मधेशका एक राजनीतिक विश्लेषकले भने, तीन नेता तीनतिरबाट राजनीतिकमा आएका छन् । यिनीहरुको बीचमा धर्मबाहेक अरु केही मेल खाएका छैनन् अनि मिलन कसरी संम्भव हुन्छ ? तर भारतले आफ्नो स्वार्थका कारण केही दिनका लागि भए पनि एकीकरण गराएर नै छाड्छन् ।’
माथीका विश्लेषण अहिले पार्टी एकीकरणको चर्चामा रहेका तीन नेता मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका लागि हुन् । वास्तवमा यी तीन नेता जातले हिन्दुबाहेक अरु कुनै कुरामा एक छैन तैपनि एकीकरणका लागि सैद्धान्तिक सहमति गरेका छन् । राजेन्द्र महतो गजेन्द्रनारायण सिहको मधेशवादको स्कूलिगंबाट राजनीतिकमा आएका छन् भने महन्थ ठाकुर काँग्रेसको स्कूलिगंबाट त्यस्तै उपेन्द्र यादव माओवादीको स्कूलिगंबाट आएका छन् ।
त्यसैगरि महन्थ ठाकुरको पार्टी भारतको साउथ ब्लकको डिजाइनमा गठन भएको हो भने राजेन्द्र महतोको पार्टी मधेशीमाथि भएको विभेदको विरुद्ध संघर्ष गर्न भारतको संस्थापन पक्षकै लाइनमा गठन भएको पार्टी हो । यता उपेन्द्र यादवको पार्टी माओवादीको डिजाइनमा मधेशको अधिकारका लागि संघर्षका लागि गठन भएको हो । यी तीन लाइन र तीन प्रकृयाबाट गठन भएको पार्टीले राज्यपुनः संरचनाका लागि एक मधेश एक प्रदेश नै हुनुपर्छ भनि मधेश आन्दोलन (दोस्रो चरण) गरेर आएका पार्टी पछिल्लोसमय एक मधेश एक प्रदेशको बारेमा पनि भिन्न भए ।
राजेन्द्र महतोले एक मधेश एक प्रदेश छाडेर मधेशमा दुई प्रदेशको अवधारणा ल्याए भने महन्थ ठाकुर त्यसको बारेमा स्पष्ट भएर आएका छैन उता उपेन्द्र यादवले एक मधेश प्रदेशको कुरा छाडेर स्वायत्त मधेश प्रदेश भन्न थालेका छन् । शासकीय स्वरुपमा पनि उपेन्द्र यादव राष्ट्रपति कार्यकारी हुनुपर्छ भनेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री कार्यकारी हुनुपर्ने भनेका छन् । त्यस्तै राजेन्द्र महतोले मधेशमा २२ वर्षदेखि संघर्ष गरेर आएको पार्टी हो भनि दम्भ देखाइरहेका छन् भने उपेन्द्र यादव आफूलाई मधेशको मसिहा नै ठानिरहेका छन् । यता महन्थ ठाकुर आफूलाई मधेशको सबभन्दा इमान्दार, सन्त र त्यागी नेताको रुपमा विश्लेषण गरिरहेका छन् ।
यी नेतामा शक्ति पनि फरक रहेका छन् । महन्थ ठाकुरको पार्टी भारतको इशारामा चलिरहेका छन् भने उपेन्द्र यादवको पार्टी मधेश आन्दोलनको ‘इगो’ को भरमा चलिरहेका छन् । उता राजेन्द्र महतोको पार्टी पुरानो ह्यांगओभर (पुरानो पार्टी) को भरमा चलिरहेका छन् । पहिलो मधेश आन्दोलन उपेन्द्र यादवले एक्लै गरेपनि दोस्रो चरणको मधेश आन्दोलनमा यी तीन दलसँगै भएर सरकारसँग ८ बुँदे सम्झौता गरेपनि त्यसको जस उपेन्द्र यादवलाई मात्र गएको छ ।
