बुधवार
साँझ कालीमाटीमा भेटिएका थिए एक पूर्व सभासद् । एमालेका जिल्ला तहका नेता
रहेका उनीसँग चुनावी कुराकानी पनि भए । आगामी चुनावको हारजितमाथि उनले
अनेकौं टिप्पणी सुनाए । एमाले शीर्ष नेताको बेडरुमसम्मको सूचना राख्ने
हैसियत भएका ती नेताले एउटा डरलाग्दो तर सत्य घटना पनि हामीलाई सुनाए ।
एमाले
महासचिव ईश्वर पोखरेल यतिबेला काठमाडौं–५ को निर्वाचन क्षेत्रमा खटिएका
छन् । गत संविधानसभामा उनले कांग्रेस नेता नरहरि आचार्यसँग नराम्रोसँग हार
व्यहोरेका थिए । जनआन्दोलनपछि भएको चुनावमा समेत हार खाएका पोखरेलले अहिले
पनि चुनाव हार्ने बलियो सम्भावना रहेको ती पूर्व सभासद्ले बताए । पोखरेलले
चुनाव अरुको भन्दा पनि आफ्नै कारणले हार्ने सम्भावना रहेको उनले सुनाए ।
आखिर के
कारण हो त पोखरेललाई चुनाव हार्न बाध्य पार्ने फ्याक्टर ? एमाले महासचिव
ईश्वर पोखरेलका ससुरा दुई सय किलो चरेससहित अमेरिकामा गिरफ्तार भए ।
अनुसन्धानबाट त्यो अवैध कारोबारमा तात्कालीन एमाले स्थायी समितिका सदस्य
ईश्वर पोखरेल पनि संलग्न भएको रहस्य खुल्यो । ससुराको आडमा ईश्वर नै अवैध
लागूपदार्थ ओसारपसारमा संलग्न भएको प्रमाण फेला पर्यो। नेपालको एउटा
जिम्मेवार नेता नै लागूपदार्थ ओसारपसारको कारोबारमा लागेको खबरले विश्वका
सुरक्षा निकाय स्तब्ध भए । इन्टरपोलले तत्काल ईश्वरलाई गिरफ्तार गर्न आदेश
दियो । तर, एमाले नेता केपी ओली र माधव नेपालले तत्कालीन प्रहरी
महानिरीक्षक अच्यूतकृष्ण खरेल मार्फत विभिन्न हतकण्डा अपनाएर ईश्वरलाई
जोगाए । यसरी ईश्वरलाई कारबाही हुनबाट बचाई एमालेले अवैध लागूऔषध
कारोबारलाई प्रश्रय दिएको थियो ।’ यी भनाइ तिनै पूर्व सभासद्का हुन् जसले
हामीसँग एक घण्टा लामो संवादमा भनेका थिए । त्यसो त अहिले पनि खरेल
ईश्वरसँग असन्तुष्ट रहेछन् ।
माओवादीले
पूर्व आईजीपी रवीन्द्र्र शाहलाई समानुपातिकमा हालेपछि खरेल एमालेसँग आगो
भएको पूर्व अधिकारीहरूबीच चर्चा समेत छ । त्यसो त ईश्वरका अरु पनि पाटा
छन्, जसले गर्दा उनलाई चुनाव जित्न महाभारत नै छ ।
पानी ट्यांकीमा पैसा
ती
सभासद्ले भने जस्तै लागूपदार्थको कारोबार मात्र हैन, एमाले महासचिव ईश्वर
पोखरेलले सरकारमा रहँदा अनेक ढंगले भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको
पनि चर्चा सेलाएको छैन । काठमाडौं क्षेत्र नम्बर ५ मा भोट माग्दै
हिंडिरहेका पोखरेलसँग जनताले प्रश्न सोध्न थालेका छन्, ‘कमरेड पानी
ट्यांकीमा लुकाएको करोडौं रुपैयाँ कहाँ छ ? पहिला त्यसको हिसाब दिनुस् अनि
भोट दिउँला ।’ ईश्वरले विभिन्न पटक मन्त्री हुँदा भ्रष्टाचार गरेर कमाएको
रकमको खोजीनिती भइरहेको छ । अख्तियारले पनि उनीमाथि अनुसन्धान थालेको
बुझिएको छ । केही वर्षअघि ईश्वरको निवासमा अख्तियारले छापा मार्ने तयारी
गरेको थियो ।
अख्तियारमै
कार्यरत एमाले निकट एक कर्मचारीले ईश्वरलाई पूर्व सूचना दिएका थिए ।
