Wednesday, May 15, 2013

क्रान्तिकारी कमरेडले बिहेमै सिध्याए करोड

party palec
बुटबल। आफूलाई स्वच्छ छविको दावी गर्ने बाबुराम भट्टराईको स्वकीय सचिवको विवाहको तामझामले नयाँ दिल्लीका कुनै घरानिया महाजनको विवाहको झझल्को दिएको चर्चा यहाँ अझै सेलाएको छैन। प्रसंग हो एमाओवादी केन्द्रीय सदस्य भक्ति पाण्डेका छोरा विश्वदीप पाण्डेको काठमाडौंकी कृति खतिवडाबीचको विवाह भोज। आम बिहेभन्दा यो बिहेमा अत्याधिक तडकभडक देखियो। पार्टी पंक्तिले सोचेभन्दा ठीक फरक।
बाबुराम भट्टराईका प्रिय विश्वदीप पाण्डेले आफ्नो बिहेमा न्यूनतम पनि एक करोड रुपैयाँ खर्च गरेर सत्ताको तुजुक देखाइदिएको चर्चा पनि बुटबलमा हुने गरेको छ। परम्परागत आडम्बरका साथ गरिएको सो विवाह प्रगतिशीलता झल्कने कुनै संकेत नदेखिएपछि एमाओवादीको स्थानीय पार्टी कमिटी समेत अप्ठेरोमा परेको बताइन्छ। बेहुलीलाई नेपालका घरानिया राणा शाह खलकले पहिरिने ठूलो तिलहरी जडित लामो पोतेले सिंगारिएको थियो।
लाखौं रुपैयाँ तिरेर काठमाडौंबाट हेलिकोप्टर रिजर्भ गरी बाबुराम भट्टराई र प्रचण्ड बुटवल पुगेका थिए। क्याटरिङको मात्र २८ लाख खर्च भएको यहाँ चर्चा छ। उक्त भोज पाण्डेकै घरमा भएको थियो। उच्च मध्यमवर्गले समेत जिब्रो टोक्नेगरी भएको सो पाण्डेको विवाहमा काठमाडौंबाट रिजर्भ गरेर लगिएको गाडीको हिसाव नै नभएको बुटवलवासीका बीचमा चर्चा छ।
बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका पिता भक्ति पाण्डे एमाओवादीका केन्द्रीय सदस्य हुन्। माओवादीमा आउनुपूर्व उनी भारतमा अरुको गाडी चलाउने मजदुर रहेको बताइन्छ। पुर्ख्यौली सम्पत्ति धेरै हुनेहरु भारतको गल्लीमा अर्काको ड्राइभर काम गर्दैनन् भन्ने कुरा सहजै बुझ्नेहरु भक्ति पाण्डेको हालको सानसौकत देखेर तीन छक्क परेका छन्। बाबुराम भट्टराई अर्थमन्त्री भएपछि पाण्डे परिवारको जीवनस्तर ह्वात्तै उठेको कुरा बुटबलबासीबीचमा लुकेको छैन। यही अवधिमा बुटवलमा आधुनिक घर बन्यो। अनि क्रान्तिकारी कमरेड भक्ति निजी कारमा हिंड्न थालेको पनि धेरै समय भयो। बाबुराम भट्टराईको शक्ति र प्रभावबाट विश्वदीप र उनको परिवारको आर्थिक हैसियत निकै उक्लिएपछि बाबुराम भट्टराई ढोंगी नेता रहेछन् भन्दै बुटवलमा व्याख्या भइरहेको छ। एउटा स्वकीय सचिवको त यति ठूलो हैसियत छ भने हिसिला–बाबुरामको त झन् कस्तो होला हरेकको मुखमा यो प्रश्न छ अहिले बुटवलमा।

No comments:

Post a Comment