गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति युके/नेपालका तर्फवाट गत २४ अप्रीलका दिन वेलायतका प्रधानमन्त्री, नेपालका प्रधानमन्त्री, वेलायतका प्रमुख राजनीतिकदलहरु तथा नेपालका प्रमुख राजनीतिक दलहरुलाई वुझाएको ज्ञापनपत्रको सार निम्न वमोजीम रहेको छ :
पृष्ठभूमी
वेलायतले गोर्खाहरुको वहादुरी, इमान्दारी निष्ठा र कठोर अनुसासनवाट प्रभावित भएर सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुक नेपालसंग कुनै सन्धी नै नगरी २४ अप्रील १८१५ देखी लडाकु गोर्खा जातिलाई जवरजस्ती उनीहरुको सैन्य संगठनमा भर्ना गर्न प्रारम्भ गरेका हुन । भर्ना शुरु भएको लगतै पछि वाट वेलायतले गोर्खाहरुलाई अनगिन्ती ठूलासाना युद्दहरुमा, जुन भारतीय उपमहाद्दिप भित्र र वाहिर पनि लडिएका थिए, अधिकतम प्रयोग गरेको थियो । गोर्खाहरुले लडेका कैयौ युद्दहरु मध्ये प्रमुख र निर्णायक भूमिका निर्वाहा गरेका युद्दहरु भारतीय सैनिक विद्रोह (१८५७-५८), पहिलो विश्व युद्द (१९१४-१९) र दोश्रो विश्व युद्दहरु (१९३९-४५) हुन ।
भारतीय सैनिक विद्रोहमा वेलायतीहरु नराम्ररी पराजित भएका थिए तर गोर्खाहरु तथा नेपालका तत्कालीन प्रधानमन्त्री जंग वहादुर राणा र उनको नेतृत्वमा विद्रोहीहरुका विरुद्द होमीएका १६ हजार नेपाली सेनाका वहादुरी, इमान्दारी र अभूतपुर्व वलिदानका कारण वेलायती उपनिवेसिक शासन भारतीय उपमहाद्दीपमा अरु ९० वर्षले लम्विएको थियो । मानव इतिहासकै सवैभन्दा खतरनाक र आजसम्मकै व्यापक मानिएको पहिलो र दोस्रो विश्युद्दहरुले भने विश्वमा फैलिएको वेलायतीे उपनिवेसिक शासन र दादागिरीलाई कायम राख्न सफल भएको थियो । यति मात्र होइन विश्व युद्दहरुमा त नेपालले नेपालको सम्पूर्ण स्रोतसाधन वेलायतको निर्णयमा दोहन गर्न वेलायतलाई जिम्मा लाएको थियो । ती ठूलासाना कैयौ घातक युद्दहरुमा दशौहजार गोर्खाहरु मारीए, घाइते र अपाङग भए । तेह्रजनाले त भीसी प्राप्त गरे । वास्तवमा गोर्खाहरुले गएको दुई शताव्दी देखी वेलायतको निम्ती रगत, पसीना र आशुको नदी वगाउदै आएका छन र त्यो हृदयविदारक सिलसिला आज पनि जारी छ ।
भेदभावपूर्ण व्यवहार
विडम्वना गोर्खा तथा नेपालको अभूतपूर्व वलिदान र गोर्खाहरुले वेलायती सेनाको अभिन्न अंगको रुपमा सेवा गर्दै आए पनि वेलायतले गम्भीर आर्थिक, सामाजिक र भावनात्क भेदभाव गर्दै आएको छ । सन्तानव्वे पूर्व अवकाश पाएका गोर्खाहरुलाई आज पनि निक्कै कम पेन्सन दिएको छ भने सन्तानव्वे पछि अवकास पाएका गोर्खाहरुको हङकङमा गरेको जम्मा सेवाको ३६ प्रतिसत सम्मलाई मात्र विना जायज तर्क पेन्सनको आधार वनाएको छ । भेदभावको यो एउटा नयाँ र नाङो रुप हो । सेवाकाल पनि कपरोल भन्दा मुनिका गोर्खाहरुलाई १५ वर्षमा सीमित गरिएको थियो । उनीहरुलाई वस्ने घर, खाना, खाना खाने ठाउँ, लुगाफाटा सवै तुलनात्मक रुपमा कमसल दर्जाको दिइन्थ्यो । वास्तवमा कही कतै समानता थिएन ।
