Monday, February 24, 2014

दरवार हत्याकाण्डको मुख्य अभियुक्तको परिवारमा रुवाबासी

विष्णु' अवतारलाई जनताको पाइतालाले कुल्चिएको छ
काठमाडौं : इसापूर्व १९ औं शताब्दीको हाइटी साम्राज्यको आक्रमणमा परी भागे पछि एउटा विशाल झुण्ड वर्तमान इरानतर्फभागे र त्यसतर्फलगभग ४ सय वर्षबिताए पछि सिन्धुघाटी हुदै यिनीहरुको एउटा झुण्र्डर् इसापूर्व १५ सौ अर्थात् आजभन्दा ३ हजार ५ सय वर्षपहिला लुटपात गर्दै र आतंक मच्चाउदै आतंककारी र लुटारहरुको रुपमा वर्तमान भारतमा भित्रिएका थिए । त्यसताका यी आतंककारी र लुटारहरुको जमातलाई एउटा क्षेत्रीय महापुरुषले ठूलो सहयोग एवं सुरक्षा पुर्‍याए जसको नाम आज पर्यन्त हिन्दूहरुले भगवान विष्णुको नाममा जप्ने गर्छन् । यसबाटै स्पष्ट हुन्छ की विष्णु को हो भन्ने कुरा । हिजो नेपाली समाजलाई अन्धकारतिर धकेल्दै सामन्ती राज्य व्यवस्था र राज्य सत्ताको एउटा टुकुडी शाहा वंशीय सामन्ती राजतन्त्रले आफूलाई यही भगवान विष्णुको अवतारको रुपमा आफैले आफैलाई घोषणा गर्दै लगभग ४ सय ४९ वर्षेखि नेपाली समाज र नेपाली जनताको छात्तीमा जरजर्ती टेक्दै आइरहेका थिए तर आज त्यही विष्णु अवतार सामन्ती राजतन्त्रलाई नेपाली जनताले पाइतालाले कुल्चिदिएको छ ।
सन् १५५९ मा द्रव्य शाहाले घले राजाको टाउको ठुन्काएकै दिनदेखि हिन्दू आर्यन बाहुन छेत्रीले खुशीयाली स्वरुप मनाउन थालेको कथित विजय दशमी भनिने पर्व पृथ्वीनारायण शाहाले १७६८ मा काठमाडौं उपत्याका तत्कालिन अवस्थामा कान्तिपुरका राजा जयस्थिति मल्लको राज्य कब्जा गरेपछि शाहा वंशीय शाषण व्यवस्था र साम्राज्यको विस्तार गर्ने क्रममा नेपाल राज्यको कथित एकीकरण अभियानस“ग स“गै नेपालका सबै अहिन्दू मूलबासी मंगोल समुदायलाई पनि जबरजस्ती मनाउन बाध्य बनाइएको थियो । द्रव्य शाहाले घले राजाको टाउको ठुन्काएको आज भन्दा करिब ४ सय ४९ वर्षेखि मनाउन थालेको र पृथ्वी नारायण शाहाले किर्तीपुरे मूलबासी मंगोल नेवार समुदायको १७ धार्नी नाक, कान काट्दै आजभन्दा २ सय ४० वर्षअघिदेखि सबै अहिन्दू मूलबासी मंगोल समुदायलाई जबरजस्ती मनाउन बाध्य बनाइएको कथित बिजया दशमी भनिने पर्व संविधान सभाको निर्वाचनबाट मुलुकम संघीय गणतन्त्रको स्थापना भई ४ सय ४९ वर्षो शाह वंशीय व्यवस्थाको अन्त्यसंगै तथाकथित हिन्दूहरुको मात्र महान चाड भनिने बिजया दशमी यस पटक नेपालका अधिकांश गाउं बस्तीमा बहिष्कार गर्ने भएका छन् ।
