Wednesday, May 15, 2013

भित्रभित्रै राष्ट्रिय मुक्ति सेनाको तयारी


काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले युद्धमा जाने निर्णय गरेका कारण संविधानसभा निर्वाचनको सम्भावना टरेर जाने संकेत देखिएको छ। माओवादी केन्द्रीय समितिको हालै सम्पन्न गोप्य बैठकले भने फेरि युद्धमा जाने निर्णय गरेको छ । जसका लागि लडाकुहरूको पुनर्गठन र हतियार संकलन कार्य आरम्भ भइसकेको जानकारी एकजना प्रभावशाली केन्द्रीय नेताले  बताउनु भएको छ । यता, बाहिर चुनाव प्रचारमा हिँडेका ठूला पार्टीका ठूला नेताहरूले भित्रभित्रै मोहन वैद्य नेतृत्वको माओवादीले आन्दोलन चर्काइदिए त्यही मौकामा खिलराज हटाउने र आफू आउने रणनीति बनाएका छन् । खास गरेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नै यो रणनीतिमा रहेको स्रोतले बताएको छ।
जनयुद्ध शब्दलाई प्रचण्ड र बाबुरामले बदनाम गरेको कारण वैद्य माओबादीले अब शुरु हुने युद्धलाई राष्ट्रीय स्वाधिनताको युद्धा नाम दिएको छ । लडाकुहरुको संगठनलाई बिगतमा जनमुक्ती सेना भनिएकोमा अब त्यस्को नाम राष्ट्रीय मुक्ती सेना राखिएको छ । निकट भबिष्यमानै राष्ट्रीय मुक्ती सेनाले राष्ट्रीय स्वाधिनताको लडाई आरम्भ गर्ने र राष्ट्रीय स्वाधिनता भए पछि मात्रै संबिधान सभाको निर्बाचनमा जाने नेकप-माओबादीको रणनीति रहेको छ ।

राष्ट्रीय स्वाधिनता निरिह भएको अहिलेको अवस्थामा संबिधान सभाको निर्बाचन गरियो भने सिक्किमा जस्तै नेपाल पनि भारतमा बिलय हुने बिश्लेषन गर्दै माओबादीले कुनै पनि हालतमा यथास्थितिमा संबिधानसभा निर्बाचन हुन नदिने निर्णय गरेको छ ।
जबर्जस्ती मुलुकलाई संबिधानसभा निर्बाचनमा धकेलियो भने तुरुन्तै राष्ट्रीय स्वाधिनताको युद्ध थालिहाल्ने निर्णय गरेको माओबादीले सैनिक संगठनलाई गाँउस्तर सम्मा बिस्तार गरिसकेको छ । सुत्रहरुको अनुसार गाँउ बिकास समिती, नगरपालिका, निर्बाचन क्षेत्र, जिल्ला र केन्द्रमा राष्ट्रीय मुक्ती सेनाले संरक्षण दिनेगरी पार्टीको तीन-तीनवटा घेरा निर्माण गर्ने कार्यदेश केन्द्रिय सदस्यलाई दिएको छ । गाउँको घेराको मनिटरिङ केन्द्रिय सदस्यको नेतृत्वमा, जिल्ला घेराको मनिटरिङ पोलिट्ब्युरोको नेतृत्वमा र केन्द्रिय घेराको  मनिटरिङ स्थाई समितिको सदस्य नेकप-माओबादीको महासचिब बादललाई दिने माओबादी श्रोतले जनाएको छ । 
निर्बाचन बिथोल्ने कार्यक्रम अन्तर्गत जबर्जस्ती गरे मृत्युदण्ड सम्म दिन सकिने गरी निती पारित गरेको छ । निर्बाचनमा उम्मेद्वारी नदिन सार्बाजानिक अपिल गर्ने, चुनाव प्रचारमा नजान आग्रह गर्दै हरेक उम्मेद्वारलाई पत्र पठाउने, उम्मेद्वारले जबर्जस्ती चुनाव प्रचारमा गए  भने शालिन ढंगले बिथोल्ने र उम्मेद्वारलाई हिरासतमा लिने र उम्मेद्वारलाई हिरासतमा लिने क्रम्मा प्रतिकार गर्ने प्रयास भयो भने मृत्यु दण्डा सम्माको सजाय दिने गरी कार्यक्रम तय गरेको थाहा भएको छ । 
जनयुद्धलाई धोका दिदै अकुत सम्पती आर्जन गर्ने र राष्ट्रीय स्वाधिनतालाई भारतको  पाउमा चढाउने प्रचण्डा र बाबुराम भट्टराई मण्डली  कारबाहिको पहिलो निशाना हुने निर्णय पनि माओबादीले गरेको छ । 
जन्युद्धको क्रम्मा जम्मा गरिएको भौतिक सम्पति राष्ट्रीयकरण गर्न र बिप्पालगायत असमान सन्धी खारेज गर्न प्रचण्डा, बाबुराम मण्डालीलाई शालिन ढंगले आग्रह गर्ने अटेर गरेमा भौतिक कारबाहीको प्रकृया आरम्भ गर्ने लगायतका निर्णय  गरिएको माओबादी सुत्रको दाबी छ । 
राष्ट्रीयताप्रती सम्मान भएका थुप्रै नेता तथा कार्यकर्ता एमाओबादी, नेपाली कंग्रेश र नेकपा एमाले लगायतका पार्टी भित्र भएका कारण ति पार्टीका सबै नेता कार्यकर्तालाई आक्रमण नगरि राष्ट्रबिरोधीहरुलाई मात्रै छानीछानी कारबाही अगाडी बढाउने रणनीती माओबादीले अख्तियार गरेको छ । शत्रुहरु बिच फाटो उत्पन्न गराउने, कम्जोर शत्रुको सहयोग लिएर बलियो शत्रुलाई ध्वास्त बनाउने रणनीति पनि माओबादीले बनाएको छ । 

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन: adams.credi@gmail.com संग अगाडी बढन आफ्नो ऋण स्थानान्तरण कागजात तुरुन्त

    ReplyDelete