किरात जनवादी वर्कर्स पार्टीको केन्द्रिय बैठाकद्वार संघर्षमा फर्कने निर्णय
विषय:प्रेस विज्ञप्ति
यही मिति २०७० जेठ १५, १६ र १७ गते काठमडौँको गंगबु प्लानिङ्ग क्षेत्रमा अध्यक्ष श्री यलम्बर किरातीको अध्यक्षतामा बसेको किरात जनवादी वर्कर्स पार्टीको ऐतिहासिक आठौँ केन्द्रीय बैठकले पुनः संघर्षमा फर्कने ऐतिहासिक निर्णय गरेको छ ।
यही मिति २०७० जेठ १५, १६ र १७ गते काठमडौँको गंगबु प्लानिङ्ग क्षेत्रमा अध्यक्ष श्री यलम्बर किरातीको अध्यक्षतामा बसेको किरात जनवादी वर्कर्स पार्टीको ऐतिहासिक आठौँ केन्द्रीय बैठकले पुनः संघर्षमा फर्कने ऐतिहासिक निर्णय गरेको छ ।
हजारौँ जनताको बलिदानीपूर्ण दश वर्षे जनयुद्ध र ऐतिहासिक विशाल २०६२/०६३ को जनआन्दोलनको ताकतले जबरजस्ती स्थापना गरेको लोकतान्त्रिक गणतन्त्र र संविधान सभालाई २००७ सालको ऐतिहासिक क्रान्तिले सिंहदरबार समेत कब्जा भई प्राप्त गणतन्त्र त्रिपक्षीय दिल्ली सम्झौताको षडयन्त्रमा तुहाएझैँ २०३६ सालको प्रजातन्त्र जनमत सङ्ग्रहको षडयन्त्रमा तुहाए र २०४७ सालको प्रजातन्त्र सबैको मिलेमतोमा शेरबहादुर देउवाबाट ज्ञानेन्द्रलाई बुझाई आफ्नो पटक पटक गुमेको साम्प्रादायिक सत्ता फर्काएझैँ आज पनि सबै दलहरू र नेताहरूको मिलेमतोमा षडयन्त्रपूर्ण ढङ्गबाट क्रमशः राजनैतिक सङ्क्रमणकाल र संवैधानिक शुन्यताको बहानामा २०४७ सालको मृत संविधान ब्यूताइँ सो मार्फत् मृत राजसंस्था समेत फर्काउन षडयन्त्रपूर्ण आक्रमणमा लागिरहेको बैठकले ठहर गरेको छ ।
विगत २०६३ देखि नै नवजात शिशुको रूपमा रहेको गणतन्त्र र संविधान सभालाई चौतर्फी आक्रमणबाट, षडयन्त्रबाट रक्षा गरी सार्वभौम र सर्वपक्षीय नयाँ संविधान बनाउन खबरदारी गर्ने क्रममा पार्टीले तत्कालीन प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र सभामुख सुवास नेम्वाङलार्ई भेटी ज्ञानपन पत्र मार्फत् ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नुहुँदा कडाइका साथ विद्रोहमा जानुपर्ने बाध्यता सिर्जना भई विद्रोहकै क्रममा षडयन्त्रपूर्ण ढङ्गबाट राज्य पक्षले हत्या गरेका तत्कालीन पार्टी अध्यक्ष विद्रोह विवश (विनेस राई) ले दिनु भएको जीवनको बलिदानले समेत पश्चगामी बाहुनवादीहरूलाई रोक्न नसकेको कारण संविधान सभाको अवसान गरेको दुःखद परिस्थितिको चिरस्मरण गर्दै समीक्षा गरेको छ ।
साम्प्रदायिक बाहुनवादी शासकहरूले शान्ति वार्ताको बहानामा अल्झाई पटक-पटक धोका दिँदै आएको र वार्ताकै बहानामा अझै पनि अल्झाई राखेर दोस्रो संविधान सभाको निर्वाचनको बहानामा राजनैतिक अन्यौलता र सङ्क्रमणकालीन बहानामा सैन्य-कु वा संवैधानिक शून्यताको बहानामा २०४७ सालको मृत संविधान ब्यूताइँ सो मार्फत् मृत राजसंस्था समेत फर्काइ गुमेको आफ्नो धार्मिक शासन फर्काउन जिउ ज्यान दिएर लागि परिरहेको ठहर गर्दै उल्लेखनीय कार्यहरूप्रति घोर आपत्ति प्रकट गर्दै त्यस प्रकारको जनघाती कार्यको एक भई कडा प्रतिरोध गर्न सम्पूर्ण बुद्धिजीवि, नागरिक समाज, मानवअधिकारकर्मी, पत्रकार साथै आम परिवर्तनकारी देशभक्त नेपाली जनता समक्ष हार्दिक आह्वान गर्दछौँ ।
.......................
अध्यक्ष
यलम्बर किराती
किरात जनवादी वर्कर्स पार्टी
No comments:
Post a Comment