पोखराबाट जोमसोमको लागि उडेको नेपाल वायु सेवा निगमको नाइन एन एभिओ ट्विनअटर जहाज आज बिहान दुर्घटना भएको छ । विमानस्थलमा ल्यान्ड गरिसकेको जहाज नरोकिएपछि सोझै काली गण्डकी बगरमा खसेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी लक्ष्मीराज शर्माले जानकारी दिएका छन्। नागरिकन्युजकर्मी सन्तोष पोखरेलले शर्मालाई उदृत गर्दै जनाएअनुसार १८ जना रहेको विमान दुर्घटनामा ५ जना घाइते भएका छन् ।
घटनाबारे जानकारी लिन पोखरा विमानस्थल पुगेका पत्रकारलाई विमानस्थल छिर्न दिइएको छैन। विमानमा ८ जापानीसहित नेपाली यात्रु थिए। यो जहाज ४ दशक भन्दा पुरानो हो।
घटनाबारे जानकारी लिन पोखरा विमानस्थल पुगेका पत्रकारलाई विमानस्थल छिर्न दिइएको छैन। विमानमा ८ जापानीसहित नेपाली यात्रु थिए। यो जहाज ४ दशक भन्दा पुरानो हो।
वाग्लुङबाट नागरिकन्युजकर्मी दिलिप पौडेलले जनाएअनुसार बिहान सवा ८ बजे दुर्घटना भएको हो।
यस्तै नागरिकन्युजकर्मी शुशील भट्टराईले नेपाल वायु सेवा निगमका प्रवक्ता गणेशबहादुर चन्दले घटनाको पुष्टि गरेको बताएका छन् । चन्दका अनुसार जहाज जोमसोम विमानस्थतलमा अवतरण गर्नै लाग्दा दुर्घटना भएको थियो।
यो निगमको दोस्रो फ्लाइट हो। दर्घटनामा कोही हताहती नभएको प्रवक्ता चन्दले जानकारी दिएका छन् जहाजलाई क्याप्टेन डी. प्रधान र को-पाइलट सुरेश केसीले उडाएका थिए । एयरहोस्टेज एसएम तामाङ थिइन् ।
३ जना चालकदल सहित जहाजमा १८ जना यात्रु थिए । ती मध्ये ८ जना जापानिज र १० जना नेपाली नागरिक रहेको प्रवक्ता चन्दले बताएका छन् । उनले भने, 'जहाजमा कुनै गडबडी आएको छैन। आगलागी पनि भएको छैन। गम्भीर घाइते भएका ५ जनालाई पोखराबाट गएको तारा एयरको जहाजबाट पोखरा ल्याइँदै छ।'
दुर्घटनामा पाइलट सहित सात जना गम्भीर घाईते भएका छन्। चालक दलका क्याप्टेन दीपेन्द्र प्रधान, को-पाइलट सुरेश के.सी, एयरहोसटेज शान्तमाया तामाङ, जापानी नागरिक खाओदेश साचियो,फिरता एचआवा, नेपाली गोविन्द पहाडीको अवस्था गम्भीर रहेको मुस्ताङका प्रहरी नायव उपरीक्षक बसन्त रन्जितकारले बताए।
'उनीहरुको अवस्था होसमा छैन,' रन्जितकारले भने । जहाज धावनमार्गबाट २० मिटर नजिकैबाट तल खसेको डिएसपीले बताए। ल्याण्ड गर्ने क्रममा गति कम भइसकेकोले दुर्घटनामा मानवीय क्षती हुन पाएन। दुर्घटनामा जहाजका पखेँटा भाँचिएको प्रहरीले जनाएको छ । जहाजको अघिल्लो भाग क्षती पुगेको छ। जहाजको बायाँ पखेँटा खोलामा छ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
मुस्ताङमा नेपाल एयरलाइन्सको विमान दुर्घटना
ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण उक्त विमान दुर्घट्ना भएको अनुमान गरिएको छ ।
पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको उडेको उक्त विमानमा चालक दलका ३ जना, एक बच्चा सहित ११ नेपाली र ८ जना जापनीज नागरिक थिए । दुर्घट्ना ८ बजेर ३३ मिनेटमा भएको हो । गत वर्ष जेठ १ गते जोमसोममा अग्नी एयरको विमान दुर्घट्ना भएको थियो । उक्त दुर्घट्नामा १५ जनाको मृत्यु र ६ यात्रु बाँचेका थिए ।
गम्भीर घाइतेहरुलाई तारा एयरको विमानबाट उद्धार गरेर पोखरा ल्याउने तयारी गरिएको छ ।
विमानमा रहेका नेपालीहरुः
चालक दल
चादक दीपेन्द्र प्रधान, सह चालक सुरेश केसी, परिचालिका सन्तमाया तामाङ
यात्रुहरु
डिल्लीराम पन्त, मधु पन्त, गोविन्द पहारी, निरु लाक्पा शेर्पा, उमा थापा मगर, सन्तोष विक, पेमा गुरुङ, जीआर ठकुरी, के गुरुङ, एल शेर्पा, २ वर्षको बच्चा हेमसुङ ।
जोमसोममा नेपाल एयरलाईन्सको विमान दुर्घट्ना, ५ जना गम्भीर घाइते
पोखरा, जेष्ठ २ - नेपाल एयरलाईन्सको विमान मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्न लाग्दा बिहीबार बिहान दुर्घट्ना भएको छ । धावन मार्ग(रन वे) मा गुडेर मोडिने बेलामा दुर्घट्ना भएको हो । विमान रन वे बाहिर नजिकै कालिगण्डकी नदीको किनारमा खसेको छ । विमानमा आगो लागेको छैन । यात्रुहरु घाइते भएका छन् । थप मानवीय क्षति छैन ।
जोमसोम विमानस्थलमा रहेका मुस्ताङका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले घट्नामा मानवीय क्षति नभएको प्रारम्भिक सूचना दिए । उनले एकजना पाइलट सहित ५ जनाको अवस्था गम्भीर रहेको र सबैलाई स्थानीय अस्पताल पुर्याइएको बताए । 'अस्पतालले ५ जनालाई रेफर गरेको छ । अन्य यात्रुहरु सामान्य घाइते छन्, बोलचाल र हिड्डुल गरिरहेका छन्,' सिग्देलले ईकान्तिपुरसंगको टेलिफोन सम्पर्कमा भने ।
ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण उक्त विमान दुर्घट्ना भएको अनुमान गरिएको छ ।
पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको उडेको उक्त विमानमा चालक दलका ३ जना, एक बच्चा सहित ११ नेपाली र ८ जना जापनीज नागरिक थिए । दुर्घट्ना ८ बजेर ३३ मिनेटमा भएको हो । गत वर्ष जेठ १ गते जोमसोममा अग्नी एयरको विमान दुर्घट्ना भएको थियो । उक्त दुर्घट्नामा १५ जनाको मृत्यु र ६ यात्रु बाँचेका थिए ।
गम्भीर घाइतेहरुलाई तारा एयरको विमानबाट उद्धार गरेर पोखरा ल्याउने तयारी गरिएको छ ।
विमानमा रहेका नेपालीहरुः
चालक दल
चादक दीपेन्द्र प्रधान, सह चालक सुरेश केसी, परिचालिका सन्तमाया तामाङ
यात्रुहरु
डिल्लीराम पन्त, मधु पन्त, गोविन्द पहारी, निरु लाक्पा शेर्पा, उमा थापा मगर, सन्तोष विक, पेमा गुरुङ, जीआर ठकुरी, के गुरुङ, एल शेर्पा, २ वर्षको बच्चा हेमसुङ ।
nice one
ReplyDelete