पोखरा,
असार १८ : घोषित संविधान सभा निर्बाचनलाई सशक्तरुपमा बिथोल्ने निर्णयसहित
चार दिनदेखि जारी नेकपा-माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक मंगलबार
सकिएको छ ।
निर्वाचन
हुन नदिन पार्टीको सबै शक्ति परिचालन गर्ने भन्दै उसले अव राजनैतिक
प्रतिक्रियामात्र नजनाई सशक्त प्रतिकारमा उत्रने जनाएको छ । चार राजनैतिक
दल र सरकारले पेलेर अघि बढे सडक आन्दोलन मार्फत संविधान लेख्ने र सरकार
बनाउने चेतावनी माओवादीले दिएको छ ।
बैठकका
सबै बक्ताले अध्यक्ष मोहन बैद्यको राजनीतिक तथा महासचिव रामबहादुर थापाको
संगठन र संघर्ष प्रस्ताव प्रतिवेदनप्रति समर्थन जनाएको प्रवक्ता पम्फा
भुसालले बताईन । आफूहरुको कुरा नसुनि अहिलेकै अवस्था र प्रकृयामा
निर्वाचनमा गए जनताको सडक आन्दोलनले संविधान लेख्ने र सरकार गठन गर्ने
अधिकारको प्रयोग गर्ने उनले बताईन ।
बैठकमा
५ पदाधिकारीसहित १ सय २२ जना केन्द्रिय सदस्य तथा सल्लाहकारले दुवै
प्रतिवेदनमाथि बोलेका थिए । त्यसक्रममा प्रतिवेदनले उठाएका बिषयको
स्पष्टता, ब्याख्या, समावेश, हटाउनुपर्ने, परिमार्जन तथा सुझावजस्ता
बक्ताले उठाएका जिज्ञासामा दुवैजनाले प्रत्युत्तर दिएका थिए ।
बैठकमा
अहिलेको राष्ट्रिय राजनीतिको बस्तुगत परिस्थितिको ब्याख्या गरिएको
प्रबक्ता भुसालले संवाददाताहरुसंग बताईन । उनका अनुसार यसकासाथै पार्टीको
स्थितिको समिक्षा, एक बर्षयता पार्टीले गरेको कामको समिक्षा, बिगतको
आन्दोलनको समिक्षा तथा चैत १ यता विकसित राजनैतिक घटनाक्रमको विश्लेषण पनि
बैठकमा भएको छ । 'निर्वाचन बहिष्कार गर्दै राष्ट्रिय स्वाधिनताको
आन्दोलनलाई कसरी तिब्रता दिने भन्ने प्रतिवेदनको आधारमा संश्लेशण गरियो',
भुसालले भनिन, 'चुनाव बहिष्कार गर्दै देशभक्त, राष्ट्रवादी, बामपन्थी तथा
गणतन्त्रबादीसंग मिलेर अघि बढ्ने र त्यसकालागि संगठनको कार्यबिभाजन,
कार्यबिन्यास र संघर्षका स्वरुप र कार्यक्रम तय गर्ने बिषयमा छलफल भयो ।'
माओवादीले
यही चुनामा जानेगरी बार्तामा नबस्ने स्पष्ट गरेको छ । निर्वाचन घोषणाको
मिति तथा भारतीयलाई नागरिकता दिन ल्याईएको नागरिकता अध्यादेश फिर्ता भए
बार्तामा बस्छौ भनेको तर सरकार र चार दलले पेलेर गएकाले अब बार्ताको कुनै
अर्थ नरहेको भुसालले बताईन ।
सहभागीले
संविधानसभाको निर्वाचन बिथोल्दै जनबिद्रोमा जानुपर्नेमा जोड दिएका थिए ।
निर्वाचन बहिष्कार गर्दा सरकार दमनमा उत्रने र त्यसैलाई क्याच गरि
जनबिद्रोहमा उत्रनुपर्नेमा सहभागीको भनाई थियो । पार्टी गठनपछि भएको
महाधिवेशनले जनयुद्धको जगमा जनबिद्रोहको लाईन पारित गरेको र संविधानसभा
निर्वाचनको मिति घोषणा भएपछि सशक्त रुपमा अघि बढ्ने दस्तावेजसहित निर्णय
पार्टीले गरेको हो ।
निर्वाचन
बहिष्कार र बिथोल्ने क्रममा सरकार मुठभेडमा उत्रे प्रतिकार गर्ने भुसालले
बताईन । राजनैतिक दलको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार गठन नभएसम्म
आन्दोलन गर्ने पार्टीले बताएको छ । राजनीतिलाई सहि मार्गमा ल्याउन फागुनमा
भएको सहमति खारेज, अराजनीतिक तरिकाले बिदेशिको ग्राईण्ड डिजाईनमा भएको
संविधानलाई ध्वस्त पार्ने र बाधा अड्काउलाई नै खारेज गरेर २५ वटा धारा
संसोधन गर्ने, राष्ट्रपतिको आदेश, न्यायधिशको सरकार र त्यसले घोषणा गरेको
चुनाब खारेज गर्नुपर्ने भुसालले बताईन ।
बिपक्षको
आवाज नसुन्नु अलोकतान्त्रिक भन्दै भुसालले चार दल लोकतन्त्र बिरुद्ध गएको र
विदेशीको ग्रान्ड डिजाईनमा घोषित निर्वाचनले संविधान आउने कल्पनै गर्नै
नसकिने दावी गरिन ।
गत
शनिवारदेखि सुरु बैठकमा संविधान सभाको दोस्रो निर्वाचनको औचित्य र अर्थ
नभएको भन्दै बहिष्कार गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो । अध्यक्ष मोहन
बैद्यले निर्वाचन देशलाई प्रतिक्रान्तिमा लैजाने षड्यन्त्र रहेको भन्दै
कुनै पनि हालतमा निर्वाचनमा नजाने र बिथाल्ने बिषयमा केन्द्रित रहदै
राजनैतिक प्रस्ताव पेश गरेका थिए ।
No comments:
Post a Comment