स्रोतले भने, यी र यस्ता कुरामा फरक देखिएपनि भारतले महन्थ ठाकुरको नेतृत्वमा यी तीन दललाई एकीकरण गराउन लागेका हुन् । यी तीन दललाई एकीकरण गराउन भारतले विगतमा नचाहेको होइन । चुनावअघि पनि थुप्रै प्रयास भएका हुन् । चुनावअघि ‘रअ’ का प्रमुख आलोक जोशी नेपालमा बसेर प्रमुख मधेशवादी दलका नेतालाई भेटेर एकीकरण गर्न दवाव दिएकै हुन् । एकीकरणमा ढिलाई भएको कारण महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोलाई दिल्ली बोलाएर एकीकरणका लागि दवाव दिएकै हुन् । त्यसपछि महन्थ ठाकुरले त पार्टी कार्यसमितिबाट निर्णय गराएर एकीकरणका लागि अभियान नै चलाए । पालै पालो मधेशका सबै दल जेपी गुप्ताको राष्ट्रिय मधेश अभियानदेखि लिएर सरिता गिरीको नेपाल सद्भावना पार्टीसम्मका दलसँग वार्ता र छलफल गरे । तर कसैसँग कुरा मिलेन । त्यसको एउटै कारण हो एकीकृत पार्टीको नेतृत्व ।
एकीकृत पार्टीको नेतृत्व महन्थ ठाकुर आफैले लिन चाहेका छन् जो भारत पनि चाहेका छन् । भनिन्छ, मधेश आन्दोलनबाट उपेन्द्र यादव शक्तिशाली भएर आएपछि राताराता महन्थ ठाकुरलाई काँग्रेसबाट राजिनामा दिन लगाएर तमलोपा गठन गरेको थियो जसको साक्षि विजयकुमार गच्छदार र जेपी गुप्ता पनि हुन् जो महन्थ ठाकुरको साथमा साउथ ब्लकसम्म पुगेका थिए । तर अहिले भारतले उपेन्द्र यादवबिना मधेशको शक्ति अपूरो हुने भन्दै महन्थसँग उपेन्द्रलाई मिलाउन चाहेका छन् । नेपालको आउने राजनीतिक चलखेलमा भारतले आफ्नो हातमा कुनै एउटा शक्ति राख्नका लागि यो एकीकरण गराउन लागेको पार्टी स्रोतहरुको दावी छ । भारतले एमाओवादी, काँग्रेस र एमालेलाई जति सहयोग गरेपनि ती दलहरुमाथि विश्वास गर्दैन विश्वास गर्ने मधेशवादी दल नै हुन् त्यसैले चुनावपछि कमजोर देखिएका मधेशवादी दललाई एकीकरण गराएर भएपनि भविष्यमा हुने चलखेलमा प्रयोग गर्न लागेका हुन् ।
चुनावअघि पनि फोरम नेपाल र सद्भावना पार्टीसँग तमलोपाको छुट्टा छुट्टै एकीकरणका लागि घनीभूत छलफल भएको थियो । एकीकरणको प्रकृया अन्तिम अन्तिम चरणमा पुगेको थियो तर नेतृत्वका कारण सफल भइरहेका थिएन । तर अहिले यी तीन दल मुख्यत दुई कारणले एक हुन बाध्य भएका छन् । मुख्य कारण त भारतको दवाव नै हो भने दोस्रो सविधानसभा चुनावमा हार बेहोरेको अर्को कारण पनि हो । भारतले चुनावअघि तमलोपासँग सद्भावना पार्टी, फोरम नेपाल र फोरम लोकतान्त्रिकलाई एकीकरण गर्न दवाव दिएकै हो, तमलोपा पार्टीका एक नेताले भने, चुनावमा तिमीहरु एक भएर जाउँ भनि पटक पटक भनेकै हो, कहिले भारत बोलाएर भने त कहिले नेपाल आएर नै भने तर यिनीहरुबीच नेतृत्व कसले लिने भने विषयमा विवादका कारण मिल्न नसकेका कारण साइजमा ल्याउन भारतले चुनावमा सहयोग नगरेको हो । यो कुरा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशको हार भनेको भारतको हार हो भनिसकेका छन् । मधेशवादी दल चुनावमा कमजोर नभएसम्म एकीकरण गर्न सक्दैन भने विश्लेषण गरेर नै भारतले चुनावमा सहयोग नगरेको हो । अहिले बाध्य भएर एकीकरण गर्न लागि परेका छन् ।
