Sunday, January 19, 2014

नेपालको पहिचानमा आन्दोलनको खाँचो

-सचिन्द्र श्रेष्ठ
नेपालले हालका बर्षहरु सम्ममा विभिन्न राष्ट्रहरु बाट आर्थिक सहयोग पाइरहेको छ । नेपाल आफैमा गरिबीको रेखामनि परेका कारण अरुमा निर्भर पर्दै आइरहन पर्ने अवस्था छ । यसले गर्दा अन्तराष्ट्रिय क्षेत्रको ध्यान नेपाल तर्फ लाग्न स्वभाविक नै मानिन्छ । तर पनि नेपाललाई सोचे जस्तो फाइदा पग्न सकिरहेको छैन्।जति नै सहयोग गरेतापनि राष्ट्र कमजोर नै भइरहेको छ । अन्य छिमेकी देशले आर्थिक,भौतिक सहयोगको जिम्मा लिए सरहनै सहयोग गर्दै आइरहेका छन् तर सहयोगको बदला उनीहरुले धेरैनै फाइदा उठाइरहेका छन् हामी झन झन गरिबीको दलदलमा फसिरहेका छौ।हाम्रा सीप,क्षमता,दक्षता,आत्मविश्वाश,इमान्दारीलाई अरु देशमा बेचिरहेका छौ।अर्काको गलाम भई लगाममा बाँधिएका छौ।अर्को देशको भाषा,सस्कार,रहनसहन,रीतीरिवाज,परम्परालाई अनसरण गर्दै आइरहेका छौ।हाम्रो देशमा अरु देशले जरा गाँडेका छन् त्यहीलाई सर्वेहारा भनी आत्मसाथ गर्दै छौ ।
म नजिकै साथीको पसलमा बसेको थिए, केहि दिन अगाडी मात्र मेरो साथी विक्रम के.सी. कतार देखि आएको थियो ।हामी बिच धेरै लामो भलाकसारी पनि भयो सोहि क्रममा एकजना इन्डिएन आयो र भन्यो–‘ए भाई इधर कवाडी सामान,बोत्तल मिलता है’।मेरो साथी बोल्यो–‘नहि भाई मे अभी बाहर से आ रहा हँ इधर नहि मिलता’अनि उ गयो मैले तत्काल साथीलाई गाली गरे र भने–‘के हो तिमी आपनो देशमा आएर पनि हिन्दी बोल्छौ,आपनै भाषा नेपाली बोलन भनेर सम्झाए’ हो हामी आपनै देशमा विदेशी छौ अरु देशको भाषा,सस्कार मान्छौ।अरुले हामीलाई यस्तो भाषा सिकाएका छन् जसलाई हामी बिर्सन सक्दैनौ उनीहरुकै जय जयकार गर्न पनि पछि पर्दैनौ हाम्रो क्षमता,सामथ्र्य,सीपलाई नै बन्धनमा राखेका छन्।यसका कारण विदेशी हस्तक्षेप नेपालमा बढ्दो छ जो भविष्यका लागी भयंकर खतरा र डरलाग्दो बनेको छ।त्यो सामान्य इन्डिएन ले पनि हामीलाई चनौती दिएको छ उ नेपालमा काम को खोजीमा आएको छ तर पनि उसले जानी नजानी नेपाली बोल्न पर्नेमा आपनै भाषालाई नै प्रयोग गरेको छ यसरी हेर्दा हामी कहाँ सम्म पछि छौ।हामी आपनो भाषा प्रति जिम्मेवनर नै छैनौ भन्ने पष्टि हन्छ । स्वयं पत्तिंकार नै दई बर्षे विदेश अनभवमा नै थाहाभइसकेको छ त्यहाँ उनीहरु आपनै भाषालाई प्राथमिकता दिन्छन्।हामी उनीहरु सँग करा गर्दा उनीहरुकै भाषा प्रयोग गर्न पर्दछ जसो तसो बोल्नै पर्दछ यदि आफलाई नआए अंग्रेजी सामान्य बोल्न पर्दछ र सिक्दै गए पछि उनीहरुकै भाषालाई प्राथमिकता दिन पर्दछ किनकि हामी उनीहरुकै देशमा कामको खोजीमा,उच्च शिक्षा हासिल गर्न जान पर्ने बाध्यता छ।