जसरी नेपालमा सामन्ती राजतन्त्रको नेपाली जनताले बहिष्कार गरिसकेका छन् । हिन्दू मात्रको महान चाड बिजया दशमी कुनै पनि समुदायको सामाजिक र सांस्कृतिक पर्व नभएको पुष्टि द्रव्य शाहाले १५५९ मा घले राजाको टाउको ठुन्काएपछि बिजयका प्रतीकका रुपमा मनाउन थालेबाट नै पुष्टि हुन्छ तर्सथ वर्तमान समयमा नेपालमा द्रव्य शाहाकै वंशजको सासन व्यवस्थालाई नेपाली जनताले पैतालाले किल्चिदिएका छन्, मसान घाटमा पुर्‍याइदिएको छ । यस अवस्थामा नेपाली जनताले र हिन्दूहरुले पनि कथित विजय दशमी भनिने यो राजनीतिक पर्व मनाउनु भनेको पुर्व मण्डलेहरुको नारा 'राजा आउ देश बचाऊ' भन्नु जस्तै हुनेछ तर्सथ संघीय गणतन्त्र नेपालको स्थापना भई शाह वंशीय सासन व्यवस्थाको पतन भईसकेको यस अवस्थामा सम्पूर्ण जनताले सामन्ती शाह वंशीय परिवारको विजयको खुशीयालीमा ४ सय ४९ वर्षपहिलेदेखी मनाउदै आइरहेको यस पर्वलाई सम्पूर्ण नेपाली जनताले बहिष्कार गर्नु आवश्यक छ ।
यसैकारण 'राजा' लाई विष्णुको अवतारको रुपमा मान्ने हिन्दू संस्कारले नेपाली राजपरिवारले राजखान्दानमा परिवारको कुनै सदस्यको मृत्यु हुंदा समेत हर्षोल्लासपूर्वक मनाउने राजनीतिक पर्व दशै शाह परिवारमा यस पटक दशा बन्न पुगेको छ । विगतमा नेपाली जनताको दशा बन्दै आइरहेको दशै नेपालमा गणतन्त्रको स्थापना भईसकेका कारण शाह वंशीय राजतन्त्रले हर्षोल्लासका साथ मनाउदै आएको यो पर्व यस पटक पूर्व राजपरिवारमा रुवाबासीको साथ मनाइने भएको छ । राजदरवार निकट श्रोतका अनुसार शाहबंशीय सासन व्यवस्थाको विरासतपूर्ण इतिहास बोकेको राजनीतिक पर्व कथित विजया दशमीमा यस पटक भूत राजाले र्सवसाधारण जनतालाई टिका लगाइदिने कार्यक्रम समेत बनाएको छैन । धेरैले भूत राजा ज्ञानेन्द्रले नागार्जुन दरबारको मनोरम वातावरण राजसी ठांटमै विजया दशमी मनाउलान् र कतिपयले निर्मल निवासमा भूत राजा ज्ञानेन्द्रले धुमधामसाथ दशै मनाउने अनुमान गरे पनि हिन्दू सम्राटको रुपमा अर्थात् विष्णु अवतारको रुपमा द्रव्य शाहाको पाला १५५९ देखि मनाउदै आएको विजया दशमी यस पटक पूर्व राजपरिवारमा निराश र लथालि हुने भएको छ । उता पूर्व युवराज भईसकेको काठमाडौंका डन पारस शाहा सिंगापुरमा दशैको समयमा नै एक्लो भएको छ । दशैको समयमा साथ दिन कुनै
दरवारिया त के पूर्व राजपरिवारको कुनै सदस्य पनि यतिबेला पारसको साथमा छैन । पारस सिंगापुर पुगे लगत्तै हिमानी पनि सिंगापुरतिर पारससंगै लागेका थिए । सिंगापुर हिमानी साउन अन्तिम साता नेपाल फर्केकी र जेठी छोरी कृतिकालाई रवि भवनको लिंकन स्कूलमा भर्ना गरेर सिंगापुर फर्केकी र फेरि सिंगापुर पुगेको दुइ हप्ता नबित्दै दुइ छोराछोरीलाई लिएर हिमानी काठमाडौं फर्कीसकेकी छन् ।
