चौथो वर्षमा तपस्या पूरा –
नयाँदिल्ली। एनेकपा माओवादी अध्यक्ष प्रचण्डले भारत भ्रमणलाई व्यक्तिगत राजनीतिक फाइदाका लागि अत्यधिक उपयोग गर्ने प्रयास गरे। भारतसँग बेलाबखत जोरी खोज्ने गरेका उनले विगतमा गल्ती गरेको भन्दै माफीसमेत मागे। भारतीय नेता र उच्च अधिकारीसँगको भेटमा भारतलाई राम्ररी चिन्न नसकेको भन्दै आइन्दा त्यस्तो गल्ती नहुने कसमसमेत उनले खाएका छन्।
उच्च स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, राष्ट्रिय सुरक्षा सल्लाहकार शिवशंकर मेननलगायतका अधिकारीसँगको भेटमा उनले विगतका कमी–कमजोरीबाट आफूले पाठ सिकेको खुलेरै बताए। आगामी दिनमा आफूलाई भारतले सहयोग र समर्थन गरे आफूले भारतको हितमा सहयोगी भूमिका निर्वाह गर्न सक्ने बुँदाहरू पनि उनले प्रस्तुत गरे। जसमा जलस्रोत र सुरक्षामा भारतलाई सघाउ पुग्ने विषय छन्। कर्णाली चिसापानी जलविद्युत्लगायतका आयोजनामा भारतीय लगानीको सम्भावनालाई प्रचण्ड स्वयम्ले औँल्याए। आगामी चुनावमा आफूलाई सहयोग गरेमा भारतलाई समेत फाइदा हुने उनले तर्क गरेको स्रोतको भनाइ छ। नेपालबाट भारतमाथि हुनसक्ने सुरक्षा–खतरा रोक्न आफूसँग मात्र सामर्थ्य र योजना रहेको दाबीसमेत प्रचण्डले प्रस्तुत गरे। नेपालभित्र माथिल्लोदेखि तल्लो तहका जनतासम्म पकड बलियो भएको दाबी गर्दै भारतविरोधी गतिविधिलाई रोकेर नयाँ माहौल सिर्जना गर्न सक्नेसमेतको व्याख्या गरे।
माओवादीको गत महाधिवेशनबाट नयाँ अवधारणा तयार भएको र त्यसमा भारतविरोधी शब्दहरू हटाइएकोसमेत प्रचण्डले भेटमा उल्लेख गरे। भारतविरोधी लाइनमा मोहन वैद्य
समूह रहेको र उनीहरू पार्टीबाट अलग भइसकेकोले आफ्नो दल भारतसँग मिलेर जान इच्छुक रहेको प्रचण्डको भनाइ थियो। भारतलाई हेर्ने दृष्टिकोणकै सवालमा पार्टी विभाजन भएको र आफूले भारतसँगको सम्बन्ध बढाउनकै लागि खतरा मोलेको उल्लेख गर्दै सहयोगको याचनाहरू गरे। स्रोतका अनुसार भारतीय पक्षले भारतको स्वार्थमा माओवादीले के–के गर्न सक्छ भनी जिज्ञासा राखेको थियो। उनीहरूले जलस्रोत, सीमा, नेपाली भूमिबाट हुने गरेका भारतविरोधी गतिविधि, चीनप्रति प्रचण्डको झुकावलगायतबारे चासो लिएका थिए। प्रचण्डले चीनको समेत नेपालमा चासो बढेको र उसको भूमिकालाई हदभन्दा माथि नाघ्न नदिन त्रिदेशीय समझदारी आवश्यक रहेको तर्क गरेका थिए। यद्यपि भारतीय पक्ष प्रचण्डको तर्कबाट सतर्क भएको छ। भारतीय पक्षले द्विपक्षीय सहयोग अभिवृद्धिमै जोड दिई त्रिपक्षीय समझदारीलाई तत्काल अनावश्यक भन्दै अस्वीकार गरेको छ। विगतमा समेत प्रचण्डले भारतविरुद्ध चिनियाँ कार्ड प्रयोग गरेको बुझाइ भारतीय पक्षको रहेको छ। प्रचण्डले लुम्बिनी विकासमा चीनलाई सहभागी गराउन खुलेर लागेकोबारे पनि भारतीय पक्षले प्रश्न उठायो। प्रचण्डले चाहिँ भारतसमेत संलग्न भएर लुम्बिनीको विकास गर्नुपर्नेमा जोड दिएका थिए।
