जंगली र हत्यारा एमाओवादीलाई हराउनै पर्छ
काठमाडौं-२ को निर्वाचन क्षेत्रको कोटेश्वरको घरदैलो कार्यक्रममा माधवकुमार नेपालले भने-
कार्यकारी राष्ट्रपतिमा जाँदा देशमा निरकुंशता आउँछ । उनले आफु जनताबाट
चुनिएको कुनै पनि कार्यकारीको पक्षमा नरहेको समेत स्पष्ट गरे ।
उनले
एमाओवादी जंगली र हत्यारा हुन यिनलाई हराउन पर्छ भनेर मनको लडडु पनि खाए ।
आखिर कमरेड माधव नेपालले किन जनताबाट चुनिएको प्रतिनिधिको विपक्षमा उभिए त
? चुनावकै मुखमा उनले किन जनताको मतको अवमुल्यन गरे त ? यि निकै गंभीर
प्रश्न हुन् जसले उनलाई चुनावी मैदानमा निकै कमजोर बनाई दिदैछ । माधव नेपाल
किन जनताको मतको विपक्षमा छन त ? यो जान्न उनको विगत जान्नैपर्ने हुन्छ ।
वास्तवमा उनी गणतन्त्रवादी नेता हुँदै होइनन् । समय र बाध्यताले मात्र उनले
गणतन्त्र स्वीकारेका हुन् ।
माधव
नेपालको गणतन्त्र विरोधी रवैया र अनुहार जान्न उनको विगत जान्ने कोशिस
गरौँ । एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल गत संविधानसभा निर्वाचनमा
रौतहट र काठमाडौं दुबै क्षेत्रबाट हारेका थिए । दुई ठाउँबाट हारे पनि उनी
प्रधानमन्त्री बने । यसपाली पनि उनी दुबै क्षेत्रबाट खडा भएका छन् । अहिले
उनी आफुलाई खाँटी गणतन्त्रवादी दावी गर्छन् । तर, यीनै माधव नेपाल हुन जसले
कुनैबेला ज्ञानेन्द्रलाई दाम राखेर ढोगेका थिए । यीनै माधव नेपाल हुन,
जसले दरबारमा प्रधानमन्त्रीका लागि बिन्ती चढाएका थिए । यिनै माधव नेपाल
हुन, जसले महाकालीसन्धीमा राष्ट्रघात गरेका थिए । अनि यिनै माधव नेपाल हुन,
जसले नेपालमा उत्पादित बिजुली स्याटलाइटमार्फत निर्यात गर्न सकिने
हास्यास्पद दावी गरेका थिए ।
सरकार जो हुकुम
राजा
बीरेन्द्रसहित राजपरिवारका सदस्यहरुको हत्या भएपछि ज्ञानेन्द्र शाह राजा
बने । २०५८ जेठ २२ गते गद्दी सम्हालेका ज्ञानेन्द्रलाई एमालेका तत्कालीन
महासचिव माधवकुमार नेपालले हनुमानढोकामा दाम चढाएर ढोगेका थिए । माधवले
ज्ञानेन्द्रलाई दाम राखेर ढोगे र राजा भएकोमा बधाई पनि दिए । माधवले पठाएको
बधाइ यस्तो थियो,
‘०५८
जेठ २२ गते श्री ५ ज्ञानेन्द्र बीरविक्रम शाहदेव नेपाल अधिराज्यको श्री ५
महाराजधिराज होइबक्सेको छ । यस महत्वपूर्ण अवसरमा नेकपा एमाले श्री ५
महाराजधिराज ज्ञानेन्द्र बीरविक्रम शाहदेवप्रति हार्दिक बधाई ज्ञापन गर्दछ ।
अहिले देश एउटा गम्भीर परिस्थितिबाट गुज्रिरहेको परिप्रेक्ष्यमा मुलुकको
सम्बैधानिक राजा र राष्ट्राध्यक्षका हैसियतमा निर्वाह गर्नुपर्ने एउटा गहन
दायित्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र बीरविक्रम शाहदेवको काँधमा आइपरेको
छ् । मौसुफको कार्यकालमा नेपाल राष्ट्र र नेपाली राष्ट्रियतालाई संरक्षण
तथा सुदृढ गर्न संविधान, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई
परिपालन एबं सुदृढ गर्न एबं सम्पूर्ण नेपाली जनतालाई प्रगति र समुन्नतिको
बाटोमा अझ अघि बढाउन थप योगदान पुग्नेछ भन्ने हाम्रो पार्टीले हार्दिक
