- हितबहादुर तामाङ्ग, नेता, एकीकृत नेकपा (माओवादी)
हितबहादुर
तामाङ्ग नुवाकोटमा इमान्दार नेताका रुपमा चिनिन्छन् । विशेष गरी उनी यही
जिल्लामा बसेर लामो समय पार्टी राजनीति गरे । संविधानसभाको निर्वाचनको
परिणामपछि पार्टीमा देखापरेका समस्यालाई नयाँ ढंगले हल गर्नुपर्ने तामाङ्ग
बताउँछन् । पार्टीमा जारी बहस र संघर्षका बारेमा उनीसँग गरेको कुराकानीको
सम्पादित अंशः
एमाओवादीले
जनयुद्धमा उठाएका मुद्दा पूरा नहुँदै पार्टीभित्र विसर्जनसम्मका बहस हुन
थालेको छ, अब कसरी पार्टी जोगाएर लैजाँदै हुनुहुन्छ ?
अहिलेको निर्वाचनको सम्पूर्ण पाटाको गम्भीर समीक्षा भइरहेको छ । त्यसैमा आधारित भएर अध्यक्षको दस्तावेज आएको छ । त्यो दस्तावेज आफैंप्रति निर्मम भएर आत्मालोचना सहित विगतका गल्तीहरु आगामी दिनमा दोहोरिन नदिने हिसाबले वैचारिक, राजनीतिक र सांगठनिक रुपमा पार्टीलाई नयाँ दिशामा बढाउनका लागि एउटा छलफल भइरहेको छ । यस विषयमा पार्टीका वरिष्ठ नेतादेखि केन्द्रीय सदस्यहरुले गम्भीर भएर धारणा राखिरहनुभएको छ । सबैको चिन्ता र चासो हामी २०६४ सालपछिको हैसियतमा पुग्ने मात्र होइन, नेपाली क्रान्तिको उपलब्धिहरुको रक्षा गर्दै बाँकी कार्यभारहरु पूरा गर्न कसरी अगाडि बढ्न सक्छौं भन्ने कोणबाट छलफल भइरहेको छ । हाम्रो पार्टी विगतको भन्दा सानो भएको वा खुम्चिएको जस्तो देखिए पनि वास्तवमा हाम्रो पार्टी अहिले पनि मुलुकको राजनीतिक केन्द्रमै छ । र निर्वाचनले यो स्थितिमा रहनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरे पनि नेपाल र नेपाली जनताको भविष्य हाम्रो पार्टीमा छ र माओवादी त्यो जिम्मेवारीबाट बाहिर भाग्न पाउँदैन । प्राप्त उपलब्धिको रक्षा गर्दै हिजो हामीले उठाएका मुद्दा र गाउँ–गाउँमा बाँडेका सपना पूरा गर्न नसक्ने हो भने मुलुक धेरै पछाडि फर्कने खतरा छ । त्यसकारण राजनीतिक, संगठनात्मक र आचरणगत रुपमा एकता संघर्ष र रुपान्तरण गर्दै पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउन आवश्यक छ । यही विषयमा छलफल भइरहेको छ ।
माओवादीले वर्गीय एजेण्डाहरु नै छोड्यो भन्ने टिप्पणीहरु आइरहेका छन्, के अबका दिनहरुमा त्यो एजेण्डा फेरि बोक्ने हो ?
हामीले जनयुद्धदेखि नै वर्गीय मुद्दा सशक्त रुपमा उठाउँदै आएका छौं र त्यही कारण २०६४ सालको संविधानसभा निर्वाचनमा नेपाली जनताले माओवादीलाई त्यो स्थानमा पु¥याएका थिए । र अहिले पनि हामी त्यो मुद्दाबाट पछि हटेको होइन । तर त्यो मुद्दालाई परिमार्जन गरेर अझै कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्नेबारे केही नयाँ प्रयास गरेका थियौं । वर्गीय मुद्दालाई कसरी थप र मूर्त बनाउने भन्ने विषयमा अहिले केन्द्रीय समितिमा छलफल गरिरहेका छौं । हामी आफ्नो मुद्दाबाट पछि हटेको भन्ने होइन, तर निर्वाचनसम्म पुग्दा हामीले हाम्रा कुरा जनतालाई बुझाउन सकेनौं कि, हाम्रा प्रयत्नहरु पुगेन कि भन्ने कुरा चाहिं बहसका विषय हुन् । वर्गीय मुद्दा नै छोड्यो भन्ने कुराचाहिं गलत हो ।
वर्गीयभन्दा पनि जातीय मुद्दालाई माओवादीले बढी जोड दिंदा जनताले त्यो मुद्दा स्वीकार गरेनन् भन्छन् नि ?
