Wednesday, May 15, 2013

तामाङ समुदायलाई ईतिहासबाटनै लोप गराउने सडयन्त्र भएको थियो


-सानु कान्छा तामाङ (घलन)
तामाङ समुदायले  कहिले देखी पुन तामाङ लेख्न र तामाङ भाषा  बोल्न बिधीबध रुपमा पाइयो भनेर जान्न पाउनु नितान्त जरुरी सम्झेर यो सानो ईतिहासका अधुरा सत्यलाई पूर्णता दिने प्रयास गरेको छु । कती ईतिहासका अलिखित दस्ताबेजहरु हराएर जान्छन कसैले थाहा पत्तो पाउदैन यो धेरै दु:खलाग्दो कुरा हो । हामीले यस कुराको खोज अनुसन्धान गर्नु जरुरी छ । मेरो यो सानो प्रयासले धेरै तमाङहरुको आँखा उघार्न सफल हुनेछ भन्ने लागेको छ । 
हुन त ईतिहासको त्यो काल खन्ड समाप्त भएर गैसकेको छ । अहिलेको जल्दो बल्दो बिषयले जती महत्व त्यो ईतिहासका कुराले नपाउला त्यो आफ्नो ठाउँमा छ यद्द्यपी यती हुँदा हुँदै पनि कुनै बेला मेरा आप्पा र मेह्मेले मलाई र मेरो जात थर लाई कत्ती संघर्ष गरी  आज तामाङ्को छोरा छोरी भनेर गर्ब साथ भन्न पाउने बनाएको रहेछ भन्ने कुरा थाहा पाएन भने 'एउटा खास कुरा त हामीले थाहानै पाएन छौ' भनेर सदैभ खड्की रहने छ हाम्रा नयाँ पिढीहरुमा ।  
माथि मैले एक ठाउँ पुन भन्ने शब्द लेखेको छु । त्यसलाई सुरुवातको बिन्दु मान्दै आज भन्दा करिब १६० वर्ष पहिलेको एउटा दस्तावेच तिर लाना चाहन्छु । त्यति खेर एउटा राष्ट्रिय दस्तावेच को रुपमा नेपालको मुलुकी एन १९१० जारी भएको थियो, जती बेला जङ्ग बहादुर राणा जस्ता व्यक्तीको हातमा राज्यको शक्ती केन्द्रित थियो । पृथ्बीनारायण शाहले नेपाल एकीकरणको नाममा बिभिन्न तामाङ राज्यहरुलाई षड्यन्त्रपूर्ण तरिकाले आफ्नो बनाउदै लगेका थिए, भबिष्यमा पुन खतराका  रुपमा  तामाङ राज्यका ति पराजित शक्तीहरु मात्र भएको ति सासकहरुको ठम्म्याइ थियो । यस् कारण अब यि तमाङहरुलाई राज्य परास्त गरेर मात्रा हुँदैन यो तमाङहरु पुन सङ्गठित हुन गएमा शासन सत्ता खोसिन सक्छ भन्ने कुरा थाहा पाएका थिए, ति षड्यन्त्रकारी शासकहरुले ।   किन भने पराजित राज्य मध्य तमाङहरुको मात्रा यस्तो जातिय राज्य थियो जस्को आफ्नै भाषा, आफ्नै धर्म आफ्नै सस्कार, चाड पर्ब, आफ्नै नियम कानुन राज्य सन्चालनका बिधी, सुरक्षा निकाय देखी सबै कुरामा तमाङ राज्य सम्पन्न थिए ।  परास्त भएर पनि आफ्नो भाषा, धर्म, सस्कारहरुलाई जीवन्त राख्न उद्दत तमाङहरु पुन सङ्गठित हुन सक्ने सम्भावना देखेका ति षड्यन्त्रकारी शाहबङ्शिय शासकहरुले तमाङहरुलाई जरै देखी उखेलेन भने भबिष्यमा खतरा हुन्छ भन्ने निर्क्रिस्ट सोचका कारण सम्पूर्ण तवर ले तामाङ लाई नष्ट पार्न लागि परे । जबर्जस्ती सस्कार बदल्न लगाउनु, रितिरिवासमा हस्त्क्षेप गर्नु रुढीवादी कुरामा विश्वाश गर्न वाध्य पार्नु जस्ता कुराको प्रसस्त प्रमाणहरु हामी माझ बिद्यमान छदै