-अर्जुन मल्ल
यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ, तर यस्तो पनि भएछ । अपत्यारिलो लाग्ने घटना ०४८ सालमा भएको हो । घटना यस्तो भएको रहेछ कि मोहन वैद्य (किरण) प्रचण्डको पाटनस्थित डेरामा साँझ गएका रहेछन् ।
त्यस दिन दुवैले बेलुकीको खाना प्रचण्डकै डेरामा खाएछन् । साथै रक्सी पनि दुवैले सँगै पिएछन् । मोहन वैद्य र प्रचण्ड दुवै रक्सीका सौखिन हुन् । दुवैलाई बेलुकी रक्सी अलिकति भए पनि नभइहुँदैन । प्रचण्डलाई दुई पेग खाएपछि लाग्न थालिहाल्छ । मोहन वैद्यमा भने लोकल आधा मानासम्म पिए पनि सजिलै पचाउन सक्ने क्षमता छ । तर, त्यो दिन दुवैले क्षमताभन्दा बढी नै पिएछन् । बेलुकी भएपछि रक्सी पिउने, देशको राजनीति र पार्टीभित्रका समस्याबारे छलफल गर्ने, आपसमा झगडा गर्ने, अनि फेरि मिल्ने र आफ्नो–आफ्नो डेरामा गएर सुत्ने, यस्तो थियो यी दुई नेताको क्रान्तिकारी संस्कृति ।
Published on Oct 10, 2012
The CPN-Maoist chairman Mohan Baidya Wednesday warn of declaring ethnic federal states from the street strongly objecting to the major political parties' informal understanding to go for the fresh Constituent Assembly (CA) polls.
त्यो दिन बेलुकी रक्सीले मातेका मोहन वैद्य (किरण) प्रचण्डको डेराबाट एक्लै आफ्नो पाटनकै डेरामा फर्कंदै रहेछन् । बाटोमा चुरोट किन्न एउटा पसलमा पसेछन् । घटना त्यही पसलमा भएछ । पसलमा संयोगवश एउटी महिला मात्र रहिछिन् । मोहन वैद्यले चुरोट मागेछन् । ती महिलाले चुरोट दिन लाग्दा गोलमाल भएछ । ती पसले महिलाले चिच्याउँदै आफ्नो श्रीमान्लाई बोलाइछिन् । पसले महिलाले चुरोट किन्न आएका ती मान्छे (मोहन वैद्य)ले आफ्ना संवेदनशील अङ्गहरूमा हात लगाएको भन्दै रुँदै–कराउँदै मोहन वैद्यको कठालो समात्न थालिछिन् । तत्काल पसले महिलाका श्रीमान् पनि आइपुगेछन् ।
Published on Jun 19, 2012
The Unified Communist Party of Nepal (Maoist) formally divided on June 19, 2012 after its fraction leader Mohan Baidya formally declared the name of his team's new party as Communist Party of Nepal - Maoist. The troubles with UCPN (Maoist) was undergoing since long and was reunited after several disputes, however, the disputes came to the end with division. In Press Conference, new chairman of CPN-Maoist Mohan Baidya address to the journalist about his party.
त्यसपछि श्रीमान्–श्रीमती दुवै मिलेर मोहन वैद्यलाई भकुर्ने, कुट्ने, गोद्ने सबै गर्न थालेछन् । त्यतिबेलासम्म अरू पनि मान्छे जम्मा भइसकेछन् । अनि श्रीमान्चाहिँले फोन गरेर प्रहरी बोलाए । प्रहरीले मोहन वैद्यलाई पसले महिलामाथि बलात्कारको प्रयास गरेको र संवेदनशील अङ्गमा हातपात गरेको आरोपमा गिरफ्तार गरेर ललितपुर प्रहरी कार्यालय जावलाखेलमा थुनेछन् ।
Published on Jan 22, 2013
a rare interview where he also talks about his relation with Prachanda, also the people's war and its preparation...