वी ह्याव टु गेट व्याक ह्वाट् वी लस्ट् अर्थात् हामीले जुन चिज प्राप्त गर्नु पर्छ जुन हामीले गुमाएका छौं, नेपाली जनता सेलफिस छन् यिनको कुनै भर छैन सिंगापुरमा रहदा म छोटा राजन र दाउद इब्राहिमसंग कोअर्डिनेट गर्छु नेपालमा मेरो नेकपा माओवादीका नेता मातृका यादव र तामसालिङ नेपाल राष्ट्रीय दलका अध्यक्ष पर्शुरामसंग कुरा भईसकेको छ तिमीहरुले मलाई नेपालमा बसेर सहयोग गर्नुपर्छ अनि छानी-छानी गणतन्त्रवादीहरुलाई सिध्याउनुपर्छ भन्दै सिंगापुर गएका पूर्वयुवराज पारस बाबुको हातबाट टिका ग्रहण गर्न स्वदेश र्फकने कुनै सम्भावना छैन । स्मरणीय छ २०५८ साल मंसिर ११ गते नेपाल सरकार तत्कालीन श्री ५ को सरकारले नेपालमा संकटकालीन अवस्थाको घोषणा गरेपछि पर्शुराम तामाङले माओवादी कार्यकर्ताहरुलाई आत्मर्समर्पण गर्न लगाउने विदेशमा भगाउने योजना बनाएका थिए । यही सिलसिलामा उसले आङ्खनै भाइ अधिवक्ता कुमार योञ्जनलाई पनि काकडभित्ता हुदै विदेश भगाएका थिए । विदेश भगाउने क्रममा काकडभित्ता स्थित थाई होटलमा केही समयका लागि पर्शुराम तामाङले आङ्खनो भाइ कुमार योञ्जनलाई बस्ने व्यवस्था गरेका थिए । यसै गरी पूर्व युवराज्ञी हिमानी भने दशैंताका सिंगापुर जाने की काठमाडौंमा बस्ने भनी अलमलमा परेको छ । उता नागार्जुन दरबारमा बसेर आत्मवृतन्ता लेख्नमा व्यस्त रहेको र आत्मवृतन्ता अंग्रेजी भाषामा लेख्दै गरेका भनिएका भूत राजा राती न्रि्रामा दाइ-दाइ भनेर छट्पटाउदै कराउने गर्न थालेको दरबार निकट उच्च श्रोतको दाबी छ । स्रोत भन्छ अब तत्काल नागार्जुन दरबार छोड्नु पर्‍यो भने कता जाने र कहां बस्ने भन्ने  चिन्ताले ज्ञानेन्द्रलाई बढी पिरोलेको छ । ज्ञानेन्द्र शाहाले सत्ताको लागि नभई द्रव्य मोहकै कारण आङ्खनै दाइको वंश विनाश गरेको हल्ला यतिखेर दरबारिया वृतमा त्रि्र बनेको छ । यसैबीच दशै पछि ज्ञानेन्द्र शाहाले त्रि्र रुपमा राजनैतिक भेटघाट गर्ने योजना बनाएको समाचार स्रोतको दाबी छ । दरबार हत्या काण्डको मुख्य अभियुक्तलाई अझै पनि आफूलाई क्रान्तिकारी बताउने नेकपा माओवादीको नेतृत्वमा बनेको सरकारले राष्ट्रीय सम्पत्ती उपभोग गर्न दिईरहेका छन् । पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष सिपी मैनाली, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष एमएस थापामगर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कमल छाराहाङ र ताम्सालिङ नेपाल राष्ट्रिय दलका अध्यक्ष पर्शुराम तामाङसंग ज्ञानेन्द्र शाहाले भेटघाट गरेको समाचार स्रोतले बताएको छ । नेकपा मसालले संघीयताको विरोधमा हिजो गरेको नेपाल बन्द दरबारियाहरुकै इसारामा भएको हो जुन १० वर्षो जनयुद्ध १९ जनआन्दोलन र जनभावना विपरीत छ । संघीयताको सवालमा ज्ञानेन्द्र शाहा, सेना प्रमुख रुकमंगत कटुवाल राप्रपा नेपाल र हिजोका नेपाल बन्द गर्ने र आफूलाई क्रान्तिकारी समूह र कम्यूनिष्ट बताउने कथित आन्दोलनकारीहरुको एउटै धारण देखिन्छ जसको सबै तिरबाट प्रतिकार गर्न आवश्यक थियो भन्ने विश्लेषकहरुको भनाइ छ । कम्युनिष्ट नामधारी बताउनेहरुको यस्तै राष्ट्रघाती र जनविरोधी क्रियाकलापहरु जारी रहने हो भने यो हिमाली राज्यमा एक दिन कम्युनिष्ट भन्ने शब्द नै शब्दकोषमा पनि भेट्न नसकिने राजनीतिक विश्लेषकहरुको दाबी छ ।
