Friday, February 14, 2014

यिनै हुन नेपाल र नेपाली नागरिकको मुख्य दुश्मन

जीवनभर कम्युनिष्ट आन्दोलनमा लागेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र आजिवन ‘राजावादी राजनीति’मा लागेका राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच समकालिन राजनीतिमा धेरै कुरामा समानता देखिन्छ । मुख्य समानता हो, यी दुबै नेता संघीयताको विरोध गर्छन् ।

यसैबीच अर्को समानता थपिएको छ, केसी र थापा मंसिर ४ गते हुने भनिएको संविधानसभा निर्वाचनमा प्रत्यक्षबाट उम्मेद्वार बनेका छैनन् । यी दुबै समानुपातिकबाट उम्मेदवार बनेका छन् । बिगत संविधानसभा निर्वाचनमा प्रत्यक्षमा खडा भएका थापा र केसी किन प्रत्यक्षबाट भागेका हुन् ? दुबै पार्टी निकट स्रोत भन्छ, ‘हार्ने अवस्था नै मुख्य कारण हो ।’ संघीयताको विरोध गरेर मिडिया चर्चाका कारण छवी बनाएका यी दुइ नेताको जनाधार भने खस्किएको यसबाट स्पष्ट हुन्छ ।
चित्रबहादुर केसी र कमल थापामा केही समानता छन् । दुबै संघीयता विरोधी हुन । दुबै ‘संघीयताले देश टुक्रिन्छ’ भन्दै हिंड्छन् । दुबै जातले क्षेत्री हुन । दुबै नेताको बोली मिठो छ । भाषण पनि आकर्षक गर्छन । शारीरिक उचाइ उस्तै छ । शिरमा टोपी लगाउँछन् । दुबैको भाषण सुन्दा यिनले भनेको कुरा साँचो हो कि भन्ने भान पनि पार्छन् । रुपमा जे भए पनि सारमा यी नेता यतिबेला परिवर्तनको प्रकृयाको विरोधमा एकै ठाउँमा उभिएका छन् । जनतामा यिनको खासै पकड छैन । तर, ठुल-ठुला कुरा गरिरहेका छन् । नेपालमा च्याउ उम्रिए झैं उम्रिएका मिडियाका लागि उनीहरुका ‘एन्टी करेन्ट’ कुरा हट भइरहेका छन् । संघीयता, पहिचान, धर्म निरपेक्षता र गणतन्त्रको विरोधमा रहेका मिडिया बारम्बार चित्रबहादुर र कमललाई नै बढी उचालिरहेका छन् । तर, उनीहरुको असलियत त्यसबेला देखियो, जब जनतामाझ जाने बेला आयो । कुरा ठुला   गरे पनि जनाधार नभएकाले यी दुई नेता प्रत्यक्ष निर्वाचनबाट भागी सकेका छन् । र समानुपातीक तर्फ गएका छन् ।संघीयता विरोधी र राजावादी पार्टी राप्रपा नेपालले संविधानसभाका २ सय ३८ स्थानका लागि उम्मेदवार घोषणा गर्‍यो  । तर, प्रत्यक्षतर्फका २ सय ३८ उम्मेदवारको सूचीमा पार्टी अध्यक्ष कमल थापा र महामन्त्री केशरबहादुर विष्टको नाम भने छैन । जनाधार कमजोर भएको र प्रत्यक्षमा खडा हुँदा हार्ने सम्भावना बढी भएकाले कमल र केशर समानुपातिकतर्फबाट उम्मेदवार भएका हुन् । कमल अध्यक्ष रहेको राप्रपालाई पहिलो संविधानसभाको प्रत्यक्ष चुनावमा जनताले एक सिट पनि जिताएका थिएनन् । पहिलो संविधानसभा चुनावमा राप्रपा नेपालले देशभरिबाट पाएको कूल मत संख्या ७६ हजार ६ सय ८४ मात्रै हो । यो मतसंख्याका आधारमा अघिल्लो चुनावमा राप्रपा नेपालको मत प्रतिशत ० दशमलव ७४ थियो ।आगामी चुनावमा ठुलै प्रगति गरेर ७६ हजारबाट तेब्बर मत बृद्धि गरेको अवस्थामा पनि राप्रपा नेपालको मत राप्रपा वा सदभावना पार्टीको हाराहारी मात्रै पुग्नेछ । स्मरणीय छ, कमल थापाले आफनै गृहजिल्ला मकवानपुरमा ३८ सय मत मात्र ल्याएका थिए । आफनै क्षेत्रमा उनको जमानत जफत भएको थियो । मकवानपुर १ मा राप्रपा नेपाल ५ औं स्थानमा थियो । कमल थापाको क्षेत्र नं ३ मा पार्टी चौथो स्थानमा थियो । त्यसैगरी कमल थापा आफैं उठेको काठमाडौंको क्षेत्र नं ५ मा ३ हजार ९ सय २५ मत ल्याएर उनी चौथो स्थानमा खुम्चिएका थिए ।गणतन्त्र नेपालमा पनि राजतन्त्र फर्काउने धार भएकाले निश्चय नै यसबीचमा राप्रपा नेपालको चर्चा चुलिएको छ । अध्यक्ष कमल थापा राष्ट्रिय चर्चामा छन् । तर, चुनावी राजनीतिको गणित भने अर्कै हुन्छ । चुनाव जित्न चर्चा मात्र प्रर्याप्त छैन । आफनो निर्वाचन क्षेत्रमा सँगठन, जनाधार र लोकप्रियता हुनुपर्छ । चर्चाको चुलिमै पुगे पनि कमल थापाको चुनावी गणित कमजोर नै रहेको माथिको तथ्यांकले बताउँछन् । चतुर राजनीतिक खेलाडी कमललाई आफ्नो ‘हैसियत’ राम्ररी थाहा छ । प्रत्यक्षमा लड्दा आफु हारेमा राजा फर्काउने र संघीयता तुहाउने आफनो मिसन फेल हुने भएकाले उनी समानुपातिकको शरणमा पुगेको बुझिएको छ । कमललाई उचाल्ने शक्ति केन्द्रहरुले पनि उनलाई चुनाव हारेर अहिलेको छवी कमजोर नबनाउन सुझाव दिएको बुझिन्छ ।प्रत्यक्षबाट समानुपातीकको शरणमा जाने मनस्थितिमा कमलको चुनावी नारापनि विरोधाभाषपुर्ण छ । उनको नारा छ, ‘सर्वधर्म, समभाव एवम धार्मीक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र, राजसंस्थासहितको प्रजातन्त्र, राष्ट्रिय अखण्डता एवम उदार आर्थीक नीतिको धरातलमा समृद्ध नेपालको निर्माण ।’ हिन्दु राष्ट्र घोषणा गरेपछि सर्वधर्म, समभाव र धार्मीक स्वतन्त्रता कसरी हुन्छ ? राजसंस्थासहितको प्रजातन्त्र अहिले नारायणहीटी संग्राहलयमा मात्र छ ।

