एमालेका
अध्यक्ष एवं निर्वाचनका कमान्डर झलनाथ खनालविरुद्ध पार्टीभित्रै
मोर्चाबन्दी सुरु भएको छ । निर्वाचनको मुखमा खनालको भूमिकालाई लिएर चर्को
कलह सुरु भएको छ । समानुपातिकको सूचीमा रहेका उम्मेदवारको नाम संशोधित
सूचीबाट हटाइएको भन्दै एमाले नेता केपी ओली अध्यक्ष झलनाथ खनालप्रति
क्रुद्ध बनेका छन् ।
उता, इलाम र सर्लाहीमा खनालको चुनावी अवस्था कमजोर बन्दै गएको छ । चौतर्फी विरोध र आफ्नो अवस्था कमजोर भएपछि हतास भएका खनाल ‘प्रचण्ड राष्ट्रपती बन्न नसक्ने’ घोषणा गर्र्दै हिंड्न थालेका छन् । एक ओली निकट कार्यकर्ता भन्छन, ‘ढुलमुले चरित्रका धनी झलनाथ खनालले कुनैबेला सीपी मैनालीलाई पेस्तोल तेस्र्याएर महासचिव बनेका घटनाहरु अहिले फेरि एमाले कार्यकर्ता सम्झन थालेका छन् ।’
ओलीको घेराबन्दी
यतिबेला
एमाले अध्यक्ष खनाल आफ्नै पार्टीमा विवादमा परेका छन् । आफनै पार्टीका
नेता उनको विरोधमा खुलेर लागेका छन् । उम्मेदवारी बितरणमा चलखेल गरेको
आरोपमा एमाले नेता केपी ओलीले खनालसमक्ष बिरोधपत्र बुझाएका छन् । यसमा
ओलीले पार्र्टीमा छलफल नै नगरी खनालले वरिष्ठ नेता माधबकुमार नेपाल तथा
महासचिब इश्वर पोखरेलको मिलेमतोमा सयभन्दा बढी उम्मेदवारको नाम हेरफेर
गरेको आरोप लगाएका छन् । पार्टीले स्वीकृत गरेर पठाएको सूचीमा जातिय तथा
पिछडिएका क्षेत्रको प्रतिनिधित्व नमिलेको भन्दै आठ उम्मेदवारको नाम सच्याउन
निर्वाचन आयोगले एमालेलाई पत्र लेखेको थियो । अध्यक्ष खनालले बरिष्ठ नेता
नेपाल र महासचिब इश्वर पोखरेललाई सूची संशोधन गरेर नयाँ नामावली आयोगमा
पठाउन अख्तियारी दिइएको थियो । पार्टी अध्यक्ष खनालकै सल्लाहमा आफ्नो
पक्षका उम्मेदवारको नाम हटाएको र पार्टीको शक्ति सन्तुलन प्रभावित पार्न
खोजेको ओेली पक्षको आरोप छ ।
आफ्नै क्षेत्रमा विवाद
झलनाथ
खनाल नेकपा एमालेको ‘संविधानसभा निर्वाचनलाई प्रभावकारी ढङ्गले परिचालन
गर्न’ गठित पा“च सदस्यीय केन्द्रीय संविधानसभा निर्वाचन परिचालन कमिटीका
संयोजक हुन । हुन त निर्वाचनको कमाण्डर बन्न एमालेका अर्का नेता केपी ओली र
इश्वर पोखरेलले पनि रुची देखाएका थिए । तर, प्रत्यक्षमा लडने र निर्वाचन
नहारेकालाई मात्र कमान्डर बनाउने भन्दै उनीहरुलाई पाखा लगाइयो । एमालेका एक
पुराना कार्यकर्ता भन्छन, ‘एमालेले निर्वाचनको कमान्डर त्यस्ता नेतालाई
बनाएको छ, जसको नाम भने आफ्नै निर्वँचन क्षेत्रको पार्टी प“क्तीमा
सर्वसम्मत छैन ।’
हो,
संविधानसभाको दोस्रो निर्वाचनका लागि एमाले अध्यक्ष खनालको नाममै
सर्वसम्मत हुन सकेको थिएन । इलाम क्षेत्र नंबर १ का लागि खनालको नाममा
सर्वसम्मत नभएपछि उनीसहित पा“च जनाको नाम सिफारिस गरिएको थियो । खनालसहित
काजीमान कागते, रत्न अधिकारी, बीरबहादुर लाप्चा र खिनु लङ्वाको नाम सिफारिस
