Saturday, October 26, 2013

बिषबृक्ष पलाएपछि कांग्रेसभित्र महाभारत

मंसिर ४ गते हुने संविधानसभा निर्वाचनको समयसीमा नजिकिँदै जाँदा दलहरुले चुनावी अभियानलाई तीब्रता दिइरहेका छन् । दलहरु जनताको घरघरमा पुगेर आफ्नो पक्षमा भोट मागिरहेका छन् ।
दलहरुले चुनावी अभियानलाई तीब्रता दिइरहेका बेला जनता भने अग्रगमन तथा परिवर्तनकामी शक्तिहरुलाई भोट हाल्ने मनस्थितिमा पुगेका छन् । यता नेपाली कांग्रेस भने आन्तरिक किचलोमै फँसेको छ । विभिन्न गुट, उपगुटले गर्दा कांग्रेसका प्रभावशाली नेताहरुले नराम्रोसँग पराजय भोग्ने देखिएको छ । सभापति सुशिल कोइराला– चितवन क्षेत्र नं ४ पहिलो संविधानसभा निर्वाचनमा कांग्रेस एमालेका शीर्ष नेता नै पराजित भए । पराजयसँगै संविधानमा उनीहरुको प्रत्यक्ष स्वामित्व गुम्दै थियो । त्यसैले उनीहरु संविधान बन्नै नदिने पक्षमा उभिए र संविधानसभा विघटन भयो । यसैबाट पाठ सिकेर शीर्ष नेताहरु जिताउन प्रमुख तीनदलबीच भद्र सहमति भएपनि कांग्रेसका शीर्ष नेताहरु फेरि पनि हार्दैछन् । चुनावमा कसलाई जिताउने, कसलाई नजिताउने भन्ने निर्णय गर्ने क्षमता जनतामा निहित रहने हुँदा कांग्रेसका शीर्ष नेताहरु हार्ने आंकलन गर्न थालिएको छ । दुईठाउँबाट उम्मेदवारी दिएका सुशीललाई चितवन क्षेत्र नं ४ बाट हराउन विकास कोइराला कम्मर कसेर जुटेका छन् । विकास कोइराला तिनै हुन्, जसलाई कुनैबेला सुशील कोइरालाले नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराइलाई अन्र्तघात गरेर हराउन परिचालन गरेका थिए । आज अन्र्तघातको त्यही शिषवृक्ष सुशीलमाथि नै पल्टिदैछ ।
विकास कोइराला चितवनमा निकै पकड जमाएका नेता मानिन्छन् । उनी पूर्व जिल्ला सभापति समेत भइसकेको व्यक्ति हुन् । सुरुमा विकासलाई कांग्रेसले टिकट दिएपनि पछि चितवन क्षेत्र नम्बर ३ मा पुराना नेता भीमबहादुर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्दै टिकट खोसेको थियो । यहि कारण विकास जसरी पनि सुशील हराउन अभियानमा जुटेका छन् । विकासलाई पार्टीका बरिष्ठ नेता देउवा र खुमबहादुर खड्काले साथ दिएका छन् । ठेक्कापट्टामा निकै राम्रो प्रभाव राख्ने विकासले ठेक्कापट्टाबाट आएका पैसा कार्यकर्तालाई समेत बाड्ने गरेकाले सभापति भन्दा उनको पक्षमा कार्यकर्ता रहेको त्यहाँका एक कांग्रेसजन बताउँछन् । यता चुनावमा सभापति कोइराला गुटका प्रमुख नेताहरु सबैलाई हराएर पार्टीमा आफ्नो पकड बनाउन लागि परेका शेरबहादुर देउवाले विकासलाई कार्तिक ३ गते साँझ फोन गरेर जसरी पनि निर्वाचन गराउन निर्देशन दिएको स्रोतको दावी छ । स्रोतका अनुसार सभापतिलाई चुनावमा हराउन सके विकासलाई पार्टीमा प्रभावकारी भूमिकामा ल्याउने आश्वासन देउवा र खुमबहादुर खड्काले दिदै आएका छन् । त्यहि आश्वासनमा विकासले उम्मेदवारी दिएको र कार्यकर्तामा पैसाको खोलै बगाइरहेको कांग्रेसभित्र चर्चा छ । स्रोतका अनुसार असोज २८ गते देउवा र खड्काले चुनावको समिक्षा गरि सभापति र उपसभापतिले हार्ने निश्चित भएको निष्कर्ष निकालेका छन् ।उपसभापति रामचन्द्र पौडेल–तनहुँ क्षेत्र नं २
उपसभापति रामचन्द्र पौडेलले आफ्ना जिल्लाका जुझारु नेताहरुलार्ई कहिल्यै अघि बढ्न नदिएको भन्दै यसअघि उनी निकट मानिने त्यहाँका नेता तथा कार्यकर्ताहरु पौडेल हराउ अभियानमा जुटेका छन् । गत संविधानसभा निर्वाचनमा समानुपातिकको सूचीमा रहेका धेरैमध्ये एकजनालाई पनि पौडेलले सभासद् नबनाएपछि कार्यकर्ताहरु पौडेलप्रति रुष्ट बनेका हुन् । त्यसै कारण पौडेलको पराजय निश्चित बन्दै गएको कांग्रेसजनको तर्क छ । उम्मेदवार छनोटका बेला स्थानीय कांग्रेसले क्षेत्र नं २ बाट रामचन्द्र पोखरेल वा ध्रुव वाग्लेमध्ये एक र क्षेत्र नं ३ बाट जित प्रकाश आले वा ध्रुव वाग्लेमध्ये एकलाई प्रत्यक्षबाट उठाउन माग गरेका थिए । कार्यकर्ताको भावना विपरीत उम्मेदवार छनौट गरेपछि भ्रष्टाचार मुद्धाका आरोपी गोविन्दराज जोशीसहितका नेता पौडेल विरुद्ध थप असन्तुष्ट बनेका छन् । यसैकारण पौडेल विरुद्ध तरुण दलका केन्द्रिय सदस्य पूर्णबहादुरु गुरुङ्ग बागी उठेका छन् । गुरुङ्गको उम्मेदवारी पौडेलका लागि ठुलो झड्का हो । पौडेलकै कारण आफुले टिकट नपाएको भन्दै गुरुङ्ग पौडेल हराउ अभियानमा सक्रिए छन् । क्षेत्र नं २ जनजाति भोट, त्यसमा पनि गुरुङ्ग, तामाङ्ग भोट बढि छ । त्यहाँ रहेको कांग्रेसी भोट आफुलाई आएपछि पौडेलको हार निश्चित भन्दै गुरुङ्ग अब म मेरो शक्ति देखाउँछु भन्न थालेका छन् । त्यस्तै पौडेलले पार्टीमा आफुहरुलाई पाखा लगाउन निकै षड्यन्त्र गरेको भन्दै तरुण दलका केन्द्रिय सदस्यसमेत रहेका गुरुङ्गलाई कांग्रेस नेता खुमबहादुर खड्का र देउवाले साथ दिएका छन् । पौडेलकै कारण आफु प्रधानमन्त्री बन्न नसकेको र उनले जिते फेररि पार्टी र संसद दुवैमा आफुलाई अप्ठेरो पार्ने विश्लेषणसहित देउवाको निर्देशनमा देउवा गुट पौडेल हराउ अभियानमा कस्सिएको हो । तनहुँ दुईमा एमालेबाट कृष्णकुमार श्रेष्ठ र एकीकृत नेकपा माओवादीबाट ओमराज आलेले उम्मेदवारी दिएका छन् । यी दुवै उम्मेदवार त्यहाँ लोकप्रिय मानिन्छन् । आफ्ना प्रतिस्पर्धीहरु किनै बलिया रहेका बेला आफ्नै पार्टीबाट बागी उम्मेदवार उठेपछि पौडेलको पराजय निश्चित बन्दै गएको हो ।

