Tuesday, May 14, 2013

एमाले नेतासँग प्रचण्डपुत्रको ‘मिनी वार’

prakash dahal and beena magar
काठमाडौं। नेकपा एमालेका सचिव शंकर पोखरेल र एकीकृत माओवादी अध्य212 प्रचण्डका छोरा प्रकाशबीच फेसबुकमा चर्को विवाद ‘मिनी वार’ सुरु भएको छ। एमाले नेता पोखरेलले आफूलाई ‘स्त्री भोगी”को संज्ञा दिंदै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि प्रकाश सन्किएका हुन्।
एमाले सचिव पोखरेलले प्रकाशलाई ‘नयाँ युवती भोग्दै, नयाँ खोज्दै’ गर्ने गरेको कठोर आरोप लगाएका छन्। पोखरेलले यस्तो स्टाटस लेखेका थिए,’प्रचण्डको जनतासँगको प्रेम र प्रचण्डपुत्र प्रकाशको नवयुवतीसँगको प्रेम उस्तै उस्तै रहेछ। भोगेपछि त्यागिदिने। प्रचण्डले युद्धका समयमा रोल्पासँग प्रेमको कुरा गरे। चुनाव जितेपछि रोल्पा त्यागेर राजधानी काठमाडौंको निर्वाचन 212ेत्र कीर्तिपुर रोजे। सत्तामा पुगेर कीर्तिपुरका लागि एउटा सिन्को नभाँचेका उनले कीर्तिपुरलाई नै त्यागेर मधेसलाई लभ गर्ने कुरा गर्दैछन्। जसरी प्रचण्डपुत्र प्रकाशले एकपछि अर्को श्रीमती त्याग्दै नयाँ युवतीको खोजीमा लाग्छन्।’
जसमा २६० जनाले लाइक, ८९ जनाले शेयर र ५२ प्रतिक्रिया आएका छन्।
पोखरेलको आरोप विरुद्ध प्रकाश पनि ‘र्इंटाको जवाफ पत्थरले दिने भन्दै’ खरो रुपमा खनिएका छन्। प्रकाशले सचिव पोखरेललाई यस्तो प्रतिक्रिया लेखेका छन् , “राजनीति सकिएपछि काइते कुरा गरेर दिन काट्ने दिन शुरु भयो है। लाज लाग्नुपर्ने हो आफूलाई नेता भनेको सुन्न पनि। यस्तै ताल हो भने जनता त के घरमा पालेका तपाईका छोराछोरी पनि पलायन हुन्छन्। जनताको लागि ठूलो काम गरिएको जस्तो लाग्दो हो है। राजनीतितिर लाग्नुस्। राष्ट्रप्रति गम्भीर हुन खोज्नुस्। यस्ता काइते कुरा फेसबुकमा लेखेर नेता भइदैन ‘नेता’ ज्यू। फेसबुकमा यस्तै वार परेका कारण अनेरास्ववियुकी पूर्वअध्यक्ष रामकुमारी झाँक्रीले प्रकाशलाई फ्रेण्डलिष्टबाटै ब्लक गरेकी थिइन् भने अखिलकै अर्की नेतृ उषाकिरण तिम्सिनासँग पनि उनकै वार परेको थियो।

No comments:

Post a Comment