Sunday, February 2, 2014

एमाओबादीको बिरोधमा पाँगाबासी खनिएपछि प्रचण्ड सभा नगरी कुलेलम

काठ्माण्डौं, १२ कार्तिक : अघिल्लो संविधानसभा निर्वाचनमा काठमाण्डौ १० रोज्नु पूर्व तत्कालिन माओवादी अध्यक्ष प्रचण्डले पटक पटक बिचार गरेर मात्र निर्णय लिएका थिए । सुरुमा काठमाण्डौं १ बाट चुनाव लड्ने तयारी गरेका प्रचण्डले केहि समय पछि त्यसको सट्टा ६ नम्बरलाई रोजाई सूचीमा राखे ।
तर गहिरो गृहकार्य पश्चात मनोनयन दर्ताको केहि दिन अघिमात्र उनले रोल्पा २ र काठमाण्डौं १० नम्बरबाट उम्मेदवारी दिने औपचारिक निर्णय आयो । नभन्दै  अत्याधिक मतले बिजयी भए । 
काठमाण्डौ १० बाट चुनाव लड्ने प्रचण्डको निर्णयको प्रमुख आधार त्यस क्षेत्रमा पर्ने गाविस, त्यहाँ जनजाति र दलित मतदाताको बाहुल्य साथै कीर्तिपुर नगरपालिकामा रहेको रजतन्त्रविरोधी नेवार समुदाय । 
त्यो भन्दा पनि बलियो आधार भनेको कीर्तिपुरको पाँगा र इटागोल टोलमा बामपन्थी बर्चस्व । जहाँ जिल्ला कमिटीका ८ सदस्य लगायत ३२ जना पूर्णकालिन पार्टी सदस्यको बसोबास थियो । अन्य ठाउँको भोट अलावा पाँगाका नेता, कार्यकर्ता र जनताकै भरमा दाहालले सानदार बिजय पनि हाँसिल गरे ।
त्यतिबेला प्रचण्ड चुनावी प्रचार प्रसारमा कीर्तिपुर जादाँ त्यहाँका मतदाताले बल्खुदेखि नै प्रबेशद्धारहरु बनाएर स्वागत मात्र गरेनन् । कीर्तिपुर प्रबेश गर्ने नाका नयाँबजारदेखि दुई किलोमिटर पर पाँगाको अन्तिम बस्तीसम्म सडकको दुबै किनारमा फूल अविरले सजाइएका घडा राखी नेवारी सांस्कृतिक बाजा बजाएर स्वागत गरेका थिए ।
छ वर्षमा कीर्तिपुर मुनीको बागमतीमा धेरै पानी बग्यो । पाँगाबासी मंगलबार विहान उनै प्रचण्ड बिरुद्ध नाराबाजीमा उत्रीने स्थिती उत्पन्न भयो । परिणाम पूर्व निर्धारित सभा नै हापेर प्रचण्ड फर्कनु पर्‍यो । 
बिहान आठ नबज्दै अध्यक्ष प्रचण्ड कीर्तिपुर पुगे । पाँगा दोबाटोमा गाडी रोकेर आफ्ना कार्यकर्तासँगै घरदैलो कार्यक्रममा सरिक भए । पैदयलात्रा गर्दै भाजंगल हुदै इटागोल पुगे । जहाँ उनका समर्थकको भेट एकजना पत्रिका बेच्दै हिडेका बसन्त महर्जनसँग भयो । उनी पाँगाका स्थानिय पनि हुन् । 
उनलाई भेट्नासाथ प्रचण्डका समर्थकहरूले हप्कीदप्की लगाउन थाले । पत्रिकामा किन प्रचण्डको समाचार नछापेको र बहिष्कारवादीको समाचार मात्र छापेको ? एमाओवादीको पम्पलेटहरु तीनै बसन्तका छोराहरुले च्यातेको आरोप लगाए । 
त्यतिमै विवाद सकिएन । ६० बर्षिया महर्जनलाई झङ्ल्याङ् झुङ्लुङ् पारे । धम्क्याए । उनको हातबाट पत्रिकाको बिटो खोसेर च्यातिदिए । 
स्थानियले र इटागोलबासीले महर्जनलाई समर्थन गरे । किन पत्रिका च्यातेको भनि एमाओबादी कार्यकर्ताको प्रतिवाद गरे ।  
इटागोल घटना लगत्तै महर्जनका छोरा विष्णुले यो विवादबारे थाहाँ पाए । उनी बैद्य माओबादीमा सक्रिय छन् । आफ्नो बाबुलाई हातपात गर्दै पत्रिका च्यातेको थाहाँ पाएपछि विष्णुले पाँगामा टाँसिएका एमाओबादीको चुनावी पोष्टर च्यातेनन मात्र कतिपयमा कालो पोतीदिए । 
विवाद झन् चर्कियो । एमाओवादी कार्यकर्ता झन् आक्रोशित भए । प्रचण्डका कार्यकर्ता र वाईसिएलले बिष्णु महर्जनलाइ पनि घेरो हाले । हातपात गर्न  खोजे ।
पाँगाबासीले माओवादी कार्यकर्तासगँ प्रतिबाद गर्दै बचाए । ती मध्ये केहि बैद्यपक्षिय कार्यकर्ताले प्रचण्ड विरुद्ध नै चर्को नाराबाजी गरे । प्रचण्डका समर्थक भन्दा नाराबाजी गर्नेको भिँड बढ्दै गयो । 
समयमै प्रहरी उपस्थितीले स्थिती अप्रिय हुन पाएन । प्रचण्डले वातावरण राम्रो नदेखेपछि पाँगाबासीलाई सम्बोधन गर्ने कार्यक्रम स्थगीत गरेँ । काठमाण्डौं फर्किए ।
माओवादीका स्थानिय अगुवा कार्यकर्ता बाबुकृष्ण दाहालले भने कार्यव्यस्ताताले गर्दा एक घन्टामै फर्कनुपरेको प्रतिक्रिया दिएका छन् । ‘अध्यक्ष कमरेड प्रचण्डको कार्य व्यस्तताका कारण कोण सभा गर्न नभ्याउनुभएको हो । एक घण्टाको लागिमात्र आउनुभएको थियो । त्यो समय घरदैलो कार्यक्रममै सकिएपछि कोणसभा नै नगरी फर्कनु परेको हो ।’

No comments:

Post a Comment