प्रधान सेनापति महारथी छत्रमान सिंह गुरुङले बिदाई समारोहमा दिनु भएको मन्तव्य
मिति २०६९ भाद्र २० गते
कामु प्रधान सेनापतिज्यू
पूर्व प्रधान सेनापतिज्यूहरु
रक्षा सचिवज्यू
रथीवृन्द तथा पूर्व रथीवृन्दहरु
सैनिक स्टाफ कलेज तथा सैनिक प्रतिष्ठानका प्राध्यापकहरु
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका महानिरीक्षकहरु
राष्ट्रीय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक
सैनिक गानका सर्जकहरु
सेनानी समूह
संचारकर्मी मित्रहरु
उपस्थित महिला तथा सज्जनवृन्द ।
सर्वप्रथमः मॆरो सम्मानमा नेपाली सेनाको तर्फबाट यस भव्य बिदाई समारोह आयोजना गर्नु भएकोमा कामु प्रधान सेनापति लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आज यसरी सम्मानपूर्वक विदा हुन पाउँदा मलाईं आफूले करिब ४१ वर्षको सेवा अवधिभर गरेको मेहनत, संस्थाको विकासका लागि गरेको प्रयासहरु सार्थक भएको अनुभूति भइरहेकोछ ।
देश, जनता र संस्थाको प्रगतिमा प्राप्त विभिन्न जिम्मेवारीहरु निर्वाह गर्ने सिलसिलामा आई परेका चुनौतीहरुलाई फत्य गर्दै करिब ४१ वर्ष सिपाही जीवनका रुपमा नेपाली सेनामा सेवा पश्चात अवकाश हुन लागेको यो क्षण मेरो लागि वास्तवमै अविस्मरणीय हुनु स्वभाविकै हो । नेपाली सेनाबाट भौतिक रुपमा केही टाढ हुन लागेता पनि म भावनात्मक रुपमा सदा सर्वदा नेपाली सेनाको नजिक रही रहनेछु । आजको यस भावपूपुर्ण तथा ऐतिहासिक मंचमा म तपाईहरुसंग आफ्नो अनुभवहरु व्यक्त गर्न सान्दर्भिक ठान्छु ।

गौरवमय इतिहास अन्तराष्ट्रीय पहिचान तथा राष्ट्रीय सम्मान प्रँप्त राष्ट्रीय सुरक्षाको प्रबल रक्षक तथा राष्ट्रीय शक्तिको महत्वपूर्ण संयन्त्रका रुपमा विकसित नेपाली सेनाले आफ्नो स्थापनाकालदेखि नै राष्ट्रीय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता राष्ट्रीय एकताको संरक्षण तथा सम्बधन जस्ता सर्वोपरी राष्ट्रीय हितलाई सदैव अछुणणा राख्नुको साथै नेपाली जनताको आधारभूत हितहरुको रक्षा गर्ने जिम्मेवारीप्रति सदा समर्पित रही आएकोछ। यसै सिलसिलामा स्थापनाकालदेखि वर्तमानसम्म कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नु भएका नेपाली सेनाका वीर योद्धाहरुको चीर शान्तिको कामनाको साथै अंगभंग भै पुर्नःस्थापनाको क्रममा रहेका सम्पूर्ण घाईते बिरामीहरुको शिघ्रा स्वास्थ्यलाभको कामना गर्दछु । साथै हालको संक्रमणकालमा नेपाली सेनाका सकल दर्जाले देखाएको धैर्यता, संयमता र अनुशासनको लागि म आत्मादेखि नै प्रशंसा गर्न चाहन्छु ।
मैले ३ वर्ष पहिला नेपाली सेनाको नेतृत्व सम्हाल्दा मुलुकको राजनैतिक संक्रमणकालीन अवस्था, विभिन्न सम्झौताहरुबाट बाँधिएको अवस्था, अत्यन्तै जटिल अन्यौलपुर्ण असहज परिस्थिति र बिग्रदो सुरक्षा स्थिति थिए भने कार्यकाल भरी झन चुनौतीपुर्ण रहेतापनि राष्ट्रीय एकता, स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बाह्य र आन्तरिक खतराबाट पुर्ण सुरक्षित राख्न नेपाली सेनालाई अझ पेशागत(Professional), अनुशासित (Disciplined), उत्प्रेरित (Motivated), उच्च मनोबलयुक्त (High Morale), आत्मसम्मान (Self Respect) भएको तथा गैरराजनैतिक प्रकृति (Apolitical) तुल्याउँदै पेशागत दक्षतामा बृद्धी (Enhancing Professionalism), आधुनिकीकरण (Modernization), आन्तरिक सुधार (Internal Reforms) तथा राष्ट्रीय नीति कार्यान्वयनलाई सहयोग पुर्याउने जस्ता प्रँथमिकता निर्धारण गरी नेपाली सेनाको संस्थागत सुधृढिकरण र व्यवसायिक विकास गर्ने लक्ष्यकासाथ शुभारम्भ भएको मेरो ३ वर्ष कार्यकालमा तय गरिएका नीति एवं प्राथमिकताहरु धेरै हदसम्म सफलतापूर्वक कार्यान्वयन भई नेपाली सेनाले विश्वका सबै पेशागत सेनाहरु सरह आफूलाई पेशागत (Professional), दक्ष अनुशासित (Disciplined) एवं मर्यादित सेनाको रुपमा स्थापित गराउन सफल भएको व्यहोरा हामी सबैले महसुस गरेकै छौ ।
नेपाली सेनाको असरदार संगठानिक विकास गरी १० भित्र दक्षिँण एसियाली सेनास्तरको बनाउन तयार पारिएको १० वर्षे गुरुयोजना मिति २०६६ साल पौष १९ गते रक्षा मन्त्रालयमा पेश गरिए मुताविक क्रमिक रुपमा वार्षिक बजेट निकासा भै विभिन्न कार्यक्रमहरु पनि कार्यान्वयन हुँदै आएकोछ ।
मेरो कार्यकालको प्रथम २ वर्षमा लगातार घोषित 'तालिम वर्ष १ र २' ले नेपाली सेनाको पेशागत ञान एवं दक्षता बृद्धी हुनुको साथ साथै समग्र क्षमता (Overall Capabilities) मा नै अभिबृद्धी गर्ने लक्ष्य हासिल भएको मेरो अनुभव रहेकोछ ।

हाम्रा Command and Staff College, Counter Insurgency and Jungle Warfare School, Para Training School, High Altitude and Mountain Warfare School मा संचालित विभिन्न कोर्शहरुमा अमेरिका चीन दक्षिण, कोरिया, मलेशिया, भारत, पाकिस्तान, बंगलादेश, श्रीलङ्का जस्ता देशका सैनिक अधिकृतहरु सहभागी हुनु, Military Academy मा केन्या, नाइजेरिया, मंगोलिया, तथा माल्दिभ्सका Officer Cadets सहभागी हुनु र आफ्नै शिक्षक, स्रोत, साधनबाट विदेशी अधिकृतहरुलाई विभिन्न प्रकारका United Nations Peacekeeping Operations Trainings संचालन हुनु भनेको अन्तराष्ट्रीय जगतमा नै नेपाली सेनाको उच्चतम् पेशागत मान्यता हो । त्यस्तै, Artillery Firing Range एबं Para Dropping Zone को निमित्त धनुषाको चारनाथखोला इलाकामा १३,११५ बिगाहा जग्गा प्रँप्त गरी Artillery Training School को स्थानान्तरण Artillery Field Firing, Para Dropping को शुरुवात तथा 'बैरी प्रहार' अभ्यास संचालन सालझण्डिमा एकीकृत सैनिक तालिम केन्द्र स्थापना तथा संचालन सबै पृतनाहरुमा पृतना शिक्षालयहरुको स्थापना तथा संचालन पृतना तहमा 'पृतना तहको पेशागत प्रतियोगिता' र आर्मी तहमा 'प्रधान सेनापति पेशागत प्रतियोगिता' फरक ढंगले संचालन, लगनखेल ब्यारेक परिसरमा Army Physical Training and Sports Complex को निर्माण तथा प्रथम दक्षिण एसियाली सेना खेलकुद प्रतियोगिता संचालन गोलीगठ्ठाको खपत न्यून गर्न Simulators को प्रयोगबाट तालिमको शुरुवात आफ्नै उद्धोगमा निर्मित ८१ मि. मी. मोर्टर प्राक्टिस बमको उत्पादन गरी लामो दूरीको सफल परीक्षण फायिरिङ्ग नेपाली सेना र भारतीय सेना बीच समान तहमा गुल्मतहको सैन्य अभ्यासहरु जस्ता महत्वपूर्ण कार्यहरुले समग्र रुपमा नेपाली सेनाको व्यवसायिक क्षमता र स्तरमा उल्लेखनीय बृद्धी हुन पुगेकोछ ।
