Friday, February 21, 2014

माधवले चाले केपी र बामलाई असफल बनाउने गोटी

काठमाडौं, फागुन ९– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले खुला रुपमै केपी ओली र बामदेव गौतमभन्दा ठिक विपरित धार समातेका छन् ।
गृह बिना सरकारमा नजाने पार्टीको अडान विपरित माधवले भनेका छन, ‘एमाले अब गृह नपाए पनि सरकारमा जानुपर्छ । गृहको मोहमा अलमलीनु हुँदैन ।’ उनले गृहको विषय देखाएर अलमल गर्न नहुने, गृहलाई प्रतिष्ठाको विषय बनाउन नहुने बताउँदै भनेका छन, ‘एउटा मन्त्रालयको विषयमा सरकारमा जाने वा समर्थन फिर्ता लिने काम गर्नु गलत हुनेछ’ । काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत उत्तरपूर्वी भेग जरसिंहपौवामा आयोजित कार्यक्रममा नेपालले सामान्य कुरामा अलमलीदा संविधान निर्माणमा असर पर्ने भएकाले गृहमन्त्री को बन्ने भन्ने विवाद गर्न नहुने बताए । उनले भने, ‘नयाँ संविधान बनाउन काँग्रेस र एमालेवीच सहकार्य आवश्यक छ । त्यसैले कुनै मन्त्रालयको नाममा सरकारमा जानबाट पछी हट्ने एमालेको चाहना होइन ।’
कुनैबेला पार्टी अनुशासनका कडा पक्षपाती मानीने एमालेका वरिष्ठ नेता नेपाल यसरी आफै पार्टी नीतिभन्दा बाहीर गएर बोल्न थालेपछि अन्य नेता कार्यकर्ता छक्क परेका छन् । एमालेभित्रको शक्ति संघर्षकै यो एक कडी भएको बताइन्छ । माधवले १५ वर्षसम्म पार्टी र सरकारमा हालीमुहाली गरेको भन्दै प्रभावशाली नेता केपी र बामदेवले गठबन्धन गरेपछि माधवको चुरीफुरी अचेल खासै छैन् । हालै एक अन्तवार्तामा बामदेवले ठोकेरै भनेका छन, ‘आउँदो महाधिवेशनमा माधव नेपाल र झलनाथ खनाल दुबै नेता अध्यक्ष हुने छैनन् । यो कुरा म ठोकेरै भन्छु । डायरीमा लेखेर राख्नुहोला ।’
बामदेव र ओलीको गठबन्धनको पलडा भारी भएकाले अहिले काँग्रेससँगको सत्ता साझेदारीप्रति माधवलाई भित्री रुपमा खासै चासो पनि छैन् । बामदेव र केपीले गृहको दावी गरे पनि माधवले त्यसका पक्षमा खुलेर बोलेका छैनन् । उनी काँग्रेस र एमालेको अहिलेको झगडामा तटस्थ झैं बसेका छन् मानौं उनी एमालेका नेता नै होइनन् । यसको कारण अर्कै छ । अहिले काँग्रेससँग बामदेव र केपीको गठबन्धन भएमा आगामी महाधिवेशनमा यी दुई नेताले साम–दाम, दन्ड–भेद र सत्ताको प्रयोग गरी पार्टी पनि हत्याउने खतरा छ । सोही कारण यो गठबन्धन कुनै पनि हालतमा भत्कीयोस र आफु अनुकुलको समीकरण बनोस्, सके राष्ट्रपति वा नसके पार्टी अध्यक्ष बन्न पाइयोस भन्ने माधवको दाउ छ । यसका लागि उनले अन्य दलसँग समेत कुरा चलाइरहेका छन् ।
बाहिर काँग्रेस र एमालेको सरकार बन्नुपर्छ, गठबन्धन टुट्नु हुँदैन भन्दै भित्र–भित्र ओली र बामदेवको सत्ता समीकरण असफल पार्ने माधवको दाउ रहेको एक एमाले नेता बताउँछन् । त्यसैले सिंगो पार्टी गृहको अडान राखीरहेको बेला उनले भनेका छन, ‘गृह नपाए पनि सरकारमा जानुपर्छ ।’ माधवले यसो भनेपछि गृह दिनै लागेका प्रधानमन्त्री पनि हच्कीएका छन र उनको मनोबल बढेको भन्दै बामदेव निकट एक कार्यकर्ताले माधवलाई संसदीय दलको कार्यालयमै गाली गरीरहेका थिए ।

No comments:

Post a Comment