काठमाडौं,कात्तिक ११– संविधानसभा निर्वाचन बहिष्कारको आन्दोलन गरिरहेको नेकपा–माओवादीका नेताहरू अर्धभूमिगत भएका छन् ।
राष्ट्रिय स्वाधीनताको नारानै आफ्नो पार्टीकामे मूल मर्म भएको बताउँदै आएका माओवादीले संविधानसभाको दोस्रो निर्वाचन विदेशीको इसारामा हुन लागेको आरोप लगाउँदै बिथोल्न अर्धभूमिगत हुने निर्णय गरेको हो ।
माओवादीले संविधानसभाको निर्वाचन सशक्त बहिष्कार गर्ने निर्णयका साथ आन्दोलनको तयारी गरेको छ । केही दिन अघिदेखि भूमिगत रूपमा भएको पोलिटब्युरो बैठकले केन्द्रीय नेताहरू अर्धभूमिगत भई बहिष्कार आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको हो ।
शनिबार सामाखुसीमा सामना परिवारले आयोजना गरेको बहिष्कार कार्यक्रमका लागि प्रमुख अतिथि तोकिएका पार्टी महासचिव रामबहादुर थापा पार्टीको अर्धभूमिगत हुने निर्देशनपछि कार्यक्रममै उपस्थित भएनन् । उनलाई कार्यक्रममा उपस्थित भए पक्राउ गर्न सरकारले प्रहरीलाई निर्देशनसमेत दिएको थियो । नेकपा–माओवादीले बहिष्कार आन्दोलनलाई उत्कर्षमा पु¥याउन अर्धभूमिगत हुनुको कुनै विकल्प नभएको निष्कर्ष निकालेको छ ।
‘हामी अब पहिलाजस्तो सार्वजनिक कार्यक्रममा उपस्थित नभई बहिष्कारको आन्दोलनलाई उत्कर्षमा पु¥याउँछौं,’ स्रोतले भन्यो, ‘चारदलीय सिन्डिकेटमा हुन लागेको संविधानसभा निर्वाचन जनताको हितविपरीत हो ।’ बहिष्कार आन्दोलनको पहिलो निशाना एकीकृत नेकपा माओवादी भएको जनाउँदै माओवादीले एमाओवादीभित्र पनि पहिलो निशाना अध्यक्ष पुष्पकमल दाहाल र नेता डा।बाबुराम भट्टराई भएको जनाएको छ ।
माओवादीले संविधानसभा निर्वाचनमा सहभागी नहुन जनतालाई आह्वान गर्दै निर्वाचनका क्रममा हुने कुनै अप्रिय घटनाको जिम्मेवार सरकार हुने बताएको खबर आजको राजधानीमा छ । माओवादीका एक नेताका अनुसार पार्टीको निर्देशनबमोजिम सबै बहिष्कारका कार्यक्रम अर्धभूमिगत रूपमा हुनेछन् । आइतबार माओवादीनिकट सुकुमबासी संगठनले सुकुमबासी बस्तीमा आयोजना गरेको कार्यक्रममा अतिथिका रूपमा माओवादी पदाधिकारी रहेको जानकारी पाएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुकुमबासी बस्तीलाई निषेधित क्षेत्र नै घोषणा गरेको थियो ।
प्रशासनले निषेधित क्षेत्र घोषणा गरेपछि कार्यक्रम नै स्थगित भएको थियो । माओवादी नेताहरूले अर्धभूमिगत कार्यक्रम गरे पनि आफ्नो आन्दोलनलाई ‘जनयुद्ध’ नभई ‘जनविद्रोह’ नै भएको बताएका छन् । पार्टीको सातौं महाधिवेशनले तय गरेको कार्यदिशा र पोखरा बैठकले लिएको बहिष्कार नीतिलाई आत्मसात् गरी आन्दोलनका कार्यक्रम तय गर्दै जाने बताएको छ ।
रोल्पा निर्वाचन निषेधित क्षेत्र घोषणा
चौतर्फी निर्वाचनको चर्चा भैरहदा आज नेकपा—माओवादीले रोल्पालाई चुनावका कुनैपनि गतिविधि सञ्चालन गर्न निषेधित क्षेत्र घोषणा गरेको छ। रोल्पाका विभिन्न ६ स्थानबाट केन्द्रीयदेखि जिल्ला स्तरसम्मका नेताहरुले निषेधित क्षेत्र घोषणा गरेका हुन।
