March 14, 2013 सफलताको कथा
प्रतिमा गुरुङ प्राध्यापक एवं अपाङ्ग महिलासम्बन्धी अनुसन्धानकर्ता तथा
महासचिव-अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया सघ पोखरामा जन्मनु भएका प्रतिमा गुरुङ एक अनुसुन्धाकर्ता हुनुहुन्छ । खासगरी अपाङ्गताका सवालहरुमा अपाङ्ग महिला तथा अपाङ्ग बालबालिकाका विषयमा अध्ययन अनुसन्धान गर्दै आउनुभएकी प्रतिमा एमफिलसम्मको अध्यन पुरा गर्नुभएको छ । एमफिलको अध्ययनको क्रममा उहाँले ‘A Situational Analysis of People with Disabilities in Nepal’ र ‘Jhamak Ghimire: A Contextual Analysis of her Creation’ सम्बन्धी अध्ययन सन् २००८ मा पुरा गरिसक्नुभएकी प्रतिमाले अहिले ‘A Study on Familial Discrimination Against Women with Disabilities and their Response’ सन् २०११ SNV को सहयोगमा र अर्को अध्ययन ‘Familial Responses Regarding Education to Children with Disabilities’ सन् २०१२ मा ग्न्ऋ को सहयोगमा अध्ययन अनुसन्धान गर्दै आउनुभएको छ । अध्ययन अनुसन्धानसँगै विभिन्न पत्रपत्रिकाहरुमा अपाङ्गता र अपाङ्गता भएका महिलासम्बन्धी विषयहरुमा लेखरचनाहरु प्रकाशन गर्दै आउनुभएको छ ।
विशेषगरी अपाङ्गता भएका महिलाहरुका विषयमा अध्ययन गर्दै आउनुभएका प्रतिमा अपाङ्गता भएका अध्ययनबाट महिलाहरुको स्थितिलाई विभिन्न भागमा विभाजन गर्नुपर्ने बताउनुहुन्छ । जसअन्तर्गत एउटा व्यक्तिगत रुपमा अपाङ्गता भएका महिलाहरुले विभिन्नखाले समस्याहरु भोग्दै आएको बताउनुहुन्छ । ‘ईन्टर सेक्सनल डिष्क्रिमिनेशन एउटा अपाङ्ग, त्यसमाथि महिला, त्यसमाथि गरिब र त्यहीमाथि दलित छ र पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गर्छ सँगै । घरपरिवारको बिभेद भोगिरहेको छ । शिक्षा, स्वास्थ्य, प्रजनन् र सम्पत्तिमा विभेद भोगिरहेको छ । यी समस्याहरु एउटा महिलाले व्यक्तिगत रुपमा भोग्दै आएको छ । दोस्रो कुरा समष्टिगतरुपमा अपाङ्ग महिलाले समग्र अपाँग आन्दोलनमा, महिला आन्दोलनमा र राष्ट्रको नीति, निर्माण तह, सेवामा, पहुँचमा बहिष्करण भएको अवस्था छ–उहाँले भन्नुभयो, सारमा भन्दा अपाङ्ग महिलाहरु बहिष्करण भित्रमा पनि बहिष्करणमा परेको अवस्था छ । अपाङ्ग महिलाहरु पहिलो कुरा त बहिष्करण कहाँबाट सुरु हुन्छ भन्ने कुरा मुख्य हो । त्यो बहिष्करण कहाँबाट सुरु हुन्छ भन्दा त्यसको पहिलो सुरुवात नै परिवार हो ।’ ‘अपाङ्ग महिलालाई कसरी समावेश गर्न सकिन्छ भन्ने कुरामा सबैभन्दा पहिला आउने पहिलो तत्व स्विकार्यता हो । स्विकार्यता कसले गर्ने भन्दा त्यो परिवार र समाजले नै हो । दोस्रोमा उपलब्धता हो । स्विकार्यता पछि स्वयं अपाङ्ग महिलाले मनन् गर्ने उपलब्धता हो । अर्को कुरा अनूकलता हो । अनूकुलता वातावरणमा भर पर्छ । म महिला हुँ, गरिब छु, मेरो घरबाट मलाई बाहिर जाने अनुकूलता छ कि छैन भन्ने कुरा त्यसमा भर पर्छ, उहाँ भन्नुहुन्छ, अर्को कुरा हामी पहुँचमा कुरा गर्छौं । अपाङ्गताको किसिमअनुसार भौतिक संरचना एवं सहायक सामग्रीहरु पहुँचयुक्त छ छैन भन्ने कुरमा भर पर्छ । यी चारवटा स्विकार्यता, उपलब्धता, अनुकूलता र पहुँच समग्र अपाङ्ग भएका व्यक्तिहरुले समस्याको रुपमा भोगिरहेको अवस्था हो । जून अपाङ्ग महिलामा झन बढी प्रभाव र असर परिरहेको अवस्था छ ।’
