Friday, February 21, 2014

सुशील कोइरालाले थापेको ‘ऊँ’जालमा को-को फसे

‘ऊँ’ शब्दबाट नेतादेखि कर्मचारीसम्म चकित' 
काठमाडौं, फागुन ९  : सुशील कोइराला पार्टीको सभापति हुँदै अहिले प्रधानमन्त्रीको उच्च पदसम्म पुग्नुमा उनको सरल र सादगीपुर्ण जीवनले जति काम गरेको छ,त्यत्तिकै काम गरेको छ उनले थेगोकै रुपमा बोल्ने गरेको“ऊँ” शब्दले पनि । अहिले सुशिलले प्रयोग गर्ने यही ‘उ’को चर्चा बालुवाटार देखि सिंहदरवार सम्म चल्न थालेको छ । कतिसम्म भने उनले प्रयोग गर्ने गरेको ‘उ’ को बहुरंगी अर्थ पत्ता लगाउन नसक्दा  मुख्य सचिवदेखि उनीसँग पहिलो पटक कामगर्नैहरु हिजो आज हैरान भएका छन् ।
घटना नं १ – प्रधानमन्त्रीमा निर्वाचित भएपछि कोइरालाले पहिलो पटक सरकारी फाईलमा हस्ताक्षर गर्न प्रधानमन्त्री कार्यालयमा पुगेका थिए । त्यसैबेला सरकारका मुख्य सचिव लिलामणी पौडेल सरकारी फाईल बोकेर प्रधानमन्त्रीको हस्ताक्षर गराउन कोइराला कहाँ पुगे । पौडेलले प्रधानमन्त्रीको टेबुलमा फाईल राखे । कोइरालाले फाईलमा हस्ताक्षर गर्नु भन्दा अघि पौडेल तिर हेरेर भने “ के मलाई तपाईंले “ऊँ” गराउन खाजेको ? ” प्रधानमन्त्रीबाट यस्तो शब्द सुनेपछि पौडेलले कोइरालाको अनुहारमा एकहोरो हेरिरहे । स्रोतका अनुसार आजकाल पौडलले आफ्ना नजिकसँग भन्न लागेका छन् “ बुढाले के भनेका हुन् फाईल बोकेर जादाँ मलाई त ऊँ गराउन खाजेको भने ।” आजकाल सरकारी उच्चपदस्थ कर्मचारी प्रधानमन्त्रीको ऊँ बोल्ने बानीले त्रायीमाम भएका छन् । ऊँ को अर्थ धेरै लाग्ने गरेका कारण उनीहरु त्रायीमाम भएका हुन् ।
घटना नं. २ –संबिधानसभाको सभामुखका लागी निर्वाचन हुने अघिल्लो दिन एमाओवादी अध्यक्ष प्रचण्ड र कोइरालाबीच गोप्य भेटबार्ता भयो । त्यो भेटमा एमाओवादीका अध्यक्ष प्रचण्डले संबिधान निर्माणका लागी शक्तिको बाडफाँड कुरा उठाए । यदी त्यसो भएन भने चिजबिज गडबढ हुन्छ भनेका थिए । प्रचण्डको आग्रह संबिधानसभाको सभामुख आपफुले पाउनु पर्ने मत राखेका थिए । त्यसको जफावमा प्रधानमन्त्री कोइरालाले प्रचण्डलाई भने “तपाईंहरुका लागी ऊँ छदैँछनी ?” कोइरालाको ऊँ भनेको के हो त्यो कुरा प्रचण्डले बुझेनन् । कोइरालासँग भेट भएको भोलीपल्ट नै एमाओवादीको पदाधिकारी बैठकले एमालेबाट सभामुखलागी उठेका उम्मेदवार सुवास नेम्वाङ्लाई सहयोग गर्ने भयो ।
घटना नं. ३ – अहिले एमाले गृहमन्त्री नपाए सरकारमा नजाने भनिरहेको छ । सरकार बन्नुभन्दा पहिला कांग्रेससँग गृहमन्त्री एमालाई दिने सहमति भएको बताइरहदा, स्रोतका अनुसार त्यसमा कांग्रेस र एमालेका बीच गृहमन्त्रालय कसले पाउने वा लिने भन्ने चलिरहेको थियो । एमाले संसदी दलका नेता के.पी. ओलीले गृहमन्त्रालय आफ्नो पार्टीले नै पाउनु पर्ने अडान राखे । त्यस बैठकमा सहमति नहुनेदेखि पछि कोइरालाले भने “तपाईंललाई ऊँ दिउला भयो अव ” भनेका थिए । त्यसपछि मात्र एमाले नेताले कांगेसलाई सरकार बनाउन सहयोग गरेको थियो । स्रोतका अनुसार अहिले कोइराला स्वंयमले एमालेलाई गृह मन्त्रालय दिने बिषयमा सहमति नभएको बताउनुमा ऊँ मात्र दिउला भनेको हो भनेर भन्न थालेको छन् ।
घटना नं. ४ – स्रोतका अनुसार कोइराला पार्टी सभापतिको चुनाव लड्दाताका उनीसँगै त्यही पदमा नेता रामचन्द्र पौडेल र शेरबहादुर देउवा लड्ने तयारी गरेका थिए । पौडेल , देउवा र आफु चुनावमा सभापतिका लागी उम्मेदवार भएपछि देउवाले जित्ने देखेका कोइरालाले रामचन्द्र पौडेलसँग गोप्य बार्ता गरेका थिए । स्रोतले रातोपाटीलाई दिएको जानकारी अनुसार त्यस भेटमा कोइरालाले भनेका थिए “ पौडेलजी अहिले मलाई तपाईंले सभापतिका लागी सहयोग गर्नुहोस तपाईका लागी त ऊँ छदै छनी ?” त्यसपछि पौडेलले पार्टी महाधिवेशनमा कोइरालालाई सघाएका हुन् ।
घटना नं. ५ – कांग्रेसका संददीय दलको नेताका लागी पुनः नेता रामचन्द्र पौडेल र शेरबहादुर देउवा कोइरालासँग चुनाव लड्ने भए । त्यसमा पनि कोइरालाले पौडेललाई साथमा लिनु पर्ने सोचेर पौडेललाई महाराजगंज निवासमा बोलाएर संसदीय दलको नेता म हुन्छु पौडेलजी तपाईले सहयोग गर्नुपर्यो भन्दै त्यस वापत तपाईलाई ऊँ दिन्छु भनेका थिए । त्यसपछि कोइरालाको ऊँको जालमा परेर पौडेलले दल नेतामा सघाएका थिए ।

No comments:

Post a Comment