भविष्यमा लगानी गरौँ, औलो रोग हटाऔँ भन्ने नाराका साथ गएको अपि्रिल २५ अर्थात् वैशाख १२ गतेका दिन विश्व औलो रोग नेपालमा पनि बनाइयो ।
नेपालमा झण्डै ३५ वर्षदेखि मलेरिया अर्थात् औलो रोग उन्मुलनको कार्यक्रम संचालन भैरहेको भएपनि अहिले पनि वर्षेनी झण्डै ३ हजार जना औलोबाट प्रभावित हुने गरेका सरकारी तथ्यांक रहेको छ । नेपालको तराइ क्षेत्र मलेरिया अर्थात औलोबाट निकै प्रभावित हुने क्षेत्र हो । हरेक वर्ष मलेरिया रोगको महामारीबाट तराइ क्षेत्रका वासिन्दा प्रताडित हुने गरेका छन् । जलवायु परिवर्तनका कारण बढेको तापक्रम सँगै लामखुट्टे माथिल्लो भूभागतिर सर्दै गएकाले नेपालका उच्च भूभागहरुमा समेत औलोको जोखिम बढ्दै गएको छ ।
नेपालमा मात्र नभै मलेरिया विश्व भरिमै एक प्राणघातक सरुवा रोगको रुपमा रहेको छ । विश्वमा हरेक तिस सेकेण्डमा औलोको कारणबाट एक जना व्यक्तिको ज्यान जाने गरेको एक तथ्यांकले देखाएको छ । विश्व स्वास्थ्य संगठनको सो तथ्यांकका अनुसार विश्वमा हरेक वर्ष ४० अर्व देखि ९० अर्व जना व्यक्ति मलेरियाबाट ग्रसित हुने गरेको र ती मध्ये तीस लाख मानिसले हरेक वर्ष ज्यान गुमाउने गरेको बताइएको छ । मलेरियाबाट बढि प्रभावित हुनेमा ५ वर्षमुनिका बालबालिका र गर्भवति महिला रहने गरेका छन् । मलेरियाको उपचारमा विभिन्न औषधिहरुको प्रयोग र रोग लाग्न र प्रसार हुन नदिन विश्वभर करोडौ खर्च गरिएपनि मलेरिया मानवमृत्युको मुख्य कारक बनिरहेको छ । अझ मलेरियाको प्रकोप यही दरमा रहनेहो भने अगामी विस वर्षमा मलेरियाबाट मर्नेहरुको संख्या दोब्बर हुने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले नेपालका करिब दुईकरोड जनता औलोको जोखिममा रहेको जनाएको छ । नेपालका ६५ जिल्ला औलोको जोखिममा रहेपनि तराइ तथा भित्रि मधेशका १३ जिल्लालाई उच्च जोखिमयुक्त क्षेत्रको रुपमा लिइएको छ । नेपालमा हरेक वर्ष औलोबाट करीब ३ हजार व्यक्ति संक्रमित हुने गरेका छन् ।
मलेरिया के हो ?
मलेरिया प्लाज्मोडियम प्रजातिको परजिवीको कारणले हुने रोग हो जो लामखुट्टेको माध्यमबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । एनोफिलिस प्रजातिको पोथी लामखुट्टेले मलेरियाका परजिवी सार्ने गर्छ । मलेरियाका परजिवीहरु स्वस्थ व्यक्तिमा प्रवेश गरिसकेपछि रगतको माध्यम हुदै कलेजोका कोषहरुमा प्रवेश गर्दछन् । जहा उनीहरुले कलेजोका कोषहरुमा प्रवेश गरी ठुलो संख्यामा वृद्धि र विकाश हुदै रक्तकोषहरुमा व्यापक क्षति पुराउने गर्छन् । कलेजोका कोषहरुमा परजिवीको संख्या अत्यधिक भएपछि कोषहरु क्षतविक्षत हुन पुगी परिजिवीहरु पुन रक्तसंचारमा प्रवाहित हुन पुग्छन् र राता रक्तकोषहरुमा क्षति पुराउने गर्छन् । राता रक्तकोषमा प्रवेश गरी परजिवीहरु सयौको संख्यामा वृद्धि हुन पुग्छन् र कोषहरुमा क्षति पुराउछन् । परजिवीहरुले कोषभित्र एक प्रकारको विषको निर्माण गर्छन् । रक्तकोषहरुको निरन्तर क्षयका कारण सरिर शिथिल बन्दै जान्छ र लगातार ज्वरो आउने गर्छ । जसलाई औलो भन्ने गरिन्छ ।
