Tuesday, July 2, 2013

काबुलमा आत्मघाती बम आक्रमण, चार नेपालीको मृत्यु

काबुल, असार १८ (एजेन्सी ) : अफगानिस्तानको राजधानीमा मंगलबार भएको आत्मघाती बिस्फोट र गोलाबारीमा परी चार नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । समाचार एजेन्सी एफपीका अनुसार नेटोको सुरक्षाकर्मीहरुलाई बान्दोबस्तीका सामग्री सप्लाई गर्ने कम्पनीमा भएको उक्त अक्रमणमा सात जनाको मृत्यु भएको जसमध्ये चारजना नेपाली सुरक्षा गार्ड, एक अफगानी गार्ड र दुई अफगानी नागरिक रहेको बताइएको छ, एक अफगानी गार्ड र दुई अफगानी नागरिक रहेको बताइएको छ । मर्नेहरुको सनाखत हुन बाँकी छ ।

उक्त घटनामा कम्तिमा चारजना घाइते भएका छन् । स्थानिय समय अनुसार बिहान करिब ४:३० बजे भएको उक्त आक्रमणमा सबैभन्दा पहिले ठूलो ट्रकमा आत्माघाती विस्फोट गराइएको थियो । त्यसपछि दुई-तीन जनाको समूहमा आएका आक्रमणकारीहरुले करिब ३०-४० मिनेटसम्म दोहोरो भिडन्त गरेका थिए । आक्रमणमा संलग्न सबै आक्रमणकारीको मृत्यु भएको छ । विस्फोटपछि कम्पनीको गेट अगाडिको जमिनमा ठूलो प्वाल बनेको छ भने भित्ता र गार्ड बस्ने पोस्ट भत्किएको छ । 

No comments:

Post a Comment