Saturday, June 29, 2013

ल हेर्नुस्, १ लाख जित्ने वर्षको सर्वोत्कृष्ट फोटो

जीवन यस्तै छ/ कहिले हांसो, कहिले रोदन/ हाँस्नुहोस स्वस्थ रहनु होस/ फोटो समाचार हेर्नुहोस/

न्युज विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-

NEWS
शैलेन्द्र खरेलले क्यानन फाइभ डी क्यामेराले खिचेको यो फोटो काठमाडौँको मनहरा नदी किनारमा सीता एअरको विमान दुर्घटना हुँदाको हो।
२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-

pushpakamal dahal attack
अशोक दुलालले निकोन डी ३०० बाट खिचेको यो फोटो माओवादी अध्यक्ष प्रचण्डलाई थप्पड हानेपछि कार्यकर्ताको कुटाइबाट घाइते पदम कुँवरलाई प्रहरीले बचाएर लैजाँदै गर्दाको हो।
 
१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-

Nepal Protest
निरन्जन श्रेष्ठले क्यानन फाइभ डी मार्क २ बाट खिचेको यो फोटो प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध नेविसंघले निकालेको मसाल जुलुसका क्रममा भएको प्रहरी हस्तक्षेपको हो।
यो विधामा पुरस्कार जित्ने सबै पेशाले फोटो पत्रकारहरु हुन्।

स्पोर्टस विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-

NPC-SPR-PL-b-0125
पार्वती लामाले क्यानन सेभेन डीबाट खिचेको यो फोटो श्रेया धितालको हो। सातदोबाटोको स्विमिङ कम्प्लेक्समा यो फोटो उनले खिचेकी हुन्। उनी फ्रिलान्सर हुन्।
 
२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-

NPC-SPR-SKM-c-0093
पेशाले ब्याङ्कर सञ्जीवकुमार मोक्तानले यो फोटो क्यानन ६० डीले खिचेका हुन्। वीरगञ्जमा माघे संक्रान्तिमा हुने कुस्ती प्रतियोगिताको फोटो हो यो।
 
१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-

NPC-SPR-MP-b-0046
फोटोग्राफर मनीष पौडेलले निकोन डी २०० ले खिचेको यो फोटो सिमरा गोल्डकपको हो।

कल्चर एन्ड टुरिजम विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-

NPC-CT-SM-b-0066
फोटोग्राफर सन्जोग मानन्धरले क्यानन फाइभ डी मार्क टुले खिचेको यो फोटो माधवनारायण जात्राका बेला साली नदीमा नुहाउँदै गर्दाको हो।
 
२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-

NPC-CT-BG-b-1016
विशाल गौतमले यो फोटो बिस्केट जात्रामा खिचेका हुन्। क्यामेरा मोडल थाहा भएन।
 
१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-

NPC-CT-RK-b-1011
रजेन्द्र केसीले निकोन डी ३०० ले खिचेको यो फोटोमा एक बालिका काठमाडौँमा परम्परागत नेवार पहिरनमा परिवारसित हिँड्दै गरेको देखिन्छ।

डेली लाइफ विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-

NPC-DL-SS-a-1169
फोटो पत्रकार सूरज श्रेष्ठले पोखराको छिने डाँडामा क्यानन सेभेन डीबाट यो फोटो खिचेका हुन्।
 
२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-

NPC-DL-PSK-a-1081
पदमसागर कक्षपतिले निकोन डी ९० बाट यो फोटो हनुमानढोकामा खिचेका हुन्।
 
१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-

NPC-DL-DM-a-0319
दशैँको नवौँ दिन मनाइने खः म्ये जात्राको यो फोटो दिवाकर मास्केले निकोन डी ५० बाट खिचेका हुन्।

नेचर एन्ड वाइल्डलाइफ विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-
NPC-NAW-DM-a-0723
भुँडीफोर गरुडले चुम्बन गर्दै गरेको यो फोटो दीपेन्द्र महर्जनले क्यानन सेभेन डीबाट खिचेका हुन्।

२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-

NPC-NAW-YT-a-0129
१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-
NPC-NAW-DG-c-0480

दिनेश गोलेले निकोन डी ३०० एसबाट यो फोटो टौदहमा खिचेका हुन्।

नेपाल स्माइल्स विधाका उत्कृष्ट

३० हजार नगदसहित प्रथम पुरस्कार जित्ने फोटो-

NPC-NS-CK-a-0582
सिजन कार्कीले क्यानन १००० डीबाट भक्तपुरको लोकन्थलीमा यो फोटो खिचेका हुन्।
 
२० हजार नगदसहित दोस्रो पुरस्कार जित्ने फोटो-

NPC-NS-NO-c-0008
निश्चल ओलीले यो फोटो क्यानन फाइभ डी मार्क टुबाट गोदावरीमा खिचेका हुन्।
१० हजार नगदसहित तेस्रो पुरस्कार जित्ने फोटो-

NPC-NS-NM-c-0313
नारायण महर्जनले यो फोटो निकोन डी ५००० ले खिचेका हुन्। उनले फोटोमा क्याप्सन नपठाएकाले कहाँ खिचेको थाहा हुन सकेन।
यसबाहेक फोटो स्टोरीमा पनि विजेता घोषणा गरिएको छ। फोटो स्टोरीमा प्रथम शैलेन्द्र खरेल, दोस्रो वीरेन्द्र बज्राचार्य र तेस्रो किरण पान्डे रहे।
 

ल हेर्नुस्, १ लाख जित्ने वर्षको सर्वोत्कृष्ट फोटो
फोटो पत्रकार शैलेन्द्र खरेलले खिचेको मुस्ताङको लेतेमा पहिरोले सडक अवरुद्ध भएपछि बच्चाका साथ अलपत्र महिलाहरु । पीजे क्लवद्वारा आयेजित प्रतिस्पर्धामा यो तस्विर यस वर्षकै उत्कृष्ट भएको हो । तस्विर सौजन्यः पीजे क्लव

No comments:

Post a Comment