गत शुक्रबार मात्र अन्त्य भएको ज्ञानेन्द्र शाहाको पक्षमा विरगञ्जमा ज्ञानेन्द्रबादीहरुले प्रदर्शन गरेको छ नेपाल राष्ट्रवाद संघ नामक संगठनद्वारा आयोजित प्रदर्शनमा सहभागीले ज्ञानेन्द्र शाहाका पक्षमा नारावाजी गर्दै नगर परिक्रमा गरेका थिए । जुलुसमा महिला समेत करिब २५ जनाको सहभागिता रहेको थियो । तर्सथ ज्ञानेन्द्र शाहले दशै पछि लगत्तै राजनैतिक भेटघाटलाई त्रि्रता दिने भएको हुदा भेटघाट गर्नु अगावै दरबार हत्याकाण्डको उचित छानबिन गर्नको लागि उच्च आयोगको गठन गरी कारबाही गर्नु पर्ने राजनितिज्ञ र अपराध विश्लेषकहरुको भनाइ छ न त गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री पुष्प कमल दाहालको भविष्य के हुने यसै भन्न सकिन्न ति विश्लेषकको भनाइ छ दरबार निटक उच्च श्रोतका अनुसार ज्ञानेन्द्र शाहाले गणतन्त्रवादीहरुसंग भिड्न र आफूमा भएको बेइजतीबाट मुक्त हुन दुइ बटालियन सेना निर्माण गरिसकेको बताइएको छ । यस सेनाको डिजाइन माघ १९ पनि ज्ञानेन्द्र शाहाले संचालन गरेको निरंकुश कालारात्रीको सासन अवधीमा नै बनाइएको बताइन्छ तर यसको आधिकारिक पुष्टि हुन सकेको छैन । दरबार हत्या काण्डमा ज्ञानेन्द्र शाहा र पारस शाहाकै प्रत्यक्ष रुपमा संलग्न भएको आङ्खनै प्रत्यक्ष आ“खाले देखेको बताउने पाल्पाको ठिमुरे घर भई २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैन्य प्रहरीमा काम गर्ने गरेको लाल बहादुर लम्तेरी मगरको बयान पृष्ठ ७ मा छ हेर्नु होला । 
म लालबहादुर लम्तेरी मगर, घर पाल्पाको ठिमुरे हो । २०४९ सालमा सेनामा भर्ती भएर दरबारको सैनिक प्रहरीमा काम गर्न थालेको हुँ । म खेलाडी पनि थिएँ, गीत-संगीतमा त च्याम्पियन । ‘रोयल फेमिली’सँग एकदमै नजिक । दीपेन्द्र सरकारले मलाई यति माया गर्ने कि म कसरी भनौं ! कतिसम्म भने मेरी श्रीमती डेलिभरी हुँदा दीपेन्द्रबाट १० हजार रुपैयाँ बक्सिस प्रदान भएको थियो ।
दरबारमा काम गर्दा त मोजमस्ती थियो, खर्चको अभाव हुँदैनथ्यो । केही पर्‍यो भने पैसा पाइहाल्थें । दीपेन्द्र सरकारले त मलाई खोपीमै बोलाएर बाजा बजाउन लगाउने, पैसा दिने, बडो माया गर्ने । जागिर खाएको नौ वर्षमा मेरो जीवनमा ठूलो चोट पर्‍यो, मैले अनाहकमा दुःख पाएँ । महिनाको अन्तिम शुक्रबार शाही परिवारले जलपान गरेर ‘गुड फ्राईडे’ मनाउने चलन थियो । १९ जेठ २०५८ मा पनि जलपान आयोजना भयो दरबारमा । त्यो दिन म पनि बाहिरी ड्युटीमा थिएँ । दौरा, सुरुवाल, कोट र कालो टोपी लगाएर पेस्तोल भिरेर म ड्युटी गरिरहेको थिएँ । त्यतिबेला मलाई याद छ- नेपाल टेलिभिजनमा सन्तोष पन्तको ‘हिजो आजका कुरा’ कार्यक्रम आउँथ्यो ।