उनीहरु आपनै भाषा ,सस्कारलाई सर्वमान्य ठान्छन् तर हामी यहाँ आपनो भाषा,सस्कार,रीतीरिवाजलाई नै भने लात मार्छौ यो कहाँ सम्मको राष्ट्रियता हो।आपनै देशमा विदेशी भाषा,सस्कारको प्रयोग गर्न पर्ने धत् नेपाली हनको बिडम्बना ।
नेपालको शिक्षा,स्वास्थ्य क्षेत्र कमजोर भयो भनेर पनि राम्रो शिक्षा दिक्षा ,स्वास्थ्यको लागी विदेशीहरु भोलेन्टियरको रुपमा आएका अतिनै छन्।सामाजिक सेवाको लागी आएका विदेशीहरु पनि आपनै भाषा बोल्छन् तर हामी विदेशी देखे पछि जानी नजानी उनीहरुकै भाषामा करा गर्दछौं,उनीहरुकै अघि पछि दौडिन्छौ ता कि हामीलाई केहि फाइदा होस् तर उसले हामीलाई अत्यन्त साँघरो दृष्टीले हेर्दछ,नीच सम्झन्छ तै पनि उसको पछि लाग्न छाड्दैनौ।विदेशीले बाल सहयोग गर्छ भनि बालबालिकालाई नै शोषण,हिंसा गर्न पछि पर्दैन तर पनि उसको गनगान गर्न छाड्दैनौ।
छिमेकीको छोरोले पनि खबै हिन्दी फिल्म,सिरीयल,कोरियन ड्रामा,एनिमेसन हेर्छ उसलाई विदेशी मनपर्छ र भन्छ–‘नेपाली सिनेमा,संगीत नन नहालेको तरकारी जस्तो हन्छ,फेसन नै मन पर्दैन,धन ताल नै हदैन्।’आजकलका यवायवतिले विदेशीनै मन पार्दछन्,विदेशी फेसनको सिको गर्दछन् ।हाम्रो मौलिक संस्कृतिमा पनि पाश्चात्य नित्यको गन्ध छ।चाहे विवाह,ब्रतबन्ध होस् या देउसी भैलोमा उतैको सस्कृति अपनाउछौ।हाम्रो जातिय पहिचान झल्काउने लगाफाटा,जातिय गीत,संगीत,नाच नाचदैनौ,मन पार्दैनौ अरुको अनसरण गर्दछौ।यसले गर्दा हाम्रो भाषा,सस्कृति दिन दिनै लोप भइराखेको छ।हाम्रा सन्ततीले पछि गनगनाउने छन्, पहिले हाम्रा पर्खाहरुको यस्तो भाषा थियो,संगीत थियो भनेर इतिहासमा मात्र सिमीत हने अवस्था छ।त्यसैले आपनो सस्कृतिको जगेर्ना गर्न पर्दछ,जातिय पहिचानको खोजी र अधिकारको लागी लड्न पर्दछ यसका लागी आन्दोलनको खाँचो छ।हाम्रो घरको हरेक टि.भी.च्यानलमा विदेशीले प्रभत्व जमाएको छ,सबैले अन्य भाषाको संगीतलाई आत्मसाथ गर्दछौ।बद्ध भारतमा जन्मेका भनेर ठलै तहल्का मच्चाए भारतिय च्यानलहरुले र केही दिन बन्द पनि भयो र पनःसञ्चालनमा आयो।तर यसको लागी राजनैतिक दलले कनै ठोस कदम उठाउन पनि सकेनन् यतिकै सकियो।तर हामीलाई त्यहि च्यानल नभई पनि भको छैन् किनकि हाम्रा घरका गृहिणीलाई त्यही च्यानलका ‘उतरन,साथीया,हिटलर दिदि,पर्नविवाह,विगबोस’जस्ता कार्यक्रम हेर्न पर्ने अवस्था छ।घरका केटाकेटी हेर्ने समय छैन्,खाना पकाउने समय छैन् त्यही पनि टि.भी हेर्न पछि पर्दैनौ यो सब देन इन्डियाको हो तर हाम्रो नेपाली च्यानललाई मन पराउदैनौ।नेपालीलाई अर्काको सिखो गर्ने बानी परेको छ,आफनोमा लाज लाग्छ तर उनीहरु आपनो अरुले सिको गरेकोमा गर्व गर्दछन् ।