हाम्रो ६ सूत्रीय मागहरु निम्न वमोजिम रहेको छ :
१. समानुपातिक पेन्सन
गोर्खाहरुलाई वेलायती तथा अन्य कमनवेल्थ नागरीकहरु सरह समानुपातिक पेन्सन दिइनु पर्दछ । सही समानुपातिक पेन्सन भनेको गोर्खाहरुले जुनसुकै देशमा रहेर सेवा गरे पनि त्यो वेलायतको अधिनमा रही वेलायतकै लागि भएको हुनाले यदि एउटा २२ वर्ष सेवा गरेको वेलायती वा कमनवेल्थ नागरीकलाई मासीक २२ पाउन्ड दिइन्छ भने १५ वर्ष सेवा गरेको एउटा गोर्खालाई मासिक १५ पाउन्ड पेन्सन दिइनु पर्दछ । अत्यन्त कम पेन्सन दिएको हुनाले उनीहरुले अवकाश पाएको मिति पछि देखी समान पेन्सन पाउने दिनसम्मको क्षतिपुर्ती स्वरुप पश्चदर्शी पेन्सन पाउनु पर्दछ । यसरी समान पेन्सन दिए पछि अहिले वेलायतमा वसोवास गरीरहेका अधिकांश गोर्खाहरु स्वतस्फुर्तरुपमा आºनो देश नेपाल फर्कने छन भने नेपालमा वसीरहेका गोर्खाहरुले वेलायत आउने मानसिकता चटक्कै त्याग्ने छन । वेलायत वस्ने उनीहरुको रहर होइन कम पेन्सन पाउने कारणले उनीहरुलाई वेलायत वस्न वाध्य पारेको मात्र हो । उनीहरुलाई याहाँ वस्न गम्भीर भाषिक, सामाजिक र सास्कृतिक समस्याहरु छन जुन समस्याहरुको समाधान दसकौं पछि मात्र सम्भव हुन्छ । समान सुविधा प्राप्त भए पछि याहाँ वस्ने गोर्खाहरु नेपाल फर्के र नेपालमा वस्ने वेलायत आएनन भने वेलायतलाई आर्थिक हिसावले पनि धेरै फाइदा हुनेछ भने गोर्खाहरु पनि आºनै प्यारो मातृभूमीमा प्रतिष्ठित र आन्नदी जीवन जीउन पाउने छन ।
२. क्षतिपुर्ती
गोर्खाहरुलाई सेवामा रहदा, अवकाशमा जादा र कटौतीमा पर्दा नगन्य एकमुष्ट रकम दिइन्थ्यो । त्यो थोरै पैसा कति गोर्खाहरु घर नपुग्दै सकिन्थ्यो । गोर्खाहरुलाई गोराहरुले वास्तवमा मानवको रुपमा नै व्यवहार गरेनन । जम्मा १५ वर्षको सेवा अवधिमा केवल साढे दुई वर्ष श्रीमतीलाई संगै राख्न दिइन्थ्यो । यसकारण उनीहरुमध्ये धेरै मानसिक रुपले विक्षिप्त भए भने कतिको घरवार नै टुटयो । यो अमानवीय भेदभाव र मानसिक पीडाका लागि वेलायतले आर्थिक क्षतिपुर्ती दिएर आºना भुलहरुलाई सच्याउदै आºनो परम दायीत्व पुरा गरेर गोर्खाहरुलाई सम्मान गर्नु पर्दछ ।
३. संरक्षीत पेन्सन