मेरो कार्यकालको शुरुमा ४९ प्रतिशत जवानको लागि मात्र बासस्थान भएकोमा कार्यकालको अन्तिम वर्षलाई 'बंकरबाट ब्यारेक वर्ष' घोषणा गरेर अहिले करिब ८० प्रतिशत जवानहरुको लागि आवासको व्यवस्था हुनु कल्याणकारी कोषलाई अझ पारदर्शी तथा वैज्ञानिक ढंगले आर्थिक नीतिहरु लागू गरी ३ वर्ष अघी रु. १३ अर्ब ५२ करोड ७८ लाख ८२ हजार भएकोमा ३ वर्षमा रु. २१ अर्ब ७५ करोड ६७ लाख ९० हजार नगद पुग्न गएको छ भने रु. ७५ करोड ६७ लाख ९० हजार बराबरको थप भौतिक सम्पत्ति जोडिएको छ जुन एकदमै उत्साहजनक उपलव्धि हो । साथै, College of Medicine मा प्रथम पटक मै MBBS मा १०० बिद्धार्थीहरु तथा College of Nursing मा पहिलो पटक मै B.Sc. Nursing, Bachelor in Nursing र PCL Nursing का कक्षाहरु संचालन मध्य पृतना अन्तर्गत चितवनको चैनपुर र सुदूर पश्चिम पृतना अन्तर्गत धनगडिमा सैनिक आवासीय महाबिद्धालयहरुको स्थापना भक्तपुर महाबिद्धालयमा पहिलो पटक ४ सय जना महिलाको लागि छात्रावास निर्माण विजेश्वरी र रिपुमर्दनी विद्धालयहरुलाई स्तर उन्नति छात्रवृत्ति र कल्याणकारी निवृत्तिभरणमा शतप्रतिशत थप Veteran's Homes को निर्माण धेरै पुरानो सैनिक उत्सवीय पोशाकको बदलामा नयाँ उत्सवीय पोशाक लागू गरिनु जवानहरुको शान्ति सेनामा सहभागिता सुव्यवस्थित गर्नको निमित्त नयाँ नीति तर्जुमा गरी कडाइका साथ कार्यान्वयन र साथै खोजमुलक वास्तविक र वैज्ञानिक तथ्यहरुमा आधारित र विगतका सैनिक इतिहासमा नसमेटिएका पक्षहरु र नयाँ घटनाहरु समेत अध्यावधिक गरी 'नेपाली सैनिक इतिहास' एवं विदेशीहरुलाई नेपाली सेना बारे जानकारी गराउने उद्धेश्यले æThe Nepalese ArmyÆ पुस्तकको रुपमा प्रकाशन जस्ता महत्वपूर्ण उपलव्धिहरु भएका छन्।
साथै अन्तराष्ट्रीय सम्बन्ध र सहयोगका हिसाबले पनि धेरै उपलव्धिमूलक भएको मैले महशुस गरेको छु । हाम्रो निमन्त्रणमा भारत, चीन, बेलायतका सेनाध्यक्षहरु तथा Pacific Commander को नेपालको औपचारिक भ्रमण तथा उनीहरुको निमन्त्रणमा भारत, चीन, अमेरिका, बेलायतमा मेरो औपचारिक भ्रमण तथा विभिन्न Conference हरुमा सहभागिताबाट दुई देश बीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउनको साथै ती देशहरुबाट व्यापक सहयोग प्राप्त भई नेपाली सेनाको पेशागत क्षमता अभिबृद्धी गर्न मद्दत पुर्याएको छ ।

नेपाली सेनाले समग्र शान्ति प्रकृयालाई ठोस निष्कर्षमा पुर्याउन गरेको अथक प्रयासको फलस्वरुप सेनाद्वारा सरकार समक्ष आफ्नो व्यवसायिकता तथा वृत्ति विकासमा प्रतिकूल असर नपर्ने गरी नेपाली सेना अन्तर्गत स्थापना हुने 'राष्ट्रीय विकास तथा सुरक्षा महानिर्देशनालय' को अवधारणलाई मुख्य ठुला दलहरुले मान्यता दियो र विशेष समिति र तत्पश्चात सरकार मार्फत आएको निर्देशन अनुसार मिति २०६८ चैत्र २८ गतेबाट माओवादी सेनाका लडकूहरु हतियारका कन्टेनरहरु ७ मुख्य शिविरहरु तथा १३ सहायक शिविरहरु शिविरमा रहेका भौतिक सामग्रीहरुको सुरक्षाको जिम्मा नेपाली सेनाले लिइसकेको छ । शुरु भईसकेको समायोजनको प्रकृया उनीहरुकै कारणले ढिलाई भईरहेको छ।
