Sunday, January 12, 2014

फिक्स डिपोजिट तोडेर डा.शिवजी बने सभासद्

नेपाली राजनीतिमा सत्ता गठबन्धनका लागि संसद खरिद विक्रि हुने गरेको चर्चा नौलो होइन । तर संसद नबन्दै खरिद विक्री हुनु नेपालका लागि नौलो विषय भयो । पहिलो सविधानसभा चुनावमा केही जान्ने नेताले समानुपातिक सभासद् बनाएपनि पछि सत्ता गठबन्धनमा संसद खरिद विक्रिको सबै रेकर्ड तोडिए ।
त्यतिबेला भएको संसद खरिदविक्री देखेर दोस्रो सविधानसभा चुनावमा त कतिपयले प्रत्यक्ष टिकट पनि बेचेको चर्चा सुनिन्छ । तर समानुपातिक सभासद् चयनमा त खरिद विक्रीको सबै रेकर्ड ब्रेक गर्यो । काँग्रेस, एमाले, एमाओवादी, राप्रपादेखि एक दुई सीट पाउनेले पनि विक्री गरेको समाचार पनि बाहिर आयो । एउटा सभासद्को मूल्य पचास लाखदेखि पाँच करोडसम्म रह्यो । त्यसमा मधेशवादी दलले शतप्रतिशत सभासद् बेचेको आरोप रह्यो । यहाँसम्म कि पार्टीको पदाधिकारीलाई सभासद् बनाउँदा पनि रकम लिएर नै बनाएको छ ।