विश्वास लिएको छ ।’
प्रधानमन्त्रीका लागि बिन्ती
ज्ञानेन्द्रले
२०५८ असोज १८ मा शेरबहादुर देउवाको सरकारलाई अपदस्थ गरे । त्यसपछि उनले
प्रधानमन्त्री पदको विज्ञापन गरेका थिए । तात्कालीन महासचिव नेपालले आफूलाई
प्रधानमन्त्री बनाउन दरवारमा विन्तीपत्र चढाएका थिए । दरवारले
प्रधानमन्त्रीका लागि दरखास्त आव्हान गरेपछि महासचिव नेपाल आफै नारायणहिटी
दरवारको पश्चिमढोका पुगी आफूलाई त्यसबेला आन्दोलनरत नेपाली काँग्रेस,
जनमोर्चा, सद्भावना र नेमकिपाको समर्थन रहेको दावीसमेत गरेका थिए ।
त्यसबेला अन्य दलहरुले आन्दोलनपछि बन्ने सरकारको नेतृत्व एमाले महासचिवले
गर्ने निर्णय गरेपनि त्यसरी दरबारमा विन्तीपत्र हाल्ने निर्णय नभएको
बताउँदै महासचिव नेपालको चर्को आलोचना गरेका थिए ।
माधव
नेपाल प्रधानमन्त्री बन्न कुन सम्म लालायीत थिए भन्ने त्यसबेला आफ्नी
आमाको मृत्यु भएपनि नेपाली धार्मिक संस्कार गर्नुको सट्टा प्रधानमन्त्री
पदका लागि विन्तीपत्र हाल्न गएका थिए । नेपालले भने आफूले विन्तीपत्र
हालेको नभै प्रधानमन्त्री पदको दावीमात्र गरेको स्पष्टीकरण दिदै आएका छन् ।
तर, दुनियाँलाई थाहा भएको कुरा के हो भने दरबारको ढोकामा गएर बुझाइने
पत्रलाई ‘बिन्ती पत्र’ नै भनिन्छ । मुलुकमा गणतन्त्र स्थापनापछि एमाले
लोकतान्त्रिक गणतन्त्रको पक्षधर भयो । तर, राजावादी र संघीयताविरोधी छविकै
कारण गत संविधानसभा निर्वाचनमा माधव नेपाल एमाओवादीका झक्कु सुवेदीसँग
हारेका थिए । रौतहटमा पनि उनी हारे । २०५६ को निर्वाचनमा रौतहटबाट अत्याधिक
मतले विजयी भएका नेपाल मधेश आन्दोलनका कारण रौतहट असुरक्षित भएपछि
काठमाडौंबाट खडा भएका थिए ।
महाकालीमा राष्ट्रघात
गिरीजाले
आफनो प्रधानमन्त्रीत्वकालमा भारतमा गएर टनकपुर सन्धी गरे । एमालेले टनकपुर
सन्धीको विरोधमा तात्कालीन प्रतिनिधिसभामा होहल्ला गर्यो । आठ घन्टासम्म
नारावाजी गर्यो । तर, त्यही एमालेले पछि टनकपुर सन्धीलाई महाकाली
प्याकेजका रुपमा पारीत गर्ने नीति लियो । त्यो महाकाली प्याकेजको अवधारणा
ल्याएका थिए, माधव नेपालले । महाकाली प्याकेजको अवधारणा ल्याउँदासम्म माधव
नेपाल भारततर्फ लहसीसकेका थिए । महाकाली प्याकेज बमोजिम महाकाली सन्धी
पारीत गरियो । तर, त्यसबाट एमाले विभाजित भयो । सिपी मैनाली र बामदेव
गौतमहरुले नेकपा (माले) गठन गरे । त्यसबेला महाकाली सन्धीको विरोध
गर्नेहरुलाई माधव नेपालले रुग्ण राष्ट्रवादीको संज्ञा दिएका थिए । अहिले
महाकाली सन्धी कागजमै सिमित छ । ‘पश्चिमबाट सूर्य उदाउँछ’ भन्दै माधवकुमार
नेपालहरुले पारित गरेको सन्धी अझैसम्म कार्यान्वयन हुन सकेन । शारदा
ब्यारेजलाई निरन्तरता दिनुबाहेक भारतले पंचेश्वर परियोजनालाई पनि
कार्वान्यन गरेन । नेपालले भारतसंग ‘सारदा बाँध, टनकपुर बाँध तथा पञ्चेश्वर
परियोजनासमेत महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धि’ गरेको १७ वर्ष