मैले २०६६ साल भाद्र २५ गते गरेको प्रथम सम्बोधन तथा निर्देशनमा हाल नेपाली सेनामा रहेको ४६वर्ष पुरानो सांगठानिक संरचनालाई समयानुकूल तथा आधुनिकीकरण गर्ने साथै हाल नेपाली सेनाका क्षमतावान तथा योग्य अधिकृतहरुमा उब्जिएका नैराश्य हटाउन अधिकृत वृत्ति विकास (Officers Career Planning) गर्ने पनि उल्लेख गरेको थिए । कार्यदलले तयार पारेको जंगी अड्डा देखि अनाश्रित गुल्मतह सम्मको पुनः संरचना योजना स्वीकृतिको लागि प्रथम पटक २०६७ श्रवान ११ गते दोश्रो पटक २०६८ जेठ २४ गते तेश्रो पटक २०६८ भाद्र २३ गते चौथो पटक २०६८ कार्तिक २९ गते र पाँचौ पटक २०६८ मंषिर २ गते रक्षा मन्त्रालयमा पत्राचार गरेकोमा अनेक व्यवधान गलत प्रचार गरिए र विशुद्धा सैनिक विषयलाई राजनीतिकरण गरियो । त्यसै गरी नेपाली सेनाको क्षमतावान तथा योग्य अधिकृतहरुमा उब्जिएको नैराश्य हटाउन वृत्ति विकासलाई समयानुकूल परिमार्जन गर्न कार्यदलले तयार पारेको 'अति योग्य' 'बढी योग्य' तथा 'योग्य' को अवधारणालाई लोकसेवा आयोगका सदस्य संयोजक रहेको कार्यदलले समेत तयार पारेको 'सैनिक सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्त न्त-२०६८ लाई आवश्यक परिमार्जन गरी स्वीकृतिका लागि २०६८ पौष २१ गते रक्षा मन्त्रालयमा पत्राचार गरिएकोमा हालसम्म कुनै जवाफ प्राप्त भएको छैन । मैले २०६८ भाद्र २५ गते गरेको प्रथम सम्बोधनमा भनिएका र तत्पश्चात पटक-पटक थप भनिएका शुरु गरिएका योजना तथा कार्यहरु सबै पुरा भए केवल 'सेनाको आन्तरिक पुनर्संरचना' तथा 'अधिकृतको वृत्ति विकास' भएनन् किनकि यी दुबै नयाँ योजनाहरु स्वीकृति तथा कार्यान्वयन गर्ने अधिकार जंगी अड्डा संग छैन ।
मेरो कार्यकालमा राजनैतिक संक्रमणकालीन अवस्था विभिन्न सम्झौताहरुबाट बाँधिएको असहज परिस्थिति स्रोत साधनको कमीको बाबजुद पनि सेनाको व्यवसायिकता आधुनिकीकरण आन्तरिक सुधार तथा राष्ट्रीय नीतिलाई सहयोग गर्ने पक्षहरुमा प्राप्त सम्पुर्ण उपलव्धिहरु म एक्लैको प्रयासले मात्र नभई मेरा सहयोगी प्रीन्सिपल स्टाफ अफिसर्स फर्मेशन कमाण्डरहरु तथा सबै तहका कमाण्डरहरु महानिर्देशकहरु निर्देशकहरु सबै शिक्षणसंस्थाका कमाण्डण्टहरु सबै अधिकृत पदिक तथा अन्यदर्जालाई यसको श्रेय सामूहिक रुपमा जान्छ। सकल दर्जाको यस्तै सामूहिक प्रयास भविष्यमा पनि प्रभावकारी ढंगले अगाडि बढ्नेछ भन्नेमा म विश्वस्त छु ।
नेपाली सेनाको परम्परालाई कायम राख्दै आज मैले नेपाली सेनाको योग्य सक्षम ईमान्दार अनुभवी परिपक्व व्यक्ति कामु प्रधान सेनापति रथी श्री गौरव शम्शेर जबरालाई नेपाली सेनाको गरिमामय प्रधान सेनापतिको कार्यभार सुम्पन पाउँदा म अत्यन्तै हर्षित छु । नेपाली सेनाको परम्परागत मूल्य तथा मान्यता र मर्यादालाई सदैव उच्च राख्नका लागि वहाँले ठुलो योगदान दिनु हुनेछ भन्ने विश्वास लिएको छु । यस अवसरमा म वहाँको उपलव्धिमूलक तथा सफल कार्यकालको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहान्छु ।
अन्त्यमा नेपाली सेनाका सकल दर्जा र तिनका परिवारको उज्ज्वल भविष्य र सुखी जीवनका लागि शुभकामना व्यक्त गर्दै नवनियुक्त हुनु हुने प्रधान सेनापतिलाई पनि मलाई जस्तै सहयोग गर्नु हुने नै छ भन्ने पुर्ण विश्वासका साथ तपाईंहरु सबैसंग भावपुर्ण बिदा लिन्छु। धन्यवाद ।

No comments:
Post a Comment