वि.सं. २०२१ सालमा भोजपुरको बोखिम गाविस १ मा बुबा रिजबहादुर तामाङ र आमा देवीमाया तामाङको कोखबाट जन्मनुभएको बाबु घिसिङ अहिले संयुक्त नागरिक पार्टीको अध्यक्ष हुनुहुन्छ। २०३६ सालदेखि नै सक्रिय राजनीतिमा लाग्नुभएको घिसिङले एमाओवादी पार्टीको खोटाङ जिल्ला सेक्रेटरी, नेपाल तामाङ घेदुङको संगठन विभाग प्रमुखका साथै तामाङ राष्टिय मुक्ति मोर्चा काठमाडौंको सचिव पदमा रहेर पनि काम गर्नुभएको थियो।
पछिल्लो समय उनि ताम्सालीङ राष्ट्रीय दलको केन्द्रिय सचिबालय सदस्य हुनुहुन्थ्यो । ताम्सालीङ राष्ट्रीय दलको क्रियाकलापप्रति असहमति जनाउँदै अहिले उहाँले नयाँ पार्टी खोल्नुभएको छ। उक्त दलको आधा भन्द बढी कार्यकर्ताहरुले बिद्रोह गरी नयाँ दल खोल्ने क्रम्मा बाबु घिसिङले त्यस्को नेतृत्व गर्दै संयुक्त नागरिक पार्टीको गठन गर्नु भएको हो । प्रस्तुत छ उहाँसँग गरिएको कराकानी:
नेपालमा यतिधेरै पार्टीहरू हुँदाहँदै किन नयाँ पार्टी खोल्नुभएको?
नेपालमा अहिले पार्टीहरू धेरै छन्। यो हामीले पनि देखेको कुरा हो। यद्धपि नयाँ पार्टी खोल्ने हाम्रो रहरभन्दा पनि बाध्यता हो। अहिले नेपालमा भएको मुख्य चार दल एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसवादी दलहरूको विचार र कार्यशैलीसँग असन्टुष्ट भएको कारणले हामीले नयाँ र अग्रगामी विचारसहितको पार्टी खोलेका हौँ।
के छ त्यस्तो बिचार?
दल दर्ता गर्नुभयो, चुनावमा भाग लिने होला नि?
चुनावमा नजाने त कुरै भएन नी। हाम्रो इच्छा भनेकै आगामी संविधानसभाको चुनावमा भाग लिएर पहिलो शक्तिको रुपमा उदाउने हो। हामी नयाँ शक्ति बनेर यो देशको राज्यसत्ता चलाउन चाहन्छौं ।
चुनावमा बहुमत ल्याउने त दिवासपना मात्रै होइन र?
हेर्नुस, आगामी चुनावमा हामी सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँछौ। हाम्रो चुनावी प्रतिस्पर्धा भनेको एमाओवादीसंग हो। नेपाली कांग्रेस, नेकपा एमालेसँग हामीले प्रतिस्पर्धा गर्नुपर्दैन जस्तो लाग्छ। किनभने नेपाली कांग्रेस र एमालेले विभिन्न कालखण्डमा सरकार चलाएकै हुन्। यसर्थ उनीहरूको बारेमा आम नेपाली जनतालाई थाहा भइसकेको छ। अब आयो एमाओवादी जो अग्रगामी विचार बोकेको पार्टी हामीले भनिरहेका छौँ। तर योभन्दा पनि हामी आफूलाई अग्रगामी र विकासशील मान्दछौ। अर्को भनेको वैद्य पक्ष।
चुनाव होला र?
प्रचण्डले चाहे भने चुनाव हुन्छ अन्यथा हुँदैन। मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी त थपना मात्रै हुन्। प्रचण्ड भारतबाट ग्रिनकार्ड लिएर फर्किएको देख्दा अब चुनाव होला कि जस्तो लाग्छ। तर एमाओवादीलाई चुनाव प्रतिकूल देखे चुनाव हुन सक्दैन। तर हाम्रो पार्टी जतिसक्दो चाडो चुनाव चाहन्छ।
तपाईंको पार्टी सदस्यहरू कस्ता छन्?
हाम्रो पार्टी नेपालमा रहेको ठूलादेखि साना पार्टीबाट फुटेर आउनुभएको साथीहरू मिलेर खोलिएको पार्टी हो। जस्तो ताम्सालीङ राष्ट्रीय दलको केन्द्रिय सचिबालय सदस्य थिए। अरु थुप्रै साथीहरू कांग्रेस, एमालेलगायत विभिन्न पार्टीबाट आउनुभएको हो र अहिले पनि आउने क्रम जारी नै रहेको छ।
राजनीतिको अलावा केही पेशा छ?