चुनाव सकिने लगतै नेपाल आएका रअ का प्रमुख जोशीले सोल्टी होटलमा तीनै बोलाएर तिमीहरु एकीकरण गर्छौ कि के गर्छौ फाइनल भननत्र हामी अर्को कुनै उपाय खोज्नु पर्छ । नेपालको राजनीतिक धेरै पेचिलो हुँदै गयो, हामी नयाँ ढंगबाट सोच्ने स्थिति आयो, भनेपछि तीनै दलका नेताले समानुपातिक लिस्ट बुझाई सकेपछि आफूहरु त्यसमा लागेर एकीकरण गर्ने प्रतिवद्धता जनाए अनुसार उनीहरु अहिले दिनरात खटेर एकीकरण प्रकृयामा पुगेका छन् । प्रत्यक्ष चुनावको रिजल्ट आउने वित्तिकै छलफलमा जुटेका यी तीन नेता हालसम्म पाँच पटक बैठक बसिसकेका छन् अब अर्को बैठक पुस २८ गते आइतवार बस्ने भएको छ ।
चार दिन अगाडि महन्थ ठाकुरको निवास सानो ठिमीमा भएको बैठकमा तीनै दलका नेताहरुले आआफ्नो हैसियतको विश्लेषण गरेर राज्य सत्तामा पहुँच बनाउनका लागि कुनै पनि हालतमा एकीकरण हुनैपर्ने निष्कर्ष निकालेर एकीकरणका लागि सैद्धान्तिक सहमति पनि गरे । यहाँसम्म एकीकरणको गर्नुपर्ने कार्यका लागि एउटा कार्यदल बनाउनुपर्ने तर तीन दलले आफै आफै जिम्मेवारी लिएर कार्यदल समेत नबनाई पार्टी एकीकरणका लागि हौसिएका छन् ।
सद्भावना पार्टीका एक नेताले भने, तीनैजना अध्यक्षलाई पार्टी एकीकरणका लागि कतिसम्मको हतार रहेको छ भने एकीकरण प्रकृयाका लागि अरु कसैलाई जिम्मेवारी नदिइकन लागि आफै जुटेका छन् ।’ बैठकमा महन्थ ठाकुरले एकीकरणका लागि एउटा कार्यदल बनाउनुपर्ने प्रस्ताव ल्याए अनि राजेन्द्र महतोले हुँदैन, यसअघि पनि पटक पटक कार्यदल बनेका हुन तर कार्यदलकै कारण एकीकरण प्रकृया विथोलेका कारण कुनै कार्यदल शार्यदल बन्दैन हामी तीनजना नै गर्नुपर्छ भनि ठाकुरको प्रस्तावलाई अस्विकार गरे । राजेन्द्र महतोको कुरामा उपेन्द्र यादवले थपे, झन अहिले त समानुपातिक विवादका कारण नेताहरु असन्तुष्ट छन् उनीहरुले चाहदैन कि पार्टी एक होस् त्यसैले कार्यदल नबनाईकन तीनजना अध्यक्ष नै एकीकरणको कार्य पूरा गर्नुपर्छ ।’
यसअघि तमलोपमा ह्रदयश त्रिपाठीको संयोजकमा, फोरम नेपालमा रामसहाय यादवको संयोजकमा र सद्भावना पार्टीमा लक्ष्मणलाल कार्णको संयोजकत्वमा छुट्टा छुट्टै कार्यदल बनेको थियो तर यी कार्यदलले छलफलहरु गरेपनि एकीकरण होस् भनि कहिले चाहेनन् । पार्टी एकीकरण भयो भने ह्रदयश त्रिपाठी, रामसहाय यादव र लक्ष्मणलाल कर्णको हैसियत के हुने भनि चिन्ताले गर्दा उनीहरु कहिले एकीकरणको पक्षमा गएन । तमलोपा र फोरमको एकीकरण अन्तिमचरणमा पुगेको अवस्थामा ह्रदयश त्रिपाठी र सोही पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले एकाएक विजय गच्छदारसँग वार्ता शुरु गरेर फोरम नेपालसँगको छलफलकलाई प्रभावित गरेको आरोप उनकै पार्टीका नेताहरुले आरोप लगाइरुहेका छन् । त्यसबेला फोरम नेपालसँग वार्ता गर्नका लागि पार्टीका महामन्त्री सर्वेन्द्र शुक्लालाई संयोजक बनाएका थिए ।