भइसकेको छ, तर महाकाली सन्धि दुई देशका सन्धि पत्रमा मात्रै सिमित छ ।
महाकाली
सन्धिमा ६ महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन ‘डिटेल्ड प्रोजेक्ट
रिपोर्ट-डिपीआर’ तयार गर्ने प्रावधान छ । तर १७ वर्ष वितिसक्दा पनि
डिपीआरका नाममा सिन्कोसम्म भाँचिएको छैन । दुई देशबीच भएको पत्राचार बमोजिम
महेन्द्रनगरदेखि ब्रह्मदेवमण्डीसम्म एक वर्ष भित्रै भारतले बनाउने भनेको
सम्पर्क राजमार्ग अहिलेसम्म पनि बनाउने सुरसार छैन । ‘एसियन हाइवे’को
अवधारण अन्तरगत टनकपुरलाई पूर्वपश्चिम राजमार्गसँग जोड्न सो लिंक रोड
बनाउने उल्लेख छ । अहिलेसम्म ब्रह्मदेव-महेन्द्रनगर साढे १३ किलोमिटर सडक
बन्न सकेको छैन । भारतले बनाउने सहमति भएको नेपाली भू-भागमा रहेको १२
किलोमिटर सडक नेपाल आफैले बनाउन खोजेपनि भारतीय भू-भागमा रहेको डेढ
किलोमिटर सडक भारतले नबनाई दिदा नेपालमा समेत काम हुन सकेको छैन ।
महाकाली
सन्धिमा नेपाललाई शारदा बाँधबाट वर्षयाममा १५ मे देखि १५ अक्टुबरसम्म
२८।३५ घनमिटर प्रतिसेकेण्ड, १ हजार क्यूसेक तथा सुख्खायाममा १६ अक्टुबरदेखि
१४ मे सम्म ४।२५ घनमिटर प्रतिसेकेण्ड १५० क्यूसेक पानी पाउने अधिकार छ ।
नेपालको अधिकार कागजमा मात्रै सिमित छ । भारतले बाह्र ढोका मार्फत शारदा
बाँधको पानी लगेको छ भने नेपालले सधैं १५० क्यूसेक पानीमै चित्त बुझाउनु
परेको छ ।
स्याटलाईबाट बिजुली सप्लाई ?
महाकाली
सन्धि गर्दा माधव नेपालले भनेका थिए, ‘महाकाली सन्धीबाट एक करोड युनिट
बिजुली पाउँछौं । यो एक करोढ युनिट बिजुली हामी भारतलाई बेच्न सक्छौं ।’ एक
करोड युनिट भनेको एक मेगावाट पनि हैन । तर, एक मेगावाट भन्दा कम देखिने
भएकाले चतुर एमाले नेता माधवले महाकाली प्याकेजमा नेपालले पाउने बिजुली
उल्लेख गर्दा एक रुपैयाँलाई ‘सय पैसा’ भने झैं एक करोड युनिटको हौवा चलाए ।
तर, त्यो कम परिणाम हो भन्ने नेपाली जनताले नबुझ्ने कुरै थिएन ।
एक
करोड युनिट बिजुली भारतलाई मात्र नभएर चीनलाई पनि बेच्न सकिने माधवको
जिकिर थियो । पत्रकारहरुले सोधे, ‘चीनमा कसरी निर्यात गर्नुहुन्छ, भौगोलिक
बिकटता छ नि ?’ माधवले भनेका थिए, ‘स्याटलाइट (भु-उपग्रह) बाट पनि बिजुली
निर्यात गर्न सकिन्छ । त्यसको तयारी भइरहेको छ ।’ विचरा, भु-उपग्रहबाट
बिजुली सप्लाई हुन सक्दैन भन्ने कुरा माधव नेपाललाई थाहै रहेनछ । उनले
त्यसो भनेपछि नेपाली नेताहरुको बौद्धिक दरिद्रता पनि उजागर भएको थियो ।
एमआरपी छपाईमा गडबडी
माधव
नेपालले महाकाली सन्धीदेखीको दलालीलाई कायम गर्दै आफु प्रधानमन्त्री हुँदा
मेसिन रिडएवल पासपोर्ट (एमआरपी) छपाई गर्न भारतको एउटा कम्पनीलाई दिएको
थियो । एमआरपी छपाई गर्न भारतलाई नै दिनुको उद्देश्य संदीग्ध रहेको भन्दै
चर्को विरोध भएको थियो । त्यसरी छिमेकी देश भारतलाई एमआरपी छपाउन दिनुले
नेपालको राष्ट्रिय स्वाधीनता र सुरक्षामाथि आँच आउने भन्दै त्यो निर्णय
फिर्ता लिन चर्को दबाब दिइएको थियो ।
No comments:
Post a Comment