काठमाडौंमा केही दिनयता हल्का वर्षासँगै तुषारो परिरहेको छ । यो चिसो
मौसममा काँग्रेस नेताहरुबीचको सम्बन्ध चिसिएर हिउँको ढिक्का बनेको छ ।
सँगसँगै नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको प्रधानमन्त्री बन्ने
सपनामाथि पनि भारी तुषारापात हुने संभावना देखिएको छ । सभापति कोइराला
सर्वसम्मत प्रधानमन्त्रीको उम्मेदवार बन्न नसकेपछि अब काँग्रेस संसदीय दलको
निर्वाचन हुने भएको छ ।
अहिलेकै अवस्था रहिरह्यो भने संसदीय दलमा कोइराला सोझै हार्ने देखिन्छ । यसपाली संविधानसभामा शेरबहादुर देउवा पक्षधर सभासदको दरिलो उपस्थिति छ । ती सभासद र पार्टीका केन्द्रीय नेताहरुले शनिवार मात्र देउवालाई प्रधानमन्त्रीका लागि पहल गर्न सल्लाह दिएका छन् । पार्टी सभापति र प्रधानमन्त्री एउटै हुन नहुने अडानमा काँग्रेसका अधिकांश नेता छन् । उनीहरु सुशीलले कार्यवाहक सभापति देउवालाई दिएर मात्र प्रधानमन्त्री बन्नुपर्ने तर्क राखिरहेका छन् ।
सुशील र उनी निकटका आनन्द ढुंगाना, मिनेन्द्र रिजाललगायतका नेता देउवालाई कुनै हालतमा कार्यवाहक सभापति दिन नहुने, त्यसो गरेमा काँग्रेसमा कोइराला परिवार सखाप हुने बताइरहेका छन् । केही समय पहिले देउवाले आफ्ना सहयोगी प्रकाशसरण महतलाई सभापति कोइराला समक्ष पठाएर कार्यवाहक सभापति आफुलाई दिएर प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा सभापतिले ठाडै इन्कार गरेका थिए । प्रधानमन्त्री पनि हुन चाहने र कार्यवाहक सभापति पनि छाडन नचाहने सभापति कोइरालाको रवैयाका कारण देउवाले नयाँ रणनीति अख्तियार गरेका हुन, जसका कारण काँग्रेसमा अब संसदीय दलको निर्वाचनमा भिडन्त हुने भएको हो ।
देउवाको रणनीति छ, सकेसम्म प्रधानमन्त्री बन्ने, त्यो नसके कार्यवाहक सभापति बन्न पहल गर्ने र त्यो पनि सम्भव नभए संसदीय दलको नेतामा रामचन्द्र पौडेललाई सघाएर सभापति सुशील कोइरालालाई पछार्ने । पौडेल र देउवाको समर्थन बिना सुशील एक्लै संसदीय दलको नेता बन्न सक्ने अवस्था छैन ।
पौडेलको नयाँ प्रस्ताव
उता, अर्का नेता रामचन्द्र पौडेल पनि सकेसम्म प्रधानमन्त्री, नसके कार्यवाहक सभापति र त्यो पनि नसके देउवालाई संसदीय दलमा सहयोग गर्ने योजनामा छन् । प्रधानमन्त्री पदमा पटक पटक खडा भएर हारेका पौडेलमा एक पटक प्रधानमन्त्री बन्ने ठूलो सपना छ । तर, सुशील आफैले प्रधानमन्त्री बन्ने सपना पालेपछि पौडेलले ‘उसो भए कार्यवाहक सभापति आफुलाई’ भन्न थालेका छन् । हालैको एक भेटमा सभापति कोइरालाले पौडेलसँग भने, ‘यसपाली तपाईले मलाई संसदीय दलमा सहयोग गर्नुस्, मेरो कार्यकालपछि तपाई नै पार्टी सभापति हो ।’ सुत्रका अनुसार जवाफमा पौडेलले भने, ‘यस्तो उधारो अध्यक्ष म बन्दिन । मलाई तपाईको लिखित प्रतिबध्दता चाहिन्छ ।’ सभापति कोइरालो ‘अबदेखी सँधैका लागि पार्टीको कार्यवाहक सभापति रामचन्द्र पौडेल नै हो’ भनेर लिखित पत्रमा हस्ताक्षर गरेर दिएमा मात्र संसदीय दलले सघाउने पौडेलको प्रस्ताव छ । आफुलाई कार्यवाहक सभापति बनाउने लिखित सम्झौता नभएमा संसदीय दलको नेतामा देउवालाई सघाउने पनि पौडेलको चेतावनी छ ।
भारत देउवाकै पक्षमा ?
यसरी हेर्दा कार्यवाहक सभापति नछाडी सुसीलले संसदीय दलमा जित्ने अवस्था छैन । उता, भारतले पनि पछिल्लो कालखन्डमा कोइरालाको साटो देउवालाई नै काखी च्यापेको एकथरी काँग्रेसजन बताउँछन् । संविधानसभा निर्वाचनअघि भारतले एमाओवादी अध्यक्ष प्रचण्डलाई दिल्ली डाकेलगत्तै काँग्रेसका तर्फबाट सुशीलको साटो देउवालाई डाकेको थियो । सुशीलले यसवीचमा भारतसँग सम्बन्ध सुधारेको बताइए पनि भारत अझै विश्वस्त हुन सकीरहेको छैन । देउवा प्रधानमन्त्री बनेमा अमेरीकालाई पनि सन्तुलनमा ल्याउन सकिने भारतको सोच रहेको बताइन्छ ।
‘सुशील प्रधानमन्त्री बन्ने भए प्रकृया यसरी लम्बीने थिएन, अनी उनको नाममा यसरी किचलो उत्पन्न हुने थिएन’, देउवा पक्षका एक नेता भन्छन्, ‘प्रधानमन्त्रीका लागि चर्चा सुशीलजीको हुन्छ, तर प्रधानमन्त्री त देउवा दाई नै हुनुहुन्छ । भारतले देउवा दाईलाई नै ग्रिन सिग्नल देखाएको छ । यही कारण संसदीय दलको निर्वाचन हुन लागेको हो ।’
आफनाहरु नै रुष्ट
सुजातालाई समानुपातीक सभासद बनाए यता सुशील निकट मानीएका सेखर कोइराला पनि सुशीलसँग रुष्ट छन् । उनले पनि ‘सुशीलभन्दा त देउवा नै स्पष्ट र भरपर्दो हुन’ भन्न थालेका छन् । भारतसँग निकट मानीएका अमरेश कुमार सिंह पनि भित्र भित्र देउवालाई नै प्रधानमन्त्री बनाउन लबिङ गरिरहेका छन् । भारतसँग सम्बन्ध सुमधुर बनाउन भनी सुशील आफैले महासचिव बनाएका कृष्ण सिटौला पनि देउवाको क्याबीनेटमा गृहमन्त्री बन्ने तयारीमा जुटेका छन् । गणेशमान सिंहका पुत्र एवं रामचन्द्र पौडेल क्याम्पका नेता प्रकाशमान सिंह पनि ‘पौडेलले कार्यवाहक सभापति नपाए बरु देउवा नै चाहिने गएर प्रधानमन्त्री भए होस्, हठी बुढालाई देखाइदिनुपर्छ’ भन्न थालेका छन् ।
यो सबै परिदृश्य हेर्दा सभापति सुशीलको प्रधानमन्त्री बन्ने सपना चकनाचुर हुने त हैन ? भन्ने प्रश्न खडा भएको छ ।

No comments:
Post a Comment