यो एकीकरणमा तीन अध्यक्षबाहेक अरु नेताहरु सन्तुष्ट देखिएका छैन । सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले गजेन्द्रनारायण सिहलाई ती दुई अध्यक्षले स्विकार गरे मात्र एकीकरण गर्ने आफ्ना अध्यक्षलाई सुझाव दिएका छन् भने सोही पार्टीमा उपाध्यक्ष संजय साहले एकीकरणको कुनै अर्थ छैन, यसले मधेशमा खासै फरक पार्दैन भनि अध्यक्षलाई सुझाव दिइसकेका छन् । श्रीमतीलाई उपचार गराउन दिल्लीमा रहेका तमलोेपाका उपाध्यक्ष ह्रदयश त्रिपाठीले पनि यो एकीकरणप्रति सन्तुष्ट देखिएको छैन । उनले यो तीन दलमात्र किन अन्य मधेशवादी दललाई समेटेर एकीकरण गर्नुपर्ने सन्देश आफ्ना अध्यक्ष ठाकुरलाई पठाएका पार्टी स्रोतले जनाएको छ भने सोही पार्टीमा समानुपातिक लिस्टदेखि असन्तुष्ट रहेका महासचिव गोविन्द चौधरी तथा वारा ४ बाट पराजित भएका जितेन्द्र सोनलले पनि असन्तुष्टि जाहेर गरेका छन् । फोरम नेपालमा पनि अर्जुन थापादेखि लिएर महासचिव रामसहाय यादव तथा वरिष्ठ नेता भरतविमल यादवसमेत एकीकरणप्रति सकारात्मक छैन । यी सबै नेताको एउटै चिन्ता छ एकीकरण भयो भने आफ्नो हैसियत के हुने ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकीकरण आवश्यकता हो, मधेशी जनताले एकीकरण चाहेकोकुरा निर्वाचनबाट पुष्टि भएकाले तीन दलबीच चाँडै एकीकरण हुने कुरा सार्वजनिक रुपमै भनेका छन् । पहिला तीन दलमा एकीकरण हुन्छ अनि मात्र अरु दलसँग छलफल हुने पनि धारणा सार्वजनिक उनले गरेका छन् । उनले त दल फोर्नेहरुसँग आफूहरु सतर्क रहेको पनि खुलासा एक राष्ट्रिय दैनिकमार्फत गरेका छन् । त्यस्तै फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दलको बीचमा यसपाली एकीकरण हुन्छ, तर कति समय लाग्छ त्यो भन्न सकिन्न तर एकीकरण हुन्छ भन्दै नेतृत्वको बारेमा टुगों नलागेको समेत बताएका छन् ।
प्छिल्लोसमय महन्थ ठाकुरको निवासमा भएको बैठकमा एकीकरणका लागि सैद्धान्तिक सहमति भएपनि आआफ्ना दलको कार्यसमितिबाट पनि म्याण्डेट लिनुपर्ने सहमति भएको थियो । निर्वाचन आयोगको नियमावली पनि पार्टी एकीकरणका लागि प्रत्येक दलको कार्यसमितिको निर्णय आवश्यक हुन्छ भनि उल्लेख छ । त्यस अवस्थामा पार्टीका अध्यक्षहरुलाई समस्या भएको छ । पार्टीका अध्यक्षहरुका लागि समानुपातिकका कारण पार्टी केन्द्रीय समितिको बैठक बोलाउने अवस्था छैन । अब हेर्न बाँकी छ कि पार्टीको म्याडेण्ट लिएर एकीकरण गर्ने हो भारतको गुरुमन्त्रबाट एकीकरण गर्ने हो ।
No comments:
Post a Comment