त्यसपछि रातारात ईश्वरले घरमा थुपारेको रकम पानी ट्यांकीमा लगेर लुकाएका
थिए । २०५१ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा ईश्वरले मनमोहनको
सोझोपनको फाइदा उठाई अकुत सम्पत्ति कमाएको आरोप थियो । २०५६ सालतिर ईश्वरको
घरबाट १० लाख रुपैयाँ चोरी भयो । तर, ईश्वरले त्यसबारेमा प्रहरीलाई कुनै
खबर गरेनन् । प्रहरीलाई खबर गरेमा आफूले अकुत सम्पत्ति कमाएको पोल खुल्ने
डरले उनले त्यो घटना गुपचुप राखेको एमाले स्रोत बताउँछ । तर, निकट सहयोगी
हुँदै यो घटनाको खबर आम जनतासम्म पुगेरै छाड्यो ।
पार्टी कोषमै भ्रष्टाचार
सरकारमा रहँदा मात्र हैन, ईश्वरले आफ्नै पार्टीमा समेत भ्रष्टाचार गर्ने गरेको बल्खुमा चर्चा छ ।
एमालेको
छैटौं महाधिवेशनको लेखाको हिसाबमा एक करोड एकचालीस लाख रुपैयाँ बेरुजु
देखियो । कार्यालय र आर्थिक फाँट हेर्ने जिम्मा लिएका ईश्वर पोखरेलले माधव
नेपाल र प्रदीप नेपालसँग मिलेर त्यो रकम हिनामिना गरेको आरोप स्वयं बामदेव
गौतमले लगाएका थिए । एमाले विभाजन भएर माले गठन गर्दा बामदेवले भनेका थिए,
‘पार्टीको करोडौं हिनामिना गरेर आलिशान महल बनाउने ईश्वर पोखरेल र प्रदीप
नेपालहरू मलाई भ्रष्टाचार भन्दैछन् । हामीसँग उनीहरूले गरेका भ्रष्टाचारको
एक–एक फेहरिस्त छ ।’
जनजातिको भाग खोसे
एमालेसँग
जनजाति भड्किनुमा ईश्वरको पनि भूमिका छ । डा. बाबुराम भट्टराईको सरकारमा
एमाले जाने निश्चित भएपछिको प्रसंग हो । एमाले अध्यक्ष झलनाथ खनालले
उपाध्यक्ष अशोक राईलाई सम्पर्क गरे । पत्नी सुशीला श्रेष्ठसहित हङकङ
घुमिरहेका राईलाई खनालले फोन गरेर भने, ‘कमरेड, पार्टी सरकारमा जाने
निश्चित भो, तपाईंको नेतृत्वमा जाने भन्ने निर्णय भएको छ । उपप्रधानमन्त्री
पदको शपथ ग्रहण गर्न तुरुन्त आउनुप¥यो ।’ अशोक राई श्रीमतीलाई उतै छाडेर
त्यही दिन काठमाडौंमा उत्रिए, तर विडम्बना यता ईश्वर पोखरेलले ‘खलनायकी’
भूमिका निर्वाह गरिसकेका रहेछन् । झलनाथले ईश्वर पोखरेललाई उपप्रधान तथा
परराष्ट्रमन्त्रीका रूपमा शपथ गराए । अशोक राईले आफूमाथिको अपमानलाई जनजाति
समुदायकै अपमानको रुपमा लिए । मौका पर्दा जनजातिलाई सरकारको नेतृत्व गर्न
नदिने एमाले रवैयाकै कारण अशोक राईले एमाले छाडे । जनजाति नेताको भाग
खोस्ने ईश्वर पोखरेलले पछि एमालेलाई पहिचान सहितको संघीयताको मुद्दामा पनि
ढुलमुले बनाइरहे । भ्रष्ट चरित्र, लागूपदार्थ कारोबार र जनजातिको अपमान
लगायतका कारण ईश्वर पोखरेलको चुनावी गणित यसपालि झन् कमजोर भएको काठमाडौं ५
का जनताको आकलन छ । गत संविधानसभा निर्वाचनमा ईश्वरले हार व्यहोर्नुपरेको
थियो । एमालेको बलियो संगठन रहेको भनिएको काठमाडौं ५ का जनताले कांग्रेस
उम्मेदवार नरहरि आचार्यलाई १३ हजार २४५ मत दिएर जिताए । ईश्वरले भने ९ हजार
१२० मत मात्र ल्याए ।
कालो ट्यांकीको पैसाले पिरोलिएका नेता