किन डराए कमल थापा ?
कमल थापा पनि जनता संग जान डराएका छन् । पहाडी जिल्लामा चुनावमा जान नसके पछि उनि मेची महाकाली कथित रथ यात्रामा निस्किए । राजमार्ग हुँदै गाडीमा बसेर उनी संघीयताको बिरोध गर्दै हिडे । उनलाई जनताले पहिचान र संघीयताको बिरोध गरेकोमा ठाँउ-ठाँउमा कालो झण्डा र नाराबाजी गर्दै बिरोध गरेका थिए । 

किन डराए चित्रबहादुर ?
निर्वाचन आयोगमा दोस्रो संविधानसभा निर्वाचन प्रयोजनका लागि एक सय ३० दल दर्ता भएका छन् । अघिल्लो संविधानसभा निर्वाचनमा ३३ दलले प्रतिनिधित्व गरेका थिए । तिमध्ये परी थापाले नेतृत्व गरेको नेकपा एकीकृत दल यसपटक निर्वाचन आयोगमा दर्ता भएको छैन । यसपाली साना दलका अधिकांश नेत समानुपातिककै शरणमा पुगेका छन् । राप्रपा अध्यक्ष सूर्यबहादुर थापाले धनकुटा २ बाट समानुपातिकमा उम्मेदवारी दिएकाछन् । अघिल्लो संविधानसभा निर्वाचनमा थापा धनकुटा २ बाट पराजित भएका थिए ।

