Saturday, June 7, 2014

‘धनी’ रातोबंगलालाई किन चाहियो हेल्प नेपालको पैसा ?

काठमाडौं, जेठ २३ – ‘एक डलर प्रति महिना’ नाराका साथ देशको विकास गर्ने भन्दै हेल्प नेपाल नेटवर्क नामक संस्थाले देश र विदेशका नेपालीहरुलाई सहयोग गर्न आह्वान गर्दछ । यो संस्थाले एक सयवटा भन्दा बढी क्षेत्रमा अहिले आफ्नो सहयोग कार्यक्रमलाई विस्तार गरेको छ । पछिल्लो समय यस संस्थालाई देश विदेशमा रहेका नेपालीहरुले सहयोग गर्ने क्रम पनि निकै बढेको छ ।
shanta-Kanakतर यही हेल्प नेपाल नेटवर्कले नेपालीहरुको सहयोगबाट उठेको रकम रातोबंगला फाउन्डेसनलाई समेत दिएको भेटिएको छ । रातोबंगला फाउन्डेसनकी अध्यक्ष शान्ता दीक्षित हुन् जो पत्रकार कनक दीक्षितकी श्रीमती पनि हुन् । थप जानकारी http://www.rbf.org.np/board_member.html
रातोबंगला फाउन्डेसन आफैमा एउटा धनी संस्था हो । रातो बंगला स्कूल नेपालकै चर्को शुल्क असुल्ने स्कूलमध्येमा पर्दछ । त्यसबाहेक यस संस्थामा आबद्ध सदस्यहरुको पृष्ठभूमि हेर्दा पनि यो संस्था आफै डलर ल्याउन सक्ने संस्था हो । हेल्प नेपाल संस्थाको न्युजलेटर अनुसार रातो बंगलालाई उसले पहिलो किस्ता वापत् आर्थिक वर्ष २०६९/७० मा २७८९ अमेरिकी डलर र दोस्रो किस्ताबापत् १७०१ डलर दिएको थियो ।  यत्रो रकमबाट रातो बंगलाले गरेको काम भनेको एक दिनको कार्यशाला गोष्ठी र शिक्षकहरुलाई १८ दिनको ट्रेनिङमात्रै हो ।
यस्तो संस्थालाई समेत सर्वसाधारणले विदेशमा दुःख गरी कमाएर चन्दा दिएको रकम किन खर्च गर्नुपरेको ? हेल्प नेपालजस्तो परोपकारी संस्थामा यहाँ रकमको दुरुपयोग त भएको छैन ? प्रश्न गर्ने ठाउँ छ । हेल्प नेपालको अगुवर्ताका रुपमा रहेका बिबिसीका चर्चित पत्रकार रवीन्द्र मिश्र रहेका छन् । उनको छोरी पनि त्यही रातोबंगला स्कूलमा ९ कक्षामा पढ्छिन् ।
थप जानकारी:
Improving Primary Classrooms and Teaching-Learning Pedagogy in Kavre, Rato Bangla Foundation
With the first installment of USD 2,789.40 provided, the Rato Bangla Foundation conducted a one-day planning workshop with school leaders and 18 -day training for teachers from Grade 1-3. The second installment of USD 1701.53 has been released for the upcoming activities. RBF has planned the following activities for the FY 2068-69 particularly in relation to schools in Kavre District. The activities to be carried out in February 2013 are as follows
1. A one day interaction with school leaders: The interaction will focus on (i) progress after teacher training, and (ii) work to be carried out for the next academic session (starts from Baishakh, 2070).
2. Materials for Schools: A set of educational and teaching materials will be provided to the partner schools that are durable and re-usable. This will allow teachers involve students in activity based lessons.
3. Monitoring of the Schools: The team will be formed in consultation with HeNN and schools will be monitored in March 2013.
- See more at: http://www.ratopati.com/2014/06/06/135028.html#sthash.xgjPmsGF.K9ClHKOk.dpuf

1 comment:

  1. म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.

    ReplyDelete