२०४७ पश्चात् सर्वहारा वर्ग अर्थात् कम्युनिष्ट पार्टीको अगुवाई गर्ने एमाले बल्खुमा जग्गा खरिद गरि महल्नुमा भवन रुपी कार्यालय बनाउन सफल भयो, नेपाली जनतालाई जातिय, वर्गीय, क्षेत्रिय, लिङ्गिय उत्पीडनबाट मुक्तिदाताको रुपमा उपस्थित भएको भनियता पनि जनतालाई मूर्ख बनाउने पार्टी माओवादीले जनयुद्धमा जनताको लुटेको रुपैयाँले पेरिस डाँडामा ठूलो महल्नुमा भवन खरिद गर्दै दोस्रो हुन सफल भयो । कम्युनिष्ट घडाका दुई पार्टीको आफ्नो नीजि पार्टी कार्यालय भयो । संविधानसभाको चुनाव पश्चात् संघियताले देश विखण्डनमा जान्छ भनि संघियताको विरोध गर्ने सुत्रधार पार्टी जनमोर्चाको काठमाडौंमा आफ्नो नीजि भवन भएको पार्टी कार्यालय थिएन । सर्वहाराको प्रतिनीधित्व गर्ने पार्टी जनमोर्चा (चित्र बहादुर केशी) ले संघियताको विरोधको विजारोपण गरे, यथास्थितिवादी, राजावादी, कांग्रेसी, एमाले, माओवादीमा रहेका संघियता विरोधी तत्वले एक स्वरमा समर्थन गरे फलस्वरुप संघियताको कारण नै संविधान सभाको निर्मम हत्या भयो, जनमोर्चा (चित्र बहादुर केशी) को विजय भयो ।
संविधान सभा भंग हुनु जनमोर्चालाई चिट्ठा परेको हो भन्नै पर्छ किनभने हिजो सम्म काठमाडौंमा भाडाको घरमा पार्टी कार्यालय हुने पार्टी जनमोर्चाले कपन - ३ ख ज्योती नगरमा पार्टी कार्यालयका लागि भवन खरिद गरेको छ । एमालेले कसरी भवन निर्माण गर्यो, माओवादीले कसरी पेरिस डाँडामा भवन खरिद गर्यो त्यो सर्वविदित नै छ । तर जनमोर्चा (चित्र बहादुर केशी) ले दुई करोड पच्चिस लाखमा भवन खरिद गरेको कुरा आश्चर्यजनक छ । संघियताको विरोध, संविधान सभाको हत्याका कारण के जनमोर्चा चित्र बहादुर केशीलाई चिट्ठा परेको हो त ? जुन प्रकारले एमाले, कांग्रेस, माओवादी पार्टीको भवन खरिदमा स्रोत खोजिएन संघियता विरोधी सर्वहारा वर्गका भनिएका जनमोर्चा (चित्र बहादुर केशी) का पार्टीलाई महल खरिद गर्न हटाथ यत्रो ठूलो चिट्ठा पर्नुमा कसैले स्रोत खोज्ने छैनन् । जे होस्, जस्तो होस्, जुन सुकै प्रकारले होस् संघियता विरोधी (चित्र बहादुर केशी) को पार्टीलाई महल खरिद गर्ने साइत जुर्यो । उच्चा सुत्रको अनुशार चित्र बहादुर केशीको पार्टीलाई महल खरिद गर्नको निम्ती पाकिस्तानी गुप्ताचार संस्था आईएसआईको सहयोग र नेपालको दरबारिय शक्तिहरुले सहयोग गरेको बताईएको छ । तर यस्को आधिकारिक पुष्टी हुन बाँकिनै छ ।
No comments:
Post a Comment