समग्र अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क नै आफैमा समस्या भएको उहाँको बुझाई छ । राज्यले भर्खरै सम्पन्न गरेको राष्ट्रिय जनगणना २०६८ मा देशभर ५ लाख १३ हजार ३ सय २१ अपाङ्गको सँख्या रहेको छ । अपाङ्गता भएका व्यक्तिहरुको सँस्था डिपिओएसहरुले नेपालको कुल जनसँख्याको १० देखि १५ प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरुको संख्या रहेको छ भन्ने दाबि छ । भने, डब्लूएचओको रिपोर्ट २०११ ले समग्र विश्वभरि अपाङ्गता भएका व्यक्तिहरु १० प्रतिशत छ भनेको छ । यो तथ्याँक आफैमा बिरोधाभाषपूर्ण रहेको छ । यसले पनि के देखाउँछ त भन्दाखेरी नेपालमा समग्र अपाङ्ग महिलाको तथ्याङ्क ओझेलमा रहेको छ । भने, अर्कोतिर अपाङ्ग आन्दोलनले समग्र अपाङ्गता भएका व्यक्तिहरुको हक, अधिकार सुनिश्चित गर्नका लागि अगाडि बढिरहेको छ । जसको प्रभाव समग्र अपाङ्ग महिलालाई पनि परेको छ र, केही हदसम्म गन्न सकिने दुई÷चार जना महिलाको, पारिवारीक दृष्टिकोणमा परिवर्तन आएको प्रतिमाको बुझाई छ । तर, समग्ररुपमा हेर्दा अझै पनि ९५ प्रतिशत अपाङ्ग महिलाहरु पारिवारीक विभेदमा परिरहेको उहाँले बताउनुभयो । ‘परिवारले स्विकार्ने, शिक्षा, स्वास्थ्य, रोजगार, प्रजनन् अधिकार दिने कुरामा अझैपनि उहाँहरुमा सकारात्मक सोँचको विकास हुन बाँकी छ–उहाँले भन्नुभयो, त्यस अनुरुप समाजले पनि उहाँहरुलाई समावेश गर्ने र अभिन्न अँगको रुपमा लिन सकिराखेको छैन ।’ आफूपनि ८ वर्षको उमेरमा बुटवलमा ट्रक दुर्घटनमा परी शारिरीक अपाङ्ग हुनपुगेकी प्रतिमा अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्यमकन्या क्याम्पसमा विगत ९÷१० वर्षदेखि प्राध्यापन गर्दै आउनुभएको छ । आफू अपाङ्ग भए पनि आफ्नो परिवारमा अपाङ्गताको समस्या कहिल्यै नरहेको बताउने प्रतिमा परिवारकै कारण आफू अहिलेसम्म शिक्षालगायत पेशागत रुपमा र अहिलेआएर पद्यमकन्या कलेज काठमाडाँैंमा अध्यापन कार्यलाई अगाडि बढाउन सफल भएको बताउनुहुन्छ । प्राध्यापन तथा अनुसन्धानसँगै अपाँगतासम्बन्धी अध्ययन, अनुसन्धान र चासोलाई अगाडि बढाउँदै आउनुभएकी प्रतिमा स्नातक तहसम्मको अध्ययन बुटवलमा र अँगे्रजी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर (मास्टर डिग्री) पुरा गर्नुभएको हो । पोखरा विश्वविद्यालयबाट एमफिलको अध्ययन पुरा गर्नुभएकी प्रतिमा अब केही समयमै अपाङ्गताकै विषयलाई लिएर पिएचडी अध्ययन सुरु गर्ने बताउनुभयो । स्नातक सकिनेबित्तिकै सन् २००५ मा लमजुङ निवासी डा. टकराज गुरुङसँग विबाह गर्नुभएकी प्रतिमा समग्र अपाङ्गता भएका व्यक्तिहरुका लागि खेलको महत्वको बारेमा अध्ययन गर्न अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया सँघको स्थापना गरेको बताउनुभयो । ‘म यस सँघको महासचिवको नाताले अपाङ्गता भएका व्यक्तिहरुका लागि खेलको महत्वको बारेमा अध्ययन गरिरहेको छु । त्यही अनुरुप सबैका लागि खेलकूल भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुलाई अनुशासनका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद, मनोरञ्जनका लागि खेलकुद र सबैका लागि खेलकूद भन्ने नाराका साथ सबै, साँग÷अपाङ्गलाई खेलमा समाहित गरी अपाङ्गता भएका व्यक्तिहरुलाई खेलको माध्ययमद्वारा विशेषगरी बोसिया खेलको माध्ययमबाट साईकोथेरापी, एक्टिभ रेञ्ज अफ मोसनको क्षमता विकास गरी व्यक्तिगत, शारिरीक एवं मानसिक विकास गरी उनीहरु पनि साँग सरह खेल्न सक्छन् र खेल खेल्नु उनीहरुको नैसर्गिक अधिकार हो भन्ने मान्यताका साथ बोसिया खेललाई अगाडी बढाईरहेका छौ–उहाँले भन्नुभयो, बोसिया खेललाई हामीले अहिले देशभरका ५ विकासक्षेत्र लगायत १५ वटा जिल्लामा यसलाई प्रचारप्रसार एवं चेतना फैलाइरहेका छांै ।’ अपाङ्गता भएका व्यक्तिहरुका लागि नेपाल बोसिया सँघको आयोजना तथा जाईका नेपालको सहयोगद्वारा हामीले ५ वटा विकासक्षेत्रमा बोसिया खेल प्रशिक्षक/प्रशिक्षण एवँ खेलाडि प्रतियोगिता भइरहेको उहाँले जानकारी दिनुभयो । जसमा प्रत्येक विकासक्षेत्रमा ३/३ दिनको सिकाई र अभ्यास गरी २० जना अभिभावक, २० जना खेलाडी, १० जना प्रशिक्षक एवं २ जना स्रोतव्यक्तिको सहभागिता रहेको उहाँको भनाइ छ । दाङमा अपाङ्ग सञ्जाल दाङले संयोजनको भूमिका निर्वाह गरिरहेको उहाँले जानकारी दिनुभयो ।
प्रस्तुतीः देविका घर्तीमगर
pressgm@gmail.com

No comments:
Post a Comment