नागरीकतामा उल्लेख गर्ने भन्ने कुरा सुनेको थियो । दिदीको नागरीकता मा
वावुको महल मा मात्र बस्नेत तथा वावुको नागरीकतामा बस्न्यात क्षेत्री छ
भने कसरी मिल्छ ? नियम तथा कानून यदी सबै नागरिक का लागि समान हो भने यो
कसरी सम्भव हुन सक्छ, मेरा पनी वावु, आमा, भाई , वहिनी सबैको वावु को नाम
पछाडी मात्र मोक्तान लेखीएको छ त ? नागरीकता प्राप्त भए पश्चात हामी
काठमाण्डौ फक्र्यो थाहा छैन बस्नेत यूवतीको वावुको महल बस्न्यात क्षेत्री
लेखीयो वा मात्र बस्नेत ?
अर्जेल तथा अर्याल, मल्ल, ठकूरी, थापा क्षेत्री, महत क्षेत्री, बस्नेत क्षेत्री , मोक्तान तामाङ्ग, शर्मा पौडेल, शर्मा घिमीरे, लेखीएका व्यक्तिले मात्र थर अथवा जाति नै लेख्दा के नै गम्भीर त्रुटी हुन्छ, अद्भूत कुरा त के छ भने नागरीकतामा जे लेखियो त्यो अकाटय भयो अपरिवर्तनशिल भयो भन्ने पूरातनवादी पूर्वाग्रही नियम घोर त्रुटीपूर्ण हो तथा समयको परिवर्तन लाई नेपालको राज्यव्यवस्था ले अंगीकार गर्न नसकेको भन्ने बुझिन्छ । निती निर्माण गर्ने स्थानमा विद्यमानहरुले जनताको पिडा तथा समस्यालाई कसरी न्यूनीकरण तथा सरलीकरण गर्ने तर्फ विल्कुलै ध्यान दिएका छैनन । नेपालको प्रशासनीक ढाँचामा अदुरदर्शी तथा अदक्ष निजामति सेवक को बाहुल्यता का कारण जनता पिढीत भई रहेको छन् । भारतका प्रतिष्ठीत परिवार, नेहरु, वच्चन, वहुगुणा उपनाम हो नहरको छेमा बसोबास गरेका कौल थरका ब्राह्मण नेहरु को नामले परिचित भए, श्रीवास्तव थरका साहित्यकार हविंशराय वच्चनले नाम पछाडी वच्चन उपनाम थपे का कारण उनका परिवार वच्चन भए त्यस्तै उतराखण्ड धेरै गुण भएका पण्डीत समुदाय वहुगुणा नामले परिचीत भए, के नेहरुले कौल, वच्चनले श्रीवास्तव, वहुगुणाले पंडीत को थर पून लिन चाहेमा कुन कानूनले रोक्न सक्छ ? भारत लगायत विश्वमा जहाँ पनी कानूनी राज्यको शासन छ नाम तथा थरमा त्रुटी भए सच्च्याउन गारो छैन । भारतमा नाम थर सच्च्याउन अदालतमा हलफनामा ९ब्ँँक्ष्म्ब्ँक्ष्त्० दिनु पश्चात पत्रिका सात दिने सूचना प्रकाशित गरीए त्रुटी सच्चाउन सकीन्छ तर नेपालमा प्रशासनिक त्रुटी अथवा व्यक्तिद्धारा जानी नजानी भएका त्रुटी सच्च्याउन नपाउने कुरालाई नेपाल अहिले पनी पूराना धङधङी बाट मुक्त हुन नसकेको तर्फ गर्दछ । प्रतिनीधिको सभा, संविधानमामा परिवर्तित हुन सक्छ, शाही नेपाल वायू सेवा निगम, नेपाल वायु सेवा निगम हुन सक्छ विगतको राजतन्त्रात्मक व्यवस्था परिवर्तीत भई गणतन्त्र हुन सक्छ, संविधानमा रहेका त्रुटीपूर्ण बुँदा को संशोधन हुन सक्छ भने नागरीकता जस्तो संवेदनशील कुरामा त्रुटीपूर्ण भएको लाई कीन सच्च्याउन तथा परिवर्तन गर्न नपाउने ?