त्यसमध्ये मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र मधेशी जनअधिकार फोरम नेपालले शतप्रतिशत सभासद् बेचेको आरोप छ । शरत्सिह भण्डारी, राजेन्द्र महतो, महेन्द्र यादव, महन्थ ठाकुरले पनि समानुपातिक सभासद् बेचेका समाचार आइरहेको बेला सबैभन्दापछि समानुपातिको नाम बुझाएका फोरम नेपालमा एकजनाले आफ्नो फिक्सडिपोजिट तोडेर रकम दिएर सभासद् बनेको चर्चा पार्टीभित्र खुबै सुनिएको छ । यहाँसम्म कि सो पार्टीका नेताहरु समेत चौक चौकमा अध्ययक्ष उपेन्द्र यादवले को कोसँग रकम लिएर सभासद् बनाए सुनाउन थालेका छन् । कपिलवस्तुबाट प्रत्यक्षतर्फ सभासद् बनेका अभिषेकप्रताप शाहले हनुमान थानमा केही मधेशी पत्रकारलाई औलामा गिनेर नै सुनाए उपेन्द्र यादव केसँग कति पैसा लिएको छ भनेर ।
चुनावकै समयमा श्रवण अग्रवाल, छायाँ शर्मा पन्तलगायतसँग रकम उठाई सकेका फोरम नेपाल अध्यक्ष उपेन्द्र यादव बाँकी व्यक्तिसँग समेत रकम लिएर समानुपातिक सभासद् बनाएको कुरा पनि त्यहाँ उठाएका थिए । त्यहाँ चुनावकै एकदिन पहिले उनका पार्टी छाडेर सद्भावना पार्टीमा गएका देवेन्द्र यादव पनि त्यहाँ थिए ।
डा.शिवजी यादवसँग लिएको रकमको बारेमा पार्टीको बारेमा निकै चर्चा छ । सभासद् बन्नका लागि शिवजी यादवसँग दुई करोडको डिमाण्ड भयो । हुँदा हुँदै एक करोड १५ लाखमा कुरा मिल्यो स्रोतको दावी छ । डा.शिवजी यादवले दिनका लागि तयार पनि भए । उनले सभासद् बनाएपछि दुई चारदिनमा जम्मा पैसा जम्मा गरि दिने भनेका थिए तर उपेन्द्र यादवले त्यसको जवाफमा भनेका थिए, अहिले दिनुभयो भने हुन्छ नत्र पछि हुँदैन । हुन्छ भने भन्नुस् नत्र अरुलाई दिन्छु ।’ अनि शिवजी यादवले बैकमा राखेको आफ्नो २ करोड रुपियाँको फिक्स डिपोजिटलाई तोडेर एक करोड १५ लाख रुपियाँ बुझाएपछि मात्र समानुपातिक सभासद् भएकोमा हस्ताक्षर गरेका थिए ।
एक करोडभन्दा बढी रकम दिएर सभासद् बनेका शिवजी यादवको घरमा अहिले रुवावासी भएको छ । आवेगमा आएर फिक्सडिपोजिट तोडेर यतिका रकम दिए तर सभासद् बनेर यति रकम कमाउन सकिन्छ सकिन्न भनि चिन्ता गरेर बसेका छन् । अलि कडा मिजाजका तथा घरपरिवार सम्भाल्दै आएकी गौरी यादव र शिवजी यादवबीच खटपट शुरु भएको छ । उनका पारिवारीक स्रोतका अुनसार जीवनभरको कमाई सभासद्मा सखाप गरेपछि शिवजी यादवलाई गल्ति गरे जस्तो लाग्न थालेको छ । सिभिल इन्जिनियरीगं पढ्नका लागि सन् १९८९ रुस पुगेका शिवजी यादव त्यहाँ गएर पढाईका साथै इलेक्ट्रोनिक्स खुद्रा व्यपार गर्न थालेका थिए । स्रोतका अनुसार व्यपार राम्रो हुँदै गएपछि डा.उपेन्द्र महतोसँग समेत कारोवार गरेका थिए । व्यपारमा उपेन्द्र महतोभन्दा बढी चलाक शिवजी यादवले त्यहाँको व्यपारबाट कमाएका रकमले राजधानीमा जग्गा किन्न शुरु गरेका थिए ।
उपेन्द्र महतो र शिवजी यादवबीचको मनमुटाव शुरु भयो । शिवजी यादवले उपेन्द्र महताको साथ पनि छाडे । त्यसपछि रुसमा भएको द्धन्दले देश त्रुकिएपछि आर्थिक मन्दीका कारण थुप्रैको व्यवसाय चौपट भएको थियो । त्यसपछि शिवजी यादव त्यहाँ टिक्न सकेन र नेपाल फर्के तर उपेन्द्र महतो त्यही संघर्ष गर्न थाले र उनी कामयावी पनि हात पारे । नेपाल फर्केपछि शिवजी यादव जग्गाको व्यपारमा हात हाले र त्यसबाट निकै राम्रो आमदानी गर्न थाले । उनका पारिवारीक स्रोतका अनुसार काठमाडौमा मात्र अहिले सय रोपनी भन्दा बढी जग्गा रहेका छन् ।
सिनामंगलमा आफ्नै घर बनाएर बसेका शिवजी यादव उपेन्द्र यादव परराष्ट्रमन्त्री भएको बेला त्यसका आडमा थुप्रैलाई विदेश पठाउने काम पनि गरे । फोरम नेपालका केन्द्रीय सदस्य तथा अनुशासन समितिका सयोजक रहेका शिवजी यादवको पार्टीमा खासै हैसियत देखिएको छैन तर उपेन्द्र यादवले किन पत्याए त । पैसा लिएर नै सभासद् बनाएको हो भने त्यतिको पैसा अरु पनि दिन तयार थिए तर शिवजी यादवलाई ने किन भनि पार्टीभित्र प्रश्न उठ्न थालेका छन् । पार्टीका वरिष्ठ नेता भरतविमल यादव, महासचिव रामसहाय यादव, सचिव तथा प्रवक्ता रत्नेश्वरलाल कायस्थलगायत नेतालाई समेत पछि पारेका शिवजी यादव फोरम नेपाललाई बुझाएको रकम कसरी असुल गर्छन् त्यो हेर्न भने बाँकी रहेका छन् ।

यता, डा. यादवले भने आफूले सभासद् बन्नका लागि रकम नबुझाएको स्पष्ट पारेका छन् । यस्ता समाचारमा कुनै सत्यताको नरहेको भन्दै यादवले भने, ‘जसलाई जे भन्न मन लागेपनि भयो । म पार्टीको केन्द्रीय समिति सदस्य, अनुशासन समिति, विदेश विभाग र संसदीय बोर्डको सदस्य पनि रहेको छु । सभासद् कसलाई बनाउने भन्ने निर्णय गर्ने स्थानमा नै म छु । मैले किन र कसलाई पैसा बुझाउनु ? यो खबर बिलकुलै झुठ हो ।’ उनले यस्ता भ्रामक प्रचारका पछि नलाग्न पनि आग्रह गरेका छन् ।

No comments:

Post a Comment