जनयुद्धकालमै भारतले सहयोग गरेको, दिल्लीमा १२बुँदे समझदारी गराउन भारतले भूमिका निर्वाह गरेको र नयाँ संविधान बनाउनसमेत भारतकै भूमिका अनिवार्य रहेको भन्दै आफूले मात्र शान्तिप्रक्रियाको महत्त्वपूर्ण पाटो संविधान निर्माण पूरा गर्न सक्ने दाबी उनले प्रस्तुत गरेका थिए। अन्य दलको नेतृत्वकर्ताहरूको कमजोरी कोट्याउँदै आफूले मात्र नेपालको सही नेतृत्व गरी भारतको हितमा भूमिका निर्वाह गर्न सक्ने भन्दै प्रचण्डले पटक–पटक सहयोगको याचना गरेका थिए।
भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहसँगको भेटमा चाहिँ प्रचण्डले कडा प्रश्नहरूको सामना गर्नुपर्योा। भेटका सहभागी सिंहनिकट एक नेताका अनुसार हिन्दू धर्ममाथि माओवादीले प्रहार गरिरहेकोबारे जिज्ञासा राखे। ‘तपाईंहरूको हिन्दू धर्म र संस्कृतिप्रतिको धारणा के हो?’ सिंहले गरेको प्रश्न उद्धृत गर्दै स्रोतले भन्यो, ‘अमेरिकीहरूले जतिसुकै भौतिक विकास गरे पनि स्वः धर्म र संस्कृतिको जर्गेना छाडेका छैनन्।’ राजसंस्था अन्त भइसकेकोले पुनर्स्थापना हुनुपर्ने पक्षमा नरहेको तर नेपाल हिन्दू अधिराज्य बन्नुपर्ने भाजपाको भित्री धारणा रहेको स्पष्ट पारे। प्रचण्डले चाहिँ आफूहरूले हिन्दू धर्म र संस्कृतिविरुद्ध क्रियाकलाप नगरेको सफाइ पेस गरेका थिए। माओवादी रूपान्तरण भइसकेको र अतिवादी शक्तिहरू फुटेर गइसकेको उल्लेख गर्दै दोषजति मोहन वैद्य समूहको टाउकोमा थोपर्न प्रचण्डले बाँकी राखेनन्। भारतविरोधी गतिविधि र भारतीय लगानीमाथि आक्रमण गरेको पनि आफूहरूले नभई वैद्य समूहले गरिरहेको उनको भनाइ थियो। यस्तै क्रियाकलाप गरेकाले आफूले पार्टी फुट्दासमेत नरोकेको र जोखिम मोलेको तर्क प्रचण्डले दिएका थिए।
जसलाई भेट्यो त्यस्तै बनेर कूटनीतिक सफलता हासिल गर्ने प्रयास प्रचण्डले भारतमा समेत गरे। उनले आफू भारतको असल मित्र र सहयोगी रहेको दाबी गर्दै विगतको गल्तीप्रति क्षमायाचना गरे। भारतीयहरू दाहालको याचनाबाट दङ्ग परेका छन्, तर उनलाई पत्याइहालेको स्थिति भने छैन।
प्रचण्डसँग तय भएका केही भेटघाट रद्द भए। भारतीय लोकसभामा विपक्षी दलको नेता सुषमा स्वराज प्रचण्डलाई भेट्न आइनन्। प्रचण्डलाई भेट्न उनी होटल ओबरायोमा आउने तय भएको थियो। मुलायमसिंह यादवसँगको भेटसमेत रद्द भयो। भारतीय प्रधानमन्त्री मनमोहन सिंहबाहेक सत्तारुढ कङ्ग्रेस आईका नेताहरूसँग भेटघाटको समय तय भएको थिएन। स्रोतका अनुसार ऋषि धमलाले कङ्ग्रेस आईका विदेश विभाग प्रमुख करण सिंहसँग भेट गराइदिएका थिए। धमलाकै पहलमा नेपालका लागि भारतीय पूर्वराजदूत एवम् पूर्वविदेशसचिव केभी राजनसँगको भेटघाट तय भएको थियो। प्रचण्ड अत्यन्तै गिडगिडाएपछि कङ्गे्रस नेतृ सोनिया गान्धीसँग सङ्क्षिप्त भेटघाटको प्रबन्ध मिलाइएको जानकारी प्राप्त भएको छ।
