U.S. Consul to Nepal, Patrick McNeil, explains the 2014 Diversity Visa process and warns entrants to be wary of fraud.
तपाईलाई डिभी परेकै हौ ? ओहो डिभी परेपछि त अमेरिका जान पाईने भईयो भनेर निकै खुसी हुनुहुन्छ होला हैन ? सामाजिक सञ्जाल (फेसवुक ट्वीटर) मा शुभकामना आईरहेको होला, फोन म्यासेज कता पो ध्यान दिनु जताततै शुभकामनाको ओईरोमात्रै । कतै तपाईको खुसी दुई चारदिनलाई मात्रै सिमित त हुने हैन ? डिभी परेको खवर के वाट थाहा पाउनुभयो ? आधिकारीक बेवसाईटवाट थाहा पाउनुभएको भए त ठिकै हो तर कसैले मौखिक भनेको भरमा डिभी पर्यो भनेर खुसी भईरहनुभएको छ वा ईमेलमा एवं फोनमा आएको म्यासेजको भरमा डिभी पर्यो भनेर खुसीले फनफनी घुमिरहनुभएको छ भने रोकिनुस् ।
डिभीको नतिजा सार्वजनिक भईरहेको समयमा वग्रेल्ती ईमेलहरु आईरहेका छन् । त्यहाँ भनिएको हुन्छ 'वधाई छ तपाईलाई डिभी पर्यो । दोश्रो लेटर पाउनको लागी तपाईले केहि कागजात सकंलन गर्नुपर्छ र प्रक्रिया अघाडी वढाउन शुल्क तिर्नुपर्ने हुन्छ ।' ओहो कतै यस्तै खालका ईमेल आएर खुसी पो हुनुभएको हो कि ? कस्तो डिभी परेको हो सक्कली कि नक्कली ? लौ Conform चै गर्नुपर्यो । डिभी नै परिहालेको भए पनि आवेदन दिने समयमा गल्ति तथा त्रुटीहरु भएका छन् भने पनि तपाई अमेरिका जान सक्नुहुन्न । डिभीको नाममा लुटतन्त्र नहोस् भनेर नेपालका लागी अमेरिकन राजदुतावासले नेपाली भाषामै भिडियो तयार पारेका छ । ल यो भिडियो हेर्नुस, यसले डिभी सम्वन्धी रहेका भ्रम हटाउन सहयोग गर्नेछ ।
No comments:
Post a Comment