नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति गौरब शम्शेर जबराले आज बिहान जंगी अड्डा परिसरमा एक कार्यक्रममा सकलदर्जाहरु रथीबृन्द, अधिकृत, पदिक र अन्यदर्जा लाई संबोधन गर्नु भयो ।
उक्त अवसरमा प्रधानसेनापति राणाले जिम्मेवारी निर्वाह गर्ने क्रममा विरगती प्राप्त गर्ने अमर सपुतहरु प्रति भावपुर्ण श्रद्धान्जली व्यक्त गर्नू हूंदै कर्तव्य पालनाको क्रममा घाईते भई उपचार गराई रहेका सवैको सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भयो । नेपाली सेनाको महारथी तथा मुलुकको प्रधान सेनापतिमा पदोन्नति एवं नियुक्ति भएकोमा वहांले राष्ट्रप्रमुख तथा नेपाल सरकारप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नु भयो । सबै नेपालीहरुको साझा शक्ति एवं सम्पत्तिको रुपमा रहेको नेपाली सेनाले मुलुककॊ सामाजिक सदभावलाई कायम राख्दै राष्ट्रिय एकताको संरक्षण र प्रबर्धन गर्ने कार्यमा अराजनैतिक चरित्र र व्यवसायिकता प्रदर्शन गर्दै आएको र कालान्तरसम्म पनि रहीरहने धारणा व्यक्त गर्नू भयो ।सम्बोधनकै क्रममा वहांले नेपालमा शान्ति स्थायित्व कायम राख्न सक्ने र नयां नेपालको परिकल्पनालाई सहयोग पुर्याउने साथै नेपाली जनताको शान्त, समुन्नत र अखण्ड देशको आकांक्षालाई कदर गर्दै द्वन्द्व पश्चात नेपालमा जारी शान्ति प्रकृयालाई टुंगोमा पुर्याउन नेपाली सेनाले सहयोगी भूमिका निर्वाह गर्ने महत्वपूर्ण जिम्मेवारी रहेको बताउनु भयो । नेपाली सेनालाई समयानुकूल परिवर्तन गरी चुस्त बनाउंदै लैजान सकलदर्जाले उच्च अनुशासन, कुशल नेतृत्व, बफादार चरित्रवान् हुन आवश्यक छ भन्दै समष्टिगत रुपमा संगठनात्मक लक्ष्य हासिल गर्न मुख्य रुपले स्वस्थ तथा अनुकूल कमाण्ड वातावरण भ्रष्टाचारमुक्त संगठन तथा समावेसी एवं अराजनैतिक चरित्रको संगठन हुनु नितान्त जरुरी भएको बताउनु भयो । साथै यस पृष्ठभूमिमा प्रधान सेनापतिको हैसियतले नेपाली सेनाले आगामी दिनहरुमा अख्तियार गर्नुपर्ने Vision Statement र लक्ष्यहरु संक्षेपमा प्रस्तुत गर्नु हुंदै निम्न लक्ष्यहरु हासिल गर्न नेपाली सेनाले अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनाहरु बनाई कार्यान्वयन गर्न निर्देशन दिनु भयो ।
क)सांगठनिक सुदृढीकरण तथा आधुनिकीकरण
ख) प्रभावकारी र असरदार प्रशासनिक र बन्दोबस्ती प्रणालीको स्थापना र विकास
ग) गतिशील समयसापेक्ष एवं अनुकूल सैनिक बल र सकलदर्जाको वृत्ति विकास
घ) शान्ति सेनामा सहभागिता प्रकृया र अन्तर्राष्ट्रिय सम्बन्धमा सुधार
ङ) सैनिक सामग्रीहरुको उत्पादन क्षमतामा विकास र घरेलु उद्धोगहरुको सामानलाई प्रोत्साहन
च)कल्याणकारी नीतिहरुको पुनरावलोकन तथा जीवनस्तरमा सुधार
नेपाली सेनाको रथीबृन्द, अधिकृत, पदिक र अन्यदर्जाहरुले नवनियुक्त सेनापतिप्रति दर्शाएको विश्वासलाई अति गम्भीरताका साथ मनन गर्दै आफूलाई प्राप्त जिम्मेवारी पालना गर्ने क्रममा 'नेपाल, नेपाली जनता र नेपाली सेना' को सर्वोपरी हित नै वहांको एक मात्र लक्ष्य रहने कुरा बताउनु भयो ।
प्रकाशित मिति: २०६९ भाद्र २५
No comments:
Post a Comment