गरिएको थियो । ‘आफनै निर्वाचन क्षेत्रमा सर्वसम्मत नहुनेले कसरी एमालेको
निर्वाचनको रथ हा“क्न सक्लान ?’, इलामका एक एमाले कार्यकर्ता जिवन रेग्मी
भन्छन् ।
सीपीलाई पेस्तोल तेस्र्याए
इलामको
सा“खेजुङ्मा जन्मिएका झलनाथको राजनीतिक चरित्र अवसरवादी देखिदै आएको छ ।
२०३९ सालमा नेकपा मालेमा तत्कालिन कार्यनीति ‘राजनीतिक स्वतन्त्रता’ या
‘पार्टी स्वतन्त्रता’ भन्ने विवाद चुलियो । तत्कालिन महासचिव सिपी
मैनालीमाथि पार्टीले कारवाही ग¥यो । खनाल महासचिव बने । तात्कालीन महासचिव
मैनालीलाई पेस्तोल तेस्र्याएर खनाल पार्टीको महासचिव भएका थिए । यो तथ्य
अहिलेका धेरै नेता–कार्यकर्तालाई थाहा नहुन सक्छ । सीपीलाई पेस्तोल देखाएर
आफु महासचिव भए पनि उनले मालेलाई शसक्त ढंगले अगाडी बढाउन भने सकेनन ।
साल सीड घोटाला
२०४४
सालमा भएको पार्टीको चौथो महाधिवेशनमा खनालले मदन भण्डारीलाई पार्टीको
महासचिव बनाउन सहयोग गरे । जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा खनाल कृषि,
भुमिसुधार तथा व्यवस्था, वन र वातावरण मन्त्री बने । त्यसबेला ‘साल सीड
घोटाला’मा पनि उनी मुछीए । २०४९ सालमा एमालेमा मदन भण्डारीको बहुदलीय
जनवादको नीति पारित भयो । त्यसबेला भने खनाल ‘नौलो जनवाद’का पक्षधर सीपी
मैनालीस“ग मिलेका थिए । यसरी आफुलाई धोका दिएको भन्दै मदन भण्डारीले
महाधिवेशनपछि पुर्व महासचिव खनाललाई केन्द्रीय समितिमा त ल्याए, तर
पोलिटब्युरो सदस्य भने बनाएनन । भण्डारीको दासढुंगामा भएको रहष्यमय
मृत्युपछि मात्र खनाल पोलिटब्युरो सदस्य बनेका हुन ।
२०५९
सालमा तत्कालिन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि खनाल केही समय
भुमिगत भए । त्यसैबेला उनी कार्यवाहक महासचिव भएका थिए । दोस्रो
जनआन्दोलनको बेला उनले महत्वपूर्ण भूमिका निर्वाह गरे । २०६४ चैतमा भएको
संविधानसभाका निर्वाचनमा पार्टीको लज्जाजनक पराजयपछि तत्कालिन महासचिव
माधवकुमार नेपालले पद छाडे र खनाल महासचिव बने । संविधानसभाका निर्वाचनमा
प्रत्यक्ष निर्वाचित एमालेका एक मात्र शीर्ष नेता खनाल संसदीय दलका नेता
समेत बने । २०६५ साल फागुनमा बुटवलमा भएको नेकपा एमालेको आठौ महाधिवेशनबाट
खनाल अध्यक्षमा निर्वाचित भएका हुन ।
दक्ष प्रजापतीको टाउकोसगै
स्थापनाका
समयमा नया“ जनवादी क्रान्तीका लागि माक्र्सवाद–लेनिनबाद र माओ
विचारधारालाई अंगिकार गरेको तात्कालीन माले २०२८ सालको झापा विद्रोहपछि
चर्चामा आयो । चौथो महाधिवेशनपछि मालेले माओवादी विचारधारा त्याग्यो । २०४९
सालमा सम्पन्न पा“चौ महाधिवेशनमा तात्कालीन कार्यदीशा ‘नौलोजनवाद कि
बहुदलीय जनवाद’ भन्नेबारे बहस भयो । महाधिवेशनले मदन भण्डारीद्धारा
प्रस्तुत ‘जनताको बहुदलिय जनवाद’को कार्यक्रमीक कार्यदिशा पारित ग¥यो ।