काठमाडौं, कात्तिक ११ – विभिन्न पार्टीका उम्मेदवारहरुलाई आमन्त्रित गरेर अयोजना भएको बहस कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ५ का एमाले उम्मेदवार ईश्वर पोखरेललाई त्यहाँ उपस्थित एक सर्वसाधारणले ट्यांकीमा पैसा लुकाएको प्रश्न गरेपछि एमाले कार्यकर्ताले बबाल गरेको बुझिएको छ । त्यसरी कार्यक्रम बिथोलने गरी आफ्ना कार्यकर्ता उफ्रिरहँदा पोखरेल भने मञ्चमा मौन बसेका थिए ।
प्रसंग हो, अन्नपूर्ण पोष्टले संविधानसभा निर्वाचनलाई केन्द्रित गरेर आयोजना गर्दै आएको निर्वाचन बहस कार्यक्रमको । अन्नपूर्ण पोस्टले विभिन्न क्षेत्रमा पार्टीका उम्मेदवारहरुलाई आमन्त्रित गरेर उनीहरुको क्षेत्रमा बहस कार्यक्रम आयोजना गर्दै आएको छ । काठमाडौंको क्षेत्र नम्बर ५ अघि पोष्टले क्षेत्र नम्बर ४ मा पनि त्यस्तै कार्यक्रम आयोजना गरेको थियो ।
यसपटक क्षेत्र नम्बर ५ मा आयोजित उक्त बहस कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट नरहरी आचार्य, नेकपा–एमालेका तर्फबाट ईश्वर पोखरेल र एमाओवादीका तर्फबाट महेन्द्र श्रेष्ठ तथा राप्रप्रा नेपालका उम्मेदवारले भाग लिएका थिए । कार्यक्रमको निर्धारित कार्यसूची अनुसार सबै उम्मेदवारहरुले १०–१० मिनेट आफ्ना कुराहरु राखेका थिए । त्यसपछि कार्यक्रमको दोस्रो चरणअन्तर्गत त्यहाँ उपस्थित सर्वसाधारणले उम्मेदवारहरुलाई प्रश्न गर्ने र उनीहरुले त्यसको जवाफ दिने कार्यक्रम रहेको थियो । कार्यक्रम अपेक्षित रुपमा राम्रै चलिरहेको थियो । तर, जब एक सर्वसाधारणले एमाले उम्मेदवार ईश्वर पोखरेललाई, ‘पोखरेलज्यू, तपाईंले त पानी ट्यांकीमा पैसा लुकाएको आरोप लागेको थियो नि’ भनेर प्रश्न गरे त्यहाँ रहेका एमाले कार्यकर्ताले होहल्ला गर्न थाले र त्यस्तो प्रश्न गर्न पाइँदैन भनेर उफ्रन थाले । त्यसपछि ती सर्वसाधारणले चुप लागेर आफ्नो स्थानमा बसे । यसो हुँदा विभिन्न दलका उम्मेदवारहरु मञ्चमा नै आसिन थिए ।
कार्यक्रम फेरि अघि बढ्न थाल्यो तर एमाले कार्यकर्ताहरुले फेरि बबाल गर्न थाले । केहीले त कार्यक्रमको मञ्चमा गएर माइक कब्जामा लिएर आफै भाषण गर्न थाले र ती सर्वसाधारणलाई धम्की दिन थाले । कार्यक्रममा एमाले कार्यकर्ताहरु काबु बाहिर जान थालेपछि त्यहाा उपस्थित अन्नपूर्ण पोष्ट सम्पादक गुणराज लुइँटेलले पोखरेललाई आफ्ना कार्यकर्ताहरुलाई रोक्न र बस्न आग्रह गरिदिनुप¥यो भनेर बिन्ती गरे । जवाफमा पोखरेलले – ‘म केही बोल्दिन यसबारे’ भन्ने उत्तर दिए । एमाले कार्यकर्ताहरुले ती सर्वसाधारणलाई हातपातनै गर्न खोजेपछि प्रहरीको मद्दतले तिनलाई सुरक्षित स्थानमा लगियो । प्रहरीको उपस्थिती पछि भने इश्वरले आफ्नो कार्यकर्ताहरुलाई बस्न आग्रह गरे र उनले आग्रह गर्ने बित्तिकै एमाले कार्यकर्ताहरु चुप लागेर आफ्नो ठाउँमा बस्न गए ।
त्यसपछि कार्यक्रममा बोल्दै पोखरेलले अन्य पार्टीहरुले पैसाको लुट गरेको तर आफूले कहिल्यै त्यसो नगरेको बताएका थिए ।