विगतको निरंकुश राज्यव्यवस्था को पूर्वाग्रहीको सोच का कारण लाखौँ तामाङ्ग समूदाय आजिविका तथा रोजगारी कारण मगर गुरुङ्ग थर लेख्न बाध्य भए । नागरिकतामा गुरुङ्ग मगर थर झुन्डयाइएका तामाङ्ग समूदाय पूनः आफ्नै मातृ थरमा आउन चाहदा पनी नागरीकता मा अपरिवर्तनशिल भएको अकाटय कठोर रेखा कोरेको कारण गुरुङ्ग तथा मगर थर झुन्ड्याएर बस्न बाध्य छन् , राज्य भनेको अभीभावक हो जनता भनेको सन्तान हुन, अभिभावक को प्रमुख कर्तब्य हो सन्तान माथी आउने संकट तथा गरीएको त्रुटी बाट मुक्त हुने वातावरण को निर्माण गर्नु हो तर दुर्भाग्य नेपालको राज्य रुपी अभिभावकले जनतारुपी सन्तानलाई पिदा मुक्त गराउनुको सट्टा प्रत्येक डेगमा पिढा तथा कष्ट दिने जड्याहाँ अभिभावक भएको छ । वहुसंख्यक नेपाली जनता प्रशासनिक निकायमा हतपत जान रुचाउँदैन त्यसको मूल कारण कानून विपरीत कर्मचारीका मौखीक स्वनिर्मीत नियमका कारण अनावश्यक रुपमा पाउने पिढा तथा कष्ट हो । प्रशासनिक निकायका नियमहरु शिक्षित तथा अनपद सबैका लागि सहज तथा सरल हुनुपर्ने हो तर वहुसंख्यक नेपाली जनता प्रशासनिक निकायका निजामति सेवकका आफ्ना अनुसार बनाएका नियमका कारण दुख भोग्न बाध्य छन् । न्ययम न्यखभचलबलअभ अर्थात उत्तम शासन को अनुभुती नेपाली जनता कहीले सम्म वचित भएर बस्नुपर्ने । विश्व नयाँ यूगमा प्रवेश गरी सकेको छ भने नेपालमा मुक्तां मोक्तान, अर्जेल अर्याल, मल्ल ठकूरी, शर्मा पौडेल, जस्ताथर तथा जातिय उल्लेख गर्नुपर्ने आदिम यूग भन्दा बाहिर निस्कन सकेको छैन । विगतको एकात्मक राज्यसत्तामा बाहुन थर मिल्ने दलित सापकोटा, घिमीरे, दाहाल, कोइराला आजपनि कामी अथवा विश्वकर्मा लेख्न बाध्य छन् । त्यस्तै बाहुन समुदायमा प्रसाद तथा बहादुरले उच्च तथा निज विच वर्गिकरण गर्दछ । गणतन्त्र नेपालको भूल मर्म भनेको नेपाल को आमूल परिवर्तन हो । राज्यले मोक्तान मुक्तान एकै हुन तथा तामाङ्ग जाति भित्र पर्दछन् भन्ने बुझ्नु पर्दछ । थर तथा जाति लेखीएता पनि जाति मात्र उल्लेख गरी जग्गा जमिन खरीद तथा छोरा छोरीको उच्च शिक्षामा कागजपत्र बनाउँदा प्रशासनिक निकायमा अनावश्यक लाखौँ नेपाली नागरिकले पिढा भोग्न परेको छ ।
विगतमा जब रुपैयाको धेरै महत्व हुने गर्दथ्यो, मानिस को मा दुध घीउ त प्रशस्त मात्रामा पाउने गरिन्थ्यो तर रुपैयाँ को घोर अभाव थियो । किसानहरुले रुपैयाको अभावका कारण आफ्नो साविक जग्गा भन्दा धेरै कम जग्गा देखाई जमीनको वाली अथवा मालपोत तिर्ने आम प्रचलन थियो । नापी नभएका जग्गाहरु नेपाल सरकारद्धारा नापी गर्दा प्रायः सबै किसानको जग्गा भन्दा