Sunday, January 12, 2014

साली फकाउनु पर्दैन, सभासद बनाए हुन्छ


नेपाली समाजमा प्रचलित उक्ती छ, ‘गुन्द्रूकलाई पकाउनु पर्दैन, सालीलाई फकाउनु पर्दैन ।’ अब यसलाई नयाँ ढंगले परिमार्जीत गर्नुपर्ने भएको छ । ‘सालीलाई फकाउनु पर्दैन, सभासद बनाए हुन्छ ।’ अचेल यस्तो चर्चा एमाले नेता भीम रावलको जिल्ला अछाममा चल्न थालेको छ । नेता रावलले यसपाली समानुपातीक कोटाबाट आफनी सालीलाई सभासद बनाएपछि यस्तो चर्चा चल्न थालको हो । समानुपातीक कोटामा पत्नी, प्रेमीका, भाई, दाईदेखी सालीसम्मको प्रवेश हुने भएको छ ।
यसपाली एमालेका शीर्ष नेताहरुले समानुपातीकमा आफ्ना निकटका मानिसलाई सभासद बनाउन निकै मरिहत्ते गरेको देखियो । तर भीम रावलले भने अछामबाट कसैलाई पनि सभासद बनाएनन् । बनाउन जोड पनि गरेनन् । सुरुमा कसै कसैलाई लाग्यो, कम से कम भीम रावलले राजनीतिक नैतिकता देखाए । समानुपातीकमा हानथाप गरेनन् । तर, खास कुरो अर्कै रहेछ ।