चौथो वर्षमा तपस्या पूरा
विगत चार वर्षदेखि एमाओवादी अध्यक्ष प्रचण्डले गरेको तपस्या यसै साता सफल भएको छ। चार वर्षदेखि प्रचण्डले छिमेकी मित्रराष्ट्र भारतको भ्रमण गरी प्रधानमन्त्री मनमोहन सिंह, कङ्गे्रस नेतृ सोनिया गान्धीलगायतका नेताहरूको ‘दर्शन भेट’ गर्ने प्रयास गर्दै आएका थिए। वर्षौंको रोदनपश्चात् प्रचण्डले भारतको तीनदिने भ्रमण गर्ने मौका गत शनिबार प्राप्त गरे। देशकै प्रतिनिधित्व गरेर भ्रमणमा गएका प्रचण्डले आफू कसको निमन्त्रणामा भारत गएको भन्ने रहस्य भने गुपचुप राखेका छन्। भारतीय प्रधानमन्त्री, सरकार, राष्ट्रिय राजनीतिक दल कसैका तर्फबाट पनि प्रचण्डलाई औपचारिक निम्ता आएको जानकारी नेपाल सरकार र नेपाली जनतालाई छैन। कुन
अदृश्य शक्तिको निम्तामा उनी भारत गएका हुन् खोजीको विषय बनेको छ। यसअघि चीन जाँदा प्रचण्डलाई चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणा थियो, तर भारतबाट कसले या कुन निकायले बोलाएको थियो भन्नेबारेमा प्रचण्डले कसैलाई पनि जानकारी गराएका छैनन्।
२०६६ वैशाखमा प्रधानमन्त्री पदबाट मुक्त भएपछि प्रचण्डले केही महिना भारतविरुद्ध एक अभियान नै चलाएका थिए। युद्धकालमा विपक्षी कार्यकर्ता र नेतालाई थर्काएर ठेगान लगाएझैं भारतलाई पनि तर्साएर नै ठीक पार्न सकिने विश्वास सायद प्रचण्डमा थियो। तर, भारत विरोधले झन् आफैँ थलिएपछि प्रचण्डले ‘कन्फ्युजन दूर गर्न’ भन्दै भारत भ्रमणमा जाने अनेकौँ प्रयत्न गर्दै आएका थिए। नेपालका लागि भारतका तात्कालिक राजदूत राकेश सुदसँग पनि उनले भ्रमणको व्यवस्था मिलाइदिन पटकपटक आग्रह गरेका थिए। प्रचण्डले अति नै जोड गरेपछि सुदले एक साँझ भनेका थिए, ‘हेर्नुस् प्रचण्डजी नेपालबाट भारत जान भिसा लाग्दैन, दैनिक हजारौँ नेपाली भारत गइरहेका छन्, तपाईं पनि जान सक्नुहुनछ। विमान, रेलवे या मोटरबाटो जे प्रयोग गरेर पनि भारत पुग्न सकिन्छ।’ सुदको कुराले प्रचण्डलाई निकै गहिरो चोट पुगेको थियो। तथापि उनले भारत भ्रमणमा जाने प्रयास गर्न भने छोडेनन्। प्रचण्डका प्रयासहरूको अध्ययन गर्दा लाग्थ्यो– उनका लागि नयाँ जनवादी क्रान्तिभन्दा भारतको भ्रमण नै महत्त्वपूर्ण छ। चार वर्षको अथक प्रयत्नपश्चात् प्रचण्डले यसपालि भारत भ्रमण गर्ने मौका त पाए, तर ‘कन्फ्युजन दूर गर्ने’ सफलताचाहिँ उनले पाउन सके–नसकेको बुझ्न सकिएको छैन। यद्यपि प्रचण्डले भारतीय प्रधानमन्त्री मनमोहन सिंहलगायत अन्य नेता तथा सुरक्षाविज्ञ र कूट
No comments:
Post a Comment