नेपालीलाई अरु देशकाले मोहनीनै लगाएछन की क्या हो जे पनि अर्काकै मन पर्ने।नेपालीको कपाल काट्ने दोकानमा कोहि जान मान्दैनन्,दोकान नचलेर विदेश तिर लाए तर त्यहि इन्डिएनको बाल काट्ने हजाममा भने लाइन लगाएर काट्न पर्दछ जहाँ धेरै भारतियहरु रोजगारको लागी यहाँ आउँछन् र हाम्रो पैसा लिएर जान्छन्।उनीहरु भन्छन्‘नेपाली काम गर्न लाज मान्छ,खटेर काम गर्न सक्दैन।तर हामी कामको खोजीमा दिनदिनै विदेशीएका छौ।हामी आपनो ठाउँमा काम गर्न खोज्दैनौ र गर्दैनौ पनि अनि रिस गर्छाै र भन्छौ विदेशी हस्तक्षेप भयो।प्रसंग मास काट्नेको जन मसलमान छन्–उनीहरुले काटेको हामी खान्छौ तर हामी हिन्द धर्म मान्नेले काटेको उनीहरु खादैनन् कहाँ सम्मको विभेद।हामी आपनै धर्ममा विश्वास गर्दैनौ अर्काको धर्म मान्दछौ विदेश बाट आएका धर्मको विश्वास गर्दछौ।विदेशीले नेपालीलाई हरेक क्षेत्रमा पछाडी पारीराखेको छ उनीहरु आपनो धर्ममा कट्टर छन् हामी आपनो धर्ममा लचिलो छौ।
तल्लो घरका काका पनि धर्म गर्ने भनेर केहि दिनमा भारत तर्फ जादैछन् रे भनेर हाम्रा घरमा करा चल्यो।मलाई अचम्मै लाग्यो र सोधे जाने कहाँ हो?उहाँले भन्नभयो–चार धाम,हरिद्धार,गंगा आदी।नेपालीलाई धर्म गर्न पनि उतै जान पर्ने कहाँको नियम हो,उनीहरु यता आउदैनन्।हाम्रै नेपालका पसपतिनाथ,स्वयम्भ,बढनिलकण्ठ,कमारी आदीलाई चारधाम बनाए हदैन् लम्बिनी आफै लोप हदै छ तर त्यसको सिको गरी भारतमा नक्कली लम्बिनी बनाएको छ।हामी आपना धार्मिक स्थललाई वास्ता नगरी विदेशीलाई उचाल्न हजारौ पैसा खर्चिन्छौ यसले उनीहरुलाई फाइदा पगेको छ भने हामीलाई घाटा भएको छ यो हामी बझ्दैनौ
यी सबका कारण हाम्रो देश कसैको गलाम नभएर हो कि जसले कनै पिडाको अनभव नगरेरै हो उनीहरु आपनो राष्ट्रिय गीत,धार्मिक सहिष्णता प्रति निष्ठावान छन्।उनीहरुलाई अन्य देशले पिडा दिएको छ,स्वतन्त्रता खोसेको छ,अर्काको अधिनमा बस्न परेको छ,अंग्रेजहरुको क्ररताको अनभव गरेका छन् तर हाम्रो देश कसैैको अधिनमा बसेको छैन,स्वतन्त्र भई रहि आएको हदां हामीलाई देश प्रेम,भाषाको महत्व बझेका छैनौ।हामी आपनो पहिचान गमाएका छौ यसका लागी सबै एक ढिक्का भई आन्दोलन गर्न जरुरी छ।

No comments:

Post a Comment