झलनाथ खनालले त्यसबेला बहुदलीय जनवादलाई ‘दक्ष प्रजापतीको टाउकोस“ग तुलना
गरेका थिए । पछि उनले त्यसैलाई आत्मसात गरेर बुटवलमा सम्पन्न आठौ
महाधिवेनमा अध्यक्ष भए । अहिले पनि खनालको आफ्नै कुनै वैचारीक कार्यदिशा
छैन । त्यसैले ओली पक्षको भनाइ रहने गरेको छ, ‘जवजका असली उत्तराधिकारी
हामी, अध्यक्ष भइटोपलेका छन, जबजकै विरोधी ।’
ढुलमुल चरित्र
पुर्व
प्रधानसेनापति रुक्मांगत कटवालमाथि कार्वाही गर्न सहमती जनाएर पछि अडानमा
टिक्न नसक्नु खनालको चिल्लो गालामा लागेको एउटा कालो दाग हो । यस्ता धेरै
सन्दर्भमा खनालको ढुलमुल चरित्र देखिन्छ । हुन त अहिले एमालेकै दोहोरो
चरित्र छ । दस्तावेजमा एमालेलाई ‘क्रान्तिकारी पार्टी’ र संगठनात्मक
सिद्धान्त ‘लेनिनवादी’ भनेर लेखिएको छ । दस्तावेजमा त अहिले पनि एमालेको
लक्ष्य समाजबाद नै हो । तर यसका समग्र संगठन बुर्जुवा दल नेपाली का“ग्रेसको
जस्तो छ ।
महाधिवेशनबाट
निर्वाचित भएपछि अध्यक्ष खनालले ‘जनताको बहुदलीय जनवाद’मा परिमार्जन र
पुनव्र्याख्या गर्नुृपर्ने मत अघि नसारेका हैनन । खासगरी संवैधानिक
राजतन्त्र भएको अवस्थामा मदन भण्डारीले शक्ति सन्तुलनको जुन व्याख्या गरेका
थिए, गणतन्त्र नेपालमा अब ति कार्यक्रमिक कार्यदिशा असान्दर्भीक भएको उनको
भनाई थियो । तर पार्टीका बरिष्ठ नेताहरु माधव नेपाल र केपी ओलीले मानेनन् ।
उनीहरुलाई मनाउन खनाल असफल भए । ओलीको तर्क थियो, ‘सशस्त्र युद्धका
माध्यमबाट राज्यसत्ता कब्जा गर्ने लक्ष राखेको एमाओवादीसमेत एक्काईसौं
शताव्दीको जनवादको नाममा घुमाउरो पाराले जनताको बहुदलीय जनवाद आएको
परिस्थितिमा जवज एकदम सही छ । यसको पुर्नव्याख्या गर्नुहुन्न ।’ यसरी चाहेर
पनि खनालले जबजको पुनव्र्याख्या गर्न सकेनन ।
बिगतमा
खनाल एमाओवादीस“गको सहकार्य र एकतामै जोड दिन्थे । केहीसमय पहिले खनालले
एमाओवादीलगायतका बाम दलस“ग एकताका लागि कार्य दल नै बनाएका थिए । खनालले
‘एमालेलार्ई क्रान्तीकारी पार्टी’ भन्दै बामपन्थी एकताका लागि माओवादीस“ग
मिल्नुपर्ने धारणा राखेका थिए । कहँ“सम्म भने बुटवल महाधिवेशनबाट पारित
दस्तावेजमा ‘एमाओवादीस“ग एकता, संघर्ष र रुपान्तरण’को आधारमा सम्बन्ध
राख्ने उल्लेख थियो । एमाओवादीलाई खुशी पारेर प्रधानमन्त्री बन्न उनले आफनो
राजनीतिक प्रतिबेदनमा ‘एमाओवादीस“ग एकता, संघर्ष र उच्च एकता’ भन्ने वाक्य
राखे । त्यसप्रति ओली पक्षको चर्को आलोचना थियो ।
तिनै
अध्यक्ष खनालले हालै पोलिटव्यूरो बैठकमा पेश गरेको राजनीतिक प्रस्तावमा
भने एमालेलाई ‘लोकतान्त्रिक पार्टी’को संज्ञा दिएका छन् । खनाल अचेल
कांग्रेससहितको वृहत लोकतान्त्रिक एकताको पक्षमा मात्र उभिएका छैनन, अबको