संघीयताको बिरोध गर्दै आएको जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी पनि यसपटक समानुपातिकबाटै उम्मेदवारी दिएकाछन् । उनी अघिल्लो संविधानसभा निर्वाचनमा बाग्लुङबाट निर्वाचित भएका थिए । उनी बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधी सभा सदस्य र संविधानसभा सदस्यमा निर्वाचित भैसकेका नेता हुन् । २०५१ सालमा प्रतिनिधिसभा सदस्यको चुनावमा उनी नेपाली कांग्रेसका मिनबहादुर केसीसँग पराजीत भए पनि २०५६ को प्रतिनिधी सभाको चुनावमा भने नेपाली कांग्रेसकै उम्मेदवार गोपाल सापकोटालाई पराजित गरी संसदमा पुगेका थिए । २०६४ सालको पहिलो संविधानसभाको चुनावमा उनी नेपाली कांग्रेसकै उम्मेदवारलाई हराएर निर्वाचित भएका थिए । उनले २०५६ र २०६४ को चुनावमा धुल्लुवास्कोट गाविसलगायतका केहि बुथहरु कब्जा गरेर चुनाव जितेको अरोप पनि लागेको थियो ।यसबीचमा चित्रबहादुर संघीयताको विरोध गर्दै हिंडे । संघीयताको विरोध गरे पनि उनीसँग त्यसको ठोस तर्क भने छैन । ‘संघीयताले देश टुक्रिन्छ’ भन्नुबाहेक उनीसँग अर्को कुनै तर्क रहेन । नेपाली समाजका व्याप्त जातिय, सांस्कृतिक, भौगोलिक, लैंगीक र सामुदायीक विभेद र अनतरविरोधको गहिरो अध्ययन गर्ने जो कोही पनि नेपालमा पहिचानसहितको संघीयताको अपरिहार्यता नै देख्छन् । शेर्पा, तामाङ, मगर, गुरुङ, राइ, लिम्बु संघीयताको पक्षमा छन् । मैथीली, भोजपुरी, अवधी, थारु आ-आफनो समुदायको हितका लागि अघि बढेका छन् । नेवारहरुको त्यस्तै माग छ । मधेशका जनतामा नयाँ जागरण पलाएको छ ।चारैतिर संघीयताको पक्षमा गगनभेदी नारा गुंजीरहेको बेला बुढा नेता चित्रबहादुर ‘बकुल्लाको बथानमा एक्लो काग’ झैं ‘संघीयताले देश टुक्रन्छ’ भन्दै कराइरहेका छन् । न त उनले आफनो दावीलाई सैद्धान्तिक, वैचारिक र तथ्यगत रुपमा पुष्टी गर्न सकेका छ्न, न त आफ्नो विचारमा जनताको विश्वास जित्न सकेका छन् । हेर्दा, मिलनसार, आकर्षक बाक पटुता, मिठो बोली र सोझो नेताजस्ता देखिने चित्रबहादुर पृथक देखिनकै लागि समयको प्रवाहभन्दा बिपरीत ध्रुवमा खडा भएको स्पष्ट देखिन्छ ।एक राजनीतिक विश्लेषकका अनुसार यसको गहिरो मनोवैज्ञानिक कारण छ । आफुभन्दा कनिष्ठ नेताहरु प्रचण्ड, बाबुरामले जनयुद्ध थाल्दा उनी विपक्षमा खडा भए । तिनै कनिष्ठ नेताले जनयुद्धलाई उचाइमा पुर्‍याए । जनतामा प्रचण्ड र बाबुरामकै पकड बलियो बन्दै गयो । हेर्दा हेर्दै एमाले र काँग्रेसजस्ता ठुला दललाई पनि माथ गर्दै एमाओवादी पहिलो पार्टी बन्यो । यसले मोहन विक्रम सिंह र चित्रबहादुर केसीलगायतका पुराना कम्युनिष्ट नेतामा इश्र्या, जलन र व्यक्तित्वकै कोणबाट पनि निराशा पैदा गर्‍यो । हिजोका चल्लाले सिंगो क्रान्ति हाँकेपछि चित्रबहादुर केसीजस्ता नेतामा अहंकार पलाउन थाल्यो । त्यसैले प्रचण्ड र बाबुरामका एजेन्डालाई कसरी गलत सावित गर्ने ? अनी प्रचण्ड र बाबुरामभन्दा विपरीत धुर्वमा कसरी खडा हुने ? चित्रहादुरले उपाय निकाले, संघीयताको विरोध ।हामी सबैलाई थाहा छ, कोही पनि नेपाली देश टुक्रिएको हेर्न चाहदैन । हरेक नेपाली आफनो मुलुक अखण्ड भएको हेर्न चाहन्छ । जनताको यही संवेदनामा खेलेर चित्रबहादुर लामो समयदेखि हल्ला गरिरहेका छन, ‘संघीयताले देश टुक्रिन्छ ।’ संघीयताले देश टुक्रिने भए भारत पनि टुक्रिसक्ने थियो । छिमेकी मुलुककै उदाहरण हेरेर पनि हामी भन्न सक्छौं, संघीयतामा जाँदा देश टुक्रिदैन । तैपनि यस्ता हौवा चलाएर चित्रबहादुरले नेपाली राजनीतिको परिवर्तनको प्रकृयालाई अन्यौलमा राख्ने सानो तिनो कोशीस गरी नै रहे ।