अबेरसम्म जलपान भइरहेको थियो । त्यहीबीचमा पारस गाडीमा बाहिरिए । एकैछिनपछि उनको गाडीमा केही मान्छे भित्र छिरे, पारस पनि छिरे । यो दृश्य त्रिभुवन सदनमा गार्ड बस्ने अरू सैनिकले पनि देखेका छन् । त्यसपछि फायरिङको आवाज आयो । दीपेन्द्र सरकार नसाले लठ्ठ भएर आफ्नै खोपीमा सुतेको मलाई पनि थाहा छ । भित्र जान हामीलाई अनुमति थिएन । आदेशबिना दायाँबायाँ गर्न पनि नपाइने । दरबारको ड्युटी फेरि निकै कडा हुन्छ क्या ! मैले थाहा पाएँ, पहिलो फायर दीपेन्द्र सरकारको खोपीमा भयो । त्यहाँ सात फायर भएपछि त जलपान भएको ठाउँमा एकैचोटि गोली चल्यो । बाहिर पनि । दीपेन्द्रको मुखुन्डो लाएको हतियारधारीले गोली चलायो । वीरेन्द्रका परिवारलाई ताकी-ताकी हान्यो उसले । दीपेन्द्रलाई त ब्रस्ट फायर भयो । बाहिरसमेत गोली चलेपछि ज्यान जोगाउन मुस्किल भो । म त्रिभुवन सदनअगाडि बगैंचामा लुकें ।
गोली रोकिएपछि पारस खालीखुट्टा आइपुगे, खुट्टामा जुत्ता, चप्पल केही थिएन । उनले आउनेबित्तिकै भने- ल भाइ हो, हस्पिटल लानुपर्छ । त्यसपछि घाइते र लास उठाउन थालियो । म पनि लास उठाउन गएको थिएँ । मैले वीरेन्द्र सरकार र नीराजनलाई उठाएँ । ऐश्वर्यको चिउँडो छेडेर गोली चलेको रहेछ । चिउँडो त पंखामा झुन्डिएको रहेछ । अस्पताल जाँदासम्म सास भएको अवस्थामा वीरेन्द्र सरकार र श्रुति थिए । धीरेन्द्रको बारेमा मलाई थाहा भएन । वीरेन्द्रको मृत्यु भइसकेको थिएन । वीरेन्द्रलाई हालिएको सैनिक प्रहरीको गाडीमा पछाडि बसेर म पनि छाउनी अस्पताल गएको थिएँ ।
म सम्झिन्छु, अस्पताल पुग्ने बेलासम्म वीरेन्द्र दुख्यो-दुख्यो भनेर सानो स्वरमा भनिरहेका थिए । सैनिक अस्पताल पुर्‍याइए पनि वीरेन्द्र सरकारलाई तत्कालै उपचार गरिएन, ऐश्वर्यको मुख नभएकोले प्लास्टिक सर्जरी भयो । हामीले धेरै हेर्न पाएनौं । हामी त हाकिमको आदेशअनुसार अस्पतालबाट फर्क्यौ । त्यसपछि के गरियो थाहा भएन । मैले आफैं देखेको, दीपेन्द्रको पहिले नै हत्या भइसकेको थियो । तर, दीपेन्द्रलाई दोषी बनाएपछि मेरो मन धेरै रोयो । म र साथीहरूले जेठ २५ गते १२ बजेतिर बिन्तीपत्र तयार गर्यौं र ४ बजेतिर प्रमुख सचिवालयमा दर्ता गर्यौं । सायद हाम्रो रेकर्ड सचिवालयमा होला अहिले पनि । 
बिन्तीपत्र हाल्नेमा म अगुवा थिएँ । बिन्तीपत्र दिनेमा लेसनायक नरेन्द्र थापामगर, हवल्दार शिव कुँवर, नायक गुणबहादुर पुन र अर्का एक सिपाही थियौं । हामीले बिन्तीपत्र दिएपछि त त्यहाँ हलचल भएछ । हामीले भनेका थियौं- दरबार हत्याकान्डमा युवराज दीपेन्द्र सरकार दोषी होइनन् । पहिलो फायर नै उनीमाथि भएको हो । त्यसकारण निष्पक्ष छानबिन होस् । बिन्तीपत्र हालेको चार दिनमा दरबारमा आतंक मच्चाएको भन्दै मलाई पक्राउ गरियो । २९ जेठमा ड्युटी सकेर खाना खाएर कोठामा पल्टिन लाग्दा निर्मल निवास (सदन- हाम्रो भाषामा) को फौज आएर मलाई समात्यो । मलाई आँखामा कालोपट्टी बाँधेर क्वार्टर गार्डमा (हिरासतमा) राखियो । जबकि मेरो दोष केही पनि थिएन । आँखामा पट्टी बाँधेर नेपाली कागजहरूमा ल्याप्चे लगाउन लगाइयो ।