निर्वाचनमा बाम–लोकतान्त्रिक मोर्चा निर्माणको पहल र नेतृत्व समेत एमालेले
लिनुपर्ने धारणासमेत राखिरहेका छन् । यसरी खनालले आफ्नो स्वार्थ अनुकुल
एमालेलाई कहिले ‘लोकतान्त्रिक’ त कहिले ‘क्रान्तीकारी’को बिल्ला भिराए पनि
एमाले अचेल ‘भाई का“ग्रेस’ भइसकेको स्पष्ट छ । नीतिमा अस्पष्टताका कारण नै
एमालेको छवि ढुलमुलले हुन गएकोमा एमालेकै कार्यकर्ता सहमत छन् ।
असफल अध्यक्ष
‘यो
झलनाथको बीस हजार रुपैया“ हालेको सुट हो, हामी उत्तर कोरिया गएर फर्कीदा
हङकङमा किनेको’, विस वर्षअघि कम्युनिष्ट नेता तुलसीलाल अमात्य यसो भन्दै
भाषण गर्थे । हुन पनि झलनाथ लुगा लगाउ“दा चिटिक्क मिलाएर लगाउ“छन् । उनमा
सम्भ्रान्त, सुविधाभोगी, परम्परावादी शैली देखिन्छ । तर पार्टीलाई भने उनले
आफुजस्तै चिल्लो र पुष्ट बनाउन भने सकेनन । अशोक राई, रामचन्द्र झा,
राजेन्द्र श्रेष्ठ, उर्मीला अर्याललगायतका एमालेका हस्तीहरु सो पार्टी
छाडिसकेका छन् । अन्य केही एमाले नेता कार्यकर्ता पनि पार्र्टी छाड्ने
मनस्थितिमा छन् । अध्यक्ष झलनाथ खनालको साढे ४ वर्षे कार्यकाल पूर्णरुपमा
असफल भएको, पार्टी तहसनहस भएको, नेता कार्यकर्ताको व्यवस्थापन हुन नसक्दा
धेरै नेता–कार्यकर्ता पार्र्र्टीबाट पलायन भएको आरोप खनालले खेप्दै आएका
छन् ।
असक्षम प्रधानमन्त्री
एमाले
अध्यक्ष भलनाथ खनाललाई केही वर्षपहिले सुनसरीको इटहरीमा एक व्यक्तिले
सार्वजनिक रुपमै थप्पड हाने । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन इटहरी
नगरपालीका सभाहलमा पुगेका खनाललाई सुनसरी भरौल– १ का देवीप्रसाद रेग्मीले
गालामा थप्पड हानेका थिए । रेग्मी एमालेकै पुर्व कार्यकर्ता थिए । त्यसको
केही महिनापछि नै खनाल मुलुककै प्रधानमन्त्री भए ।
झलनाथ
खनाल माओवादीको सहयोगमा मुलुकको ३४ औं प्रधानमन्त्री भए पनि उनको कार्यकाल
सफल रहेन् । ‘राष्ट्रि«य सहमति, शान्ति र संविधानमा हमेशा अर्जुनदृष्टि’
राखेका प्रधानमन्त्री खनालले तीन–तीन महिनासम्म मन्त्रीमण्डललाई पूर्णता
दिन सकेनन् । उनी आफैं अध्यक्ष रहेको सेना समायोजन विशेष समितिको बैठक
दुईपटक मात्र बस्यो, त्यही पनि कुनै निर्णय गर्न सकेन । शान्ति प्रकृया र
संविधान निर्माणको काम पनि हुन सकेनन ।
प्रधानमन्त्री
निर्वाचित हुनुअघि खनालले माओवादी अध्यक्ष प्रचण्डसग सातबुदे सहमति गरेका
थिए । उनले त्यसलाई लागू गर्न सकेनन् । खनालले छानेका अर्थ राज्यमन्त्री
ल्हारक्याल लामा तीन देशको नागरिकता र राहदानी लिएको अभियोगमा मुछिएर
अन्ततः सरकारबाट बाहिरीनुप¥यो । खनालकै अर्थमन्त्री भरतमोहन अधिकारीको
कार्यशैलीबाट दिक्क भएर अर्थसचिव रामेश्वर खनालले राजीनामा दिए । अर्थसचिव
खनाल नक्कली भ्याट बिल प्रकरणका दोषीहरूलाई कारबाही गर्ने पक्षमा थिए ।
No comments:
Post a Comment