मलेरियाका लक्षण
लामखुट्टेको टोकाइमार्फत र्यालबाट स्वस्थ व्यक्तिको सरिरमा प्रवेश गरेको करीब ३० मिनेटपछि परजिवीहरु कलेजोका कोषहरुमा प्रवेश गर्छन् । शरिरमा प्रवेश गरेको एक देखि दुइ हप्तापछि मात्रै औलोका लक्षणहरु देखिन थाल्छन् । जसलाई झ्याली समय भन्ने गरिन्छ ।
औलो रोगका प्रारम्भिक लक्षणहरुमा रोगीलाई ज्वरो आउने गर्छ । लगातार रुपमा ज्वरो आएर सरिरको तापक्रम बढ्ने पसिना आउने र पुन सरिर चिसिने गर्छ । हरेक २ दिनमा करीब ६ घण्टासम्म लगातार उच्च ज्वरो आउने र सरिरमा व्यापक पसिना आउने गर्छ र पुन सरिर चिसो हुने गर्छ । जोर्नीहरुमा पिडा हुने र छाला खस्रो र चाहुरिएको बन्छ । सरिरमा रगतको कमी हुने , टाउको दुख्ने , वान्ता आउने , र कलेजो तथा पित्तथैली सुन्निने लक्षणहरु पनि औलोको लक्षणहरु हुन् ।
यदि समयमै उपचार नभएमा कलेजो तथा मृगौलाले काम गर्न छाड्छ । र व्यक्तिको मृत्यु हुने गर्छ ।
उपचार र रोकथाम
औलो रोग लागिसकेपछि स्वास्थ्य सस्थामा गएर उपचार गराउनुको विकल्प रहदैन । तर रोग लाग्ोर उपचार गराउनुभन्दा रोगै लाग्न नदिनु बेस भनेझै रोग सर्नसक्ने माध्यमप्रति सचेत हुनु नै बुद्धिमानी हो । जसको लागि लामखुट्टेको टोकाइबाट बच्नु सर्बोत्तम उपाय हो ।
मलेरियाको महामारी बाट प्राचिन विश्वमा समेत लाखौ मानिसको ज्यान गएका इतिहास रहेका छन् । त्यसैले लामखुट्टेको विनास गरी मलेरिया रोग उन्मुलन गर्न डि डि टी नामक विषादीको प्रयोग एक समयमा धेरै व्यापक रुपमा गरियो । तर ६० को दशकपछि यो विषादी धेरै हानिकारक रहेको र यसले मानिस र अन्य जिवमा समेत नकारात्मक असर पार्ने पत्तो लागेपछि भने यसको प्रयोग र विक्रीवितरण नै निषेध गरिएको छ । औलो रोगबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा राम्रो उपाय हो यसको साथै लामखुट्टेको नियन्त्रण गरी औलोको भय क म गर्न सकिन्छ ।
औलोबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ :
१. घर वरी परि भएका पानी जम्ने खाल्डा खुल्डी पुरिदिने , झािड र फोहोर स्थान सफा राख्ेन । त्यसो गर्नाले लामखुट्टेले फुल पार्न र लुकेर बस्न पाउदैन । फलत लामखुट्टेको संख्या नियन्त्रण हुन्ा सहयोग पुग्छ । पानी जम्ने खाल्डाहरुमा मटि्टतेल छर्केर पनि लामखुट्टेको प्रजनन नियन्त्रण गर्न सकिन्छ
२. घरनजिकका पोखरीमा लामखुट्टेका लार्भा खाने विभिन्न जातका माछाहरुको पालन गर्ने
३. सधै लामो बाउला भएको कपडा लगाउने , साँझपख धेरैबेर घरबाहिर ननिस्किने जसले लामखुट्टेको टोकाइ केही हदसम्म रोक्न सक्छ
४.सधै झुलभित्र सुत्ने वा लामखुट्टे भगाउने धुप बाल्ने , झ्यालढोकामा जाली राख्ने , नेपाल सरकारले अहिले तराइका विभिन्न जिल्लामा विषादी युक्त झुल वितरण गर्ने गरेको छ भने देशैभरी यस्ता झुल किन्न पाइन्छ ।
५. लामखुट्टेको नियन्त्रणका लागि घर भित्र र बाहिर पनि विभिन्न विषादीहरु जस्तै पाइरेथ्रोइ्डस छर्किन पनि सकिन्छ ।
६. औलो रोगको बारेमा सर्वसाधारणमा जनचेतनाको अभिवृद्धि गर्ने
No comments:
Post a Comment