वेलायती र कमनवेल्थ नागरीकहरुले न्यूनतम दुई वर्ष सेवा गरे वापत साठ्ठी वर्ष पुगे पछि संरक्षीत पेन्सन पाउछन । तर गोर्खाहरुको हकमा भने दुई वर्ष त के दशवर्ष भन्दा केही कम मात्र सेवा गर्ने हजारौ गोर्खाहरुले कुनै पेन्सन पाएका छैनन । ती मध्ये कति भोकले मरे भने कति जावो दुई रुपैया पर्ने पखालाको औषधि किन्न नसकेर आºनो इहलिला समाप्त गरे । तिनीहरुका छोराछोरीहरु कुपोषणका सिकार भएका छन । पढने उमेरमा झुत्रे लुगा लाएर पहाडका ठूलठूला नागीहरुमा गाईवस्तु र भेडावाख्राहरुसंग लुकामारी खेलीरहेका छन । उनीहरुकै उमेरका धनीका छोराछोरीहरु पिजा र स्पागेटी वोलोनीज खादै अत्याधुनीक ग्याडजीटसंग आºनो धेरै समय विताउछन । लाहुरेहरु मध्ये पनि यिनीहरु नै चाहे पल्टनमा होस या गाउँघरमा अति गरिवीको कठोर जातोमा पिसिएका छन । त्यसकारण न्यूनतम दुई वर्ष सेवा गरेका गोर्खाहरुलाई पनि वेलायतीहरुलाई सोसरह संरक्षीत पेन्सन दिइनु पर्दछ । त्यती भए उनीहरु आºनो वुढयौली उमेरमा प्रतिष्ठित र आन्नदीत जीवनका लागि आºनै मातृभूमी फर्कने निश्चित छ ।
४. वालिग गोर्खा नानीहरुलाई आवासीय भिसा
अपवादका रुपमा मात्रै लाहुरेका वालिग नानीहरुलाई आवासीय भिसा दिएको छ । तितो यथार्थ के हो भने लाहुरेका नानीहरु जन्मदै १८ वर्षका जन्मेका होइनन । वेलायतकै भेदभावपूर्ण नीतिका कारण उनीहरु नेपालमा जन्मी वालिग वनेका हुन । नभए उनीहरु पनि वेलायतमा जन्मने, हुर्कने थिए र यही अध्ययन गरी आज यो राष्ट्रको सेवामा समर्पीत हुन्थे । आज उनीहरुको भविष्य अन्धकार वनेको छ । र जन्म दिने आºना प्यारा आमावावु, वालसखा, दाजुभाई तथा दिदीवहिनीहरुसंग सदाका लागि दुई भिन्न देशमा छुट्टिएर वस्नु पर्ने पीडादायी अवस्था सृजना भएको छ । यस्ता कुराहरुलाई हृदयाङगम गदै गत वर्ष वेलायतको उच्च अदालतले गोर्खा तथा परीवारलाई ऐतिहासिक अन्याय भएको निष्कर्ष निकालेको थियो । तर पनि गोर्खाहरुले यो अपार ऐतिहासिक अन्यायको क्षतीपुर्ती त मागेका छैनन । हरेक गोर्खालाई उसको सेवाकाल र अवकास पाएपछि जति कम दिएको छ त्यो मात्र पश्चदर्सी पेन्सन वा क्षतिपुर्तीको रुपमा दिइयोस भन्ने मात्र माग हो । यसकारण उनीहरुलाई आवासीय भिसा दिनु पर्दछ । हाम्रो समाज र सस्कृति अनुसार नेपालीहरु संयुक्त परीवारमा वस्छन । छोराछारी हुर्केर पनि आमावावु माथि आश्रित हुन्छन । आमावावु र छोराछोरी सवै मिलेर घर परीवारको उन्नतीमा योगदान गर्छन । पश्चिमी संस्कृति विपरीत छोराछोरीहरुले वुढयौलीमा आमावावुको हेरचाह गर्ने अन्र्तनीर्भर संस्कृति भएको हुनाले पनि वालिग गोर्खा नानीहरुलाई आवासीय भिसा दिन अनिवार्य हुन्छ । अर्को कुरा गोर्खा संस्कृति अनुसार आमावावुको अन्तिम संस्कार सम्पन्न गर्न पनि खुदै छोराछोरी अनिवार्यरुपले उपस्थित हुनु पर्दछ । कुनै नातागोता, छरछिमेक वा स्टमित्रवाट यस्तो काम सम्पन्न हुन सक्तैन ।
