राजविराज: सप्तरी भ्रमणमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहको विरोध गर्दै विद्यार्थी नेताहरुले उनको टोली माथि ढुङ्गामुढाका साथै चप्पल प्रहार गरेका छन्। सोमवार दिउँसो ३ बजेदेखिको दोस्रो चरणको कार्यक्रमअनुसार राजविराज स्थित होटेल स्टार डिलक्सबाट निस्केका पूर्व राजा सहितको टोलीमाथि विद्यार्थी संगठनहरुले होटल बाहिर ढुङ्गामुढा गर्नुका साथै चप्पल हानेका हुन्।
प्रत्यक्षदर्शीका अनुसार १०/१२ जनाको संख्यामा रहेका विद्यार्थीले चर्का नारा लाउँदै ढुंगा र चप्पल हानेका थिए। पछि प्रहरीले बल प्रयोग गरेपछि विद्यार्थीहरु भागभाग भएका भयो।
पूर्वराजा राजविराज पुगेकै बेला विरोध प्रदर्शन गरिरहेका विद्यार्थी नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि दोस्रो चरणको विरोधको जिम्मा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका विद्यार्थीले सम्हालेका थिए। वैद्य विद्यार्थी संगठनका केन्द्रीय सदस्य मकसुधन यादवको नेतृत्वमा रहेका विद्यार्थीहरुले पूर्व राजाको टोली उपर ढुङ्गामुढा गरेको हो।
पूर्वराजालाई चप्पल हान्ने कार्यको नेतृत्व गरेका यादवले भने- 'पूर्व राजासँग मेरो कुनै रिसइबी हैन। उनको प्रचारमा टाँसिएका पोष्टरहरुमा श्री ५ भनेर सम्बोधन गरेका कराण बिरोधमा उत्रन बाध्य हुनु परेको हो।'
पूर्वराजाको सप्तरी बसाइँमा विद्यार्थीहरुले लफडा गरेपछि पूर्वराजाले सोमवार साँझ राजविराजको राजदेवी मन्दिरमा गर्ने भनिएको पूजा हुन सकेन। भोलि बिहान सो मन्दिरमा उनी जाने बताइएको छ।
पूर्वराजाको सप्तरी भ्रमणको विरोध गर्दै आएका ५ जना विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा नेपाल विद्यार्थी संघका जयप्रकाश यादव, सन्तोष यादव, पार्थो सरकार, मविव क्याम्पस राजविराजका स्ववियु सभापति रामचन्द्र यादव, अखिल क्रान्तिकारीका वीरेन्द्र गुप्ता रहेका छन्। उनीहरुलाई हाल जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको सप्तरीका प्रहरी प्रमुख एसपी सञ्जाय सिंह बस्नेतले जानकारी गराए।
विरोधकाबीच भव्य स्वागत
विद्यार्थीहरुको चर्को विरोधकाबीच सोमवार बिहान सप्तरी सदरमुकाम राजविराज आइपुगेका पूर्व राजा शाहलाई सप्तरीमा भव्य स्वागत गरिएको छ। सदरमुकाम राजविराज सहित जिल्लाका विभिन्न चोक सयौको संख्यामा जम्मा भएका राजावादी तथा सर्वसाधारणले शाहलाई फुलमालाले स्वागत गरेका हुन्। जिल्लाको कदमाहा, कडरबोना, कुसहा, कल्याणपुर, कठौन, शम्भुनाथ, रुपनी, तोपा, हनुमाननगर, योगिनियाँ, भारदह, रुपनगर, कञ्चनपुर, सहित राजमार्गका विभिन्न चोकहरुमा पूर्व राजा र राजपरिवारको पक्षमा नाराबाजी गर्नेहरुको ठूलो उपस्थिति थियो।
आफू चढेको गाडी आफै चलाएका पूर्व राजाले समर्थकहरुलाई पूर्ण उत्साहका साथ हात हल्लाउँदै गरेको देखियो। समर्थकहरु उभिएका प्रत्येक चोकहरुमा उनले गाडि रोकेर आफ्ना प्रशंसकहरुको फूलमाला सहितको स्वागत तथा अभिनन्दन स्वीकार गरेका थिए।