चित्रबहादुर आफैलाई भने राम्ररी थाहा छ, जनता संघीयताकै पक्षमा छन् । संघीयताको विरोध गर्दै गाउँ गाउँमा जाँदा उनलाई जनताले धेरै पटक लखेटे । यो कुरा बुझेका उनलाई यसपाली निर्वाचनमा आफुले भोट नपाउने पक्का विश्वास भइसकेको छ । त्यसैले निर्वाचनमा हार्नुभन्दा समानुपातिकमा उठनु हितकार ठानेका हुन् । प्रत्यक्षतर्फ खडा हुन नसक्ने अवस्था भएपछि केही समयअघि बुटवलको एक कार्यक्रममा चित्रबहादुरले भनेका थिए, ‘एउटै क्षेत्रबाट चुनाव लड्दा धेरैले मलाई भोट दिन नपाएको गुनासो गरे । म अब सबैले भोट दिन पाउने गरी उठ्ने छु, अब मलाई सबैले भोट दिन पाउनु हुनेछ ।’ यसो भन्नुको अर्थ हो, समानुपातिकमा लड्ने ।
कुनैपनि राजनीतिक दलको प्रमुख प्रत्यक्ष निर्वाचनबाट भागेर समानुपातिकबाट संविधानसभामा पुग्न खोज्छ भने त्यसको एउटै अर्थ हो, उसमा आत्मविश्वासको कमी हुनु । चित्रबहादुर केसीको ठाउँमा प्रत्यक्षतर्फ जनमोर्चाले नरबहादुर पुनलाई उठाएका छन् । नरबहादुर जनमोर्चाको माउ पार्टी नेकपा मसालका पोलिटब्यूरो सदस्य हुन ।गणतन्त्रको सुदृढीकरण, राष्ट्रियताको रक्षा र संघीयताको विरोध । यो हो जनमोर्चाको चुनावी नारा । तर, यो आफैमा बाझिएको नारो हो । संघीयताको विरोध गरेर न त गणतन्त्र सुदृढ हुन्छ, न राष्ट्रियता रक्षा हुन्छ । संघीयताको विरोध गर्नु भनेको मुलुकलाई एकात्मक केन्द्रिकृत राज्यतर्फ फर्काउनु हो । अर्थात राजतन्त्र फर्काउनु हो । राजतन्त्र फर्किएपछि कसरी हुन्छ, गणतन्त्रको सुदृढीकरण ? तैपनि राजमोले यस्ता विरोधाभास नारा उरालेर जनतालाई गुमराहमा राख्दै आएको छ ।

आदिबासिका मुख्य दुश्मन
संघीयता पक्षधर आदिबासिहरु कमल थापा र चित्रबहादुर केसीलाई मुख्य दुश्मन नै ठान्छन् । त्यसैगरी एमाले र काँग्रेसभित्रका संघीयताविरोधीलाई पनि उनीहरु मन पराउँदैनन । गत वैशाखमा राष्ट्रीय जनमुक्ती पार्टीले जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका संघीयता विरोधीलाई फाँसी दिने चेतावनी दिएको थियो । सो पार्टीका अध्यक्ष एमएस थापाले त्यस्तो चेतावनी दिएका थिए । नभन्दै, त्यो पार्टीले चित्रबहादुर र कमल थापालगायतका संघीयता विरोधीको पुत्ला बनाएर फाँसी पनि दिएको थियो । त्यसैगरी तत्कालीन नेपाल आदिवासी जनजाती महासंघका महासचिव आङकाजी शेर्पाले जनमोर्चाका चित्रबहादुर केसी र राप्रपा नेपालका कमल थापा नेपाली जनताको प्रमुख दुश्मन भएको बताएका थिए । केही समयअघि रुकुममा शेर्पाले भनेका थिए, ‘विभिन्न पार्टीका प्रतिगामीहरु संघीयता विरोधीको रुपमा देखिएको भए पनि प्रत्यक्ष दुश्मन भने केसी र थापा नै हुन ।’

No comments:

Post a Comment