एक सातापछि मलाई हनुमानढोकामा लगेर बुझाइयो । त्यसपछि मलाई एक महिनाजति झुलाइयो । कहिले सैनिक हेडक्वार्टर, कहिले प्रहरी हेडक्वार्टर, कहिले कता लगेर एक महिना झुलाइयो । दरबारभित्रको सैनिक हिरासतमा रहँदा मलाई ल्याप्चे लगाउन लगाइयो । पछि थाहा भयो, मलाई पुरानो गोरखगणमा सरुवा गरेर सिपाहीमा घटुवा गरेको कागज बनाइएछ । र, सैनिक प्रहरीमा रहेको मेरो कागजात सबै खतम पारिएछ । एक महिनाअघि समातेर मलाई एक महिनापछि भएको घटनामा फसाइयो ।
२ साउन २०५८ मा सोह्रखुट्टेको आरामदायी लजका मालिक उत्तमराज पाण्डेको हत्या भएको रहेछ । मैले जेलमा बसेपछि सुनेअनुसार दरबारका एक क्याप्टेनले पाण्डेलाई गोली ठोकेर मारेका रहेछन् । पाण्डे नवलपरासीका रहेछन् भन्ने मलाई फसाइएको नक्कली कागज हेरेर थाहा पाएँ । तर, कुन केसमा पाण्डेलाई किन मारियो भन्ने मलाई केही थाहा थिएन किनकि म त एक महिनाअघि नै पक्राउ परिसकेको थिएँ । मलाई ५ भदौ २०५८ मा पुर्पक्षका लागि भनेर जेल हालियो । जेलमा बसेर मुद्दा लडें । सुरुमा वकिल भूमिनन्द चुँडाल र पछि तारा खनालको सहयोग लिएँ । १३ फागुन २०६० मा काठमाडौं जिल्ला अदालतले मलाई दोषी ठहर गर्‍यो। र, म जेल परें ।
म हिरासतमा बस्दा शाही रक्षक बाहिनीका बाहिनीपति सुदर्शन खड्का, पारसका हितैषी अनुप सिंह मलाई भेट्न आइरहन्थे । उनीहरू भन्थे- दरबार तिमीप्रति पोजिटिभ छ । हामी छुटाउन पहल गरिरहेका छौँ । तर, दरबारले मेरो जिन्दगी बर्बाद बनाइदियो । बिन्तीपत्र हाल्ने मेरा साथीहरूलाई पनि समातियो भन्ने थाहा पाएँ, तर उनीहरू अहिले मरे-बाँचेको मलाई थाहा छैन । यो पनि लेखिदिनुस्- दरबार हत्याकान्डमा सैनिकहरू पनि मारिएका छन् । मलाई यकिन विवरण त छैन, तर छानबिन गरे थाहा हुन्छ । मारिएका परिवारलाई अरू केही वहानामा क्षतिपूर्ति दिइएको हुन सक्छ, तर हत्याकान्डमा सैनिक मारिएका छन् । सत्यतथ्य खोजी गर्ने हो भने पारसलाई समातेर बयान लिनुपर्छ । सबै कुरा थाहा हुन्छ । सरकारले चाहने हो भने दरबार हत्याकान्डको बारेमा निष्पक्ष छानबिन गर्न अझै पनि सक्छ ।
वर्ष १, अंक ७, २०६५ असोज १३ गते सोमबार प्रकाशित मंगोल भिजन साप्ताहीकबाट साभार ।
Click :  पूर्वाराज ज्ञानेन्द्र शाह पुन राजगद्दीमा बस्न चाहन्छन्
राजसंस्था राख्ने सम्झौता भएको थियो: पूर्व राजा

No comments:

Post a Comment