५. स्वास्थ्य सुविधा
वेलायती समकक्षीहरुलाई वेलायतमा पूर्ण स्वास्थ्य सुविधा प्राप्त छ । तर भूतपूर्व गोर्खाहरुलाई नेपालमा वेलायतको तर्फवाट नगन्य स्वास्थ्य सुविधा मात्र उपलव्ध छ । नेपाल सरकारको तर्फवाट नेपालमा कसैलाई पनि कुनै पनि किसिमको स्वास्थ्य सुविधा नभएको हुनाले गोर्खाहरुले गम्भीर रोगहरु लाग्दा ठूलो रकम तिर्नु पर्ने हुन्छ । ठूलो रकम जुटाउन नसक्दा कतिले अकालमा ज्यान गुमाएको दुखदायी घटनाहरु पनि भएका छन । वेलायतमा कुनै भूपू सैनिकको आºनो उपचार खर्च जुटाउन नसकेर मृत्यु भयो भने त्यसको वेलायती समाजमा कस्तो प्रभाव पर्ला कल्पना गर्न पनि गाह्रो छ । त्यसकारण पेन्सन पनि धेरै कम र स्वास्थ्य सुविधा पनि नगण्य हुनु गोर्खाहरुलाई वेलायत आउन प्रेरीत गर्ने प्रमुख कारण हो । अत: स्वास्थ्य सुविधामा आवश्क सुधार ल्याए यसले वेलायतमा वसोवास गरीरहेका गोर्खाहरुलाई घर फर्कन उर्जा थपनेछ ।
६. विधवाहरुलाई समान सुविधा
नेपाली समाज अझै पनि सामान्तवादी र परमपरावादी भएको हुनाले र सरकारहरु पूर्ण निकम्मा, स्वार्थ लम्पट र नेताहरुले निर्माण गरेको भ्रष्ट संस्कृति हावी भएको हुनाले समाजमा सवभन्दा वढी उत्पीडित विधवाहरु नै हुन्छन । उनीहरुलाई पनि वेलायत सरकारले समान व्यवहार गरेको छैन । यो तितो यथार्थलाई आत्मसात गदै उनीहरुलाई ¸पनि वेलायती विधवाहरु सोसरह व्यवहार गरिनु पर्दछ ।
कैयौ घमासन युद्दहरुमा गोर्खाहरुले अत्यन्त वहादुरी, इमान्दारीका साथ गएको दुइ सताव्दी देखी वेलायतको लागि अभूतपूर्व त्याग र वलिदान गर्दै आए पनि उनीहरुलाई वेलायतले गम्भीर आर्थिक, सामाजिक र भावनात्मक भेदभाव गर्दै आएको छ । यही भेदभावको कारण हजारौ गोर्खाहरु आºनो मुटुभन्दा पनि प्यारो मातृभूमीलाई विर्सेर हालैका वर्षहरुमा वेलायत आउन वाध्य भए । तर पेन्सन, क्षतीपुर्ती र नेपालमा स्वास्थ्य सुविधामा आवश्वक सुधार आए अधिकांस गोर्खाहरुनेपाल फर्कने निश्चित हुन्थ्यो । र, त्यसो हुदाँ वेलायत सरकारको आर्थिक भार पनि धेरै कम हुन्थ्यो । आगामी छ महिना भित्रमा गोर्खाका यी जायज र न्यायपूर्ण मागहरु पुरा गरेर वेलायतले गोर्खाहरुले गएको दुई शताव्दीमा वेलायतका लागि गरेको अभूतपूर्व वलिदानको ऋण तिरेर उनीहरुलाई पूर्ण समानता, न्याय र सम्मान दिलाउनु वेलायतको परम दायित्व हो । यती भए गोर्खाहरु पनि वेलायतप्रति कृतकृत्य हुनेथिए ।
गोर्खा सत्याग्रह, लन्डन
संयुक्त संघर्ष समिति
युके/नेपाल
फोन नम्वरहरु: ०७४४६ ८८६०८९/०७७७२ ३०२४८०/०७९६१ ८३०३१२
No comments:
Post a Comment