यो सरासर गलत हो र यही कुरालाई लिएर कांग्रेस एमालेले कुप्रचार गरेका चाहिं हुन् । क्रान्तिकारी आन्दोलनलाई कसरी पराजित गर्न सकिन्छ, क्रान्तिकारीहरुबीच कसरी फुट ल्याउन सकिन्छ, क्रान्तिकारी आस्था र विश्वासलाई के गर्दा कमजोर बनाउन सकिन्छ भन्नेमा कांग्रेसको ध्यान छ । तर जातीय मुद्दा वर्गीय मुद्दाकै विभिन्न रुपमध्ये एक हो । जसरी लैङ्गिक मुद्दाहरु आएका छन्, त्यो पनि वर्गीय मुद्दाकै एक रुप हो । खासखास क्षेत्रलाई नेतृत्व विकास, नीति निर्माणमा पहुँच पु¥याउने, विकास निर्माण तथा राज्यको साधन स्रोतलाई त्यहाँसमम पु¥याउने हिसाबले ती मुद्दा उठाएका हौं । हाम्रो पार्टीले उठाएको जातीय मुद्दालाई राष्ट्रिय मुद्दाका रुपमा पनि लिन थालिएको छ, त्यो भनेको वर्गीय मुद्दा नै हो । हामीले वर्गीय मुद्दा उठाएकै कारण निर्वाचनमा पराजित भएको भन्दा पनि मुद्दालाई सही रुपमा स्थापित गर्न नसक्दा मतदाताहरुले ठीक ढंगले बुझ्न सकेनन् भन्ने हो । तर हामीले उठाएको मुद्दा गलत छ भन्ने पटक्कै होइन ।
मुद्दा बुझाउन सकेनौं भन्ने लागेको हो ?
जुनस्तरमा मुद्दाका बारेमा मतदातालाई बुझाउन सक्नुपथ्र्यो त्यो सकेनौं । र त्यसैको फाइदा उठाउँदै कांग्रेस एमालेले जातीय मुद्दा उठाएर माओवादीले समाजमा जातीय विभेद ल्यायो भन्ने भ्रम छरेका थिए । त्यतिवेला हामीले हाम्रो मुद्दाबारे मतदातालाई प्रष्ट रुपमा भन्न सक्नुपथ्र्यो । त्यसमा कमजोरी परेका छन् । आफू मुद्दा उठाउने र प्रतिक्रान्तिकारी शक्तिले त्यसलाई अस्वीकार गरे भन्दैमा त्यसकै पछि लागेर त्यो मुद्दा छोड्दै जानुहुँदैन । समाजको आर्थिक समुन्नतिका लागि यी वर्गीय मुद्दाहरुको विकल्पै छैन । तर मुद्दाहरुबारे बुझाउन केही समस्या देखियो, त्यसमा मिहिनेत गरेर जानुपर्छ । हजारौंको बलिदानबाट स्थापित भएको मुद्दालाई त्यत्तिकै छोडेर जान सकिन्न ।
त्यही स्थितिमा फर्कन माओवादीले केके गर्नुपर्छ ?
अब चुनवाङ्ग बैठकदेखि यताका घटनाक्रम र पार्टीको भूमिकाको बृहत्तर समीक्षा आवश्यक छ । शान्ति प्रक्रियामा आएदेखि हामीले गरेका कामहरु केके हुन् ? हाम्रो कहाँ–कहाँ कमजोरी रह्यो भन्ने केलाउनुपर्छ । पहिलो कुरा यो हो । र दोस्रो कुरा भनेको हामीले जनतालाई के भनेर आश्वासन दिएका थियौं र त्यो अनुसार कति ग¥यौं, कति गरेनौं ? गरेनौं भने किन गर्न सकेनौं ? समस्याहरु केके हुन् ? यी विषयमा गम्भीर छलफल आवश्यक छ । २०६४ सालको निर्वाचनमा पनि हामी त्यही मुद्दा लिएर गएका थियौं, जनताले स्वीकारेर प्रत्यक्षतर्फ त स्पष्ट बहुमत नै दिएका थिए । तर त्यसयता कहाँ–कहाँ कमजोरी रह्यो ? मुख्य कुरा यो हो ।
निर्वाचन हारेपछि कसरी मतदातालाई आफ्नो प्रभावमा राख्न सकिन्छ ? शक्ति त विजयीको हातमा जान्छ, अनि मतदाता पनि उतैतिर जाँदैनन् ?
त्यस्तो होइन, हामी जनताकै लागि केही गर्न हिंडेका हौं भने समस्या छैन । जनताको सेवा गर्न निर्वाचन जित्नै पर्छ भन्ने छैन । हारेर पनि सेवा गर्न सकिन्छ । मेरो विचारमा २०६४ पछि हाम्रा सभासद् तथा उम्मेदवारहरु गाउँ नफर्कनु, कार्यकर्ताहरु सुविधाभोगी बन्दै जानुको परिणाम हो अहिलेको निर्वाचन । यहींबाट सुधार गर्नु आवश्यक छ । म अघिल्लो संविधानसभामा पनि नुवाकोट क्षेत्र नं २ बाट पराजित भएको हुँ, १०० भोट अन्तरमा पराजित भए पनि मैले मतदाताको आशालाई मर्न दिइनँ र विकासका कामहरु गरिरहें । म उहाँहरुसँगै थिएँ, अहिलेको निर्वाचनमा पनि पराजित भएँ तर मेरा मतदाता घटेका छैनन् । म दुई पटकसम्म पराजित भएँ तर जनताको मतले पराजित भएको छैन, म मेरा मतदाताप्रति पूर्णरुपमा खुशी छु । आफ्ना मतदातालाई माया गर्ने, उनीहरुको काम गर्ने, सेवा गर्ने हो भने माओवादी पहिलेको भन्दा पनि अगाडिको अवस्थामा पुग्न सक्छ ।

No comments:
Post a Comment