नयाँदिल्ली २८ जुन : प्रख्यात अन्तराष्ट्रीय अर्थनीतिबिद तथा शिक्षबिद प्राध्यापक डा. महेन्द्र पी . लामा (तामाङ) विश्वको सबैभन्द ठुलो विश्वबिद्धालय ईग्रुको प्रो. भाईस चान्सलरमा नियुक्त हुनुभएको छ । डा. लामा यो पदमा तीन बर्षसम्म रहनेछन् । ईग्रुको बोर्ड अव् म्यानेजमेण्टको भर्खरै सम्पन्न भएको बैठकले सर्बसम्मतिद्वारा प्राध्यापक डा. लामालाई ईग्रुको प्रो. भाईस चान्सलरमा नियुक्त गर्ने निर्णय गरेको हो । पोहोर सेप्टेम्बरमा भारतिय राष्ट्रपती प्रणव मुखर्जिले प्राध्यापक डा. लामालाई ईग्रुको वोर्ड अव् म्यानेजमेण्टमा नियुक्त गर्नु भएको थियो ।
सन् १९८५ मा संसदको ऐन अनुसार स्थापित ईग्रु बर्तमानमा मुक्त र दुरत्व शिक्षा ब्यवस्थामा विश्वको सबैभन्द ठुलो विश्वबिद्धालय हो । बर्तामान समयमा ईग्रुमा ४० लाख भन्दा धेरै बिद्धार्थिहरू छन् । सिक्किम विश्वबिद्धालयका संस्थापक उपकुलपतिको रूपमा सेवा दिईसक्नु भएका डा. लामालाई भारतको राष्ट्रपतिले बिभिन्न प्रख्यात विश्वबिद्धालयमा तिनको मनोनित ब्यक्तिको रूपमा नियुक्त गर्ने गरेकाछन् ।
अन्तराष्ट्रीय स्तरमानै मान्यताप्राप्त संस्थान ईग्रुको प्रो. भाईस चान्सलर जस्तो सम्माननिय पदमा नियुक्ती हुने डा. महेन्द्र पी. लामा नेपाली समुदायकै पहिलो ब्यक्ती हुन् । नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने काममा डा. महेन्द्र पी. लामाको अतिनै महत्वपूर्ण भूमिका रहेको थियो । दक्षिण एसियाका २ अर्ब ५० करोड जनता मध्य प्रभावसालीको रूपमा हेर्नु पर्दा डा. लामाको स्थान पहिलो नम्बरमा रहेको छ ।
सन् १९७९ मा स्वार्णपदक प्राप्त डा. लामालाई सन् २००७ मा सेण्ट जोसेफ कलेज दार्जिलिङले लाईफ टाईम एचिभमेण्ट पुरस्कारले सम्मानित गर्नु भएको थियो । दार्जिलिङको स्कट्स मिशन प्राईमेरी स्कूल र टर्नबूल हाईस्कूलमा पढ्नु भएको डा. लामा दिल्लिको जवहारलाल नेहरू विश्वबिद्धालयको पूर्व बिद्धार्थी हुन् । सन् २०१० मा भुटानको राजधानी थिम्पुमा आठ सार्क राष्ट्रहरूको सरकार प्रमुखहरूले गठन गरेको दक्षिण एसिया मन्चमा भारतको प्रतिनिधी डा. लामा धेरै अन्य राष्ट्रीय कमिटिका सदस्य पनि हुन् । डा. लामाले भारत सरकारको राष्ट्रीय सुरक्षा परामर्श बोर्डको सदस्यको रूपमा रहेर पनि काम गरी सक्नु भएको छ ।
No comments:
Post a Comment