समानुपातीक सभासद चयन गर्न गोकर्ण रिसोर्टमा बसेको एमाले बैठकमा रावलले आफ्नी साली ममता गिरीलाई सभासद बनाउन मात्र बढी लवीङ गरेका रहेछन् । आखिर उनले अछामका कार्यकर्ताको मन रुवाएर भए पनि साली ममतालाई सभासद बनाएरै छाडे । साली–भेनाको यो प्रकरणका कारण अछाम एमालेको कार्यालयमा विद्रोह सुरु भएको छ ।
मनकुमारको मन भाँचीयो
झापा विद्रोहकालदेखीका सहयोध्दा मनकुमार गौतमलाई लोप्पा खुवाएर एमालेले महेन्द्र शेरचनलाई सभासद बनाएको छ । पार्टीमा योगदान गरेका नेताहरुको उपेक्षाको यो एउटा ज्वलन्त उदाहरण हो । एमालेले पत्रकारीताको खोलमा वैदेशीक रोजगार व्यवसाय गरिरहेका महेन्द्र शेरचनलाई सभासद बनाएकोमा श्रमजीवी पत्रकार पनि आक्रोशीत भएका छन् । महेन्द्रले राजधानी दैनिकमा कार्यरत धेरै पत्रकारको तलब पचाएका छन् । वैदेशीक रोजगारीका नाममा शेरचनको म्यान पावर एजेन्सीले सरकारको राजश्व ठग्दै आएको बताइन्छ ।
सानुलाई पनि लोप्पा
यसैगरी एमालेले काठमाडौंका पुराना नेता सानु श्रेष्ठको पनि अपमान गरेको छ । काठमाडौंबाट प्रत्यक्षमै टिकट पाउनुपर्ने सानुलाई एमालेले समानुपातीक सूचीमा त राख्यो, तर अन्तीममा आएर उनलाई सभासद बनाइएन । चुनावअघि मात्र पार्टीमा प्रवेश गर्नेहरु सभासद भए, सानुजस्तान पुराना त्यागी कार्यकर्ता हेरेको हे¥यै भए ।
जागृतलाई धोखा
एमालेका अर्का त्यागी नेता हुन्, जागृतप्रसाद भेटवाल । उनलाई पनि एमालेले यसपाली अपमान गरेको छ । पंचायतकालदेखी यी योध्दालाई पनि अन्तीममा आएर सभासद बनाइएन । जागृतलाई प्रत्यक्षमै टिकट दिनुपथ्र्यो भन्ने चितवनका धेरै कार्यकर्ताको धारणा छ । तर, भेटवालको ठाउँमा एमाले अध्यक्ष खनालले आफ्ना साढुभाइ सुरेन्द्र पान्डेलाई टिकट दिए । त्यसबेला खनालले भेटवाललाई भनेका थिए, ‘तपाई किन चुनाव लडनु हुन्छ, हामी समानुपातीकमा राखौंला ।’
यता सुरेन्द्रले भने चितवनमा करोडौं खर्च गरे । चुनाव जितेर आएपछि उनले भन्न त ‘निर्वाचन भनेको धनीले मात्र लडने रहेछ’ भन्दै आफुले एक पैसा खर्च नगर्दा चुनाव जित्न हम्मे हम्मे परेको भन्दै लेख लेखे । तर, चितवन क्षेत्र नम्बर एकमै खटीएका एक प्रहरी निरिक्षक नाम उल्लेख नगर्ने शर्तमा भन्छन, ‘पान्डेजीले हरेकलाई एक–एक हजार रुपैयाँ, चेपाङ वस्तीमा साडी र लुगा बाँडेको मेरै आँखाले देखे । पैसा नबाँडेको भए उहाँले जित्न कठिन थियो ।’ सुरेन्द्रलाई सभासद बनाउन अध्यक्ष खनाल पनि मरीमेटेर लागे । तर, जागृतलाई समानुपातीकमा ल्याइएन । क्षेत्र नम्बर एकमा यसअघि जितेका लालमणी चौधरीलाई पनि एमालेले समानुपातीक सभासद बनाउने आश्वासन दिएको रहेछ । एमालेले लालमणीलाई पनि लोप्पा खुवाएपछि तराईका थारु समुदाय आक्रोशीत भएका छन् ।
भुवन जिल्लीए
रामकुमारी झाँक्रीको ठाउँमा राज्यलक्ष्मी गोल्छा र जागृत भेटवाल र सानु श्रेष्ठको ठाउँमा महेन्द्र शेरचन र इच्छाराज तामाङहरुलाई सभासद बनाएर एमालेले राजनीति भनेको पैसाको खेल हो भन्ने पुष्टी गरेको छ । अनी यसले कलाकारलाई चाहिँदाको भाँडो नचाहिँदाको ठाँडोमा परिणत गरेको । एमालेले नायक भुवन केसीलाई पनि झुक्यायो । प्रत्यक्षमै टिकट दिएर पछि खोसियो । भनीयो, समानुपातीकमा तपाईलाई पक्का । समानुपातीक सभासद पक्का भएकाले उनी एमालेको चुनाव प्रचारमा व्यापक सहभागी भए । विभिन्न ठाउँमा गएर एमालेलाई भोट दिन आग्रह पनि गरे । खासगरी भुवन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रभावशाली नेता केपी ओलीका सभाहरुमा देखिए । भुवनले दमकस्थित ओलीको सभामा आफ्नी नवोदीत प्रेमीकालाई पनि लगेका थिए । तर, शानले प्रेमीका साथ चुनावी अभियानमा भिडेका भुवनलाई पनि एमालेले सभासद बनाए । अचेल भुवन भन्न थालेका छन, ‘यो एमाले भन्ने पार्टी त सब फटाहाहरुको पार्टी रहेछ । चुतीयागिरी गरे यार । मलाई बेवकुफ बनाए ।’ तैपनि २६ को सूचीमा परिन्छ की भनेर भुवनले सार्वजनीक रुपमा एमालेको खासै खोइरो खनेका छैनन । ‘२६ मा त पार्नुप¥यो’ भन्दै उनी नेताहरुको दैलो धाइरहेका छन् ।


No comments:

Post a Comment