रामशरण महत्त –नुवाकोट क्षेत्र नं २
नेपाली कांग्रेसको भावी पार्टी सभापतिको रुपमा चर्चामा रहेका पूर्व अर्थमन्त्री रामशरण महत्त पनि यसपटक पराजित बन्ने पक्कापक्की भएको छ । अघिल्लो निर्वाचनमा निर्वाचन अधिकृतले हस्ताक्षर नै नगरेको १०० मत गोजिबाट निकालेर धाँधलीसहित निर्वाचित भएका महत्त यसपाली भने एमाओवादीका केन्द्रिय सदस्य हितबहादुर तामाङ्गबाट पराजित हुने पक्कापक्की भएको छ । सभापति, उप–सभापति सहितका नेताहरु आफ्नै बागीबाट हार्दै भएपनि महत भने निर्वाचनपछि एक पटकपनि गाउँमा नफर्केको र कुनै विकासका काम नगरेका कारण पराजित हुँदैछन् ।
अघिल्लो निर्वाचनमा धाँधली गरेर आफूहरुको मतको अपमान गरेको भन्दै त्यहाँका मतदाताहरु यसपाली जसरीपनि हितबहादुर तामाङ्गलाई नै जिताउने पक्षमा छन् । नुवाकोट क्षेत्र नं १ का ५० प्रतिशत मतदाता तामाङ्ग समुदायका छन् । भने अन्य मतदाता पनि माओवादी प्रभावित क्षेत्रका हुन् । यसक्षेत्रमा एमालेबाट शान्ता थापा उम्मेदवार छिन् ।

गगन थापा –काठमाडौ क्षेत्र नं ४

कुनै समय एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका कांग्रेस नेता गगन थापालाई एमाओवादीका पोलिटव्यूरो सदस्य नन्दकिशोर पुन ‘‘पासाङ्ग” नै दरिलो चुनौती दिएका छन् । यसमाथि आफ्नै पार्टीकी प्रभावशाली नेतृ सुप्रभा घिमिरेले त्यहि क्षेत्रबाट बागी उम्मेदवारी दिएपछि गगन थापालाई चुनाव जित्नु फलामको चिउरा चपाउनु बराबर बनेको छ । स्मरणिय छ, यसअघि सुप्रभा घिमिरे त्यसक्षेत्रबाट निर्वाचित भएकी थिइन । थापालाई समस्या मात्र देखाउने तर एउटा पनि समस्याको समाधान गर्न सक्ने क्षमता नभएको नेताको रुपमा चिनिन्छ ।
कांग्रेसको एक कार्यक्रममा नेपाली झण्डासँगै वियर खाएर राष्ट्रिय झण्डको अपमान गरेकोमा पनि गगनलाई देशभक्तहरुले भोट निशेष गर्ने भएका छन् । सुप्रभा निकटका एक कांग्रेस नेता भन्छन्, ‘हामीसँग कांग्रेसका पुराना साथीहरु हुनुहुन्छ, महिलाको समर्थन हामीलाई छ । तर गगन र सुप्रभा दिदिको भोट काटिने भएकाले जित्नेचाँहि पासाङ्गले हो । ’
उनको बुझाईमा पासाङ्ग त्यस क्षेत्रमा पहिलोदेखि नै सम्भावना बोकेर बसेका नेता हुन् । किड्नीको उपचारका लागि विदेश जान नमानेको घटनाले समेत भावी नेपालको इमान्दार नेताको रुपमा त्यहाँका जनताले उनलाई बुझ्न थालेका छन् ।

No comments:

Post a Comment