मोहन वैद्य (किरण)ले प्रहरीसँग आफ्नो नाम–ठेगाना सबै ढाँटेछन् । अनुहारभरि र ढाडभरि नीलडाम र चोटहरूसहित एक रात एक दिन प्रहरी खोरमा बसेर भोलिपल्ट साँझपख अब आइन्दा यस्तो गल्ती नगर्ने कागज गरेर माफी मागी छुटेछन् ।
मोहन वैद्यले प्रचण्ड र बादललाई यो घटना सुनाएछन् । यी तीनजनाले निर्णय गरेछन्– यो घटना तीनजनाबीचमै सीमित र गोप्य राख्ने, अरू नेता र केन्द्रीय सदस्यलाई नभन्ने । भर्खर पार्टी एकता भएको र यो काण्ड पार्टीमा छलफल गराएमा मोहन वैद्यलाई कारबाही हुने पक्का भएकाले यो कुरा तीनजनाबीच गोप्य राखियो ।
वास्तवमा प्रचण्ड, किरण र बादल तीनैजनाले यो कुरा लुकाएर गम्भीर गल्ती गरेका थिए । आफ्नो गुटका एक नेताको अपराध लुकाएर आफ्नो गुट अल्पमतमा पर्नबाट जोगाउन खोज्नु के अर्को गद्दारी होइन ?
यस काण्डलाई लुकाएर प्रचण्ड र बादलले किरणलाई ‘ब्ल्याकमेल’ गर्ने मसला बनाउन सफल भए । यो उनीहरूलाई व्यक्तिगत लाभ भयो । त्यसपछि मोहन वैद्य उनीहरूका पुच्छर बन्न र उनीहरूका गल्ती र अपराध लुकाउन सहयोगी बन्न बाध्य भए ।
मोहन वैद्यले यो काण्डबारे जनता र कार्यकर्तालाई स्पष्टीकरण दिन अहिलेसम्म आवश्यक ठानेका छैनन् । सेक्टर काण्डमा राजीनामा दिएका उनले यो काण्डमा के गर्छन्, हेर्न बाँकी छ । यस काण्डबारे प्रचण्ड र बादलको भनाइ के छ, त्यो पनि सुन्न बाँकी छ । आफूलाइ शुद्ध क्रान्तिकारी बताउने नेकपा (माओेवादी) को आधिकारिक भनाइ के छ, त्यो पनि सुन्न बाँकी नै छ ।
भनिन्छ कि बादल र पम्फा भुसालले अवैध यौनसम्बन्ध राखेको कुरा प्रचण्डले थाहा पाएपछि बादलले आफ्नो गल्ती पनि मोहन वैद्यको जस्तै लुकाइदिन अनुरोध गरेका थिए । तर, त्यसबेला बादल प्रचण्डका प्रतिस्पर्धी भएकाले लुकाइदिन प्रचण्ड मानेनन्, मोहन वैद्य भने लुकाउन तयार थिए ।
यी नेतात्रयको गुटले जनयुद्ध किन विजयसम्म पु¥याउन सकेनन् भन्ने प्रश्नको एक उत्तर यिनीहरूको यस्तो जाली–झेली षड्यन्त्रकारी चिन्तन र कार्यशैली तथा व्यक्तिगत स्वार्थका लागि जे पनि गर्न तयार रहने प्रवृत्ति पनि हो भन्ने स्पष्ट भएको छ ।
०४८ चैत २४ गतेको नेपाल बन्द र त्यसक्रममा सरकारको तर्फबाट भएको दमन र १४ जना नेपाली नागरिकको ज्यान जाने गरी भएको हत्याकाण्डले नेकपा (एकता केन्द्र) भित्र अन्तरसङ्घर्ष चर्कन थाल्यो । ०४९ वैशाखमा भएको केन्द्रीय समितिको बैठकले ‘सहरिया सङ्घर्षलाई ग्रामीण वर्गसङ्घर्षको मूल दिशासँग जोड्ने’ र सुरक्षा दल तथा लडाकु दल बनाउने प्रस्ताव पारित भए पनि त्यो कार्यान्वयन भएन । निर्मल लामा, रूपलाल पक्षले यसको विरोध ग¥यो । उनीहरू सहरकेन्द्रित आन्दोलन मात्रै गर्न चाहन्थे । ०४९ वैशाख २१ गतेको नेपाल बन्द शान्तिपूर्ण रूपले सफल भयो । त्यही समयमा नेपाली काङ्ग्रेसको सरकारले प्रमुख प्रतिपक्ष एमालेसँग मिलेर स्थानीय निकायको चुनावको घोषणा ग¥यो । नेकपा (एकता केन्द्र) ले संयुक्त जनमोर्चाको नामबाट चुनावमा सहभागी हुने निर्णय ग¥यो । स्थानीय निकायको निर्वाचनमा पनि संयुक्त जनमोर्चा देशभरि विजयी सङ्ख्याको हिसाबले तेस्रो स्थानमा रह्यो । स्थानीय निकायको निर्वाचनमा सहभागी हुुनाले ग्रामीण क्षेत्रमा पार्टी सङ्गठन विस्तार हुन गयो । जनतासँगको सम्बन्ध विकासमा यसले सकारात्मक भूमिका निभायो । यसबाट जनयुद्धका लागि जनआधार विस्तार हुन गयो ।
चुनावमा अझ राम्रो परिणाम आउन सक्थ्यो । त्यसको मूल्याङ्कन गर्दै ०४९ असारमा भएको केन्द्रीय समितिको बैठकमा पेस गरेको प्रचण्डको प्रस्तावमा भनिएको छ, ‘निर्वाचनसम्बन्धी सङ्गठनको तयारी नितान्त कमजोर र अव्यवस्थित रह्यो । ……केन्द्रीय कार्यालयबाट निर्वाचनसम्बन्धी ठोस निर्णय लिने र त्यसलाई समयमै तलसम्म पु¥याई नीतिको स्पष्ट व्याख्या गर्ने काममा पनि कमजोरीहरू रहे । ….कतिपय क्षेत्रमा बहिष्कारको मानसिकता, निर्वाचनसम्बन्धी अनुभवको कमी आदि कुराले क्षेत्र तथा जिल्लामा हाम्रो राम्रै प्रभाव भएर पनि अपेक्षित सफलता प्राप्त हुन सकेन । पार्टीभित्र एकातिर संसद्वादमा फस्ने भय र अर्कोतिर बहिष्कारको भयसमेतले कतिपय पार्टीका साथीहरूमा आवश्यक उत्साहको कमी रह्यो ।’ (दस्तावेजहरू पृष्ठ २७५)
प्रचण्डमाथि क्रान्तिकारी कार्यकर्ताले जनयुद्धको तयारीको ठोस योजना केन्द्रीय समितिबाट पारित गराउन माग गर्न थाले । केन्द्रीय समितिमा क्रान्तिकारीहरूको बहुमत भएर पनि प्रचण्डले जनयुद्धको तयारीका लागि योजना पेस नगर्नाले उनीप्रति अविश्वास बढ्दै थियो । यो कुरा थाहा पाएका प्रचण्डले ०४९ असारको सोही बैठकमा ‘ग्रामीण वर्ग–सङ्घर्षको योजनाबारे प्रस्ताव’ र ‘प्राविधिक कामको तयारीसम्बन्धी प्रस्ताव’ पेस गरेर बहुमतबाट पारित गराए । प्राविधिक काम भन्नाले हातहतियार आदि बुझिन्छ । यी प्रस्तावबाट जनयुद्धको तयारीतर्फ पार्टी जाने हुनाले नारायण काजी, निर्मल लामालगायतकाले विरोध गरे ।
सो प्रस्तावमा ‘काङ्ग्रेसी गुण्डागर्दी, हत्या, लुट, राज्यआतङ्क एवम् सामन्त जाली–फटाहाका विरुद्ध प्रतिरोधात्मक सङ्घर्ष गर्ने’ उल्लेख थियो । यस बैठकपछि पार्टीभित्रको अन्तरसङ्घर्ष झन् बढ्न थाल्यो । निर्मल लामा अब सँगै एउटै पार्टीमा नबस्ने निष्कर्षमा पुगे । निर्मल लामाको भनाइ सीधा र स्पस्ट थियो–दुईवटा अलग कार्यदिशा भएकाहरू एउटै पार्टीमा रहन सक्दैनन् । उनको भनाइ नै वास्तवमा सही थियो । बहुमत पक्ष जनयुद्धको तयारीमा लाग्न चाहने, अल्पमत पक्ष त्यो नचाहने, त्यसैले एकले अरूलाई दोष दिएर अनावश्यक झगडा गरेर बस्नुभन्दा अलग–अलग पार्टी बनाएर आ–आफ्नो कार्यदिशाअनुसार जानु नै इमानदारी हुन्थ्यो । तर, नारायणकाजीहरूले न त पार्टी अलग बनाउन दिए न त बहुमतको निर्णयअनुसार ग्रामीण वर्ग–सङ्घर्ष र प्रतिरोधात्मक सङ्घर्षमा नै लागे ।
No comments:
Post a Comment