२०५२ सालमा द्वन्द्वको घोषणा गरेको ठाउँ होलेरीमा जिल्ला इन्चार्ज सुवास, सुलिचौरमा केन्द्रीय सदस्य सन्जिवकुमार, घर्तीगाउँमा सहइन्चार्ज सुन्दर वली, थबाङमा प्रताप, सुखाओडारमा विश्व, बागमारामा विजयले एउटै समयमा निषेधित क्षेत्र घोषणा गरेमा हुन्।
भोलिदेखि जनतालाई सम्झाउने बुझाउने कार्यक्रम सुरू गर्ने बताएका माओवादी इन्चार्ज सुवासले आक्रमणको योजना नभएको तर, आईलागे छोड्दापनि नछोड्ने बताए। राष्ट्रघाति, जनघाति, आत्मघाती नाम दिएको यो निर्वाचनमा रोल्पाका अधिकांस गाविसहरूमा एक भोट पनि खस्न नदिने योजनामा रहेको नेकपा –माओवादीले हरेक वडामा ५ जनाको दरले २हजार २ सय ९५ जनाको निर्वाचन बहिष्कार समिति नै गठन गरिसकेको छ।
लालकिल्ला, उद्गम थलो, आश्रय स्थल, जे भने पनि रोल्पा सबैभन्दा प्यारो जिल्ला हो माओवादीहरूका लागि।
२०६४ को निर्वाचनमा सहज जितका लागि प्रचण्ड निर्वाचन लडेकोे जिल्लामा अहिले एमाओवादीहरू नै गाउँ जान नसक्ने स्थितिको सिर्जना भएपछि उम्मेदवारहरलाई अगाडिको कार्यक्रम कसरी सञ्चालन गर्ने भन्ने बारेमा अन्योलता छाएको छ।
हिजो पत्रकार, मानवअधिकारबादीसमेत पनि रोल्पाका गाउँ जानलाई अनुमति लिएर जानु पर्थ्यो तर आज अनुमति दिनेहरू नै गाउँ जान नसक्ने अवस्थाको सिर्जना भएको छ। एमाओवादीका प्रभावशाली नेता कृष्णबहादुर महरा र प्रभावशाली नेता वर्षमान पुनकी श्रीमती ओनसरी घर्ती चुनावमा भिड्दै गरेको रोल्पामा निषेधित क्षेत्र घोषणा भएपछि चुनावी माहोल नै मोडिने देखिन्छ।
सदरमुकाम लिवाङ र सुलिचौर बजारबाहेकका अन्य सवै स्थानमा दलका उम्मेदवार, नेता, कार्यकता निर्वाचन अवधिभर जान नपाउने गरी निषेधित क्षेत्र घोषणा गरिएको हो। बजार ईलाकामा अन्य प्रयोजनका लागि पनि नेता कार्यकर्ता आवत जावत गर्न सक्ने भएकाले सो क्षेत्रलाइ निषेधित क्षेत्र घोषणा नगरिएको वैद्य पक्षिय पूर्वलडाकु क्षितिजले बताए।
अहिले गाउँमै रहेका उम्मेदवार, नेता, कार्यकर्तालाइ के गर्ने भन्ने बारेमा निर्णय भै नसकेको माओवादीले जनाएको छ।
उता अहिलेसम्म मतदाता शिक्षा के हुन्छ भन्ने बारेमा अन्योलता छ। निर्वाचनका कुनै पनि गतिविधि संचालन गर्न निषेधित क्षेत्र घोषणा भैरहदा उम्मेदवार, नेता, कार्यकर्ता सूरक्षाको विषयमा कुनै पनि नयाँ रणनिति भने नबनिसकेको

प्रमुख जिल्ला अधिकारी महादेव पन्त बताउँछन्। जिल्ला निर्बाचन अधिकारी रोमनाथ न्यौपाने भने मतदाता शिक्षा कार्यक्रम अवरोध नहुने आशामा छन्।
सुरक्षाको दृष्टिले अत्यधिक संवेदनशिल मानिएको रोल्पामा आजको निर्णयसँगै थप चुनौती थपिएको छ।
सुरक्षाको दृष्टिले अत्यधिक संवेदनशिल मानिएको रोल्पामा आजको निर्णयसँगै थप चुनौती थपिएको छ।
No comments:
Post a Comment