Saturday, June 22, 2013

गद्दारीको विरुद्ध कडा संघर्षमा उत्रने किरात जनवादी वर्कर्स पार्टीको चेतावनी


प्रेस  विज्ञप्ति
उपरोक्त सम्बन्धमा शान्ति वार्ताका लागि किरात जनवादी वर्कर्स पार्टीको नाममा गैर सदस्य व्यक्तिहरूलाई शान्ति नेपाल सरकारका तर्फबाट वार्ताका लागि पत्र जारी भएको कुरा सुन्नमा आएकोले सो प्रति पार्टी घोर आपत्ति प्रकट गर्दछ ।  
विगतमा पनि एमाले पार्टीमा प्रवेशका कारण पार्टीद्वारा निष्कासित सुमन वान्तवा (आदिहाङ) ले एमाले कार्यकर्ता शेरधन राईको सहयोगमा सरकारलाई झुक्याई पटक-पटक एकल अवैध वार्ता बसेको थियो । जसका कारण सफल र निर्णायक शान्ति वार्ता हुन सकेन र आजसम्म अवरोध खडा भइरहेको प्रति गम्भीर दुःख प्रकट गर्दछ । 
यसरी कुनै पार्टीको आडमा बसेर पैसाको लागि सरकार समेतलाई झुक्याउन पटक पटक सफल भए पनि जनता नझुक्किने र जनताले वास्तविक किरात जनवादी वर्कर्स पार्टी र त्यसका नेता, कार्यकर्ता राम्ररी चिन्ने, जान्ने र दोहोरो सम्बन्ध भएकोले त्यस प्रकारको गलत व्यक्तिहरूसँग वार्ता तत्काल रोकी, पार्टी स्थापना कालदेखिकै स-प्रमाण सहितको वास्तविक र सही 
सँग छिनोफानोको पूर्ण शान्ति वार्ता टुङ्ग्याउन पूर्ण शान्ति वार्ताका लागि स-प्रमाण शान्ति मन्त्रालयमा सम्पर्क गरी वार्ता टुङ्ग्याउन तत्काल पहल अगाडि बढाउने समेत नेपाल सरकारलाई जानकारी गराउँदछौँ । 
यस सौहार्दपूर्ण हाम्रो अनुरोधलाई बेवास्ता भएमा किरातबासी जनताप्रति भइरहेको गद्दारीको विरुद्ध कडा संघर्षमा उत्रन बाध्य हुने समेत चेतावनी गराइन्छ । 

बोधार्थ :
श्री रामकुमार श्रेष्ठ ज्यू,
शान्ति तथा पुनःनिर्माण मन्त्री 
शान्ति तथा पुनःनिर्माण मन्त्रालय सिंहदरबार, काठमाडौँ

अध्यक्ष
यलम्बर किराती 
किरात जनवादी वर्कर्स पार्टी

No comments:

Post a Comment