धेरै कम जग्गाको रसिद भएका कारण आफ्नो साविक जोत भोगको जग्गा दर्ता गर्ने क्रममा नापीका कर्मचारी को द्रव्य कमाई गर्ने हतियार बन्यो । निरंकुश शासन व्यवस्थाको त अन्त भयो तर विगतमा भएका सामान्य त्रुटीबाट सरलतापूर्वक मुक्त हुनु को सट्टा कर्मचारीको द्रव्य कमाउने जनतालाई दुःख दिने धारीलो हतियार बनेको छ । प्रत्येक नेपाली जनतालाई राज्यद्धारा बनाइको निती नियमको सुचना प्राप्त गर्ने तथा गलत नियमलाई सच्च्याउने अधिकारबाट वन्चित गराउने प्रयास राज्यको निरकुंशता को पराकाष्ठा हो । मृत्युदण्ड पाएका अपराधी ले त देशका सर्वोच्च निकायमा क्षमायाचना गर्दा आजिवन कारावास मा परिणत भएका दृष्तान्तहरु छन् । मुक्तां तामाङ्गले मात्र मोक्तान भएको सच्च्याउन नपाउने प्रावधान राज्यको घोर निरंकुशता हो । तत्कालिन राज्य व्यवस्थाद्धारा गरीएको प्रशासनिक त्रुटी सच्च्याउन नपाउने प्रावधानका कारण लाखौँ नेपाली जनताले समस्या भोगी रहेका छन् । पूरातन शैलीमा नागरिकतामा उल्लेखीत अमर्दीप मुक्तां तामाङ्ग बाट अमर दीप मोक्तान मा रुपान्तरित हुने अधिकार को बाटो हमेशाका लागी बन्द भएको भन्नु मानवअधिकार को गम्भीर घोर उल्लंघन भएको भनी मेरो व्यक्तिगत ठहर हो । म एउटा प्रतिनिधि पात्र मात्रै हुँ मेरो जस्तो हजारौँ मात्र नभनौ लाखौँ नेपाली ले नेपाली भएर पनी गैर नेपाली झै अनावश्यक कष्ट तथा पिढा भोग्न बाध्य छन् ।
नेपालको स्थानिय विकाश मन्त्रालय तथा गृह मन्त्रालय अन्तर्गत पर्ने गा.वि.स. तथा जिल्ला प्रशासन द्धारा गैर नेपालीले कुनै पनी हालतमा नेपाली नागरिकता प्राप्त गरी नेपालमा क्रमश भार थप्ने कार्य गर्न नपाउन भन्ने कुरामा अंकुश लगाउन तदारुकता तथा चनाखोपन देखाउनु पर्ने हो तर दु्रर्भाग्य नेपाली नागरीकको नागरीकतामा उल्लेखीत शाब्दीक त्रुटी केलाएर असल नेपाली नागरिकलाई अनावश्यक दुःख दिने कार्यमा बढी केन्दित भएको देखिन्छ । गा.वि.स. तथा जिल्ला प्रशासन कार्यालयले जिम्मेवारी पूर्ण ढंगले कार्य गरेको भए कुनै पनी हालतमा लाखौँ गैर नेपाली ले नेपाली नागरिकता प्राप्त गर्न सफल हने थिएनन् तथा नेपाली राजनिति का कीङ्गमेकर बन्ने थिएनन् । सानु जस्तो देखिएता पनी लाखौँ नेपालीले नागरीकता सच्च्याउने अधिकार तथा नियम माथी बन्देज त्रुटी पूर्ण हो तसर्थ शिघ्रता शिघ्र यस गम्भिर समस्याको अन्त हेतु शुशिल कोइराला नेतृत्वको गृह मन्त्रालयद्धारा नागरिकता सच्च्याउन पाउने सम्बन्धमा ध्यानाकर्षण अति जरुरी छ ।
-अमर दीप मोक्तान
डाँडाखर्क, दोलखा

म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.
ReplyDelete