छ, उदाहरणको लागि दसैं हाम्रो तामाङहरुको चाड हुँदै हैन । यस्को बारेमा मौका मिले कुनै दिन लेख्ने प्रयास गर्ने छु । तैपनी हस्तक्षेपको नमुनाको एउटा स्वरुप यहाँ सानो कुरा थप्दै के उल्लेख गर्न चाहन्छु भने सास्कृतिक हस्त्क्षेप गर्ने क्रममा सबै प्रजाहरुले दसैं अनिवार्यरुपमा मनाउन आदेश जारी भयो । यदी कसैले सरकारको आदेश पालना नगरी दसैं नमनाइकन आदेश को उल्लङ्घन भएको पाएमा ति व्यक्ती वा परिवारलाई फासी को सजाए हुने भनेर सजाए तोकिएको थियो । अब दसैं मनाएको नमनाएको ति सासक बर्गले कसरी थाहा पाउने त ?त्यसका लागि गाउका मुखिया जमिनदार डिड्ठाले काम पाए । तमाङहरुले  त दसैं मनाउदैन भन्ने कुरा थाहा छदै थियो  । अब तामाङमात्रले दसैं मनाएको प्रमाण पुर्याउनु पर्ने अर्को हुकुम भयो ।  अब तमाङले दसैंमा घर अगाडि ढुङ्गाको देवी बनाइ वलिको रुपमा कुखुरा को भाले काटेर भालेको गर्दनको भुत्ला सहितको छाला तप तप  रगत चुहाउदै ढोकामाथी भित्तामा टास्नु पर्ने भो । यदी यसो नगरिएको पाएमा गाउका ति नारदहरुले देशका शासकहरु कहाँ खबर पुर्‍याउने र त्यस्तो आदेश उल्लङ्घन गर्नेलाई फासीको सजाए हुने भए पछी तमाङहरुले दसैंलाईमान्न बाध्य भए । हाल त्यो एक सस्कार को रुपमा गाउँघरमा राम्रै सँग देख्न सकिन्छ । यसरी सबै पक्षबाट  आक्रमणका शिकार बनेका तमाङ समुदायलाई समाप्त पार्ने योजना गर्दा गर्दै पनि तमाङले आफ्नो सस्कारका महत्तोपूर्ण बिधीहरु (मर्दा पर्दाका) नछोडेको देखेपछी १९१० को मुलुकी एन लागुगरी अब उपरान्त मास्न र मासिने मत्वाली जात को रुपमा तमाङ जातलाई गनना गरिने र यि जातलाई भेडा बाख्रा सरी कमारा कमारी वा दासको रुपमा किन् बेच समेत हुनसक्ने छ, यसो गरेमा कानुन उलङ्घनको कुनै वात लाग्ने छैन । यस् जातले  आफ्नो नामको पछाडि तमाङ जनाउने कुनै शब्द प्रयोग गर्न वा भाषा बोलेको लेखेको पाईएमा फासी वा देश निकालको सजाय समेतको कानुन पारीत भएको मुलुकी एन लागु भयो । (तपाईं १९१०को त्यो मुलुकी एन हेर्न सक्नु हुन्छ) यो कानुन लागु भए पछीका घटनाहरुको लेखजोखा कतै अलिखित रुपमा रहेको हुन सक्छ यो खास अनुसन्धानको बिषय पनि हुनस्क्छ भन्ने मलाई लाग्छ । यद्द्यपी यो मुलुकी एन लागु भएरै छाडे र तमाङको पहिचाहन समाप्त भयो । तमाङहरु माथि पशुवत व्यवहार  सुरुभयो । दास दासी को रुपमा तमाङको पहिचाहन सिमित बने । 