छ नि नत्र कसरी बाँच्नु काठमाडौंमा। मेरो प्राकृतिक चिकित्सा सम्बन्धी एस्कु प्रेसर थेरापी सेन्टर छ बौद्धमा। त्यसैले राजनीतिमा लाग्न सकेको छु।
हेर्नुस हाम्रो पार्टीको नाम नै संयुक्त नागरिक पार्टी रहेको छ। जसको मतलब कुनै क्षेत्री, बाहुन, दलित वा आदिवासीको नाममा भेदभाव नगरी सबैले एकले अर्काको अस्तित्व स्वीकार गर्ने खालको पार्टी हो। हामी चाहन्छौँ सबै जातजातिको पहिचान खुल्नुपर्छ। अहिले नेपालमा १०९ जातजाति रहेका छन्। ती सबै जातजातिको आ-आफ्नै भाषा, संस्कार, रीतिरिवाज र रहनसहन रहेको छ। यस्तै ती सबैको थातथलो रहेको छ। त्यसलाई भत्किन नदिइकन विविधताभित्रको एकता र एकताभित्रको संघीयताको परिकल्पना हामीले गरेका छौं । यो अहिले नेपालमा भएका पार्टीहरूले कसैले अंगिकार नगरेको विषय हो जस्तो मलाई लाग्छ। अझ अरुभन्दा सबल पक्ष भनेको हाम्रो केन्द्रीय समिति नै २९५ जनाको रहेको छ। जहाँ राज्यद्वारा पछाडि पारिएकालाई विषेश प्राथमिकता दिँदै सबै पक्षको समान सहभागिता रहने छ।
दल दर्ता गर्नुभयो, चुनावमा भाग लिने होला नि?
चुनावमा नजाने त कुरै भएन नी। हाम्रो इच्छा भनेकै आगामी संविधानसभाको चुनावमा भाग लिएर पहिलो शक्तिको रुपमा उदाउने हो। हामी नयाँ शक्ति बनेर यो देशको राज्यसत्ता चलाउन चाहन्छौं ।
हेर्नुस, आगामी चुनावमा हामी सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउँछौ। हाम्रो चुनावी प्रतिस्पर्धा भनेको एमाओवादीसंग हो। नेपाली कांग्रेस, नेकपा एमालेसँग हामीले प्रतिस्पर्धा गर्नुपर्दैन जस्तो लाग्छ। किनभने नेपाली कांग्रेस र एमालेले विभिन्न कालखण्डमा सरकार चलाएकै हुन्। यसर्थ उनीहरूको बारेमा आम नेपाली जनतालाई थाहा भइसकेको छ। अब आयो एमाओवादी जो अग्रगामी विचार बोकेको पार्टी हामीले भनिरहेका छौँ। तर योभन्दा पनि हामी आफूलाई अग्रगामी र विकासशील मान्दछौ। अर्को भनेको वैद्य पक्ष।
अहिलेको समयमा उनीहरूले भनेको जस्तो जनयुद्धको जगमा जनविद्रोह भन्ने जुन सोच छ त्यो किमार्थ सम्भव हुँदैन । यस्ता कुरा भनेको प्रतिउत्पादक हुन्छ। किनभने देश अहिले १० वर्षे जनयुद्धताका भन्दा धेरै अगाडि बढिसकेको छ। अहिले गणतन्त्र आइसकेको अवस्थामा वैद्य समूहको कुरा गलत हो। अब मधेसवादी दल भन्नुहुन्छ भने उनीहरू क्षेत्रीयतावादी आन्दोलनमा केन्द्रित रहेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका रहे पनि पार्टी दशौ टुक्रामा विभाजित भएकाले देश विकासको मुद्दा उठाउन सक्दैन। यी र यस्तै कारणले हामीले सबैको भावनालाई क्यास गर्ने र त्यसैले चुनाव जित्नेमा हामी ढुक्क छौँ।
चुनाव होला र?
प्रचण्डले चाहे भने चुनाव हुन्छ अन्यथा हुँदैन। मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी त थपना मात्रै हुन्। प्रचण्ड भारतबाट ग्रिनकार्ड लिएर फर्किएको देख्दा अब चुनाव होला कि जस्तो लाग्छ। तर एमाओवादीलाई चुनाव प्रतिकूल देखे चुनाव हुन सक्दैन। तर हाम्रो पार्टी जतिसक्दो चाडो चुनाव चाहन्छ।
तपाईंको पार्टी सदस्यहरू कस्ता छन्?
हाम्रो पार्टी नेपालमा रहेको ठूलादेखि साना पार्टीबाट फुटेर आउनुभएको साथीहरू मिलेर खोलिएको पार्टी हो। जस्तो ताम्सालीङ राष्ट्रीय दलको केन्द्रिय सचिबालय सदस्य थिए। अरु थुप्रै साथीहरू कांग्रेस, एमालेलगायत विभिन्न पार्टीबाट आउनुभएको हो र अहिले पनि आउने क्रम जारी नै रहेको छ।
राजनीतिको अलावा केही पेशा छ?
छ नि नत्र कसरी बाँच्नु काठमाडौंमा। मेरो प्राकृतिक चिकित्सा सम्बन्धी एस्कु प्रेसर थेरापी सेन्टर छ बौद्धमा। त्यसैले राजनीतिमा लाग्न सकेको छु।
प्रतिकृयाको निम्ती बाबु घिसिङ तामाङ फोन: ९८१३०१८०७५
No comments:
Post a Comment