उक्त कार्यक्रम हिमालन टेलिभिजनले प्रकाशन गर्दै आएको छ ।
पत्रकारमाथि आक्रमण हुँदा पनि इश्वर पोखरेल चुपचाप
काठमाडौँ, कत्तिक ११ – आसन्न दोस्रो संविधानसभाको निर्वाचनलाई लक्षित गरी अन्नपुर्ण पोष्ट दैनिक पत्रिका हिमालयन टेलिभिजन र सगरमाथा रेडियोको संयुक्त आयोजनामा भई रहेको निर्वाचन बहस कार्यक्रममा एमालेका कार्यकर्ताले हातपात गरेका छन् ।
निर्वाचन बहस कार्यक्रम अन्तरगत सोमबार काठमाडौं निर्वाचन क्षेत्र नं ५ का प्रमुख राजनीतिक दलहरु एकीकृत नेकपा (माओवादी)का महेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका नरहरि आचार्य, नेकपा (एमाले)का ईश्वर पोखरेल तथा राप्रपा नेपालका राजाराम श्रेष्ठ उम्मेदवारहरुका बीचमा निर्वाचन बहस भएको थियो । आसान्न संविधनसभा निर्वाचनमा जनताले तपाईलाई नै भोट किन दिने तपाईहरुको धारणा तथा प्रतिबद्धता के छ जस्ता विषयमा बहस कार्यक्रम केन्द्रित रहेको थियो ।
उम्मेदवारहरुले आआफ्ना विचार राखि सकेपछि दर्शकहरुले आफुलाई लागेका कुरा सोध्ने क्रममा उपिस्थत एक स्वतन्त्र पत्रकाले ईश्वर पोखरेललाई पत्रपत्रिकामा आएका ट्याड्की काण्डको बारेमा जनतालाई स्पष्ट पार्न प्रश्न गरी रहदा एमालेका कार्यकर्ताहरु एकासि नाराबाजी गर्दै प्रश्न कर्ता माथी हातपात गरेका थिए । त्यहाँ पोखरेलको अनुहार भने हेर्न लाएकको थियो । पोखरेलले आफ्ना कार्यकर्ताहरु लाई संयमित हुन्न एक शब्द समेत बोलेन । आफ्ना कार्तकर्ताको हुलले एकजना माथी हातपात गरिरहन्दा समेत एक शब्द नबोलि मौन रहि रहनुले त्यो ट्यादड्की काण्डको वास्तवितता उदांगीएको छ ।
पोखरेलमाथी लागइएका यो आरोपको खण्डन गरी आमजनमानसमा आफ्नो बारेमा लागाइको आरोपलाई खुल्ला रुपमा भन्ने समक्षाउने निकै उपयुक्त समय थियो । तर पोखरेले यसो नगरी आक्रमनमा उत्रका आफ्ना कार्यकर्तालाई संयमित हुन् समेत नबोलेर उस यसबाट चुकेको छ ।
यसरी जनताका हकहित र स्वतन्त्र अभिब्यक्तिका पक्षमा लड्डी रहेका भन्ने जिम्मेवार पार्टीका ब्यक्तिले एकजना ब्यक्तिको जिज्ञासालाई सुन्न तयार छौन्न भने कसरी तीनले लाखौ नेपाली जनताको जिज्ञासा र गुनासा सुन्न लान् ? तीनिहरुको कुरालाई संबोधन गर्ला ?
एमालेका कार्यकर्ताबाट कुताइ खाएका गाडी गाउँको गहना पोखरी निवासी रमेश घिमिरे एक स्वतन्त्र पत्रकार हुनुहुन्छ । घिमिरेले आफु माथी भएको हातपात पछि के लोकतन्त्र हो? जहाँ आफ्नो मनमा लागेका कुरा सोध्न नपाईने यो कस्तो लोकतन्त्र हो? खोइ कहाँ छ नागरिको सुरक्षा अनि कहाँ छ सुचना पाउने अधिकार? भनि भन्नु भयो ।
यता स्थितिले उग्ररुप लिए पछि स्थितिलाई नियन्त्रण गर्न आयोजकहरुलाई हम्मे हम्मे परेको थियो भने बहस विना निष्कर्ष विहिन भएको थियो । यो बहस कार्यक्रम मंगलबार बेलुका ४ बजे हिमालय टेलिभिजन र रेडियो सगरमाथामा प्रसारण हुनेछ ।

No comments:
Post a Comment