Friday, February 7, 2014

सावधान अब आदिबासीहरूले हतियार उठाउने बेला भएको छ -प्राध्यापक, डा. कृष्ण भट्टचन

बुटवल, २५ साउन :  आदिवासी समुदायका अगुवाहरुले अधिकार प्राप्तिका लागि अवको निर्णायक आन्दोलनमा सबै एक ढिक्का भएर लाग्न आव्वान गरेका छन् । विगतमा अरुका लागि हतियार बोक्ने र आन्दोलन गर्ने आदिवासीहरुले अब आफनै लागि उच्चतम संघर्ष गर्न तयार रहनु पर्ने अगुवाहरुको आग्रह छ । 
१९ औं विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति महासंघ रुपन्देहीले बुटवलमा गरेको एक कार्यक्रममा बोल्दै उनीहरुले आन्दोलनमा होमिन आदिवासीहरुलाई आव्वान गरेका हुन् ।
कार्यक्रममा बोल्दै आदिवासी समुदायका गुवा तथा प्राध्यापक, डा.कृष्ण भट्टचनले आवश्यक परे आदिवासीले हतियार उठाउन समेत पछि नपर्ने चेतावनी दिए । उनले भने,“विगतमा कांग्रेसका लागि हतियार बोकीयो, एमालेका लागि हतियार बोकियो, माओवादीका लागि हतियार बोकियो अब आफनै लागि हतियार बोक्ने बेला आएको छ”  ।

आदिवासीहरुको हक अधिकार सम्बन्धि संयुक्त राष्ट्रसंघको घोषणापत्र कार्यान्वय नभए आदिवासीहरुको अधिकार नचाहने सरकार र वाहुनवादी सोचलाई घुडा टेकाउने दावी गर्नुभयो । कार्यक्रममा बोल्दै नेपाल मगर संघका वरिष्ठ उपाध्यक्ष वसन्त घर्तिमगरले अवको दिन निर्णयक संघर्षको दिन हुने भन्दै ईतिहासमा भिमसेन थापा मगरले उठाएको खुकुरी बोक्नुपर्ने बेला आएको बताए । 
यस्तै कार्यक्रममा बोल्दै थारु कल्याणकारीणी सभाका अध्यक्ष देविप्रसाद चौधरीले सबै आदिवासी एक भएर अवको संविधान सभामा आफनो अधिकार सुनिश्चित गर्न आवश्यक रहेको बताए । महासंघका अध्यक्ष सन्तराम चौधरीको अध्यक्षता तथा सचिव गंगा पुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । 
कार्यक्रम पूर्व बुटवलको राजमार्गबाट विभिन्न झाँकी  सहितको र्‍याली सहित निस्किएको थियो । र्‍याली बुटवल ६ को कान्ति सभागृहमा पुगेर सभामा परिणत भएको थियो । 
हिजो विश्वभरर १९ औं आदिवासी दिवस मनाईयो । संयुक्त राष्ट्रसंघले घोषणा गरेको यो पर्व नेपालभर भब्य रुपमा मनाईएको थियो । संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा भएकोले यसपालिको आदिवासी दिवस संघर्षपूर्ण हुने आदिवासी जनजाति महासंघको नारा थियो ।
तस्वीर- नगेन्द्र कुमार कुमाल काठमाण्डु, सुक तुम्रोक काठमाण्डु, मनोज आठपहरिया काठमाण्डु, दिपक राना बुटवल, दिपा आले नेपालगंज

No comments:

Post a Comment