ज्ञानेन्द्रलाई 'श्री ५ महाराजाधिराज' भनेकोमा गणतन्त्रवादीको आपत्ति
राजविराज- पूर्व राजा ज्ञानेन्द्र शाहको सप्तरी भ्रमणको पूर्वसंध्यामा सदरमुकाम राजविराज सहित जिल्लाभरि टाँसिएका पर्चा पम्पलेटको भाषाप्रति स्थानीय बुद्धिजीवी, कानुन व्यवसायी, राजनीतिक दलका नेताले आपत्ति जनाएका छन्। पर्चा पम्पलेटहरुमा ज्ञानेन्द्र शाहलाई 'श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव' भनेर सम्बोधन गरिएको छ। शनिवार रातिको समयमा सदरमुकाम राजविराज सहितका जिल्लाका विभिन्न ठाउँहरुमा राजावादीहरुले हजारौंको संख्यामा पम्पलेट टाँसेका हुन्।
पचाँ पम्पलेट टाँस्दै गर्दा शनिवार राति सप्तरीको भारदहमा स्थानीयहरुले विरोध जनाएका थिए। लोकतन्त्रको मर्मविपरीत प्रतिगमनकारीहरु सक्रिय हुन खोजेको भन्दे भारदहबासीहरुले पर्चा पम्लेट टाँस्न राजाबादीहरुलाई अवरोध पुर्याएका थिए। पछि मध्यरातको समयमा त्यहाँ पर्चा पम्पलेट टाँसिएको स्थानीय राजकुमार गाईमले बताए। ज्ञानेन्द्रलाइ श्री ५ महाराजाधिराज भनेका प्रायः पम्पलेट आइतबार बिहानै च्यातेर फ्याँकिएका छन्। नगरका प्रमुख ठाउँहरुमा केही पोष्टर भने देख्न पाइन्छ।
दलका स्थानीय नेता तथा कानुन व्यवसायीले उक्त कदमलाई गैरकानुी र गैरसंवैधानिक भन्दै त्यसविरुद्ध कानुनी कारवाही थाल्न प्रशासनसँग माग गरेका छन्। 'मुलुकी एनेको किर्ते कागजको महलमा कसैले नपाएको पगरी, ओहदा इत्यादिवारे भ्रामक प्रचारप्रसार गर्दछन् भन्ने त्यस्तामाथि कानुनी कारवाही हुन्छ भनि लेखिएको छ', पुनरावेदन बार एशोसिएशन राजविराजका अध्यक्ष अधिवक्ता हेमनारायण चौधरीले भने, 'यस्तामाथि अविलम्ब कानुनी प्रक्रिया अगाडि बढाउनु पर्ने आवश्यकता छ ।'
'यस्ता गैर कानुनी गतिविधि भईरहँदा स्थानिय प्रशासन किन मौन छन त ?', प्रश्न गर्दै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवले भने, 'मुलुकमा कानुन पालना गराउने निकाय, संविधानको रक्षा गर्ने निकायहरु किन बोल्न सकिरहेका छैनन्, म आफै आश्यर्च चकित छु ।'
यता नेकपा एमाले सप्तरीले राजावादीहरुको यस्तो प्रचारलाई हठ र पागलपनको संज्ञा दिएका छन्। एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानले संविधानविपरितको यस्तो हर्कत एमालेलाई मान्य नहुने बताए।
त्यस्तै मधेशी जनअधिकार फोरम लोकतान्त्रीक सप्तरीका अध्यक्ष शैलेश चौधरीले ज्ञानेन्द्र शाह र उनका समर्थकद्वारा बेला बखतमा भइरहने यसका प्रकारका असंवैधानिक गतिविधिलाई नियन्त्रण गर्न केन्द्रीय नेतृत्व तहलाई नै कडा रुपमा प्रस्तुत हुनु पर्ने खाँचो रहेको बताए। तराई दौडहामा रहेका पूर्व राजा ज्ञानेन्द्र शाह सोमवार सप्तरी आउँदै छन्।
सप्तरीको भारदहस्थित कंकालनी भगवती मन्दिर, हनुमाननगरस्थित हनुमान मन्दिर, राजविराजस्थित राजदेवी मन्दिर सहितका मठ मन्दिर पुगी पुजाआजा गर्नुका साथै पूर्वराजा शाह राजविराज नगरको पैदल यात्रा समेत गर्ने कार्यक्रम छ। उनी सोमवार राति राजविराजमै बिताउनेछन्।

No comments:
Post a Comment