यो समय भनेको स्मरण रहोस् संसार भरी दोस्रो विश्व युद्ध घमासान चल्दै थियो । बेलायती पक्षधर जङ्ग बहादुरले सोझा तमाङहरुलाई बेलायती सेनाको सयोगार्थ पठाउने भए । कती सेनामा गए,युद्धबाट फर्के या फर्केन हिसाबनै थिएन । जती धेरै युद्धमा मारिन्थे जङ्गेलाई त्यती नै फाईदा हुन्थ्यो किन भने म्रितक को नाममा आएको आर्थिक सहयोग राणाहरुको ढुकुटिमा जम्मा हुन्थे ।  यसै बिच युद्धमा जाने र फर्किनेहरुको माझबाट एक जना तमाङ योद्धा को नाम यहाँ उल्लेखनिय छ त्यो नाम हो सर्दार जङ्बिर तमाङ । उनी तमाङहरुले सदैब स्मरण गर्नु पर्ने नाम पनि हो । १९८९ को दसकमा सेनाबाट फर्किएका  उनी केही शिक्षित पनि भएर फर्केका थिए । सेनाको जागिरबाट फर्केका जङगबिर् लाई त्यती बेला पिर पर्यो जुनबेला आफ्नो जात भाषा सबै हराएको थाहा भयो । अनी उनले तमाङको ईतिहास, जात, भाषा, धर्मको कसरी पुनर्स्थापना गर्न सकिन्छ भन्ने तिर लागि परे । उनी चलाख ब्यक्तित्व भएका कारण एउटा जुक्ती निकाल्न सम्भब पनि भयो । उनको जुक्ती र योजना यस्तो थियो । 
त्यती बेला राणा जि हरुका थुप्रै रानीहरुहुने गर्थ्यो । सर्दार जङ्गबिर तमाङ १९८९ तिर भिम शम्शेरको पालामा बेलायती सेनाबाट फर्केका थिए । भिम शम्शेर् को पनि थुप्रै रानीहरु थिए । उनिहरु जहाँ जुन ठाउमा राम्री तरुनी या आईमाई पाए पनि त्यस्लाई रखेल ल्याइते या अरु कुनै रुपमा प्राप्त गर्थे । यहाँ त्यो जिल्ला त उल्लेख गर्न सकिन तै पनि पुर्बी जिल्लाका ति तमाङ चेलीको नाम उल्लेख गर्न चाहन्छु जसलाई भिम शम्शेर् ले ल्याइते को रुपमा दरबार भित्र्यएका थिए । त्यो नाम तमाङ समुदाय ले बिर्सन मिल्दैन, उनी हुन महरानी सिता । उनी तमाङ चेली हुन । उनको माइतिको थर ब्लोन थियो । 
सर्दार जङ्गबिर् ले आफ्नो गुनासो सिता महारानी समक्ष राखे पछी एउटा योजना बनेको पाईन्छ । जङ्गबिर् र केही तमाङमिलेर एउटा बिन्तिपत्र तयार पार्ने, त्यो बिन्तिपत्र भिम शम्शेर जब सिता महारानीकोमा रात बिताउन आउछन त्यती बेला सिता महारानीले त्यो क्षणलाई उपयोग गरी आफ्नो माइतीको जात भाषाको सम्रक्षण का लागि बिन्तिपत्र सहित अनुरोध गर्ने । यसरी बनेको योजना १९८९ भाद्र ६ गते सफल भएको प्रमाण हामीले पाउछौ । १९८९ भाद्र ६ गतेका दिन एउटा ईस्तिहार मा लाल मोहोर लगाइ तमाङ जात माथि लगाएको प्रतिबन्ध हटाएको उल्लेखित ईस्तिहार जारी भयो यद्द्य्पी १९१० को मुलुकी एन भने सचिएको थिएन । प्रमाणको लागी उक्त ईस्तिहार को प्रतिलिपी यस् लेखमा समाबेश हुन नसक्नुको कारण सुरक्षा र दुरुपायोग हो । यद्द्यपी त्यो प्रतिलिपि म सँग सुर्क्षित छ । 
यसरी करिब ८० बर्षको लामो काल खन्ड पस्चाद पुन तमाङले तमाङ भाषा र जात  लेख्न र बोल्न पाउने भएको पाउछौ । हामीले ति दुई महान ब्यक्तित्व यस् धर्तीमा न आएको भए तमाङ भन्ने जात र उन्को भाषाको भबिस्य कसैले आकलन गर्न सकिदैन यस्तै हुन्थ्यो भनेर । आज हामी हाम्रो भाषा बोल्छौ । नाम् को पछाडी थर लेख्छौ गर्बका साथ उनै महान ब्यक्तित्वको कारण । त्यसैले उहाहरु प्रती श्रद्धा सुमन अर्पन गर्दै, थुजुछे ।
http://www.samabad.com/index.php

No comments:

Post a Comment