काठमाडौं। केही दिनअघि राजधानीको एउटा होटलमा चलचित्र राहदानीको सुटिङ भइरहेको थियो। चलचित्रसाग सम्बन्धित कलाकार, स्पट ब्वाय र अन्य क्रिउहरू आ–आफ्नो काममा व्यस्त थिए। त्यही बेला नायिका बिनिता घिमिरेको मोबाइलमा म्यासेज आयो। त्यतिखेर बिनिता आफ्नो सट दिने तयारीमा थिइन्। मोबाइल बिनिताकै सहयोगीले बोकेका थिए। म्यासेजमा लेखिएको थियो, एउटा रातो रङको गाडी आउादैछ, तुरुन्त आउनु।
म्यासेज पठाउने व्यक्ति बिनिताकै प्रेमी हो कि भनेर केही बेर सुटिङस्थलमा हल्लाखल्ला पनि मच्चियो। तर पछि बुझ्दै जाँदा नायिका बिनितालाई गाडीमा आउन म्यासेज पठाउने व्यक्ति भने प्रकाश अग्रवाल रहेको बुझिएको छ। चाँडै आउन बिनितालाई म्यासेज आएपछि उनले आफ्नो दृश्य छिटो सुटिङ गर्न निर्माण युनिटलाई दबाब दिएकी थिइन्। बिनिताले करकर गर्न थालेपछि निर्देशक डब्बु क्षेत्रीले उनको दृश्य सुटिङ गरेको एक कलाकारले बताए।
अहिले दिनहु नायिका बिनितालाई अग्रवालको फोन आउने र उनलाई लिन गाडी आउन थालेपछि राहदानी फिल्म युनिट तनावमा परेको छ। राहदानीका निर्माता लक्ष्मीप्रसाद ढकाल हुन्। उनकै प्रेसरमा बिनितालाई राहदानीको लिड रोलमा खेलाइएको थियो। तर बिनिताले आशा गरेअनुरूप अभिनयमा न्याय गर्न नसक्दा निर्माण पक्ष चिन्तित बन्न थालेको छ। नायिका बिनिता र प्रकाश अग्रवालबीच के सम्बन्ध रहेछ भनेर अहिले सुटिङ युनिटमा छलफल चल्ने गरेको छ। स्रोतका अनुसार प्रकाश अग्रवाल व्यापारी हुन्। उनी नयाँ नयाँ नायिका फेर्नेमा मारवाडी समुदायमाझ लोकप्रिय छन्। झापा घर भएकी बिनिता कथाले मागे जस्तो पनि दृश्य दिन आफू तयार रहेको बताउन पछि पर्दिनन्, तर राहदानीको एक दृश्यमा नाइटोको दृश्य खिचाउन उनले नमानेपछि सुटिङ चार घन्टा अवरुद्ध भएको एक चलचित्रकर्मीले बताए।

No comments:
Post a Comment