Sunday, January 26, 2014

यस्तो थियो गद्दाफीको गुप्त ‘सेक्स च्याम्बर

gadaffi-sex-chamberलिबिया, माघ १२ (एजेन्सी) लिबियाका तानाशाह मोहमद गद्दाफीको अन्त्य भएको २ वर्षभन्दा बढी भइसकेको छ । तर, उनले आफ्नो ४२ वर्षीय राजमा गरेको कुकृत्यको खुलासा भने बल्ल हुन थालेको छ । हालै मात्र बिबिसीको एक डकुमेन्ट्रीमा गद्दाफीको गुप्त सेक्स च्याम्बरहरुको खुलासा भएको छ जहाँ उनले सयौं युवतीहरुलाई यौनदासीका रुपमा राख्ने गर्थे । यस्ता सेक्स च्याम्बरहरु लिबियाको ट्रिपोली विश्व विद्यालयदेखि उनका कयौं दरबारहरुमा बनाइएको थियो ।
गद्दाफीले ती च्याम्बरहरुमा १४ वर्षसम्म कम उमेर भएका केटा र केटीहरुलाई ल्याएर बलात्कार गर्ने गर्थे । च्याम्बरमा एउटा गाइनोकोलोजी ल्याब पनि रहेको थियो । जहाँ ल्याइएका युवतीहरुलाई कुनै यौन रोग लागेको वा नलागेको जाँच गरिन्थ्यो र गर्भवती भए गर्भ तुहाइथ्यो । उनीहरुलाई गद्दाफीले बलात्कार गर्न अघि ज्ञानका लागि पोर्नोग्राफी पनि देखाइन्थ्यो । उनीहरुलाई त्यहाँ गद्दाफीको मन नभरिन्जेल राखिन्थ्यो । त्यहाँबाट कोही भाग्न सफल भएपनि मुस्लिम समुदायका आफ्ना परिवारले अपनाउन मान्दैन थिए ।
गद्दाफीले त्यहाँ रहेको स्कूल र कलेजमा गएर आफ्नो ‘शिकार’ चुन्ने गर्थे । ट्रिपोलीका स्कूलको एक शिक्षक भन्छन्, ‘मलाई अझ पनि याद छ, गद्दाफी आएर हाम्रो स्कूलको एक १४ वर्षीय छात्रालाई उठाएर लगेका थिए ।’ यसरी उठाएर लगिएका मध्ये केहीलाई गद्दाफीले आफ्नो महिला बडिगार्ड पनि बनाउने गर्थे ।
gadaffifemale body guard

No comments:

Post a Comment